आर्थिक 📈

‘माथिल्लो म्याग्दी’ जलविद्युत्काे ५० प्रतिशत भौतिक प्रगति

म्याग्दी, १६ वैशाख। म्याग्दीको धवलागिरि गाउँपालिकामा निर्माणाधीन ‘माथिल्लो म्याग्दी’ जलविद्युत् आयोजना निर्माण सुरु भएको १३ महिनाको अवधीमा ५० प्रतिशत भौतिक प्रगति भएको छ । हाइड्रो इम्पायर लिमिटेड प्रवर्द्धक रहेको ४६ दशमलव २५ मेगावाट क्षमताको आयोजनाले २०८३ चैत महिनाभित्र विद्युत् उत्पादन सुरु गर्ने लक्ष्यसहित बाँध, सुरुङ, विद्युत्गृह, प्रसारण लाइन, ‘हाइड्रो’ र ‘इलेक्ट्रोमेकानिकल’ तर्फका निर्माणलाई समानान्तरण रूपमा तीव्रता दिएको हो । विसं २०८१ चैत महिनादेखि निर्माण थालिएको आयोजनाको ५० प्रतिशत भौतिक प्रगति भएको आयोजना प्रमुख रमेश सुवेदीले जानकारी दिनुभयो । “सुरुङसहितका भूमिगत… पुरा पढौ

नेप्सेमा २५ अङ्कको गिरावट, करिब ५ अर्बकाे काराेबार

काठमाडौं, १६ वैशाख । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक २५ दशमलव ८१ अङ्कले घटेर दुई हजार ७४४ दशमलव ४५ बिन्दुमा कायम भएको हो । आज ३५१ कम्पनीको एक करोड २१ लाख ३४ हजार ३६० कित्ता शेयर एक लाख चार हजार पाँच पटक खरिद बिक्री हुँदा रु चार अर्ब ९८ करोड ६२ लाख ९४ हजार १७३ बराबरको कारोबार कारोबार भएको नेप्सेले जनाएको छ । आज विकास बैंक शून्य दशमलव १४, म्युचुअल फन्ड… पुरा पढौ

सेबोनद्वारा नीति तथा कार्यक्रमका लागि सुझाव आह्वान

काठमाडौं, १६ वैशाख । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले आगामी आर्थिक वर्ष २०८३/८४ को धितोपत्र बजार तथा वस्तु विनिमय बजारसम्बन्धी नीति तथा कार्यक्रम तर्जुमाका लागि सरोकारवाला र सर्वसाधारणसँग राय–सुझाव माग गरेको छ। बोर्डको नीति, अनुसन्धान तथा प्रशिक्षण विभागले बुधबार एक सूचना जारी गर्दै बजारको व्यवस्थित र प्रभावकारी विकासका लागि रचनात्मक एवं कार्यान्वयनयोग्य सुझाव पठाउन अनुरोध गरेको हो। h2iBVyGgvQilTkOlM0VlRjXFtOD8muzGIuUn4kU9Download मुख्य जानकारीहरू: सुझाव दिने अन्तिम मिति: २०८३ जेठ १५ गतेसम्म। पठाउने माध्यम: बोर्डको आधिकारिक इमेल research@sebon.gov.np मा। को-कसले दिन पाउने: सरोकारवाला निकाय,… पुरा पढौ

बैंकिङ प्रणालीबाट ४० अर्ब तरलता तान्दै राष्ट्र बैंक

काठमाडौं, १६ वैशाख। बैंकिङ प्रणालीमा अधिक तरलता (लगानीयोग्य रकम) थुप्रिएपछि नेपाल राष्ट्र बैंकले पुनः ४० अर्ब रुपैयाँ बजारबाट तान्ने भएको छ। राष्ट्र बैंकले 'निक्षेप संकलन उपकरण' प्रयोग गरी उक्त रकम प्रशोचन गर्न लागेको हो। यसका लागि आज दिउँसो ३ बजे अनलाइनमार्फत बोलकबोल हुने राष्ट्र बैंकको राष्ट्र ऋण व्यवस्थापन विभागले जनाएको छ। बोलकबोलका मुख्य सर्त र प्रक्रिया बैंक तथा वित्तीय संस्थाहरूले यो उपकरणमा सहभागी हुन निम्न मापदण्ड पालना गर्नुपर्नेछ: सहभागी हुन पाउने: 'क', 'ख' र 'ग' वर्गका बैंक तथा वित्तीय संस्थाहरू… पुरा पढौ

कञ्चनपुरमा सिँचाइ क्षेत्र विस्तार भएसँगै गहुँउत्पादनमा वृद्धि

दोधारा चाँदनी (कञ्चनपुर), १६ वैशाख । गत वर्षको तुलनामा यस वर्ष कञ्चनपुरमा गहुँ उत्पादनमा वृद्धि भएको छ । कृषि ज्ञान केन्द्रका अनुसार यस वर्ष गहुँ उत्पादनमा २.१ प्रतिशतले वृद्धि भएको हो । कृषि ज्ञान केन्द्रका सूचना अधिकारी धर्मबहादुर साउदले यस वर्ष गत वर्षको तुलनामा गहुँको उत्पादकत्वमा वृद्धि भएको बताउनुभयो । “उन्नत जातको बीउबिजन र सिँचाइ सुविधाका कारण उत्पादनमा वृद्धि भएको हो”, साउदले भन्नुभयो।, “यस वर्ष गहुँको उत्पादकत्व वृद्धि भएर ३.४ प्रतिहेक्टर पुगेको छ ।” उहाँका अनुसार यस वर्ष ३१ हजार… पुरा पढौ

यूनाइटेड अजोडकाे हकप्रद शेयरमा आवेदन दिने म्याद थप

काठमाडौं, १६ वैशाख। यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेड (UAIL) ले निष्काशन गरेको हकप्रद शेयरमा आवेदन दिने समय थप गरेको छ। कम्पनीले गत चैत २६ गतेदेखि बिक्री खुला गरेको १० प्रतिशत हकप्रद शेयरमा अब लगानीकर्ताले आगामी वैशाख ३१ गतेसम्म आवेदन दिन सक्नेछन्। निष्काशन विवरण इन्स्योरेन्सले हाल कायम १०० कित्ता शेयर बराबर नयाँ १० कित्ता (१:०.१) को अनुपातमा हकप्रद शेयर निष्काशन गरेको हो। यस अन्तर्गत कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका कुल २३ लाख १० हजार कित्ता शेयर बिक्रीमा ल्याएको छ। यसबाट कम्पनीले… पुरा पढौ

यस्तो छ आजका लागि विदेशी मुद्राको भाउ

काठमाडौं, १६ वैशाख। नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १५० रुपैयाँ ९७ पैसा र बिक्रीदर १५१ रुपैयाँ ५७ पैसा तोकिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७६ रुपैयाँ ५७ पैसा र बिक्रीदर १७७ रुपैयाँ २७ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०३ रुपैयाँ ५५ पैसा र बिक्रीदर २०४ रुपैयाँ ३६ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १९१ रुपैयाँ १६ पैसा र बिक्रीदर १९१ रुपैयाँ ९२ पैसा कायम… पुरा पढौ

विकास बैंकको नाफामा उत्साहजनक सुधार: गरिमा पहिलो, लुम्बिनीको १०२८ प्रतिशतको ‘छलाङ’

काठमाडौं, १५ वैशाख। चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमास (चैत मसान्त) सम्मको वित्तीय विवरण अनुसार नेपालका राष्ट्रियस्तरका विकास बैंकहरूको नाफामा उल्लेख्य सुधार देखिएको छ। आज सार्वजनिक भएको अपरिष्कृत वित्तीय विवरण अनुसार सञ्चालनमा रहेका आठ राष्ट्रियस्तरका विकास बैंकहरूले कुल ५ अर्ब ५० करोड ३५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका छन्। यो नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४९.०४ प्रतिशतले बढी हो। गत वर्ष चैत मसान्तसम्म यी बैंकहरूले ३ अर्ब ६९ करोड २७ लाख रुपैयाँ नाफा कमाएका थिए। प्रमुख… पुरा पढौ

नेप्सेमा २६ अंकको गिरावट, कारोबार रकम ६ अर्ब माथि

काठमाडौं, १६ बैशाख । साताको तेस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा ठूलो गिरावट देखिएको छ। अघिल्लो दिन सामान्य बढेर बन्द भएको बजारमा आज दोहोरो अंकको गिरावट आएको हो। मंगलबार नेप्से परिसूचक २६.१६ अंकले घटेर २७७०.२६ विन्दुमा झरेको छ। परिसूचकसँगै सेन्सेटिभ इण्डेक्स पनि २.१४ अंकले ओरालो लागेको छ। फ्लोट इण्डेक्समा १.५३ र सेन्सेटिभ फ्लोट इण्डेक्समा ०.८३ अंकको गिरावट दर्ता भएको छ। कारोबार रकममा सुधार बजार परिसूचक घटे पनि कारोबार रकममा भने उल्लेख्य सुधार देखिएको छ। सोमबार ४ अर्ब… पुरा पढौ

नेपाल ब्यवस्थापन संघद्धारा २०८३/८४ को बजेटपूर्व छलफल

काठमाडौं, १५ वैशाख । नेपाल ब्यवस्थापन संघद्धारा २०८३/८४ को बजेटपूूर्ण छलफल कार्यक्रम आयोजना गरेको छ । बजेटपूर्व छलफलः 'समृद्धिको मार्ग' नाम दिईएको उक्त छलफल कार्यक्रम संघका अध्यक्ष हेमा कुमारी अधिकारीको अध्यक्षतामा भएको थियो । कार्यक्रमको प्रमुख अतिथिमा राष्ट्रिय योजना आयोगका माननिय सदस्य डा. सञ्जय आचार्य रहनु भएकाे थियो । कार्यक्रममा पूर्व मुख्य सचिव डा. बैकुण्ठ अर्यालले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । नेपाल ब्यवस्थापन संघका पूर्वअध्यक्ष तथा पूर्व अर्थमन्त्रि डा. युवराज खतिवडा, राष्ट्रिय योजना आयोगका पूर्वसदस्य डा. रमेशचन्द्र पौडेल र बरिष्ठ… पुरा पढौ