आर्थिक 📈

बैंकिङ कसुरमा फरार पक्राउ

काठमाडौं, ११ साउन । नेपाल प्रहरीले अदालतबाट रु १३ लाख ७० हजार जरिवाना गरिएकी फरार रहेका एक महिलालाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)ले बैंकिङ कसुर मुद्दामा उच्च अदालत पाटनले रु १३ लाख ७० हजार जरिवाना गरेपछि फरार रहेका तनहुँ व्यास नगरपालिका–९ का ४५ वर्षीया शोभा गुरुङलाई आज ललितपुरको कुपण्डोलबाट पक्राउ गरेको हो । ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक श्यामकुमार महतोले उच्च अदालत पाटनको विसं २०७७ चैत ३० गतेको फैसलापछि १४ दिन कैद र बिगो बमोजिम रु १३… पुरा पढौ

विश्व बैंकको ६० मिलियन अमेरिकी डलर ऋण सहायता स्वीकार गर्ने मन्त्रिपरिषद्को निर्णय

काठमाडौं, ११ साउन । सरकारले विश्व बैंक समूहको अन्तर्राष्ट्रिय विकास संस्थामार्फत ६० मिलियन अमेरिकी डलर ऋण सहायता स्वीकार गर्ने गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं कानून, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले विभिन्न आयोजना सञ्चालन गर्न ऋण स्वरुप उक्त सहायता स्वीकार गर्ने निर्णय गरिएको जानकारी दिए । सरकारले राष्ट्र ऋण पाँचौँ संशोधन नियमावली, २०७८ र ऋणको प्राथमिकता तथा दोस्रो बजार तेस्रो संशोधन नियमावली, २०७८ लाई स्वीकृत गर्ने निर्णय पनि… पुरा पढौ

नेप्सेमा सामान्य करेक्सन, कारोबारले लगानीकर्तामा उत्साह कायमै

काठमाडौं, ११ साउन । साताको दोश्रो दिन सोमबार शेयर बजारमा दोहोरो अंकको गिरावट भएको छ । नेप्से परिसूचक ८.२४ अंकले घटेर ३०५०.४२ विन्दुमा गएर रोकिएको छ । नेप्से ०.२७ प्रतिशतले घट्दा सेन्सेटिभ इण्डेक्स २.९३ अंकले घटेर ५७१.१० विन्दुमा पुगेको छ । कुल २२३ कम्पनीको शेयर कारोबार भएको छ । ३ करोड ७० लाख ६१ हजार ४४७ कित्ता शेयरको खरिदबिक्रीबाट १४ अर्ब १३ करोड ९७ लाख ८५ हजार ४३१ रुपैयाँ बराबरको कारोबार भएको छ । १३ उपसमूहमध्ये बैंकिङ, विकास बैंक, अन्य,… पुरा पढौ

सामाजिक सुरक्षा कोषमा सूचीकृत हुने बढे, अटेर गर्नेको बैंक खाता रोक्का

काठमाडौं, ११ साउन । सरकारको घोषणालाई अटेर गर्दै बसेका ठूला रोजगारदाता पछिल्लो समय सामाजिक सुरक्षा कोषमा धमाधम आबद्ध हुन थालेका छन् । कोष योजनाको कार्यान्वयनमा आक्रामक रुपमा अघि बढ्न थालेपछि रोजगारदाताको कोषमा आबद्धता हुने क्रम बढेको हो । गत असार मसान्तसम्म कोषमा ठूला औद्योगिक घराना, बहुर्राष्ट्रिय कम्पनी, बैंक तथा वित्तीय संस्था, हजारौँ श्रमिक कार्यरत ठूला कम्पनी सूचीकृत भएका छन् । आइतबारसम्म १५ हजार ३६ रोजगारदाता र २ लाख ७४ हजार ६ सय २८ श्रमिक आबद्ध भएका छन् । कोषमा आबद्ध… पुरा पढौ

अण्डाको मूल्य हालसम्मकै उच्च : गतिलिदै पोल्ट्री व्यवसाय

चितवन, ११ साउन । कोरोना सङ्क्रमणसँगै जारी भएको निषेधाज्ञामा नोक्सान बेहोरेका पोल्ट्री व्यवसायीले राहत महसुस गर्न थालेका छन् । कुखुराजन्य क्षेत्रका सबै उत्पादनको मूल्य लागतभन्दा बढी भएको छ । अण्डाको मूल्य हालसम्मकै उच्च भएको छ भने चल्ला र मासुको मूल्य लागतभन्दा बढेको छ । गत वैशाखको पहिलो साताबाट ओरालो लागेको पोल्ट्री व्यवसायको कारोवार क्रमशः बढ्न थालेको हो । यही साउन महिनामा अण्डा, मासुको खपत कम हुने भनिए पनि माग बढेपछि मूल्यसमेत बढेको छ । निषेधाज्ञाका समयमा तीन साता ब्रोइलर चल्लाको… पुरा पढौ

सुनको भाउ सामान्य बढ्यो, चाँदीको स्थिर

काठमाडौं, ११ साउन । साताको दोश्रो दिन सोमबार नेपाली बजारमा सुनको मूल्य सामान्य बढेको छ । चाँदीको मूल्य भने स्थिर रहेको छ । छापावाला सुनमा रुपैयाँ १०० ले बृद्धि भएको हो भने चाँदी स्थिर रहि आईतबारकै मूल्यमा कारोबार भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनमा रुपैयाँ १०० ले बृद्धि भएर प्रतितोला ९२ हजार १०० रुपैयाँमा कारोबार भएको छ । आईतबार छापावाला सुन प्रतितोला ९२ हजार रुपैयाँमा कारोबार भएको थियो । तेजाबी सुन प्रतितोला ९१ हजार ६०० रुपैयाँमा… पुरा पढौ

अब एनआईसी एशियाकाे मोबाइल बैंक एपबाट आइपीओमा आवेदन दिन सकिने

काठमाडौं, ११ साउन । एनआईसी एशिया बैंकले आफ्ना ग्राहकहरुको सुविधाका लागि एनआईसी एशिया मोबैंक एमलाई संचालनमा ल्याएको छ । अब एपबाट कुनैपनि स्थानबाट विभिन्न पक्षमा निष्काशन तथा बिक्रीका लागि खुल्ला गरिने शेयरमा आवेदन दिन सकिने भएको छ । बैंकमा खाता भएका, मोबाइल बैंकिङको सेवा लिएका तथा बैंकबाट डिम्याट खाता खाेलेका ग्राहकहरुले ऋणपत्र, आइपीओमा आवेदन पेश गर्न सक्नेछन् । एनआईसी एशिया बैंकले भौतिक रुपमा उपस्थित हुनुपर्ने कहरबाट मुक्त हुनका लागि बैंकसम्म पुग्नै नपर्ने आवश्यक्ता महशुस गरेर एनआईसी एशिया मोबैंक एप संचालनमा… पुरा पढौ

बढ्यो राष्ट्रिय सहकारी बैंकको नाफा, अन्य सूचक कस्ता छन् ?

काठमाडौं, ११ साउन । राष्ट्रिय सहकारी बैंकले नाफामा बृद्धि भएको जनाएको छ । गत आर्थिक वर्षको चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गर्दै बैंकले असारको अन्त्यसम्म १ अर्ब ६६ लाख रुपैयाँ नाफा कमाएको छ । बैंकले अघिधल्लो वर्ष सोहि अविधकाे भन्दा ३२ लाख ३७ लाख रुपैयाँले बढी नाफा कमाएकाे देखिन्छ । बैंकले अघिल्लो आर्थिक वर्षमा ६८ करोड २८ लाख रुपैयाँ नाफा कमाएको थियो । बैंकका अनुसार खर्चमा गरिएको मितव्ययिता र सन्तुलनको कारण खुद व्याज आम्दानी र संचालन नाफामा बृद्धि भएको हो… पुरा पढौ

नेप्सेमा बन्यो नयाँ रेकर्ड, लगानीकर्ताहरुको आकर्षण बैंकमा

काठमाडौं, १० साउन । साताको पहिलो दिन आईतबार शेयर बजारमा नयाँ रेकर्ड कायम भएको छ । यसअघिको रेकर्डलाई तोड्दै नेप्से ३०५८.६३ विनदुमा पुगेको छ । यसअघि गएको जेठ ३१ मा ३०२५.८२ विन्दुमा पुगेर नयाँ रकर्ड कायम गरेको थियो । नेप्सेमा नयाँ रेकर्ड कायम भएसंगै कारोबार रकममा पनि उछाल आएको छ । कुनैबेला २० अर्ब नजिकको कारोबार भएको नेप्सेमा पछिल्लो समय घट्दै ४ अर्बसम्म आईपुगेको थियो । नयाँ आर्थिक वर्षको आरम्भ तथा नयाँ सरकार आएसंगै शेयर बजारमा सकारात्मक संकेतहरु देखिएपनि अझैं… पुरा पढौ

प्रभु क्यापिटलले ल्यायो “समर डिम्याट स्किम”

काठमाडौं, १० साउन । प्रभु क्यापिटल लिमिटेडले नयाँ स्किम ल्याएको छ । डिम्याट सेवामा फरक ढंगबाट आफ्ना ग्राहकहरुलाई सेवा प्रदान गर्दै आएकोमा डिम्याट सेवा अन्तरगत नयाँ डिम्याट योजना “समर डिम्याट स्किम” आजबाट सञ्चालनमा ल्याएको हो । यस योजना अन्तरगत ग्राहकले १ वर्षका लागि निःशुल्क डिम्याट खाता र मेरो शेयरप्राप्त गर्नेछन् । यो योजना श्रावण ३२ गतेसम्म सञ्चालन हुने भएको छ । योजना अन्तरगत प्रभु क्यापिटलमा पहिलै डिम्याट खाता हुने तथा नयाँ डिम्याट खाता खोलेका एवं खाता खोल्नलाई अनलाइनको माध्यमबाट आवेदन… पुरा पढौ