आर्थिक 📈

बागलुङमा बेरुजु, सबैभन्दा बढी ढोरपाटनमा

बागलुङ, ६ भदौ । बागलुङको दुई स्थानीय तहको बेरुजु फछर्यौटमा केही सुधार आएको छ । महालेखा परीक्षकको कार्यालयले यसअघि सार्वजनिक गरेको प्रतिवेदनमा सबैभन्दा धेरै बेरुजु देखिएका बागलुङका बरेङ गाउँपालिका र ताराखोला गाउँपालिकाले अघिल्लो आर्थिक वर्षमा भने बेरुजु प्रतिशतमा करेक्सन (सुधार) गरेका हुन् । आर्थिक वर्ष २०७५/०७६ को प्रतिवेदनमा बरेङमा ५.२२ प्रतिशत र ताराखोलामा ५.२० प्रतिशत बेरुजु देखिएकोमा आव २०७६/०७७ मा त्यसलाई सुधार गर्दै बरेङमा ०.४२ प्रतिशत मात्रै बेरुजु देखिएको प्रतिवेदनमा उल्लेख छ । यो जिल्लाका १० वटै स्थानीय तहमा देखिएको… पुरा पढौ

मानुषी लघुवित्तको आइपीओ सोमबार बाँडफाँड गरिंदै

काठमाडौं, ६ भदौ । साउन २७ गतेदेखि साउन ३१ गतेसम्म ३ करोड ९३ लाख ७५ हजार रुपैयाँ बराबरको ३ लाख ९३ हजार ७५० कित्ता शेयर (आईपीओ) निष्काशन गरेको मानुषी लघुवित्त वित्तीय संस्थाले सोमबारबाट आइपीओ बाँडफाँड गर्ने भएको छ । संस्थाले सोमबार भोलि सर्वसाधारणका लागि निष्काशन गरिएको सो परिमाणको शेयर बाँडफाँड गर्ने भएको हो । आइपीओको प्रि-अलोटमेन्ट भदौ ३ गते सम्पन्न भएको थियो । कम्पनीको ३ लाख ९३ हजार ७५० कित्ता शेयरमध्ये ५ हजार ४६९ कित्ता कर्मचारीका लागि र १९ हजार… पुरा पढौ

नेप्सेमा आईतबार र सोमबार कारोबार बन्द

काठमाडौं, ६ भदौ । कि साताकाे पहिलो दिन वा शेयर कारोबार हुने अन्तिम दिनमा लगानीकर्ताहरुले शेयर बजारको लयमा सकारात्मक परिवर्तन होला नि भन्ने अपेक्षा सधैं गरिरहेका हुन्छन् । तर यस्तो भने जस्तो हुँदैन । अर्काे कुनै पनि प्रकारको विपत्ती, राजनीतिक अस्थिरता, नियमनकारी निकायमाथि उठ्ने गरेका प्रश्न र राज्यको अर्थनीतिले यसलाई केहि न केहि रुपमा प्रभाव पारिरहेको हुन्छ । साताको पहिलो दिन आईतबार अपेक्षा अनुसार शेयर बजार नखुल्दा कतिलाई मन खिन्न भएको हुनुपर्छ । तर यसमा दुई दिन झुक्किनु पर्ने कारण… पुरा पढौ

फेरि घटयो सुनचाँदीको मूल्य, कारोबार कतिमा हुँदैछ ?

काठमाडौं, ६ साउन । साताको पहिलो दिन आईतबार सुनचाँदीको भाउ घटेको छ । छापावाला सुनमा रुपैयाँ ३०० तथा चाँदीमा १५ रुपैयाँ घटेर काराेबार भइहेकाे छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनको मूल्य ९० हजार ९०० रुपैयाँ कायम भएको छ । यसअघि शुक्रबार छापावाला सुन प्रतितोला ९१ हजार २०० रुपैयाँमा कारोबार भएको थियो । तेजाबी सुन प्रतितोला ९० हजार ४०० रुपैयाँमा कारोबार भएको छ । शुक्रबार तेजाबी सुन प्रतितोला ९० हजार ७०० रुपैयाँमा कारोबार भएको थियो । चाँदीमा रुपैयाँ १५… पुरा पढौ

सामाजिक सञ्जालमा हुने विज्ञापनलाई करको दायरामा ल्याउन महालेखाको निर्देशन

काठमाडौं, ६ भदौ । सूचना प्रविधिको विकासले संसारलाई एउटा सानो गाउँमा सीमित गरिदिएको छ । इन्टरनेट सेवाको विकास र विस्तारले मानिसको दैनिक जीवनलाई सहज बनाएको भए पनि त्यसबाट प्राप्त हुने सरकारी राजश्व गुम्दै गएको पाइएको छ । महालेखापरीक्षकको कार्यालयले सामाजिक सञ्जाल एवं एपमार्फत हुने विज्ञापन तथा अन्य व्यावसायिक कामको जानकारी सरकारी निकायमा नभएको स्पष्ट पारेको छ । इन्टरनेट सेवामार्फत इन्टरनेट टेलिफोन सेवा प्रदान गर्ने भाइबर, मेसेन्जर, स्काइप, ह्वाट्स एप, वीच्याट र इमोको प्रयोग पनि उत्तिकै वृद्धि भएको छ । सञ्जालको… पुरा पढौ

साताको शेयर बजार : ९५ अर्बको कारोबार

काठमाडौं, ५ भदौ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक यस साता उतारचढावपूर्ण अवस्थामा रह्यो । उल्लेख्य मात्रामा नेप्सेमा परिवर्तन नभए पनि कारोबार रकमसमेत ठूलो परिमाणमा वृद्धि भयो । अधिकांश जलविद्युत् कम्पनीको शेयर मूल्य वृद्धि भयो । कमजोर भनिएका जलविद्युत् कम्पनीको शेयर मूल्य अस्वाभाविक रुपमा वृद्धि भएपछि विद्युत् नियमन आयोगसमेत बोल्नुपर्ने अवस्थामा पुग्यो । प्रतिफलसमेत असाध्यै कम दिन सक्ने भनेर प्रक्षेपण गरिएका जलविद्युत् कम्पनीको शेयरमा लगानीकर्ताको आकर्षण देखियो । सङ्घीय संसद्को अर्थ समितिमा नेपाल धितोपत्र बार्ड र नेपाल स्टक… पुरा पढौ

स्थानीय तहमा आर्थिक खर्च अपारदर्शीः ८ करोड ५५ लाख बेरुजु

म्याग्दी, ५ भदौ । जिल्लाका छ वटै पालिकामा अनियमितताले बर्सेनि बेरुजु रकम बढ्दै गएको छ । विकास निर्माणको काम समयमै सम्पन्न नगरेकाले अधिकांश स्थानीय तहमा बेरुजु बढेको हो । त्यस्तै कानुनविपरीत काम हुँदा र लेखापरीक्षणको क्रममा आवश्यक कागजात संलग्न नगर्दा पनि बेरुजु बढेको छ । गत आर्थिक वर्षमा यहाँका स्थानीय तहमा रु. आठ करोड ५५ लाख २७ हजार बेरुजु रहेको महालेखा परीक्षकको प्रतिवेदनमा उल्लेख छ । स्थानीय तहमा नीतिगत र आर्थिक अनियमितताले विकास योजनामा बेरुजु देखिएको कोष तथा लेखा नियन्त्रक कार्यालयले जनाएको छ ।… पुरा पढौ

साना तथा स्वरोजगारमूलक छापामाध्यम संकटमा

काठमाडौं, ५ भदौ । साना तथा स्वरोजगारमूलक छापामाध्यम संकटमा परेको एक अध्ययनले देखाएको छ । छापा सञ्चारमाध्यमको छाता सङ्गठन नेपाली छापामाध्यम राष्ट्रिय सञ्जालले हालै गरेको अध्ययनले कोरोना महामारीलगायतका कारण त्यस्ता पत्रपत्रिकाको अवस्था थप धरासायी बन्दै गएको निष्कर्ष निकालेको हो । उक्त अध्ययन प्रतिवदनमा छपाइ कागजको अभाव, कागजको मूल्यवृद्धि, विज्ञापनको सङ्कटका साथै पत्रपत्रिका संरक्षणमा राज्यबाटसमेत स्पष्ट नीति एवं राहत प्याकेजको अभाव रहेको उल्लेख छ । सञ्जालले साना एवं स्वरोजगारमूलक मिडियाका वास्तविक कठिनाइ बुझेर वैज्ञानिक र व्यावहारिक समाधानको पहल थाल्न सरकारसँग अनुरोध… पुरा पढौ

काठमाडाैं महानगरपालिका कर असुल गर्न पञ्चेबाजासहित टोलटोलमा

काठमाडौं, ५ भदौ । काठमाडौं महानगरपालिकाले २८ वर्षदेखि घरजगगा र सम्पत्ति कर नतिर्ने ठूला करदाताबाट असुल गर्न पञ्चेबाजासहित टोलटोलमा जाने भएको छ । बक्यौता रकम असुल गर्न महानगरले पटकपटक सार्वजनिक सूचना जारी गर्दासमेत सम्बन्ध भएका निकाय सम्पर्कमा नआउँदा यस किसिमको तयारी थालेको हो । आगामी बुधबारदेखि महानगरले पञ्चेबाजासहित कर असुलसम्बन्धी लोक तथा दोहोरी गीत बजाएर घरजग्गा र सम्पत्ति कर नतिर्ने ठूला करदातासमक्ष पुग्ने र गीतमार्फत कर नतिर्ने करदाताका बारेमा जानकारी गराउने जनाएको छ । यसअघि महानगरपालिकाले गत असार १६ गते… पुरा पढौ

बैंक तथा वित्तीय संस्थाले एफपिओ र शेयर लिलामीको आयकर तिरेनन्

काठमाडौं, ५ भदौ । बैंक तथा बीमा कम्पनीले एफपिओ र शेयर लिलामी गर्दा प्राप्त भएको आयको कर नतिरेको पाइएको छ । महालेखापरीक्षकको कार्यालयले राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाएको ५८औँ वार्षिक प्रतिवेदनअनुसार बैंक तथा वित्तीय संस्थाले प्राप्त भएको आयमा लाग्ने करसमेत नतिरेको उल्लेख छ । प्रतिवेदनअनुसार २४ वाणिज्य बैंक र १३ बीमा कम्पनीले एफपिओ र शेयर लिलामीमार्फत रु ११ अर्ब ६३ करोड ३० लाख आम्दानी गरेका छन् । त्यसमा ३० प्रतिशत बराबर हुने कर मात्रै रु तीन अर्ब ४८ करोड ९९ लाख… पुरा पढौ