आर्थिक 📈

कालंगा हाइड्रोको आईपीओमा आवेदन दिने अन्तिम दिन

काठमाडौं, १३ जेठ । कालंगा हाइड्रो लिमिटेडले जेठ ८ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने आज (जेठ १३ गते) अन्तिम दिन बाँकी रहेको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँट गरेपछि याे चरणमा सर्वसाधारण लगानीकर्ताहरुका लागि आईपीओ निष्काशन गरेको हो। कम्पनीले आफ्नो जारी पूँजी १ अर्ब ४० करोड रुपैयाँको ३५ प्रतिशत अर्थात् ४९ करोड रुपैयाँ बराबरको कुल ४९ लाख कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो। जसमध्ये… पुरा पढौ

बैंकहरूले अब दैनिक राष्ट्र बैंकमा अधिक तरलता राख्न पाउने, ‘एसडीएफ’ सुविधा परिमार्जन

काठमाडौं, १३ जेठ । बैंक तथा वित्तीय संस्थाहरूले अब आफूसँग भएको अधिक तरलता (ज्यादा रकम) दैनिक रूपमै नेपाल राष्ट्र बैंकमा निक्षेपका रूपमा राख्न पाउने भएका छन्। राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले एक सूचना जारी गर्दै स्थायी निक्षेप सुविधा (एसडीएफ) सम्बन्धी विद्यमान व्यवस्थामा पुनरावलोकन गरी यस्तो निर्णय गरेको हो। नयाँ व्यवस्था आगामी २०८३ जेठ १३ गतेदेखि लागू हुनेछ। 639154266429862180Download के छ नयाँ व्यवस्थामा? यसअघि हप्ताको निश्चित दुई दिन मात्र उपलब्ध हुँदै आएको यो सुविधा अब राष्ट्र बैंक खुलेको प्रत्येक दिन उपलब्ध… पुरा पढौ

यस्ताे छ आजका लागि विदेशी मुद्राको भाउ

काठमाडौं, १३ जेठ । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आजका लागि अमेरिकी डलर एकको खरिददर रु १५२ दशमलव ०८ र बिक्रीदर रु १५२ दशमलव ६८ कायम भएको छ । साथै युरोपियन युरो एकको खरिददर रु १७७ दशमलव ०९ र बिक्रीदर रु १७७ दशमलव ७९, बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर रु २०५ दशमलव २४ र बिक्रीदर रु २०६ दशमलव ०५ तथा स्वीस फ्राङ्क एकको खरिददर रु १९४ दशमलव ६४ र… पुरा पढौ

निजी क्षेत्रसँग सम्बन्धित बजेट कार्यान्वयनमा सुधार

काठमाडौं, १२ जेठ। सरकारको वार्षिक बजेट कार्यान्वयन प्रभावकारी देखिएको छ । नेपाल उद्योग परिसङ्घ (सिएनआई)ले नेपाल आर्थिक पत्रकार समाज (सेजन)सँगको सहकार्यमा सुरु गरेको ‘बजेट वाच’को तेस्रो त्रैमासको समीक्षामा बजेट कार्यान्वयनमा सुधार भएको देखिएको हो । सिएनआईका अनुसार चालु आवको बजेटमा समावेश निजी क्षेत्रसँग सम्बन्धित ७४ वटा बुँदामध्ये पूर्ण कार्यान्वयन बढेको पाइएको हो । गत आवको तेस्रो त्रैमासमसम्म बजेट वाचमा समेटिएको बुँदामध्ये १७ प्रतिशत पूर्ण कार्यान्वयन भएकामा चालु आवको सोही अवधिमा २७ प्रतिशत कार्यक्रम पूर्ण कार्यान्वयन भइसकेका छन् । साथै गत… पुरा पढौ

नेप्सेमा ‘ब्रेक’: ९.२४ अंकले घट्याे, पौने ५ अर्बकाे कारोबार

काठमाडौं, १२ जेठ । गत दुई कारोबार दिनदेखि लगातार बढेको धितोपत्र बजारमा साताको दोस्रो कारोबार दिन मंगलबार भने गिरावट आएको छ। उतारचढावका बीच नेप्से परिसूचक दोहोरो अंक नजिकले घट्दा कारोबार रकममा पनि संकुचन देखिएको छ। मंगलबार नेप्से परिसूचक ९.२४ अंकले घटेर २७७७.१० विन्दुमा झरेको छ। नेप्से सूचकसँगै बजारका अन्य सूचकहरूमा पनि गिरावट आएको छ, जस अन्तर्गत: सेन्सेटिभ इण्डेक्स: १.४५ अंकले घट्यो। फ्लोट इण्डेक्स: ०.६९ अंकले घट्यो। सेन्सेटिभ फ्लोट इण्डेक्स: ०.५१ अंकले घट्यो। कारोबार रकममा गिरावट नेप्सेसँगै यस दिन कारोबार रकम… पुरा पढौ

विकास निर्माणमा समानुपातिक बजेट विनियोजन गर्न सांसदहरूको जोड

काठमाडौं, १२ जेठ । प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा भाग लिँदै विभिन्न राजनीतिक दलका सांसदहरूले देशको सन्तुलित विकासका लागि आगामी बजेटमा समानुपातिक ढंगले बजेट विनियोजन गरिनुपर्नेमा जोड दिएका छन्। सांसदहरूले आफ्नो निर्वाचन क्षेत्रका सडक, पर्यटन, स्वास्थ्य, शिक्षा, वन तथा वन्यजन्तु पीडितका समस्यादेखि राष्ट्रिय सरोकारका विविध विषयमा सरकारको ध्यानाकर्षण गराए। बैठकमा व्यक्त मुख्य विचार र मागहरू यस प्रकार छन्: विकास, पूर्वाधार र पर्यटकीय क्षेत्रको माग राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा): स्मृति सेन्चुरी: दोलखामा पर्यटकीय गतिविधि कम भएको र ऐतिहासिक जिरी पदमार्ग इतिहासमा… पुरा पढौ

स्नो रिभर्सको आईपीओ बाँडफाँट: ७७ हजार ८१२ जनाले पाए १० कित्ताका दरले शेयर

काठमाडौं, १२ जेठ। स्नो रिभर्स लिमिटेडको साधारण शेयर (आईपीओ) आज (जेठ १२ गते, मंगलबार) बाँडफाँट भएको छ । कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटलको कार्यालयमा आज बिहान आईपीओ बाँडफाँट गरिएको हो । कम्पनीले गत वैशाख २९ गतेदेखि जेठ १ गतेसम्म सर्वसाधारण लगानीकर्ताहरुका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ७ लाख ७८ हजार १२५ कित्ता शेयर निष्काशन गरेको थियो । यो कुल ७ करोड ७८ लाख १२ हजार ५०० रुपैयाँ बराबरको शेयर हो । गोलाप्रथाबाट भाग्यमानीको चयन, यसरी भयो… पुरा पढौ

तोलामा एक हजार तीन सयले घट्यो : सुनको भाउ

काठमाडौं, १२ जेठ। स्थानीय बजारमा आज छापावाला सुनको मूल्य तोलामा रु एक हजार ३०० ले घटेको छ । सोमबार प्रतितोला रु दुई लाख ९२ हजार ८०० मा कारोबार भएको छापावाला सुन आजका लागि भने रु दुई लाख ९१ हजार ५०० मा कारोबार हुने गरी निर्धारण भएको छ । यस्तै, चाँदीको मूल्य तोलामा रु ९० ले घटेको छ । सोमबार प्रतितोला रु पाँच हजार १५० मा कारोबार भएको चाँदीको मूल्य आजका लागि भने पाँच हजार ६० निर्धारण भएको छ । पुरा पढौ

प्रिमियम दर मनोमानी ढंगले नबढाउ-राष्ट्र बैंक

काठमाडौं, १२ जेठ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूबाट प्रवाह हुने कर्जाको ब्याजदर निर्धारण प्रक्रियाका सम्बन्धमा सर्वसाधारण र ऋणीहरूका लागि एक विशेष वित्तीय चेतनामूलक सन्देश जारी गरेको छ । केन्द्रीय बैंकले ग्राहकहरूलाई सचेत रहन र सुरक्षित कारोबार गर्न आग्रह गर्दै वित्तीय साक्षरता सम्बन्धी जानकारी सार्वजनिक गरेको हो । राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थाले प्रदान गर्ने कर्जाको ब्याजदर दुई प्रकारका हुन्छन्स्थि-र (Fixed) र परिवर्तनशील (Floating)। स्थिर र परिवर्तनशील ब्याजदरको नियम स्थिर ब्याजदर: तोकिएको निश्चित अवधिसम्म यो ब्याजदर… पुरा पढौ

सानिगाड हाइड्रोको आईपीओ निष्काशन मिति परिवर्तन

काठमाडौं, १२ जेठ । सानिगाड हाइड्रो लिमिटेडले सर्वसाधारणका लागि निष्काशन गर्न लागेको प्रारम्भिक सार्वजनिक निष्काशन (IPO) को मिति परिवर्तन गरेको छ। यसअघि जेठ १४ गतेदेखि बिक्री खुला गर्ने तयारी गरेको कम्पनीले नेपाल सरकारले उक्त दिन बकर ईदको सार्वजनिक बिदा दिएका कारण मिति सारेको हो। अब कम्पनीको आईपीओ जेठ १८ गतेदेखि सर्वसाधारणका लागि खुल्ला हुनेछ। कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि पहिलो चरणमा आईपीओ निष्काशन गरी बाँडफाँट गरिसकेपछि अब दोस्रो चरणमा सर्वसाधारणका लागि बिक्री खुला गर्न… पुरा पढौ