आर्थिक 📈

७७.३३ अंकले घट्यो नेप्से, काराेबारमा नबिल बैंक अगाडी

काठमाडौं, २ कात्तिक । नेपाल राष्ट्र बैंकले १२ करोडको सिमा तोकेपछि सुस्ताएको शेयर बजार अझैं माथि उठ्न सकेको छैन । उसैमा बैंकहरुले निक्षेपमा ब्याजदर बढाएका छन् भने यसको असर शेयर बजारमा परेको देखिएको छ । साताको तेश्रो दिन मंगलबार नेप्से परिसूचक ७७.३३ अंकले घटेको छ । यसरी घटेको नेप्से २५१०.७३ विन्दुमा झरेको छ । नेप्से २.९९ प्रतिशतले घट्दा सेन्सेटिभ इण्डेक्स १३.२८ अंकले घटेर ४७१.९१ विन्दुम पुगेको छ । कुल २२१ कम्पनीको शेयर कारोबार भएको छ । ९५ लाख ७२ हजार… पुरा पढौ

अपडेट : ६६.३९ अंकले घट्यो नेप्से परिसूचक

काठमाडौं, २ कात्तिक । शेयर कारोबार हुने साताको तेश्रो दिन मंगलबार शेयर बजार सामान्य अंकले बढ्यो । प्रि-ओपन सेसनमा नेप्से ०.१८ अंकले बढेर २५८८.२५ विन्दुमा पुग्यो । उक्त अवधिमा सेन्सेटिभ इण्डेक्स भने ०.१६ अंकले घट्यो । उक्त सेसनमा ६ कम्पनीको शेयर कारोबार भयो । ३ कम्पनीको शेयरमूल्य बढेको पाईयो भने २ को शेयरमूल्य घट्यो । बाँकी १ को स्थिर रह्यो । यो समाचार तयार पार्दाको दिउँसो सवा १२ वजेको समयमा भने नेप्से ६६.३९ अंकले घटेर २५२१.६७ विन्दुमा झरेको छ ।… पुरा पढौ

आइएमई जनरल इन्स्योरेन्स “बेष्ट इम्प्लोयर ब्राण्ड अवार्ड” बाट सम्मानित

काठमाडौं,१ कार्तिक । आइएमई जनरल इन्स्योरेन्स बेष्ट इम्प्लोयर ब्राण्ड अवार्ड २०२१ बाट सम्मानित भएको छ । हालै मुम्बईमा आयोजित कार्यक्रममा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडलाई वल्ड एचआरडि कंग्रेसले एसियाको बेष्ट इम्प्लोयर ब्राण्ड अवार्ड २०२१ बाट सम्मानित गरेको हाे । जुमको माध्यमबाट कार्यक्रममा सहभागी हुदै कम्पनीका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठले उक्त सम्मान ग्रहण गरेका थिए । कम्पनीका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले कम्पनीको उपलब्धिमा आ-आफनो क्षेत्रबाट सहयोग तथा साथ दिई महत्वपूर्ण योगदान पुर्याउनुहुने सम्पूर्ण ग्राहकबर्ग, शेयरधनीमहानुभावहरु, कर्मचारीहरु, नियामक निकायहरु, सम्पूर्ण सञ्चारजगत… पुरा पढौ

कात्तिकको कारोबारको पहिलो दिनमै नेप्सेमा पहिरो, कटेन २६०० को विन्दु

काठमाडौं, १ कात्तिक। नेपाल राष्ट्र बैंकले शेयर कर्जामा १२ करोडको सिमा तोकेदेखि असन्तुलित हुँदै आएको शेयर बजारले अझैं लय लिन सकेको छैन । उक्त सिमाको विरुद्ध लगानीकर्ताहरु आन्दोलनमा उत्रिए । यही बीचमा बैंक तथा वित्तीय संस्थाहरुले ब्याजदर बढाएपछि त्यसको प्रत्यक्ष असर शेयर बजारमा देखिएको छ । अहिले चाडपर्व बिचमा रहिरहेको अवस्था र दशैंको बिदापछि सोमबार खुलेको शेयर बजारको स्वरुप राताम्मै भएको छ । नेप्से सोमबार २६०० को विन्दु कट्न सकेन । यसदिन नेप्सेमा दोहोरो अंकको गिरावट भएको छ । नेप्से… पुरा पढौ

यस्ताे छ कात्तिक महिनाको शुरुकाे दिन सुनचाँदीको भाउ

काठमाडौं, १ कात्तिक । कात्तिक महिनाको पहिलो दिन तथा साताको दोश्रो दिन साेमबार आज सुनचाँदीको भाउ निर्धारण भई कारोबारका लागि बजारमा आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यसदिन नेपाली बजारमा छापावाला सुनको भाउ प्रतितोला ९१ हजार ३०० रुपैयाँ तोकेको छ । आज सोहि भाउमा कारोबार भईरहेको छ । तेजाबी सुन प्रतितोला ९० हजार ८०० रुपैयाँ कायम भएको छ । महासंघका अनुसार कात्तिक लागे वित्तिकै चाँदीको भाउ पनि बढ्न थालेको छ । यसदिन चाँदी प्रतितोला १ हजार २२५ रुपैयाँमा कारोबार… पुरा पढौ

राष्ट्र बैंकले रु ११ अर्ब २० करोड बराबरको ट्रेजरी बिल बिक्री गर्दै

काठमाडौ‌, १ कात्तिक । नेपाल राष्ट्र बैंकले रु ११ अर्ब २० करोड बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । बैंकले सरकारलाई आवश्यक अल्पकालीन ऋण उठाउन बोलकबोल प्रक्रिया मार्फत ट्रेजरीको आजदेखि बिक्री गर्न लागेको हो । राष्ट्र बैंकले ९१ दिन अवधिको रु २० करोड, १८२ दिन अवधिको पाँच अर्ब र ३६४ दिन अवधिको रु छ अर्ब गरी जम्मा रु ११ अर्ब २० करोड बराबरको ट्रेजरी जारी गर्न लागेको बैंकले जारी गरेको सूचनामा उल्लेख छ । ९१ दिन अवधिको ट्रेजरी आगामी… पुरा पढौ

तल्लो साञ्जेन जलविद्युत् आयोजनाको संरचना निर्माण पूरा

रसुवा, १ कात्तिक । उत्तरी रसुवाको चिलिमे इलाका क्षेत्रमा निर्माणाधीन तल्लो साञ्जेन जलविद्युत् आयोजानाको अधिकांश संरचना निर्माण पूरा भएको छ । बयालीस दशमलव पाँच मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्यका साथ सन् २०१३ बाट सुरूआत भएको उक्त आयोजनाले तीन हजार ६३० मिटर हेडरेस् सुरुङ, एक हजार ५१ मिटर उचाइको सर्ज ट्याङ्क, ४७८ मी पेनस्टक सुरूङ तथा विद्युत्गृहसमेत निर्माण सम्पन्न गरिसकेको छ । विद्युत्गृहमा पानी ल्याउने सुरूङको निर्माणपश्चात् कङ्क्रिट तथा पेनस्टक सुरूङमा पाइप राख्ने कामसमेत धमाधम अगाडि बढिरहेको आयोजनाले जनाएको छ । संरचना… पुरा पढौ

आन्तरिक पर्यटकले म्याग्दीका होटल भरिभराउ

म्याग्दी, १ कात्तिक । केही दिनयता जिल्लाका होटल तथा लज भरिभराउ भएका छन् । म्याग्दी र मुस्ताङका पर्यटकीयस्थल घुम्न आएका आन्तरिक पर्यटकले होटल तथा लज भरिभराउ भएका हुन् । होटल तथा रेष्टुराँ व्यवसायी सङ्घ म्याग्दीका अध्यक्ष बाबुराम आचार्यले दसैँलगत्तै पाहुनाको चाप बढेर होटल भरिभराउ भएका जानकारी दिए । “देशका विभिन्न ठाउँमा भ्रमणका आएका पाहुनाले होटल भरिएका हुन्”, उनले भने, “दुई वर्षपछि यति धेरै सङ्ख्यामा पाहुना आएका हुन् ।” बेनी, गलेश्वर, पोखरेबगर, भुरुङ–तातोपानी, दाना, घोरेपानी, सिङ्गा तातोपानीका होटल आन्तरिक पर्यटकले भरिभराउ… पुरा पढौ

आइसिएफसि फाइनान्सले गर्यो लाभांश वितरणको घोषणा

काठमाडौं, १ कात्तिक । आइसिएफसि फाइनान्स कम्पनी लिमिटेडले १४ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । फाइनान्सको संचालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७/२०७८ को मुनाफाबाट शेयरधनीहरुलाई चुक्ता पूँजीको १० प्रतिशत बोनस तथा कर प्रयोजनार्थ ४ प्रतिशत नगद लाभांशसहित १४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । संचालक समितिको सो प्रस्तावलाई नेपाल राष्ट्र बैंकले अनुमति प्रदान गरेपछि तथा फाइनान्सको साधारण सभाले पारित गरेपछि वितरण गरीने भएको छ । संचालक समितिको २८७ औं बैठकबाट शेयरधनीहरुलाई २०७८ असार मसान्तसम्म कायम… पुरा पढौ

हुवासिन सिमेन्टलाई विद्युत् दिने स्वीचिङ स्टेशन सञ्चालनमा

काठमाडौं, १  कात्तिक । धादिङ जिल्लामा निर्माणाधीन हुवासिन सिमेन्ट उद्योगलाई विद्युत् आपूर्ति गर्ने स्वीचिङ स्टेसन सञ्चालनमा आएको छ । मस्र्याङदी–स्युचाटार १३२ केभी प्रसारण लाइनअन्तर्गत धादिङको सिद्धलेक गाउँपालिका–६ मा निर्माण गरिएको स्वीचिङ स्टेशनलाई चार्ज गरी सञ्चालनमा ल्याइएको छ । तनहुँस्थित तल्लो मस्र्याङदी विद्युत्गृहबाट आएको प्रसारण लाइन स्वीचिङ स्टेसनमा भित्रिने (लुप इन) र बाहिरिने (लुप आउट) छ । प्रसारण लाइनलाई स्वीचिङ स्टेसनमा ‘लुप इन’ गराएर हुवासिन सिमेन्टलाई विद्युत् आपूर्ति दिइने छ । हुवासिन सिमेन्टले २० मेगावाट विद्युत् लिने नेपाल विद्युत् प्राधिकरणले जनाएको… पुरा पढौ