आर्थिक 📈

बढ्याे सुनचाँदीको भाउ, तोलाको कति पुग्यो ?

काठमाडौं, २५ भदौ । नेपाली बजारमा सुनचाँदीको भाउ शुक्रबार सामान्य किसिमले बृद्धि भएको छ । साताको कारोबार हुने अन्तिम दिन छापावाला सुनमा रुपैयाँ १०० तथा चाँदीमा रुपैयाँ ५ ले बृद्धि भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन रुपैयाँ १०० ले बृद्धि भएर प्रतितोला ९० हजार ७०० रुपैयाँमा कारोबार भएको छ । यसअघि बिहिबार छापावाला सुन प्रतितोला ९० हजार ६०० रुपैयाँमा कारोबार भएको थियो । तेजाबी प्रतितोला ९० हजार २०० रुपैयाँमा कारोबार भएको छ । बिहिबार तेजाबी सुन… पुरा पढौ

तेह्रथुम पावरको आईपीओ बाँडफाँट, ७४४०० ले पाए शेयर

काठमाडौं, २५ भदौ । तेह्रथुम पावर कम्पनी लिमिटेडको आईपीओ बाँडफाँट भएको छ। कम्पनीको बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलमा सो शेयर बाँडफाँट भएको हो। योग्य आवेदकहरुमध्ये ७४ हजार ४०० जनालाई १० कित्ताका दरले शेयर बाँडफाँट गरिएको छ। कम्पनीले ८ करोड रुपैयाँ बराबरको ८ लाख कित्ता शेयर निष्काशनमा ल्याएको थियो। कम्पनीले बिक्रीमा ल्याएको कुल शेयरमध्ये २ प्रतिशत अर्थात १६ हजार कित्ता शेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ४० हजार कित्ता शेयर सामूहिक लगानी कोषलाई छुट्याएर बाँकी रहेको ७ लाख ४४ हजार… पुरा पढौ

नबिल ब्यालेन्स्ड फण्ड ३ को १० करोड इकाई आजदेखि निष्काशन

काठमाडौं, २५ भदौ । नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडले आजदेखि १ अर्ब रुपैयाँ बराबरको म्युचुअल फण्ड निष्काशनमा ल्याएको छ । कम्पनीका अनुसार अर्को म्युचुअल फण्ड नबिल ब्यालेन्स्ड फण्ड ३ निष्काशनमा ल्याइएको हो । कम्पनीले प्रतिइकाई १० रुपैयाँ अंकित फण्डको १ अर्ब रुपैयाँ बराबरको १० करोड इकाई बिक्री गरिने भएको हो । कुल बिक्री भएको इकाई संख्याको १५ प्रतिशत अर्थात १ करोड ५० लाख इकाई कोषको प्रवर्धक रहेको नबिल बैंकलाई १ करोड ४० लाख अर्थात १४ प्रतिशत छुटयाईएको छ । १ प्रतिशत… पुरा पढौ

अलैँचीको बजार मूल्यमा उत्साह

फुङ्लिङ, २५ भदौ । ताप्लेजुङमा गत हप्तादेखि नयाँ मुल्यमा अलैँची खरिद बिक्री सुरु भएको छ । अलैँचीको नयाँ उत्पादन (फसल) बजारमा आउन थालेसँगै कारोबार मूल्य सन्तोषजनक भएकाले किसान तथा व्यवसायीमा उत्साह थपेको हो । पछिल्ला केही वर्षयता अलैँचीको मूल्य निरन्तर घटिरहेको अवस्थामा यस वर्ष सुरुमै सोचेभन्दा राम्रो मूल्य आएको बताइएको छ । केही हप्ता अघिदेखि स्थानीय बजारमा निस्कन थालेको अलैँचीको मूल्य प्रतिमन (४० किलोग्राम) रु ३२ देखि ३५ हजारसम्ममा कारोबार भइरहेको छ । हाल स्थानीय बजारमा कारोबार हुन थालेको मूल्य… पुरा पढौ

क्रिप्टोकरेन्सीको कारोबार गरे कारबाही : राष्ट्र बैंक

काठमाडाैं, २५ भदाै । नेपाल राष्ट्र बैंकले नेपालभित्र कुनै पनि प्रकारका क्रिप्टोकरेन्सीको कारोबार नगर्न सचेत गराएको छ । केन्द्रीय बैंकले एक सूचना प्रकाशित गरी नेपालभित्र कुनै पनि प्रकारका क्रिप्टोकरेन्सीको कारोबार प्रयोग र माइनिङ गरिनु पूर्णरुपमा गैरकानुनी रहेको स्पष्ट पारेको छ । विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ ले दिएको अधिकारअनुसार कुनै पनि गैरकानुनीरुपमा कारोबार नगर्न तथा नगराउन स्पष्ट पारिएको छ । केन्द्रीय बैंकले जारी गरेको सूचनामा भनिएको छ “हालका दिनमा क्रिप्टोकरेन्सीको कारोबार प्रयोग, माइनिङ जस्ता कार्यमा संलग्न हुन प्रोत्साहन गर्ने… पुरा पढौ

लगानीकर्ताकाे रिले अशसन जारि, माग पूरा नगरे भदौ ३० देखि आमरण अनशन

काठमाडौं, २४ भदौ । राष्ट्र बैंकले ल्याएको शेयर धितो कर्जा सीमाको विरोध गर्दै आएका लगानीकर्ताहरुले दोश्रो दिन पनि आज माइतीघर मण्डलामा रिले अनशनलाई जारि राखेका छन् । पूँजी बजार सुधार संघर्ष समितिको नेतृत्वमा लगानीकर्ताहरुले बुधबारबाट रामकृष्ण ढकालको संयोजकत्वमा रिले अनशन शुरु गरेका हुन् । लगानीकर्ताले रिले अनशनलाई भदौ २९ गतेसम्म निरन्तरता दिने बताएका छन् । मागका बारेमा राष्ट्र बैंकमा ज्ञापनपत्र बुझाए पनि सुनुवाई नभएपछि रिले अनशन शुरु गरेको उनीहरुले बताएका छन् । भदौ २९ गतेसम्म माग पूरा नभए भदौ ३०… पुरा पढौ

अन्तरदेशीय पेट्रोलियम पाइपलाइन : दुई वर्षमा ३ अर्ब बचत

काठमाडौं, २४ भदौ । नेपाल–भारत अन्तरदेशीय पेट्रोलियम पाइपलाइन सञ्चालनमा आएको दुई वर्ष पूरा भएको छ । नेपाल आयल निगमले भारतीय आयल कर्पोरेसनको सहयोगमा भारतको मोतिहारीदेखि नेपालको अमलेखगञ्जसम्मको ७९ किलोमिटर पाइपलाइन निर्माण गरेर २०७६ भदौदेखि पाइपलाइनबाट पेट्रोलियम पदार्थ भित्र्याउन सुरु गरेको हो । दुई वर्षको अवधिमा पाइपलाइनबाट एक अर्ब ६१ करोड लिटर डिजेल आयात गरिएको छ । आर्थिक वर्ष २०७६, ७७ मा ४८ करोड ८५ लाख लिटर, आव २०७७, ७८ मा एक अर्ब ३१ तथा चालू आवको हालसम्ममा १२ करोड ४४ लाख… पुरा पढौ

नेप्सेमा सामान्य अंकले गिरावट, कारोबार रकममा थाेरै बृद्धि

काठमाडौं, २४ भदौ । साताको शेयर कारोबार हुने अन्तिम दिन बिहिबार नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा दोहोरो अंकको गिरावट भएको छ । नेप्से सामान्य अंकले घट्दा कारोबार रकम अघिल्लो पटककोभन्दा केहि सुधार भएको छ । बुधबार ६०.०२ अंकले गिरावट भई २८७६.५९ विन्दुमा झरेको थियो । ६ अर्ब ६४ करोड कढीको कारोबार भएको थियो । आज भने कारोबार रकम ७ अर्ब नाघेको छ । नेप्से परिसूचक ०.६२ अंकले घटेर २८७५.९७ विन्दुमा झरेको छ । नेप्से ०.०२ प्रतिशतले घटेको छ । सेन्सेटिभ इण्डेक्स… पुरा पढौ

दैलेखमा ग्यास र पेट्रोल भएको पुष्टि, थप प्रक्रिया अघि बढाइयाे

दैलेख, २४ भदौ । दैलेखमा ग्यास र पेट्रोल भएको पुष्टि गरिएको छ । नेपाल र चीन सरकारबीच भएको सम्झौताअनुसार पेट्रोलियम पदार्थको अन्वेषणका लागि गरिएको सेस्मिक सर्भेको प्रतिवेदनले दैलेखमा ग्यास र पेट्रोल भएको पुष्टि गरेको हो । चिनियाँ प्राविधिक टोलीले खानी तथा भूगर्भ विभागलाई पठाएको प्रतिवेदनमा यहाँ ग्यास र पेट्रोल भएको पुष्टि गरेको बताइएको छ । चिनियाँ टोलीले प्रतिवेदन पठाएपछि उत्खननका लागि थप प्रक्रिया अघि बढाइएको विभागका भूगर्भविद् डा. सुधीर रजौरेले बताए । “सर्भे गरिएको स्थानमा ग्यास र पेट्रोल छ भन्ने प्रमाणित भयो”,… पुरा पढौ

बजारमा रकम अभाव हुन नदिन राष्ट्र बैंकले ३० अर्ब पठाउँदै

काठमाडौं, २४ भदौ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुमा रकमको अभाव हुन नदिनका लागि ३० अर्ब रुपैयाँ रिपो लिलामीमार्फत बजारमा पठाउन लागेको जानकारी दिएको छ । राष्ट्र बैंकले बैंकिङ प्रणालीमा भएको तरलतालाई सुन्तु्लन कायम गर्नका लागि आज ३० अर्ब रुपैयाँ पठाउन लागेको हो । बैंकका अनुसार यो योजना दुई हप्ताका लागि जारि गर्न लागेको हो । जो असोज ७ गते परिपक्व हुनेछ । बैंकले क, ख र ग बर्गका बैंक तथा वित्तीय संस्थाहरूले अनलाइनबाट लिलामी प्रणालीमार्फत दिउँसो ३… पुरा पढौ