आर्थिक 📈

५१.८६ अंकले बढ्यो नेप्से, विकास बैंक र फाइनान्सतर्फ झुम्मिए लगानीकर्ता

काठमाडौं, २६ साउन । केहि समय निकै आरोह अवरोहकाबीच चल्दै आएको शेयर बजारमा साताको तेश्रो दिन मंगलबार भने चमक देखिएको छ । अधिकांश सूचकहरुमा हरियो लागेता पनि विकास बैंक तथा फाइनान्सतर्फ लगानीकर्ताहरु झुम्मिएका छन् । यसदिन कारोबार रकममा पनि बढोत्तरी भएको छ । कारोबार १८ अर्ब नजिक पुगेको छ । नेप्से परिसूचक ५१.८६ अंकले बृद्धि भएको छ । यसरी बढेको नेप्से परिसूचक ३१६१.४४ विन्दुमा पुगेको छ । नेप्से १.६७ प्रतिशतले बृद्धि हुँदा सेन्सेटिभ इण्डेक्स १२ अंकले बढेर ५८७.९५ विन्दुमा पुगेको… पुरा पढौ

अर्थमन्त्रीले देशको वर्तमान आर्थिक अवस्थाबारे श्वेतपत्र प्रस्तुत गर्दै

काठमाडौं, २६ साउन । अर्थमन्त्री जनार्दन शर्माले आज प्रतिनिधि सभामा वर्तमान आर्थिक अवस्थाबारे स्वेतपत्र प्रस्तुत गर्दैछन् । अर्थमन्त्री शर्माले मन्त्रीमा नियुक्ती भएपश्चात नै स्वेतपत्र सार्वजनिक गर्ने घोषणा गरेका थिए । यसका लागि अर्थमन्त्रालयले करिब ३ सातादेखि तयारी गरिरहेको थियो । देशका आर्थिक सूचकांकहरुलाई जस्ताको तस्तै देखाउने गरी ‘वर्तमान आर्थिक अवस्थाको यथार्थपत्र’ जारी गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ । उनले आज प्रतिनिधि सभामा स्वेतपत्र सार्वजनिक गर्ने छन्। पुरा पढौ

सरकारको साझा न्युनतम कार्यक्रम सकारात्मक: उद्योग वाणिज्य महासंघ

काठमाडाै, २६ साउन । नेपाल उद्योग वाणिज्य महासंघले संयुक्त सरकारको साझा न्युनतम कार्यक्रम सकारात्मक रहेको जनाएको छ । सरकारले खोपको वितरण, उत्पादनमुलक उद्योगलाई बढावा, लगानीलाई प्रोत्साहन, साना मझौला उद्यमको प्रवद्र्धन र आर्थिक क्षेत्र सम्वद्ध विधेयक पारित गर्न तदारुकता देखाउनु उद्यमशीलता विकासका लागि सकारात्मक रहेको महासंघले जनाएको छ । असोजसम्ममा एकतिहाई नागरिकलाई र चैत मसान्तसम्ममा खोप लगाउन योग्य सबै नेपालीलाई निःशुल्क खोपको व्यवस्था गर्ने भन्ने व्यवस्था सराहनीय रहेको महासंघले जनाएको छ । तर बारम्बार आग्रह गर्दा पनि फ्रन्टलाइनमा रहने उद्यमी व्यवसायी… पुरा पढौ

उकालो लाग्याे सुनको भाउ, चाँदीको घट्यो

काठमाडौं, २६ साउन । साताको तेश्रो दिन मंगलबार छापावाला सुनको भाउ उकालो लागेको छ । चाँदीको भाउमा भने सामान्य गिरावट भएको छ । सुनमा २०० रुपैयाँले बृद्धि भएको हो भने चाँदीमा १० रुपैयाँले गिरावट भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन प्रतितोला ८९ हजार २०० रुपैयाँमा कारोबार भएको छ । यसअघि मंगलबार छापावाला सुन प्रतितोला ८९ हजार रुपैयाँमा कारोबार भएको थियो । उक्त दिन पनि सुनमा रुपैयाँ १००० रुपैयाँले गिरावट भइ काराेबार भएकाे थियो । तेजाबी सुन… पुरा पढौ

प्रि-ओपन सेसन : १०.७१ अंकले बढ्याे नेप्से परिसूचक

काठमाडौं, साउन । नयाँ आर्थिक वर्षको पहिलो महिना सकिनै लाग्दा साताको तेश्रो दिन मंगलबार शेयर बजारको लय सकारात्मक देखिएको छ । प्रि-ओपन सेसनमा नेप्से परिसूचक १०.७१ अंकले बढेको छ । नेप्से १०.७१ अंकलके बढेर ३१२०.२९ विन्दुमा पुगेको छ । नेप्से ०.३४ प्रतिशतले बृद्धि हुँदा सेन्सेटिभ इण्डेक्स १.४५ अंकले बढेर ५७७.४१ विन्दुमा पुगेको छ । यो समाचार तयार पार्दासम्म कुल ७२ कम्पनीको शेयर कारोबार भएको छ । ३८ हजार ५९४ कित्ता शेयरको खरिदबिक्रीबाट २२ करोड ३८ लाख ३ हजार ३४४ रुपैयाँ… पुरा पढौ

१६०.८७ प्रतिशतले बढ्यो सामुदायिक लघुवित्तको नाफा, कस्ता छन् अन्य विवरण ?

काठमाडौं, २६ साउन । सामुदायिक लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७७, २०७८ मा उल्लेख्य प्रगति गर्न सफल भएको छ । संस्थाले सार्वजनिक गरेको चौथौ त्रैमासको वित्तीय विवरणका अनुसार वित्तीय प्रगतिमा सुधार देखिएको छ । लघुवित्तले चौथो त्रैमाससम्म १ करोड ७३ लाख बढी रकम खुद नाफा कमाएको छ । यो नाफा गएको वर्षको भन्दा १६०.८७ प्रतिशतले बढी हो । अघिल्लो पटक संस्थाको नाफा ६६ लाख ४५ हजार रुपैयाँ रहेको थियो । संस्थाको खुद ब्याज आम्दानी १० करोड ९५ लाख ३ हजार… पुरा पढौ

मैलुङ खोला जलविद्युतकाे आईपीओ बाँडफाँट

काठमाडौं, २६ साउन । रसुवाकाे मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेडको साधारण शेयर (आईपीओ) बाँडफाँट भएको छ । बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलको कार्यालयमा आईपीओ बाँडफाँट भएको हो । मंगलबार बिहान भएको बाँडफाँटबाट सर्वसाधारणका लागि छुट्याइएको शेयर ६८ हजार ४ सय ६८ जनाले गोलाप्रथाबाट १०–१० कित्ताका दरले पाएका छन् । त्यसैगरी ६ जनाले भने ११–११ कित्ता शेयर पाएका छन् । करीब २० लाखको हात खाली भएको हो । कम्पनीको आईपीओमा २१ लाख १८ हजार ९ सय २५ जना आवेदनले २ करोड ८४… पुरा पढौ

२४.२२ प्रतिशतले घट्यो साल्ट ट्रेडिङ कर्पोरेशनको नाफा

काठमाडौं, २६ साउन । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको खुद नाफा घटेको छ । सार्वजनिक भएको आर्थिक वर्ष २०७७/२०७८ को चौथो त्रैमासको वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा घटेको देखिएको छ । असारकाे अन्त्यसम्म कम्पनीले ४ करोड ७९ लाख २० हजार रुपैयाँ नाफा कमाएकाे छ । यो नाफा अघिल्लो पटकको सोहि अवधिको भन्दा २४.२२ प्रतिशत कम हो । गत वर्ष कम्पनीको नाफा ६ करोड ३२ लाख ३९ हजार रहेको थियो । कम्पनीले बिक्री आम्दानी बृद्धि भएको जनाएको छ । समिक्षा अवधिमा… पुरा पढौ

संयुक्त सरकारको साझा न्यूनतम कार्यक्रम सकारात्मकः महासंघ

काठमाडौं, २६ साउन । नेपाल उद्योग वाणिज्य महासंघले संयुक्त सरकारको साझा न्यूनतम कार्यक्रमलाई सकारात्मक रुपमा लिएको जनाएको छ । सरकारले खोपको वितरण, उत्पादनमूलक उद्योगलाई बढवा, लगानीलाई प्रोत्साहन, साना मझौला उद्यमको प्रवद्र्धन र आर्थिक क्षेत्र सम्वद्ध विधेयक पारित गर्न तदारुकता देखाउनु उद्यमशीलता विकासका लागि सकारात्मक रहेको महासङ्घको ठहर छ । महासङ्घले आफ्नो धारणा सार्वजनिक गर्दै आगामी असोजसम्म एक तिहाई नागरिकलाई र चैत मसान्तसम्ममा खोप लगाउन योग्य सबै नेपालीलाई निःशुल्क खोपको व्यवस्था गर्ने भन्ने व्यवस्था सराहनीय रहेको उल्लेख गरेको छ । यद्यपि… पुरा पढौ

दूध बिक्री गर्ने कृषकलाई रु १८ लाख अनुदान वितरण

दमौली, २६ साउन । तनहुँको बन्दिपुर गाउँपालिका–५ स्थित याम्पा दुग्ध उत्पादक सहकारी संस्थामा दूध बिक्री गर्ने कृषकलाई अनुदान बापत रु १८ लाख वितरण गरिएको छ । उत्पादनका आधारमा अनुदान वितरण गर्ने नीति बमोजिम गाउँपालिकाले प्रोत्साहन स्वरुप सो रकम प्रदान गरेको हो । गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले रकम वितरण गर्दै कार्यक्रमलाई आगामी वर्ष पनि निरन्तरता दिइने जानकारी दिए। सो सहकारी संस्था मार्फत् दूध विक्री गर्ने एक सय ५२ कृषकले अनुदान बापतको रकम प्राप्त गरेका छन् । सबैभन्दा बढी याम्पास्थित नमूना गाई फार्मका… पुरा पढौ