आर्थिक 📈

मंगलबार सुनचाँदीको भाउ स्थिर

काठमाडौं, २९ भदौ । साताको तेश्रो दिन मंगलबार नेपाली बजारमा सुनचाँदीको भाउ स्थिर रहेको छ । यसरी स्थिर रहेको सुनचाँदीको कारोबार सोमबारकै भाउमा खरिदबिक्री भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यसदिन छापावाला सुनको भाउ स्थिर रहि सोमबारकै मूल्य प्रतितोला ९० हजार ६०० रुपैयाँमा कारोबार भईरहेको छ । तेजाबी सुन प्रतितोला ९० हजार १०० रुपैयाँमा कारोबार भएको छ । सोमबार पनि तेजाबी सुनकाे सोहि मूल्य कायम भएको थियो । चाँदी प्रतितोला १ हजार २०० रुपैयाँमा कारोबार भएको छ ।… पुरा पढौ

साहस उर्जाले असोज ६ देखि आईपीओ निष्काशन गर्दै

काठमाडौं, २९ भदौ । कम्पनीले ७० करोड रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्न लागेको हो। यस अनुसार कम्पनीले प्रतिकित्ता १०० अंकित मूल्यका ७० लाख कित्ता साधारण शेयर निष्काशन गर्नेछ। निष्काशन गरिने कुल शेयरमध्ये ३ प्रतिशत अर्थात २ लाख १० हजार कित्ता शेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ३ लाख ५० हजार कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ। सर्वसाधारणले बाँकी ६४ लाख ४० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्। सो शेयरमा सर्वसाधारणले असोज १० गतेसम्म आवेदन दिन सकिनेछ। सो… पुरा पढौ

नबिल ब्यालेन्स्ड फण्ड ३ को १० करोड इकाईमा आवेदन दिने अन्तिम मौका

काठमाडौं, २९ भदौ । नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडले भदौको २५ गतेबाट बिक्रीमा ल्याएको नबिल ब्यालेन्स्ड फण्ड ३ को लागि आवदेन दिने आज अन्तिम मौका रहेको छ । कम्पनीले १ अर्ब रुपैयाँ बराबरको म्युचुअल फण्ड निष्काशनमा गरेको हो । प्रतिइकाई १० रुपैयाँ अंकित फण्डको १ अर्ब रुपैयाँ बराबरको १० करोड इकाई बिक्री गरिने भएको हो । कुल बिक्री भएको इकाई संख्याको १५ प्रतिशत अर्थात १ करोड ५० लाख इकाई कोषको प्रवर्धक रहेको नबिल बैंकलाई १ करोड ४० लाख अर्थात १४ पतिशत… पुरा पढौ

नेपाल टेलिकमले आजदेखि नमस्ते पे संचालन गर्दै

काठमाडौं, २९ भदौ । नेपाल टेलिकमले आजदेखि विद्युतीय भुक्तानी सेवालाई संचालन गर्न लागेको छ । टेलिकमले व्यावसायीक रुपमा नमस्ते पे संचालनमा ल्याउन लागेको हो । सरकारी स्वामित्वमा रहेको दूरसंचार प्रदायक संस्था टेलिकमले ल्याएको नमस्ते पेसंगै टेलिकम औपचारीक रुपमा डिजिटल पेमेन्टको सेवामा प्रवेश गरेको हो । टेलिकमले कोरोना भाइरसको संक्रमणको जोखिम अवश्थालाई मध्यनजर गरेर विद्युतीय भुक्तानीको कार्यक्रम संचालनको अवधिलाई पछि सारेको थियो । अहिले मुलुकभर कोरोना विरुद्धको खोप संचालन भईरहेको र निषेधाज्ञा खुकुलो बनाएको समयमा यो सेवा संचलनमा ल्याएको हो ।… पुरा पढौ

सामान्य अंकले बढ्यो नेप्से-नीर्जिवन बीमामा बृद्धि हुँदा हाइड्रोमा देखियो गिरावट

काठमाडौ २८ भदौ । साताको कारोबार हुने दोश्रो दिन सोमबार शेयर बजारमा सामान्य अंकको बृद्धि देखिएको छ । यसदिन हाइड्रोपावर उपसमूहले सर्वाधिक २.५४ प्रतिशत गुमाएको छ । लगानीकर्ताहरु धेरैजसो नीर्जिवन बीमातर्फ आकर्षित भएका छन् । यो उपसमूहतर्फ १.४८ प्रतिशतको बृद्धि देखिएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएअनुसार नेप्से परिसूचक भिनो ०.२७ अंकले बढेको छ । यसरी बढेको नेप्से २९४७.६९ विन्दुमा पुगेको छ । नेप्सेमा ०.०१ प्रतिशतले बृद्धि हुँदा सेन्सेटिभ इण्डेक्स ०.५५ अंकले बढेर ५४८.८७ विन्दुमा पुगेको छ । सोमबार… पुरा पढौ

एचआईडिसिएलले ३ करोड ६२ लाख बढी कित्ता शेयर लिलामी बिक्रीमा ल्याउँदै

काठमाडौं, २८ भदौ । जलविद्युत लगानी तथा विकास कम्पनी (एचआईडिसिएल)ले ३ करोड ६२ लाख २९ हजार ७२४ कित्ता शेयर लिलामी बिक्रीमा ल्याउने भएको छ । कम्पनीले यसअघि निष्काशन गरेको हकप्रद शेयरमा आवेदन पूरा नपरि बाँकी रहेको शेयर लिलामी बिक्रीमा ल्याउन लागेको हो । गएको जेठ १७ गतेसम्म कायम भएका साविक शेयरधनीहरुका लागि कम्पनीले १ बराबर १ को अनुपातमा रुपैयाँ १०० मूल्य अंकित दरमा ११ करोड कित्ता हकप्रद शेयर जारि गरेको थियो । १ लाख ९६ हजार ४२४ निवेदकले ७ करोड… पुरा पढौ

शेयर बजार सकारात्मक लयमा अगाडी बढ्दै

काठमाडौं, २८ भदौ । साताको दोश्रो दिन सोमबार पनि शेयर बजार सकारात्मक लयले अगाडी बढेको छ । शुरूमा हरियाे संकेत दिए पनि बजार बन्द हुँदाकाे अविधसम्म भने नतिजा फरक हुने संभावना जिवितै हुन्छ । प्रिओपन सेसनमा यसदिन नेपाल स्टक एक्सचेन्ज नेप्से परिसूचक १५.३९ अंकले बढ्यो । यसरी बढेको नेप्से २९६२.८१ विन्दुमा पुग्याे । सेन्सेटिभ इण्डेक्स २ अंकले बढ्यो । आजको प्रिओपन सेसनमा ५० कम्पनीले कारोबार गरे । उनीहरुमध्ये ४२ कम्पनीको शेयर बढेको छ भने ५ कम्पनीको घटेको पाईयो । बाँकी… पुरा पढौ

बढ्याे सुनचाँदीको भाउ, कारोबार कतिमा हुँदैछ ?

काठमाडौं, २८ भदौ । साताको दोश्रो दिन सोमबार नेपाली बजारमा सुनचाँदीको भाउ उकालो लागेको छ । छापावाला सुनमा रुपैयाँ ३०० ले बृद्धि भएको छ भने चाँदीमा रुपैयाँ ५ ले बृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनमा रुपैयाँ ३०० ले बृद्धि भएर प्रतितोला ९० हजार ६०० रुपैयाँमा कारोबार भएको छ । यसअघि आईतबार छापावाला सुन प्रतितोला ९० हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । तेजाबी सुन प्रतितोला ९० हजार १०० रुपैयाँमा कारोबार भएको छ । आईतबार तेजाबी… पुरा पढौ

प्रभु बैंक र डिप्रोक्स लघुवित्तको संस्थापक लिलामी शेयरमा आवेदन दिने अन्तिम मौका

काठमाडौं, २८ भदौ । प्रभु बैंक र डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको लिलामी शेयरमा आवेदन दिने आज अन्तिम मौका रहेको छ । प्रभु बैंकले भदौ १५ गतेबाट २ लाख ५२ हजार ७२८ कित्ता संस्थापक शेयर लिलामी बिक्रीका लागि ल्याएको थियो । यसका लागि बैंकका विद्यमान संस्थापक शेयरधनीहरु, व्यक्ति तथा इच्छुक संघ, संस्थाहरूले आवेदन दिन सक्नेछन् । प्रभुको संस्थापक लिलामी शेयरको प्रतिकित्ता मूल्य २१० रुपैयाँ रहेको छ । लगानीकर्ताले तोकिएको मूल्यलाई आधार मानेर साेहि मूल्य तथा त्यसमाथिको मूल्य राखेर बोलकबोल गर्न सक्नेछन्… पुरा पढौ

शेयर बजारको विकृतिबारे अध्ययन भइरहेको छ : अर्थमन्त्री

काठमाडौं, २८ चैत । अर्थमन्त्री जनार्दन शर्माले शेयर बजारका समग्र लगानीकर्ताको हितका विषयमा अध्ययन भइरहेको बताएका छन् । अर्थ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्रीले शेयर बजारमा रहेका विकृति तथा विसङ्गतिको अन्त्यका लागि सरकारले एक समिति नै बनाएर अध्ययन गरिरहेको जानकारी दिए । सरकारले नेपाल धितोपत्र बोर्ड अध्यक्ष भीष्मराज ढुङ्गानालाई निलम्बन गरी छानबिनका लागि उच्च अदालतका पूर्वन्यायाधीश अनन्तराज डुम्रेको संयोजकत्वमा छानबिन समिति गठन गरेको छ । छोरीको नाममा सर्वोत्तम सिमेन्टको शेयर खरिद गरेको विषयमा विवाद भएपछि सरकारले छानबनि समिति गठन गरेको… पुरा पढौ