आर्थिक 📈

लम्बियो नबिल बैंकको ३ अर्बको ऋणपत्रमा आवेदन दिने म्याद साउन २४ गतेसम्म

काठमाडौं, १३ साउन । नबिल बैंकले साउन १० गतेदेखि निष्काशन तथा बिक्रीका लागि ल्याएको ‘८ प्रतिशत नबिल डिबेन्चर २०८५’ मा आवेदन दिने म्याद साउन २४ गतेसम्म लम्बिएको छ । बैंकले ७ वर्षे अवधिको प्रतिकित्ता १ हजार रुपैयाँ अंकित मूल्यको ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता डिबेन्चर (ऋणपत्र) बिक्रीमा ल्याएको थियो । कुल डिबेन्चर (ऋणपत्र) बाट १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ लाख कित्ता सर्वसाधरणका लागि बिक्री गरिने भएको छ । यसबाट ६० हजार कित्ता सामूहिक लगानी कोषका लागि… पुरा पढौ

पर्यटन व्यवसायीले मागे पहिलो चरणमा तत्काल पाँच हजार खोप

पाेखरा, १३ साउन । पोखराका पर्यटन व्यवसायीले पर्यटनसम्बद्ध मजदुर एवं व्यवसायीका लागि तत्काल पाँच हजार मात्रा खोपको माग गरेका छन् । पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराई नेतृत्वको टोलीले गण्डकी प्रदेशका अर्थमन्त्री रामजीप्रसाद बराल ‘जीवन’लाई भेट गरी थलिएको पर्यटनलाई चलायमान बनाउनका लागि तत्काल खोपको व्यवस्था गर्नुपर्ने माग गरेको हो । परिषद्का अध्यक्ष भट्टराईले हाल पहिलो चरणमा होटल तथा रेष्टुराँसहितका मजदुर एवं व्यवसायीलाई लक्षित गरी पाँच हजार कोरोनाविरुद्धको खोप आवश्यक भएको बताए । पोखरामा पर्यटन व्यवसायीका लागि भने २० हजार मात्रा… पुरा पढौ

जीवन विकास लघुवित्तको शेयर नेप्सेमा सूचीकृत, कारोबार आजबाट शुरू

काठमाडौं, १४ साउन । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको आइपीओ नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएपछि बिहिबारबाट काराेबार शुरू हुँदैछ । संस्थाको ६० लाख ८४ हजार १०० कित्ता सर्वसाधारण शेयर (आइपीओ) नेप्सेमा सूचीकृत भएको हो । संस्थाले शुरुको कारोबारका लागि प्रतिशेयर मूल्य न्युनतम ३०५ रुपैयाँ २७ पैसा र अधिकतम ९१५ रुपैयाँ ८१ पैसाको रेञ्ज पाएको छ । दोश्रो बजारको कारोबारको लागि कम्पनीले जेबिएलबि (JBLB) संकेत पाएको छ । शेयर सूचीकृत भईसकेकोले बिहबार साउन १४ गतेदेखि कम्पनीको शेयर कारोबार… पुरा पढौ

नेप्से पुग्यो अहिलेसम्मकै उच्च ३०७९.६७ विन्दुमा, १५ अर्ब बढीको कारोबार

काठमाडौं, १२ साउन । साताको तेश्रो दिन मंगलबार शेयर बजारले नयाँ उचाई कायम गरेको छ । यो नेप्सेले कायम गरेको अहिलेसम्मकै उच्च रेकर्ड हो । यसअघि नेप्सेको रेकर्ड ३०५८.६३ विन्दु कायम भएकाे थियो । नेप्से ३०७९.६७ विन्दुमा पुगेपछि लगानीकर्ताहरु निकै उत्साहि भएका छन् । उत्पादन र हाइड्रोपावरमा बढी आकर्षण देखिएको छ भने कारोबार रकममा पनि बढोत्तरी देखिएको छ । मंगलबारको कारोबार नयाँ आर्थिक वर्ष शुरु भएपछिको सबैभन्दा धेरै काराेबार हो । नेप्से परिसूचक २९.२४ अंकले बढेर अहिलेसम्मकै उच्च ३०७९.६७ विन्दुमा… पुरा पढौ

सुनको मूल्यमा गिरावट

काठमाडौं, १२ साउन । नेपाली बजारमा मंगलवार सुनको मूल्यमा गिरावट आएको छ । यस दिन छापावाल सुन प्रति तोला ९१ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार, यस दिन तेजाबी सुन प्रति तोला ९१ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन छापावाल सुन प्रति तोला ९२ हजार १ सय रुपैयाँमा र तेजाबी सुन प्रति तोला ९१ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो । मंगलवार चाँदी प्रति तोला १… पुरा पढौ

वित्तीय समानीकरण अनुदान बढाउन र अरु अनुदान घटाउन वित्त आयोगकाे सुझाव

काठमाडौं, १२ साउन । संघीयता कार्यान्वयनमा आर्थिक पाटोबाट महत्वपूर्ण औजार मानिएका अनुदानमध्ये वित्तीय समानीकरण अनुदानबाहेक अरुको अवस्था भद्रगोल देखिएपछि क्रमशः घटाउँदै लैजान सुझाव दिइएको छ । वित्तीय समानीकरण अनुदान भने प्रदेश र पालिकाको मूल प्रवाहको खम्बाका रूपमा रहेकाले खर्चको आवश्यकतानुसार अनुदान बढाउँदै लैजान सिफारिस गरिएको छ । प्राकृतिक स्रोत तथा वित्तीय आयोगले हालसम्मका अभ्यास र नतिजाले वित्तीय समानीकरण अनुदानलाई खर्चको आवश्यकताअनुरूप बढोत्तरी गर्दै लैजान तथा सःर्शत, समपूरक र विशेष अनुदान भद्रगोल रहेको भनी न्यूनीकरण गर्न संसदीय समितिलाई सल्लाह दिएको हो… पुरा पढौ

सानिमा लाइफ इन्स्योरेन्सले आईपीओ निष्काशन गर्ने

काठमाडौं, १२ साउन । सानिमा लाइफ इन्स्योरेन्सले साउन २० देखि सर्वसाधारणमा आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता आईपीओ जारी गर्न लागेको हो। इन्स्योरेन्सले निष्काशन गर्न लागेको कुल ६० लाख कित्ता शेयरमध्ये ५ प्रतिशत अर्थात ३ लाख कित्ता कर्मचारीहरुलाई र अर्को ५ प्रतिशत सामूहिक लागनी कोषहरुलाई सुरक्षित गरेको छ। सर्वसाधारणले बाँकी ५४ लाख कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन्। इन्स्योरेन्सले कुल जारी पूँजीको ३० प्रतिशत प्राथमिक शेयर जारी गर्न लागेको हो। सो आइपीओमा छिटोमा… पुरा पढौ

सुनचाँदी व्यवसाय सञ्चालनसम्बन्धी ऐन ल्याउन व्यवसायीको माग

काठमाडौं, १२ साउन । सुनचाँदी व्यवसायी महासङ्घले प्रस्ट ऐन तथा नीति निर्देशिकाको अभावमा व्यवसाय सञ्चालनमा कठिनाइ उत्पन्न भएको भन्दै यथाशीघ्र नीतिगत व्यवस्था गरिदिन प्रधानमन्त्री शेरबहादुर देउवासँग माग गरेकाे छ । महासङ्घका अध्यक्ष माणिकरत्न शाक्यको नेतृत्वको प्रतिनिधिमण्डलले प्रधानमन्त्री निवास बालुवाटारमा भेट गर्दै सुनचाँदी व्यवसाय सञ्चालनसम्बन्धी प्रस्ट ऐन ल्याउन आग्रह गरेकाे हाे । प्रधानमन्त्री देउवाले सुनचाँदी व्यवसायी महासङ्घले राखेका माग सम्बोधन गर्न पहल गर्ने बताए । उनले व्यवसायीमाथि परेका समस्या समाधान गर्न सरकार सदैव तयार रहेको स्पष्ट पारे । नेपाली कांग्रेसका सांसद मीनबहादुर… पुरा पढौ

आधारभूत तहका जनतालाई निःशुल्क बिजुली उपलब्ध गराउने योजना

काठमाडौं, ११ साउन । सरकारले गरिबीका रेखामुनि रहेका नागरिकलाई विशेष सहुलियत दिने गरी कार्यक्रमको तर्जुमा गर्ने भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले गरिबीको रेखामुनि रहेका जनतालाई बिजुली उपभोगमा विशेष सहुलियत दिने गरी नीति ल्याउने तयारी गरिएको जानकारी दिइन । मन्त्रालयमा आज आयोजित पत्रकार भेटघाटमा उनले आधारभूत तहका जनतालाई निःशुल्क विद्युत् उपलब्ध गराउने योजनामा सरकार रहेको बताइन । गरिबीको रेखामुनि रहेका नेपाली १५ प्रतिशतको हाराहारीमा रहेको सरकारी अनुमान थियो । कोरोनाका कारण झण्डै चारदेखि पाँच प्रतिशतको वृद्धि भएको अपरिस्कृत… पुरा पढौ

बैंकिङ कसुरमा फरार पक्राउ

काठमाडौं, ११ साउन । नेपाल प्रहरीले अदालतबाट रु १३ लाख ७० हजार जरिवाना गरिएकी फरार रहेका एक महिलालाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)ले बैंकिङ कसुर मुद्दामा उच्च अदालत पाटनले रु १३ लाख ७० हजार जरिवाना गरेपछि फरार रहेका तनहुँ व्यास नगरपालिका–९ का ४५ वर्षीया शोभा गुरुङलाई आज ललितपुरको कुपण्डोलबाट पक्राउ गरेको हो । ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक श्यामकुमार महतोले उच्च अदालत पाटनको विसं २०७७ चैत ३० गतेको फैसलापछि १४ दिन कैद र बिगो बमोजिम रु १३… पुरा पढौ