आर्थिक 📈

मंगलबार सुनको मूल्य स्थिर, चाँदीमा सामान्य गिरावट

काठमाडौं, १ असार । साताको तेश्रो दिन मंगलबार छापावाला सुनको मूल्य स्थिर रहेको छ । चाँदीको मूल्यमा भने सामान्य गिरावट भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनको मूल्य प्रतितोला ९३ हजार दुई सय रुपैयाँमा कारोबार भएको छ । सोमबार पनि छापावाला सुन सोहि मूल्यमा कारोबार भएको थियो । तेजाबी सुन प्रतितोला ९२ हजार ७ सय रुपैयाँमा कारोबार भएको छ । सोमबार पनि तेजाबी सुन प्रतितोला ९२ हजार ७ सय रुपैयाँमा नै कारोबार भएको थियो । महासंघका अनुसार… पुरा पढौ

कामपाको नीति कार्यक्रम असार ३ मा

काठमाडौं, १ असार । काठमाडौँ महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि नीति तथा कार्यक्रम यही असार ३ गते बिहीबार प्रस्तुत गर्ने भएको छ । चालु आवमा जस्तै यस वर्ष पनि कोरोना महामारी नियन्त्रण र यसले पारेको प्रभावलाई सहजीकरण गर्ने कार्य मुख्यरूपमा समेटिएका छन् । कामपाका प्रवक्ता ईश्वरमान डङ्गोलले भने, “चालु आवमा सञ्चालनमा रहेका तर विभिन्न कारणले गर्दा पूरा हुन नसकेका आयोजना पूरा गर्ने विषय पनि नीति कार्यक्रमको मुख्य विषय रहेको छ । कोरोनाले गर्दा आर्थिक, सामाजिक, सांस्कृतिकरूपमा पर्न गएको… पुरा पढौ

मंगलबारको विनिमय दर : कुनको कति ?

काठमाडौं, १ असार । नेपाल राष्ट्र बैंकले मंगलबारको लागि विदेशी विनिमय दर तोकेको छ। राष्ट्र बैंकले मंगलबार अमेरिकी डलर १ को खरिद दर ११६ रुपैयाँ ९४ पैसा र बिक्री दर ११७ रुपैयाँ ५४ पैसा तोकेको छ। यस्तै यूरोपियन यूरो १ को खरिद दर १४१ रुपैयाँ ६४ पैसा र बिक्री दर १४२ रुपैयाँ ३७ पैसा, यूके पाउण्ड स्टर्लिङ १ को खरिद दर १६४ रुपैयाँ ७९ पैसा र बिक्री दर १६५ रुपैयाँ ६३ पैसा तोकिएको छ। यसैगरी बहराइन दिनार १ को खरिद… पुरा पढौ

सातै प्रदेशमा आज मंगलबार बजेट आउने

काठमाडौं, १ असार। सातै प्रदेशमा आज मंगलबार बजेट आउने भएको छ । असार १ गते बजेट ल्याउनैपर्ने संवैधानिक व्यवस्था अनुसार मंगलबार सातै प्रदेशमा बजेट आउने भएको हो । सबै प्रदेश सभामा नयाँ आर्थिक वर्षको नीति तथा कार्यक्रम छलफल भई पारित समेत भइसकेका छन् । चालु आर्थिक वर्षकै लागि विनियोजन भएका योजनामा खर्च बढाउन नसकेका धेरैजसो प्रदेशले यो वर्ष बजेट बढाउन असमर्थ हुने संभावना छ। संघीय सरकारले बजेटमा कोरोना नियन्त्रण, उपचार र खोपलाई प्राथमिकता दिएपछि सबै प्रदेशले यसैलाई पछ्याउने देखिन्छ। पुरा पढौ

१० महिनामा भित्रियो आठ खर्ब नौ अर्ब विप्रेषण

काठमाडौं, १ असार । चालु आर्थिक वर्षको १० महिनामा कूल रु आठ खर्ब नौ अर्ब ८९ करोड बराबरको विप्रेषण मुलुकभित्र भित्रिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको १० महिनाको मुलुकको आर्थिक विवरण अनुसार कोरोनाका कारण विदेश जाने कामदारमा कमी आएको भएपनि विप्रेषण आप्रवाहमा सुधार देखिएको हो । समीक्षा अवधिमा विप्रेषण आप्रवाह १९.२ प्रतिशतले वृद्धि भएको हो । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ६.३ प्रतिशतले घटेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह १६.१ प्रतिशतले वृद्धि भई… पुरा पढौ

अहिलेसम्मकै उच्च विन्दुमा नेप्से, अरुण भ्याली हाइड्रो काराेबारमा अगाडी

काठमाडौं, ३१ जेठ । साताको दोश्रो दिन सोमबार शेयर बजारमा चमक देखिएकाे छ। दिउँसो २.४२ वजेसम्म ३ हजार विन्दुमाथि पुगेको नेप्से बजार बन्द हुँदासम्म त्याे अवस्था कायम रहँदै नेप्से ३०२५.८२ विन्दुमा पुगेर रोकियो । जुन अहिलेसम्मकै उच्च विन्दु हो । सूचक ३ हजारभन्दा माथि पुग्दा कारोबार रकममा पनि उत्साह देखिएको हाे । अहिले निषेधाज्ञाको कारण शेयर बजारबाहेक अन्य लगानीका क्षेत्रहरु खुम्चिएको अवस्था रहेको छ । शेयर बजारमा भौतिक उपस्थितिबिनै लगानीको अवसर भएको कारण र डिजिटल प्रणालीमा अन्य मुलुकबाट पनि कारोबार… पुरा पढौ

भारतमा इन्धनको मूल्य बढ्यो

भारतमा इन्धनको मूल्य बढेको छ। तेल कम्पनीले सोमबार पेट्रोल र डिजेलको मूल्य बढाएको भारतीय संचार माध्यमले जनाएका छन्। कम्पनीले पेट्रोलमा २९ पैसा र डिजेलमा ३० पैसा प्रति लिटर बढाएको हो। योसँगै भारतका केही राज्यमा इन्धनको मूल्यले रेकर्ड बनाएको खबरमा उल्लेख छ। मे ४ देखि अहिलेसम्म भारतमा पेट्रोल ६ रुपैयाँ १ पैसा र डिजेल ६ रुपैयाँ ५५ पैसा प्रतिलिटर महंगो भएको छ। राजस्थानको श्रीगंगानगरमा पेट्रोल १०७ रुपैयाँ ५३ पैसा र डिजेल १ सय रुपैयाँ ३७ पैसा प्रति लिटरमा कारोबार भइरहेको छ। पुरा पढौ

आइएमई लाइफकाे आइपीओ निष्काशनको प्रस्ताव पारित हुँदै

काठमाडौं, ३१ जेठ । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीको साधारण सभा आज कम्पनीको रजिष्टर्ड तथा कर्पोरेट कार्यालय लैनचाैरमा आयोजना गरिएको छ । कम्पनीको तेश्रो वार्षिक साधारण सभामा आइपीओ निष्काशनका लागि संचालक समितिले प्रस्ताव गरेको विशेष प्रस्तावलाई पारित गरिदैंछ । आइएमई लाइफको प्रतिकित्ता १०० रुपैयाँ मूल्य अंकित ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता आइपीओ निष्काशन गर्ने तयारी भएको छ । साधारण सभामा आइपीओ निष्काशनको प्रस्तावसहित वार्षिक प्रतिवेदन, नाफा नोक्सानको हिसाब, वित्तीय विवरण लगायतका विषयमा छलफल गरी पारित गरिदैंछ । साधारण सभाले… पुरा पढौ

साढे २ अर्ब लगानीकाे दाउन्ने एग्रो फार्ममा ३ लाख कुखुरा

चितवन, ३१ जेठ । पूर्वी चितवनको रत्ननगरमा मुख्य कार्यालय रहेको दाउन्ने कर्पाेरेटअन्तर्गतको दाउन्ने एग्रोफार्ममा ३ लाख लेयर्स कुखुरा पुगेका छन् । नवलपरासी (बर्दघाट सुस्ता पूर्व) विनयी त्रिवेणी गाउँपालिका–३ सुनही सर्दीमा दाउन्ने एग्रोफार्म रहेको छ । अण्डाको बजारीकरणबाट शुरु भएको यो व्यवसाय विस्तार हुँदै नेपालको सबैभन्दा ठूलो फर्मका रूपमा विकास भएको छ । दाउन्ने कर्पाेरेटअन्तर्गतका विभिन्न कम्पनीमा लगानी रु दुई अर्ब ६० करोडभन्दा बढी पुगेको छ । यसमा माछापुच्छ्रे बैंकको ऋण लगानी रहेको छ । उक्त कम्पनीमा २०० भन्दा बढी साझेदार… पुरा पढौ

सुन तोलामा ७ सय र चाँदी ५ रुपैयाँ घट्यो

काठमाडौं, ३१ जेठ। सोमबार सुनचाँदीको मूल्य घटेको छ। सोमबार सुनको मूल्य तोलामा ७ सय रुपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। महासंघका अनुसार सोमबार सुन तोलाको ९३ हजार २ सय रुपैयाँमा झरेको छ। आइतबार तोलामा ६ सय रुपैयाँ घटेर सुन तोलाको ९३ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो। अन्तर्राष्ट्रिय बजारमा नै मूल्य घटेकाले नेपालमा पनि प्रभाव परेको हो। अन्तर्राष्ट्रिय बजारमा आइतबारको तुलनामा सोमबार सुन प्रति औंस १८ डलरले घटेको छ। महासंघका अनुसार सोमबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रति औंस… पुरा पढौ