आर्थिक 📈

सुनचाँदीको भाउमा सामान्य गिरावट, कारोबार कतिमा हुँदैछ ?

काठमाडौं, १० साउन । साताको पहिलो दिन आईतबार नेपाली बजारमा सुनचाँदीकाे भाउमा सामान्य गिरावट भएको छ । छापावाला सुनमा रुपैयाँँ १०० ले तथा चाँदीमा रुपैयाँ १० ले गिरावट भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन रुपैयाँ १०० ले घटेर प्रतितोला ९२ हजार रुपैयाँमा कारोबार भएको छ । यसअघि शुक्रबार छापावाला सुन प्रतितोला ९२ हजार १०० रुपैयाँमा कारोबार भएको थियो । तेजाबी सुन प्रतितोला ९१ हजार ५०० रुपैयाँमा कारोबार भएको छ । शुक्रबार तेजाबी सुन प्रतितोला ९१ हजार… पुरा पढौ

आन्तरिक पर्यटन प्रवद्र्धन गर्न ग्लोबल आइएमई बैंकको योजना

काठमाडौं, १० असार । ग्लोबल आइएमई बैंकमा कार्यरत कर्मचारीले वार्षिक अनिवार्य बिदा लिँदा कम्तीमा सात दिन आन्तरिक पर्यटकीयस्थलमा भ्रमण गर्ने गरी बिदा लिनुपर्ने व्यवस्था गरेको छ । कोभिड महामारीका कारणले विदेशी पर्यटकको आवागमनमा कमी आएको अहिलेको परिस्थितिलाई मध्यनजर गर्दै बैंकले यो योजना ल्याएको हो । कोभिड–१९ को महामारीका कारण पूर्णरूपमा प्रभावित पर्यटन क्षेत्रलाई पुनरोत्थान गर्न तत्कालका लागि आन्तरिक पर्यटकको खाँचो रहेको बैंकले जनाएको छ । यस्तो परिस्थितिमा थौरै भए पनि आन्तरिक पर्यटन प्रवद्र्धनमा सहयोग पुगोस् भन्ने उद्देश्यले वार्षिक तलबीे बिदा लिने… पुरा पढौ

हरेक दिन बिहान १० बजे र दिनको २ बजे विप्रेषण विनिमय दर प्रकाशित गर्न राष्ट्र बैंककाे निर्देशन

काठमाडौं, १० साउन ।नेपाल राष्ट्र बैंकले विप्रेषणको विनिमय दरका लागि हरेक दिन बिहान १० बजे र दिनको २ बजे विप्रेषण विनिमय दरको रूपमा प्रकाशित गर्न निर्देशन दिएको छ । केन्द्रीय बैंकले एकीकृत परिपत्र २०७६ मा संशोधन गर्दै बैंक तथा वित्तीय संस्था र विप्रेषण कम्पनीले प्रयोग गर्ने विनिमय दरमा बैंकहरूले अन्य प्रयोजनका लागि निर्धारण गरेको विनिमय दरबाट फरेन एक्सचेञ्ज डिलर्स एशोसिएशन अफ नेपाल (फेडा)मार्फत औसत खरिद दर तय गर्न भनेको छ । केन्द्रीय बैंकले सो दरलाई आधार मानी बैंक तथा वित्तीय… पुरा पढौ

राष्ट्रिय आविष्कार केन्द्र र ज्योति विकास बैंकबीच सहकार्यको सम्झौता

काठमाडौै, १० साउन । नेपालका अस्पतालका जन्म केन्द्रमा नवजात शिशुलाई न्यानो वातावरण उपलब्ध गराउने विषयमा ज्योति विकास बैंक र राष्ट्रिय आविष्कार केन्द्रबीच सहमति भएको छ । केन्द्रले तयार गरेको न्यानो नानी उपकरण स्थापनार्थ दोस्रो चरणको परियोजना अगाडि बढाउने सहमति गरिएको हो । विकास बैंकको १३औँ वार्षिकोत्सवका अवसरमा बैंकको केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रममा बैैैंक तथा केन्द्रका संस्थापक अध्यक्ष डा महावीर पुनबीच सहमतिपत्र आदानप्रदान भयो । बैंकको संस्थागत सार्वजनिक जिम्मेवारीअनुसार हाम्रो विकास प्रवद्र्धन कोषमार्फत आर्थिक वर्ष २०७६/७७ मा न्यानो नानी परियोजनाको… पुरा पढौ

प्रभु बैंकको २ लाख बढी कित्ता संस्थापक शेयर साउन १५ देखि लिलामीमा ल्याईदैं

काठमाडौं, ९ साउन । प्रभु बैंकले साउन १५ गतेदेखि २ लाख २ हजार १८६ कित्ता संस्थापक शेयर लिलामीमा ल्याउन लागेको छ । लिलामी शेयरका लागि विद्यमान संस्थापकहरुसंगै इच्छुक व्यक्ति तथा संगठित संस्थाहरुले आव्हान गरे बमोजिम बोलपत्र पेश गर्न सक्नेछन् । न्यूनतम मूल्य प्रतिकित्ता २१० तोकिएको छ । लगानी गर्न चाहने लगानीकर्ताहरुले तोकिएको मूल्यदेखि माथिको मूल्य राखेर बोलपत्र पेश गर्न सक्नेछन् । संस्थापक शेयरमा बोलपत्र पेश गर्ने म्याद साउन २९ गते दिउँसो साढे १ वजेसम्म रहेको छ । यसका लागि आवेदनकर्ताले… पुरा पढौ

माथिल्लो त्रिशूली-१ जलविद्युत् आयोजनामार्फत रसुवागढी नाकाबाट पहिलो पटक जुम क्रेन आयात

रसुवा, ९ साउन । नेपालको उत्तरीनाका रसुवागढीबाट विकास निर्माणमा प्रयोग हुने ठूलोखाले जुम क्रेन पहिलोपटक आयात भएको छ । रसुवाको आमाछोदिङ्मो गाउँपालिका–१ र २ एवं उत्तरगया गाउँपालिका–१ को हाकु, गोगने, मैलुङको आधार इलाकामा निर्माण चरणमा अगाडि बढेको २१६ मेगावाट माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनामार्फत उक्त जुम क्रेन आयात भएको हो । रसुवा भन्सार कार्यालय टिमुरेका सूचना अधिकारी नरेन्द्रप्रसाद चौधरीका अनुसार नयाँ आर्थिक वर्ष २०७८/७९ को शुभारम्भमा विकास निर्माण कार्यमा प्रयोग हुने दुई वटा ठूलो क्रेन आयात भएको हो । भन्सार हातामा… पुरा पढौ

साताको शेयर बजार ४२ अर्ब ५१ करोडको कारोबार

काठमाडौं, ९ साउन । नयाँ आर्थिक वर्षको शुरुआतमा धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक र कारोबार रकम दुवैमा सकारात्मक सङ्केत देखिएको छ । बजार पूँजीकरणमा समेत उत्साहजनक अवस्था सिर्जना भएको छ । नयाँ सरकार गठन भएपछि लगानीकर्तामा विश्वाससमेत बढेको पाइएको छ । नेप्से परिसूचकसमेत तीन हजार विन्दुमा पुगेको छ । यो हालसम्मकै शीर्ष स्थान हो । बजारमा झण्डै एक महिना जस्तो ‘करेक्शन’ देखियो । लगानीकर्ताले बैंक तथा वित्तीय संस्थाको ब्याज तिर्नुपर्ने तथा अन्य आर्थिक कारोबार मिलाउनु पर्ने भएकाले पनि… पुरा पढौ

एसयूभी कुशाक नेपाली बजारमा छिट्टै सार्बजनिक गरिदैं, कति छ मूल्य ?

काठमाडौं, ९ साउन । स्कोडाको नयाँ एसयूभी कुशाक गाडी अब छिट्टै नेपालमा सार्वजनिक गर्ने तयारी भईरहेको छ । यो गाडी नेपालमा आईसकेको भएपनि औपचारीक रुपमा बजारमा पठाईएको छैन । गत वैशाखमा ल्याएर सार्वजकि गर्ने भनिएकाे थियाे । तर काेराेनाकाे कारण सरकारले जारि गरेकाे निषेधाले सार्वजिनीकरणकाे कार्रक्रम पछि धकेलिएको हो । स्कोडाको नेपालका लागि आधिकारी बिक्रेता एमएडव्लु इन्टरप्राईजेज प्रालिले आउने सातााबाट कुशाक गाडीको टेष्ट ड्राईभिङ हुने भएको छ । कुशाकको नेपालका लागि बुकिङ खुल्ला भने भईसकेको छ । यो गाडी एक्टिभ,… पुरा पढौ

परीक्षण उडान तयारीमा गौतमबुद्ध विमानस्थल

सिद्धार्थनगर, ९ साउन। निर्माणाधीन गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल परीक्षण उडानको अन्तिम तयारीमा पुगेको छ । विमानस्थलको प्राविधिकतर्फको काम सकिएपछि अब परीक्षण उडानको तयारी गरिएको हो । गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलका आयोजना प्रमुख प्रवेश अधिकारीका अनुसार विमानस्थलको बाह्य संरचनाको काम सकिसकेको छ भने भित्र उपकरण सुरक्षा जाँचको काम मात्रै बाँकी रहेको छ । उनले भने, “हामी क्यालिबेरेसन फ्लाइटका लागि तयारीमा छौँ ।” क्यालिबेरेशन फ्लाइट भनेको विमानस्थलको ग्राउन्ड र जहाजबीचको सूचना आदानप्रदान सही छ, छैन भनेर जाँच गर्ने हो । यसका लागि ५/७ सिट… पुरा पढौ

नबिल बैंक आयो दूर संचारलाई उछिन्दै पहिलो नम्बरमा

काठमाडौं, ९ साउन । बैंकिङ क्षेत्रमा सधैं अगाडी रहेको नबिल बैंकको अर्को सफलता शेयर बजारमा पनि देखिएको छ । नाफा तथा लाभांशमा अब्बल देखिदैं आएको नबिल बैंक शेयर बजारमा पनि अब्बल रहने संकेत दिएको छ । नेपाल स्टक एक्सचेन्ज नेप्सेका सूचीकृत कम्पनीहरुमध्ये नबिल बैंकको बजार पूँजीकरण सबैभन्दा बढी रहेको छ । जो १ खर्ब ९६ अर्ब पुगेको जनाईएको । नबिल बैंक बजार पूँजीकरणको अर्थले दोश्रो बजारमा कारोबार हुने कम्पनीहरुमध्ये पहिलो पटक सबैभन्दा अगाडी देखिएको छ । यसअघि बैंक दोश्रो स्थानमा… पुरा पढौ