आर्थिक 📈

अनाधिकृत सेवा लिएको अभियोगमा मुद्दा दायर

काठमाडौं, २८ भदौ। अख्तियार दुरुपयोग अनुसनधान आयोगले अनाधिकृत रूपमा विभिन्न सेवा सुविधा लिएको अभियोगमा तनहुँको साविक घाँसीकुवा गाविसका तत्कालीन गाविस सचिव रामराज न्यौपानेसहित छ जना विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगका अनुसार दशैँ खर्च परिषद् तयारी खर्च भनी अनाधिकृत सुविधा लिएको, परिषद्को निर्णय बिना नै आर्थिक सहायता दिएको र परामर्शदाता नियुक्तिपछि पहिल्यैदेखिको सम्झौता बनाई रकम भुक्तानी गरेको पाइएपछि गाविस सचिव न्यौपाने विरुद्ध रु एक लाख ४७ हजार ३६४ बराबरको बिगो दावी गर्दै मुद्दा दायर गरिएको हो ।… पुरा पढौ

राष्ट्रिय गौरवका आयोजनालाई प्रभावकारी बनाउछौं : अर्थमन्त्री

काठमाडौं, २७ भदौ । अर्थमन्त्री जनार्दन शर्माले राष्ट्रिय गौरवका आयोजनाको कामलाई प्रभावकारी र परिणाममुखी बनाइने बताएका छन् । नेपाल आर्थिक पत्रकार समाज (सेजन) का नवनिर्वाचित कार्यसमितिलाई आज मन्त्रालयमा आयोजित स्वागत कार्यक्रममा उनले राष्ट्रिय महत्वका आयोजनाको कामको अनुगमनमा आर्थिक पत्रकारलाई पनि सहभागी गराइने बताए । “मन्त्रालयले अनुगमनमा तपाइ पत्रकारहरुलाई संस्थागतरूपमा सहभागी गराउँछ, मन्त्रालयले अनुगमन संयन्त्र बनाउँदै छ, कर्मचारी मात्रै गएर अनुगमन प्रभावकारी हुँदैन । हामी सहकार्य गरेर जाऔँ, प्राप्त मूल्यवान समयको सदुपयोग गरौँ”, उनले भने । सेजनका अध्यक्ष जनार्दन बरालले आर्थिक… पुरा पढौ

हिन्द-प्रशान्त रणनीतिअन्तर्गत सैन्य अंश छैन्, एमसिसी सम्झौता अनुमोदन हुनेमा अमेरिका विश्वस्त

काठमाडौं, २७ भदौ । मिलेनियम च्यालेञ्ज सम्झौता (कम्प्याक्ट) प्रतिनिधिसभाबाट शीघ्र अनुमोदन हुने विश्वास व्यक्त गर्दै एक अमेरिकी अधिकारीले त्यसबाट नेपाल र अमेरिकाबीचको ७३ वर्षदेखिको सहकार्य र साझेदारी अझ सुदृढ हुने बताएका छन् । नेपालको आर्थिक–सामाजिक रूपान्तरणलाई केन्द्रमा राखेर नेपाल सरकार स्वयंले आधा दशकभन्दा बढीको छलफल र वार्तापछि पाँच वर्षअघि अमेरिकासँग गरेको एमसिसी कम्प्याक्टलाई कार्यान्वयन गर्न नेपालका राजनीतिक दलबीच मतैक्य रहनेमा पनि आफू ढुक्क रहेको उनले बताए । “अमेरिका–नेपालबीचको सात दशकभन्दा पुरानो औपचारिक सम्बन्ध, त्यसयता भएका अनेकौँ द्विपक्षीय सहकार्यका परियोजनाले नेपाललाई… पुरा पढौ

सात प्रतिशतको आर्थिक वृद्धि सम्भव छ : अर्थमन्त्री

काठमाडौं, २७ भदौ । अर्थमन्त्री जनार्दन शर्माले कोरोनाको असर क्रमशः कम हुँदै गएकाले आर्थिक गतिविधि थप चलायमान हुने अपेक्षासहित चालु आवमा सात प्रतिशतको आर्थिक वृद्धि हुने लक्ष्य राखिएको बताएका छन्। अध्यादेशबाट आएको चालु आवको बजेटको प्रतिस्थापन गर्न प्रतिनिधिसभामा विधेयक पेश भएपछि आज आयोजित पत्रकार सम्मेलनमा उनले भने, “सात प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य सहजै प्राप्त हुन सक्छ । त्यसका लागि क्रमशः वातावरण बन्दै गएको छ ।” उनले कोरोनाको असर कम हुँदै गएको, आर्थिक क्रियाकलाप बढ्दै गएको, पूँजीगत खर्चमा वृद्धि गर्ने स्पष्ट… पुरा पढौ

शेयर बजारमा छायो हरियाली, हाइड्राेमा झुम्मिए लगानीकर्ता

काठमाडौं, २७ भदौ । साताको पहिलो दिन आईतबार केहि समयको अन्तरालपछि शेयर बजारमा हरियाली छाएको छ । १३ उपसमूहमध्ये १२ वटाको शेयर बढेको छ भने म्युचुअल फण्डतर्फ घटेको छ । लगानीकर्ताको आकर्षण हाईड्रोतर्फ देखिएको छ । यो उपसमूहतर्फ ६.३७ प्रतिशतले बढेको छ । यस्तै विकास बैंकतर्फ ५.१३ प्रतिशतले बृद्धि भएको भने फाइनान्सतर्फ ४.०८ प्रतिशतले र उत्पादन समूहतर्फ ४.५१ प्रतिशतले बृद्धि भएको छ । नेप्से परिसूचक ७१.४३ अंकले बढेर २९४७.४२ विन्दुमा उक्लिएको छ । नेप्से २.४८ प्रतिशतले बृद्धि हुँदा सेन्सेटिभ इण्डेक्स… पुरा पढौ

एनआईसी ग्रोथ र ब्यालेन्स्ड फण्डको मूल्य नेप्सेमा समायोजन

काठमाडौं, २७ भदौ । नेपाल स्टक एक्सचेन्ज नेप्सेमा आज दुईवटा म्युचुअल फण्डहरुको इकाईको मूल्य समायोजन भएको छ । यसरी मूल्य समायोजन भएकाहरुमा एनआईसी एशिया ग्रोथ फण्डको इकाईमूल्य र एनआईसी एशिया ब्यालेन्स्ड फण्ड रहेका छन् । यी फण्डहरुको इकाईको मूल्य समायोजनपछि इकाईको नयाँ मूल्य कायम भएको छ । एनआईसी एशिया ग्रोथ फण्डको ३० प्रतिशत नगद लाभांश समायोजन भएको छ । समायोजन भएपछिको मूल्य १२ रुपैयाँ २२ पैसा भएको छ । यस्तै एनआईसी एशिया ब्यालेन्स्ड फण्डको ३० प्रतिशत नगद लाभांश समायोजन भएको… पुरा पढौ

आईतबार शेयर बजार सकारात्मक लयमा

काठमाडौं, २७ भदौ । साताको पहिलो दिन आईतबार शेयर बजारको लय सकारात्मक देखिएको छ । आज संकेत सकारात्मक देखिए पनि बजार बन्द हुँदाको समयसम्म भने नतिजा उल्टो वा सुल्टो कुनै आउन सक्छ । आज नेप्सेको प्रिओपन सेसनमा नेप्से पयिरसूचक ११.५१ अंकले बढ्यो । यो बृद्धिसंगै नेप्से २८८७.५० विन्दुमा पुग्यो । १ करोड ११ लाख रुपैयाँ बढीको कारोबार भयो । प्रिओपन सेसनमा ४५ कम्पनीको १७ हजार ५६९ कित्ता शेयरको कारोबार भयो । यस अवधिमा ४० कम्पनिको शेयर बढेको पाईएको छ भने… पुरा पढौ

फेरि घट्याे सुनचाँदीको भाउ,कतिमा हुँदैछ कारोबार ?

काठमाडौं, २७ भदौ । चाडपर्वको महिना भदौ सकिनै लाग्दा सुनचाँदीको भाउमा उतारचढाव हुने क्रम चलिनै रहेकाे छ । सरकारले कोरोना संक्रमणको जोमिको कारण लागू गरेको निषेधाज्ञालाई खुकुलो बनाएको छ भने खोप अभियानलाई जारि राखेको छ र मानिसहरुकाे चहलपहल पनि बढेकाे छ। योसंगै बजारमा चहलपहल पनि शुरु भएकोछ छ । अब भने व्यापार व्यवसाय चलायमान हुन्छ कि भन्ने आशा पलाएको छ । तर सबैले सरकारले तोकेका स्वास्थ्य सुरक्षाका मापदण्डहरुलाई परिपालना गरेर अगाडी बढ्नुको बिकल्प पनि छैन । साताको पहिलो दिन आईतबार… पुरा पढौ

पहिराले मध्यपहाडी लोकमार्गमा पाँच करोडको क्षति

गलकोट, २७ भदौ । कालोपत्रेको अन्तिम चरणमा रहेको मध्यपहाडी पुष्पलाल लोकमार्गको पोखरा बागलुङ सडकअन्तर्गत पर्वत खण्डमा पहिराले क्षति पु¥याएको छ । भदौ १७ गते राति पर्वत खण्डको आठ किलोमिटर सडक २० ठाउँमा अवरुद्ध भएको थियो । जसमध्ये सबैभन्दा क्षति कुश्मा नगरपालिकाको दोबिल्लामा भएको थियो । पर्वतको भ्याप्लेखोलामा विष्फोटक पदार्थ प्रयोग गरी एक हप्तापछि सडक सञ्चालनमा ल्याएको भए पनि सडकमा सास्ती कायमै रहेको यात्रुले बताएका छन् । सडकमा दैनिक घण्टौ जाम भइरहेको छ । पर्वत खण्डको २४ किलोमिटर सडक लामा कन्ट्रक्सनले… पुरा पढौ

शेयर बजारको विकृतिबारे अध्ययन भइरहेको छ : अर्थमन्त्री

अकाठमाडौं, २८ चैत  । अर्थमन्त्री जनार्दन शर्माले शेयर बजारका समग्र लगानीकर्ताको हितका विषयमा अध्ययन भइरहेको बताएका छन् । अर्थ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्रीले शेयर बजारमा रहेका विकृति तथा विसङ्गतिको अन्त्यका लागि सरकारले एक समिति नै बनाएर अध्ययन गरिरहेको जानकारी दिए । सरकारले नेपाल धितोपत्र बोर्ड अध्यक्ष भीष्मराज ढुङ्गानालाई निलम्बन गरी छानबिनका लागि उच्च अदालतका पूर्वन्यायाधीश अनन्तराज डुम्रेको संयोजकत्वमा छानबिन समिति गठन गरेको छ । छोरीको नाममा सर्वोत्तम सिमेन्टको शेयर खरिद गरेको विषयमा विवाद भएपछि सरकारले छानबनि समिति गठन गरेको… पुरा पढौ