आर्थिक 📈

यस्तो छ आजका लागि विदेशी मुद्राको भाउ

काठमाडौँ, ११ जेठः नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । सार्वजनिक विवरणअनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ८१ पैसा र बिक्रीदर १५३ रुपैयाँ ४१ पैसा कायम गरिएको छ । यसैगरी, युरोपियन युरो एकको खरिददर १७७ रुपैयाँ ३१ पैसा र बिक्रीदर १७८ रुपैयाँ रहेको छ भने युके पाउण्ड स्टर्लिङ एकको खरिददर २०५ रुपैयाँ २३ पैसा र बिक्रीदर २०६ रुपैयाँ ४ पैसा निर्धारण गरिएको छ । स्वीस फ्र्याङ्क एकको खरिददर १९४ रुपैयाँ २० पैसा र बिक्रीदर… पुरा पढौ

सेयर बजार ३ दिन खुल्ने, बिहीबार र शुक्रबार सार्वजनिक बिदा

काठमाडौं, १० जेठ । नेपाल सरकारको आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट संसदमा पेश हुन अब ६ दिन मात्र बाँकी रहँदा यो साता सेयर बजार ३ दिन मात्र} खुला हुने भएको छ। नेपालको संविधानमा भएको व्यवस्था बमोजिम हरेक वर्ष जेठ १५ गते संघीय सरकारको बजेट सार्वजनिक गर्नुपर्ने हुन्छ। बजेट सार्वजनिक हुने दिन नजिकिँदै गर्दा यस साता विभिन्न सार्वजनिक बिदाका कारण सेयर कारोबार तीन दिनमा खुम्चिएको हो। किन ३ दिन मात्र खुल्दै छ बजार? सामान्यतया नेपालको सेयर बजार सोमबारदेखि शुक्रबारसम्म हप्ताको… पुरा पढौ

एभरेष्ट कलरकाे आईपीओ जेठ २२ गतेदेखि आउदै

काठमाडौं, १० जेठ । एभरेष्ट कलर लिमिटेडले आगामी जेठ २२ गतेदेखि सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) निष्काशन तथा बिक्री खुला गर्ने भएको छ। वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ निष्काशन गरी बाँडफाँट गरिसकेपछि कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि सेयर जारी गर्न लागेको हो। कम्पनीले आफ्नो जारी पूँजी ३० करोड रुपैयाँको २६.३३ प्रतिशतले हुन आउने कुल ७ करोड ९० लाख रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्न नेपाल धितोपत्र बोर्ड (SEBON) बाट अनुमति पाएको थियो। सोही अनुमति अनुसार प्रतिकित्ता अंकित मूल्य १०० रुपैयाँका… पुरा पढौ

खानीको २३ करोड ७७ लाख ‘रोयल्टी’ तत्काल उठाउन निर्देशन

काठमाडौं, १० जेठ। खानी तथा खानीजन्य पदार्थबाट प्राप्त हुने रु २३ करोड ७७ लाख ८८ हजार बराबर ‘रोयल्टी’ तत्काल असुल गर्न महालेखापरीक्षकको कार्यालयले निर्देशन दिएको छ । महालेखापरीक्षकको कार्यालयको ६३औँ वार्षिक प्रतिवेदनअनुसार, एक वर्षभन्दा बढी अवधिसम्म उत्खननबापतको रोयल्टी नबुझाएको र अनुमति पाएकोभन्दा बढी परिमाण उत्खनन गरेको पाइएको छ । साधारण ढुङ्गाको रोयल्टी दर प्रतिघनमिटर रु २५ तथा नियमबमोजिम ३० प्रतिशत जरिवाना र १० प्रतिशत स्थानीय विकास शुल्कसमेतको रकम असुल गर्न भनिएको छ । खानी तथा खनिज पदार्थ नियमावलीअनुसार, खानीबाट निकालिएको… पुरा पढौ

घरजग्गा कारोबार-१० महिनामा ४३ अर्ब बढी राजस्व: वैशाखमा बन्यो चालु आवकै नयाँ रेकर्ड

काठमाडौं, १० जेठ । सुस्त देखिएको घरजग्गा बजारमा महँगा सम्पत्तिको खरिदबिक्री बढेसँगै सरकारी राजस्व संकलनमा नयाँ उत्साह देखिएको छ। चालु आर्थिक वर्षको १० महिनाको अवधिमा घरजग्गा कारोबारबाट सरकारी ढुकुटीमा कुल ४३ अर्ब ५४ करोड रुपैयाँ राजस्व दाखिला भएको छ। भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्याङ्कअनुसार गत वैशाख महिनामा मात्रै ६ अर्ब २६ करोड ३८ लाख २९ हजार ८७३ रुपैयाँ राजस्व संकलन भएको छ। यो संकलन चालु आर्थिक वर्षको साउनयताकै सबैभन्दा उच्च मासिक संकलन (रेकर्ड) हो। यसअघि चैत महिनामा ६ अर्ब… पुरा पढौ

तोलामा दुई हजार आठ सयले घट्यो सुनको भाउ

काठमाडौं, १० जेठ। स्थानीय बजारमा आज पहेँलो धातुको मूल्य तोलामा रु दुई हजार ८०० ले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, शुक्रबार प्रतितोला रु दुई लाख ९३ हजार ७०० मा कारोबार भएको छापावाला सुन आजका लागि भने रु दुई लाख ९० हजार ९०० मा कारोबार हुने गरी निर्धारण भएको छ । यसैगरी, चाँदीको मूल्य तोलामा रु १०५ ले घटेको छ । शुक्रबार प्रतितोला रु पाँच हजार ११५ मा कारोबार भएको चाँदीको मूल्य आजका लागि भने पाँच हजार १०… पुरा पढौ

बैंक कर्मचारीलाई कार्यालय समयबाहिर काम लगाउँदा अतिरिक्त पारिश्रमिक अनिवार्य

काठमाडौं, १० जेठ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा कार्यरत कर्मचारीहरूको कार्यसमय र अतिरिक्त श्रम (ओभरटाइम) सम्बन्धी व्यवस्थामा व्यापक कडाइ गरेको छ। केन्द्रीय बैंकले शुक्रबार एकीकृत निर्देशन २०८२ मा संशोधन गर्दै अबदेखि कर्मचारीलाई कार्यालय समयभन्दा बाहिर काममा लगाउँदा अनिवार्य रूपमा अतिरिक्त पारिश्रमिक दिनुपर्ने र काम गर्न बाध्य पार्न नपाइने स्पष्ट निर्देशन दिएको हो। यो संशोधनसँगै बैंक तथा वित्तीय संस्थाहरूले सेवा विस्तार, सिस्टम अपडेट, क्लोजिङ वा डिजिटल बैंकिङ अपरेसनका नाममा कर्मचारीहरूलाई बिना पारिश्रमिक वा दबाब दिएर ढिलोसम्म काममा खटाउन… पुरा पढौ

१० महिनामा करिब ८ खर्बको सामान आयात

वीरगन्ज (पर्सा), १० जेठ । वीरगन्ज भन्सार नाका हुँदै चालु आर्थिक वर्षको १० महिनामा रु सात खर्ब ९४ अर्ब ८७ करोड मूल्य पर्ने वस्तु तथा समान आयात भएको छ । गत आवको १० महिनाको तुलनामा चालु अवधिको सोही अवधिमा यो नाका हुँदै रु एक खर्ब दुई अर्ब ४४ करोड अर्थात् १५ प्रतिशत बढी सामान भित्रिएको हो । वीरगन्ज भन्सार कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टले वीरगन्ज हुँदै हुने आयातमा बढोत्तरी भएको बताउनुभयो । उहाँले चालु आवको पेटोलियम पदार्थ र फलाम तथा… पुरा पढौ

यस्तो छ आज ताेकिएकाे विदेशी मुद्राको भाउ

काठमाडौं, १० जेठ। नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । सार्वजनिक विवरणअनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ८१ पैसा र बिक्रीदर १५३ रुपैयाँ ४१ पैसा कायम गरिएको छ । यसैगरी, युरोपियन युरो एकको खरिददर १७७ रुपैयाँ १७ पैसा र बिक्रीदर १७७ रुपैयाँ ८६ पैसा रहेको छ भने युके पाउण्ड स्टर्लिङ एकको खरिददर २०५ रुपैयाँ ०६ पैसा र बिक्रीदर २०५ रुपैयाँ ८७ पैसा निर्धारण गरिएको छ । स्वीस फ्र्याङ्क एकको खरिददर १९४ रुपैयाँ २०… पुरा पढौ

जलाशययुक्त र गौरवका आयोजना अगाडि नबढेकाेमा महालेखाको प्रश्न, अर्बौंका आयोजना अधुरै

काठमाडौं, ९ जेठ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका वार्षिक नीति, कार्यक्रम र बजेटमा समावेश भएका महत्त्वपूर्ण आयोजनाहरूको कार्यान्वयन हुन नसकेकामा महालेखापरीक्षकको कार्यालयले गम्भीर प्रश्न उठाएको छ। कार्यालयको ६३औँ वार्षिक प्रतिवेदनअनुसार, सुक्खायामको बिजुलीको माग सम्बोधन गर्न निर्माण गर्ने भनिएका ठूला जलाशययुक्त आयोजनाहरूको काम अगाडि नबढ्नुको कारणबारे सरकारसँग जिज्ञासा राखिएको छ। मन्त्रालय मातहतका राष्ट्रिय गौरव र रूपान्तरणकारी योजनाका तोकिएका लक्ष्य पूरा नभएको तथा आयोजनाको वर्गीकरण र मापदण्डको पूर्ण कार्यान्वयन नभएको महालेखाको ठहर छ। कागजमै सीमित भए ठूला जलविद्युत् आयोजना बजेट वक्तव्य… पुरा पढौ