आर्थिक 📈

तनहुँका स्थानीय तहको बेरुजु ३४ करोड

दमौली, ५ भदौ । तनहुँका स्थानीय तहले आर्थिक वर्ष २०७६÷७७ मा रु ३४ करोडभन्दा बढी बजेट अनियमित तवरले खर्च गरेको पाइएको छ । महालेखा परीक्षकको कार्यालयले शुक्रबार सार्वजनिक गरेको ५८ औँ वार्षिक प्रतिवेदनअनुसार जिल्लाका दश स्थानीय तहले रु ३४ करोड ४९ लाख एक हजार अनुशासनविपरीत खर्च गरेको उल्लेख छ । दश स्थानीय तहको रु १२ अर्ब ३० करोड ३३ लाख ८७ हजारको लेखापरीक्षण गर्दा २.८० प्रतिशत बेरुजु देखिएको हो । व्यास नगरपालिकामा रु दुई अर्ब ६४ करोड तीन लाख ८७… पुरा पढौ

प्राधिकरणद्वारा एनसेललाई १ अर्ब ११ करोड २९ लाख बढी जरिवाना

काठमाडौं, ४ भदौ । नेपाल दूरसञ्चार प्राधिकरणले एनसेल आजियाटा लिमिटेडलाई कारबाही गरेको छ । एनसेलले स्वीकृतिबिनै विभिन्न सेवा तथा प्याकहरू स्वतः नवीकरण गरेको पाइएपछि प्राधिकरणले कम्पनीलाई कारबाहीस्वरूप नगद जरिवाना गरेको हो । बिनाजानकारी ग्राहकबाट विभिन्न प्याकमा उठाएको रु एक अर्ब ११ करोड २९ लाख ७६ हजार ८४९ बराबरको रकम तीन महिनाभित्र सम्बन्धित ग्राहकको मोबाइल नम्बरमा फिर्ता पठाउन निर्देशन दिइएको प्राधिकरणका प्रवक्ता सन्तोष पौडेलले जानकारी दिए । उनका अनुसार एनसेलले ग्राहकको मञ्जुरीबिनै गेमलफ्ट, ह्वावे एप ग्यालरीजस्ता भ्यालु एडेड सेवा तथा प्याकहरू… पुरा पढौ

शेयर कारोबारका सम्बन्धमा यथाशीघ्र छानविन गरी कारवाही गर्न निर्देशन

काठमाडौं, ४ भदौ । प्रतिनिधिसभा, अर्थ समितिले नेपाल धितोपात्र बोर्ड र नेप्सेका पदाधिकारीले पदीय मर्यादा अनुकूल नहुने गरी गरेको भनिएको शेयर कारोबारका सम्बन्धमा यथाशीघ्र छानविन गरी कारवाही गर्न निर्देशन दिएको छ । अर्थमन्त्री जनार्दन शर्मा र अर्थ सचिव मधु मरासिनीसँग बोर्ड र नेप्सेका पदाधिकारीले गरेको शेयर कारोबारका विषयमा जानकारी लिएपछि समितिले अनुचित लाभ लिन गरेको भनिएको उक्त घटनाका सम्बन्धमा कारवाही अघि बढाउन र सोको जानकारी गराउन मन्त्रालयलाई निर्देशन दिएको हो । बैठकले पूँजी बजारको दिगो विकास र स्थायित्व कायम गर्दै… पुरा पढौ

कालिका लघुवित्तको प्रवन्ध संचालकमा केशव प्रधान नियुक्त

पाेखरा, ४ भाद्र । कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडकाे प्रवन्ध संचालकमा केशवनारायण प्रधान नियुक्त भएका छन । २०७८ भाद्र ३ गतेको बसेकाे संस्थाकाे संचालक समितिको बैठकले प्रधानलाई प्रवन्ध संचालकमा नियुक्त गरेकाे हो । बैंक तथा वित्तीय क्षेत्रमा लामाे समयकाे कार्य अनुभव भएका प्रधान राष्ट्रिय बाणिज्य बैंकमा ३० वर्ष अवधीको बैकिङ्ग अनुभव हासिल गरी प्रवन्धक पदबाट निबृत्त भएका थिए । यस अघि यसै संस्थामा डेढ वर्ष वरिष्ठ प्रवन्धकको रुपमा समेत कार्य गरेका प्रधान मिति २०७८ बैशाख ७ गते सम्पन्न संस्थाको वार्षिक… पुरा पढौ

आज सुनको मूल्यमा वृद्धि

काठमाडौं, ४ भदौ । नेपाली बजारमा शुक्रवार सुनको मूल्यमा वृद्धि भएको छ । यस दिन छापावाल सुन प्रति तोला ९१ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अघिल्लो दिन यस्तो सुन प्रति तोला ९० हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । यस दिन तेजाबी सुन प्रति तोला ९० हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन यस्तो सुन प्रति तोला ९० हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो । महासंघका अनुसार… पुरा पढौ

कृषिका विद्यार्थीको प्रयोगात्मक केन्द्र बन्दै रामपुर

पाल्पा, ४ भदौ । रोल्पाको लिवाङ नगरपालिका– २ स्थित लोकतान्त्रिक चोक निवासी कृतिका डाँगीले रामपुरलाई कृषि सिकाइ अध्ययन केन्द्रका रुपमा लिएकी छिन् । नयाँ प्रविधि सिक्न पाइने भएपछि पढाइसँगै प्रयोगात्मक सिकाइ केन्द्र रामपुरलाई नै रोजाइमा पारेको स्याङ्जा चापाकोट नगरपालिका–६ साँखर बस्ने मुना खनाल बताउँछिन् । उनलाई रोल्पादेखि पाल्पाको रामपुर आउनजान सहज त छैन, तर आफ्नो कृषि बाली विज्ञान अध्ययनसँगै प्रयोगात्मक तालिमका लागि भने उनले रामपुरलाई नै रोजिन् । पाल्पा जिल्लामै ठूलो क्षमताको उच्च प्रविधि (हाइटेक) को तरकारी टनेलमा प्रयोगात्मक ज्ञान… पुरा पढौ

व्यावसायिक केराखेतीमा डढुवा र गबारोको प्रकोप

गलेश्वर, ४ भदौ । व्यावसायिकरूपमा लगाइएको केराखेतीमा रोग र किराको प्रकोप देखिन थालेको छ । बेनी नगरपालिका–२ ज्यामरुककोटस्थित खबरा, बगरफाँट, मङ्गला र मालिकाका विभिन्न स्थानमा गरिएको केराखेतीमा डढुवा, गबारो र खपटे घुन नामक रोगको प्रकोप देखिएको हो । व्यावसायिकरूपमा गरिएको केराखेतीमा रोगको प्रकोप देखिएपछि कृषक चिन्तित भएका हुन् । केरा उत्पादनको पकेट क्षेत्र मानिने खबरा गाउँमा खपटे घुनले सयौँ रोपनी क्षेत्रफलमा लगाइएका केराका बोट सुक्न थालेका छन् । केराखेतीलाई मुख्य आम्दानीको स्रोत बनाएका खबराका कृषकका केराका बोट नपसाउँदै सुक्न थालेपछि चिन्तित… पुरा पढौ

कर्णालीको गरिबी अन्त्यका लागि लगानी गर्न अर्थमन्त्रीको आग्रह

काठमाडौं, ४ भदौ । अर्थमन्त्री जनार्दन शर्माले बहुआयामिक गरिबीको दर सबभन्दा धेरै रहेको कर्णाली प्रदेशको विकासविना समग्र राष्ट्रको गरिबी अन्त्य नहुने भएकाले त्यसतर्फ लगानी बढाउन बैंक तथा वित्तीय संस्थालाई आग्रह गरेका छन् । कर्णाली प्रदेश आर्थिक मामिला तथा योजना मन्त्रालयले आयोजना गरेको ‘कर्णाली प्रदेशमा प्रत्येक घर स्वरोजगार कार्यक्रम’ विषयक अन्तक्र्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री शर्माले यस्तो बताएका हुन । “बहुआयामिक गरिबी दर सबैभन्दा धेरै रहेको कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेश र प्रदेश नं २ को गरिबी अन्त्य नगरी राष्ट्रको गरिबी अन्त्य… पुरा पढौ

सन् २०२५ सम्म ७ अर्ब अमेरिकी डलर बराबरकाे निर्यात लक्ष्य

काठमाडौं, ४ भदौ । निर्यात व्यवसायी महासङ्घ नेपालले सन् २०२५ को अन्त्यसम्म नेपालको निर्यात व्यापारको आकार सात अर्ब अमेरिकी डलर पु¥याउने लक्ष्य राखेको छ । महासङ्घले नेपालको निर्यात व्यापारको आकार आगामी तीन वर्षमा एक अर्ब अमेरिकी डलरबाट दुई अर्ब अमेरिकी डलर पु¥याउने र सन् २०२५ को अन्त्यसम्म सात अर्ब अमेरिकी डलर पु¥याउने लक्ष्य राखेको हो । नेपालको निर्यात व्यवसायलाई अभिवृद्धि गरी व्यापार घाटा कम गर्न महासङ्घले गत साउन २७ गतेदेखि साउन २९ गतेसम्म ४० देशका कूटनीतिक नियोगका प्रतिनिधिसँग भर्चुअल माध्यमबाट गरेको… पुरा पढौ

विश्व बैंकले सात अर्ब १२ करोड सहुलियतपूर्ण ऋण दिने

काठमाडौं, ३ भदौ । विश्व बैंकले ‘नेपालको उच्च शिक्षामा विशिष्टताको प्रवद्र्धन’ कार्यक्रम’ का लागि छ करोड अमेरिकी डलर अर्थात् करिब रु सात अर्ब १२ करोड बराबरको सहुलियतपूर्ण ऋण सहायता उपलब्ध गराउने भएको छ । अर्थमन्त्रालयमा आज आयोजित समारोहमा सरकारका तर्फबाट अर्थ सचिव मधुकुमार मरासिनी र विश्व बैंकका तर्फबाट नेपालसहित माल्दिभ्स र श्रीलङ्काका लागि देशीय निर्देशक फारिस हदाद–जार्भोसले सम्झौतापत्रमा हस्ताक्षर गरे । उक्त सहायता नेपालको उच्च शिक्षामा सुधार गर्न, सिकाइमा सूचना प्रविधिको प्रयोग बढाउन र पिछडिएका तथा जोखिममा रहेका विद्यार्थीलाई शैक्षिक संस्थासम्मको… पुरा पढौ