आर्थिक 📈

कोरोना कहरले सुस्तायो पाल्पाली ढाकाको व्यापार

पाल्पा, ७ कात्तिक । रैनादेवी छहरा गाउँपालिका–४ छहराकी कमला रायमाझीले तानसेनको सिल्खानटोलमा पाँच वर्षअघि ढाका कपडा कारोबार गर्न पसल सञ्चालन गर्दा निकै उत्साहित थिइन । पछिल्लो समय कोरोनाले जिल्ला बाहिरका पर्यटक आगमन नहुँदा व्यापार सुस्ताएपछि उनी निराश भइन । कोरोना कहरले ढाकाका व्यापारमा निकै नै कमी आएको उनको अनुभव छ । यस्ता उद्योग लामो समय बन्द हुँदा श्रमिक कामविहीन समेत बनेका छन् । तानसेनको सरस्वती ढाका कपडा उद्योगमा ढाका कपडा बुन्दै आएका कृष्णबहादुर क्षेत्रीले कोरोनाले लाम्रो समय कपडा उत्पादनमा समस्या… पुरा पढौ

म्याग्दीमा कालिजपालनमा बढ्याे आकर्षण

म्याग्दी, ७ कात्तिक । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु ऐन, २०२१ ले डाँफे, मुनाल, कालिजलगायतका वनजङ्गलमा पाइने पक्षी पाल्न तथा सिकार गर्न प्रतिबन्ध लगाएको छ । विदेशबाट आयात गरिएको ‘रिङनेक’ जातको कालिज पाल्न तथा सिकार गर्न पाइने कानुनी व्यवस्थासँगै पछिल्लो समय कालिज पाल्नेको लहर चलेको छ । केही वर्षअघिसम्म दुर्लभ मानिने कालिज (वनकुखरा)को मासु होटल, रेष्टुरेन्टदेखि व्यक्तिका भान्छामा सहजरूपमा उपलब्ध हुन थालेको छ । भारतीय गोरखा सैनिकबाट सेवानिवृत्त भएपछि व्यावसायिक कालिजपालन सुरुआत गर्नुभएका बेनी नगरपालिका–२ फापरखेतका नवीन घिमिरे छोटो समयमै राम्रो… पुरा पढौ

नमोबुद्ध नगरपालिकामा ‘सुरक्षित पर्या-पर्यटन’ सम्बन्धी उच्चस्तरीय बैठक सम्पन्न

बनेपा, ६ कात्तिक । काभ्रेपलाञ्चोकको पर्यटकीय क्षेत्रमध्येको नमोबुद्ध, पनौती र धुलिखेल नगरपालिकालाई लक्ष्य गरी सञ्चालनमा ल्याएको ‘सुरक्षित पर्या–पर्यटन’ सम्बन्धी उच्चस्तरीय बैठक आज नमोबुद्ध नगरपालिकामा सम्पन्न भएको छ । ‘नेपालमा विपद् जोखिम संवेदनशील पर्यापर्यटन प्रवद्र्धनमा निजी क्षेत्रसँग साझेदारी परियोजना’अन्तर्गत पर्या–पर्यटन र विपद् जोखिम न्यूनीकरणसम्बन्धी कार्य गरिने छ । अमेरिकी सहयोग नियोग युएसएआइडीको सहयोगमा विसं २०७७ असोजबाट सुरु भएको सो परियोजना यही कात्तिक १३ गतेदेखि सम्पन्न हुने बताइएको छ । सो परियोजनाअन्तर्गत वातावरण तथा बाल सरोकार संस्था नेपाल (इको नेपाल)को साझेदारीमा काभ्रेपलाञ्चोकका… पुरा पढौ

दुई वर्षमा एक सयभन्दा बढी सहकारी समायोजन

काठमाडौं, ६ कात्तिक । सहकारी विभागले विगत दुई वर्षमा एक सयभन्दा बढी सहकारी एकापसमा समायोजन गरिएको जनाएकाे छ । समान उद्देश्य र एउटै कार्यक्षेत्र भएका काठमाडौँ उपत्यका र उपत्यका बाहिरका सयभन्दा बढी सहकारी समायोजन गरी ५० बनाइएको छ । दर्ता भएर लामो समयसम्म सेवा प्रदान गर्न नसकेका सहकारीलाई समायोजन गरिएको हो । एकीकरण तथा विभाजन निर्देशिका, २०७७ अनुसार फरक–फरक सहकारी एक हुन पाउँछन् । यसरी एक हुन चाहने सहकारीले विभागमा निवेदन पेश गर्नुपर्ने कानुनी प्रावधान छ । सोही निर्देशिकाको आधारमा सहकारी… पुरा पढौ

गोठ रित्तिंन थालेपछि ५१ लाख लगानीमा सामूहिक भैंसीपालन

वालिङ, ६ कात्तिक । गाउँले सामूहिकरुपमा भैँसीपालन व्यवसायतर्फ जुटेका छन् । स्याङ्जाको वालिङ नगरपालिका–८ बगालथोक गाउँका स्थानीयवासी एकजुट भएर समूह दर्ता गरी सोही समूहमार्फत भैँसीपालन थालेका हुन् । गाउँलेले वालिङ नगरपालिकामा २०७६ को अत्यतिर ‘नवदुर्गा दुग्ध उत्पादक समूह’ दर्ता गरेर २०७७ को सुरुआतसँगै भैँसी पाल्न थालेको अध्यक्ष रीमाकान्ती बगालेले बताए । तीस घरधुरी रहेको उक्त गाउँका घरमा क्रमशः गोठ रित्तै हुँदै गएकाले समूहमार्फत भैँसीपालन अगाडि बढाउने निर्णय गरेर गत वर्षदेखि भैँसीपालन गर्दै आएको समूहका अध्यक्ष बगाले बताउछन् । “गाउँमा रहेका… पुरा पढौ

न्यादी हाइड्रोपावरको आज आइपिओ बाँडफाँट

काठमाडौं, ५ कात्तिक । न्यादी हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि निष्काशन गरेको प्रारम्भिक सार्वजनिक निष्काशन (आइपिओ) बाँडफाँट गरेको छ । कम्पनीको धितोपत्र बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको कार्यालयमा आज आइपिओ बाँडफाँट गरिएको हो । कम्पनीले निष्काशन गरेको आइपिओमा कूल २२ लाख ५५ हजार ८४ जनाले आवेदन दिएका थिए । आवेदन दिएकामध्ये १३ हजार ९४६ जनाको आवेदन रद्द भएको र बाँकी २२ लाख ४१ हजार १३८ योग्य आवेदकमध्ये दुई लाख नौ हजार २५० आवेदकलाई १० कित्ताका दरले शेयर बाँडफाँट गरिएको क्यापिटलले जनाएको… पुरा पढौ

सुनकाे भाउ स्थिर, चाँदीकाे घट्याे

कठमाडौं, ५ कात्तिक । साताको कारोबार हुने अन्तिम दिन शुक्रबार आज सुनको भाउ स्थिर रहेको छ । चाँदीको भाउमा भने सामान्य गिरावट भएको छ । सुनको भाउ बिहिबारकै ९१ हजार ७०० रुपैया कायम भएको छ । चाँदीमा सामान्य १० रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनको भाउ शुक्रबार स्थिर रहि बिहिबारकै मूल्य प्रतितोला ९१ हजार ७०० रुपैयाँमा कारोबार भएको छ । तेजाबी सुन प्रतितोला ९१ हजार २०० रुपैयाँमा कारोबार भएको छ । बिहिबार पनि तेजाबी सुन… पुरा पढौ

सांग्रिला डेभलपमेन्ट बैंकको शेयरमूल्य समायोजन

कठमाडौं, ५ कात्तिक । सांग्रिला डेभलपमेन्ट बैंकको शेयरमूल्य नेपाल स्टक उक्सचेन्ज (नेप्से)मा समायोजन भएको छ । बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बुक क्लोज गरेपछि बैंकको शेयरमूल्य शुक्रबार नेप्सेमा समायोजन भएको हो । नेप्सेले बैंकको १० प्रतिशत बोनस शेयरमूल्य समायोजन गरेको हो । नेप्सेमा समायोजन भएपछि बैंकको शेयरमूल्य प्रतिकित्ता ३३४ रुपैयाँ ५५ पैसा कायम गरिएको छ । बिहिबारको अन्तिम कारोबार प्रतिकित्ता ३६८ रुपैयाँ रहेको थियो । सांग्रिला डेभलपमेन्ट बैंकले कात्तिक १६ गते काठमाडौं लैनचौरस्थिर लैनचौर ब्यांकेटमा १७ औं साधारण… पुरा पढौ

स्रोत नखुलेको रु ८० लाखसहित एक पक्राउ

काठमाडौ, ४ कात्तिक । प्रहरीले स्रोत नखुलेको रु ८० लाखसहित एक व्यक्तिलाई पक्राउ गरेको छ । प्रहरी प्रधान कार्यालयका अनुसार गए राति मध्यपुर थिमी नगरपालिका–१ लोकन्थलीबाट स्रोत नखुलेको रु ८० लाखसहित काठमाडौँ कोटेश्वर बस्ने बागलुङ गल्कोट नगरपालिका–१० का ३६ वर्षीय चित्रबहादुर पुन मगरलाई गएराति पक्राउ गरेको छ । लोकन्थली मनहरा आँखा अस्पताल नजिक हुण्डीको कारोबार भइरहेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त थिमीबाट खटिएको प्रहरीले मगरलाई नियन्त्राणमा लिएको हो । उनको साथबाट बा ४९ प ८५६५ नंको स्कुटर र… पुरा पढौ

नेप्सेमा दोहोरो अंकको गिरावट, सानिमा बैंकले गर्यो २७ करोड बढीको कारोबार

कठमाडौं, ४ असोज .अघिल्लो दिन हरियाली छाएको शेयर बजारमामा साताको कारोबार हुने अन्तिम दिन बिहिबार राताम्मै भएको छ । १३ उपसमूहमध्ये दुई बाहेक ११ वटा उपसमूहहरु राताम्मै भएका छन् । उनीहरु सबैको शेयर घटेको छ । कारोबार रकममा पनि खासै प्रगति भएको देखिएन । नेप्सेमा भईरहेको निरन्तरको गिरावटले लगानीकर्ताहरु निरास भएका छन् । यसदिन नेप्से परिसूचक १४.७० अंकले घटेर २५५६.९५ विन्दुमा झरेको छ । नेप्से ०.५७ प्रतिशतले घटेको छ । उता सेन्सेटिभ इण्डेक्स ०.६५ अंकले घटेर ४८३.३९ विन्दुमा रहेको छ… पुरा पढौ