आर्थिक 📈

नेसनल लाइफको नाफामा सुधार: ‘१ खर्ब क्लब’ मा प्रवेश गर्ने तेस्रो कम्पनी

काठमाडौं, ३० वैशाख । नेसनल लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ, जसअनुसार कम्पनीको नाफामा सामान्य सुधार देखिएको छ । मुनाफा र आम्दानीको अवस्था कम्पनीले सार्वजनिक गरेको विवरण अनुसार समीक्षा अवधिमा मुनाफा सामान्य बढेर ४१ करोड ६६ लाख रुपैयाँ पुगेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ४० करोड रुपैयाँ नाफा आर्जन गरेको थियो । यस अवधिमा कम्पनीको कुल आय २१ अर्ब १२ करोड रुपैयाँ पुगेको छ, जुन अघिल्लो आवको १९ अर्ब रुपैयाँको… पुरा पढौ

रुपन्देही पर्यटकीय ‘हब’ बन्दै, होटल क्षेत्रमा अर्बौंको लगानी

सिद्धार्थनगर (भैरहवा), ३० वैशाख । लुम्बिनी भ्रमणमा आउने स्वदेशी तथा विदेशी पर्यटकको आकर्षण बढेसँगै रुपन्देही जिल्ला देशकै प्रमुख पर्यटकीय ‘हब’ का रूपमा विकसित हुन थालेको छ । होटल तथा पर्यटन पूर्वाधारमा निजी क्षेत्रको बढ्दो लगानीले यस क्षेत्रको स्वरूप नै बदलिदिएको छ । पछिल्लो समय भैरहवा–लुम्बिनी करिडोर र जिल्लाका मुख्य सहरी क्षेत्रमा पाँचतारेदेखि तीनतारे होटल खुल्ने क्रम तीव्र छ । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि विमानस्थल लक्षित होटलमा लगानी थपिएको व्यवसायीहरू बताउँछन् । अन्तर्राष्ट्रिय ब्रान्डको आकर्षण जिल्लामा अन्तर्राष्ट्रिय स्तरका होटल व्यवस्थापन… पुरा पढौ

यती एयरलाइन्सले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा एनआईएमबी एस क्यापिटल नियुक्त

काठमाडौं, ३० वैशाख। नेपालको प्रतिष्ठित निजी हवाई सेवा प्रदायक कम्पनी यती एयरलाइन्स लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक सार्वजनिक शेयर (आईपीओ) निष्कासन गर्ने भएको छ। कम्पनीले आफ्नो पूँजी संरचना विस्तार गर्ने योजना अनुरूप आईपीओ जारी गर्न लागेको हो। शेयर निष्कासन प्रक्रियाका लागि यती एयरलाइन्सले एनआईएमबी एस क्यापिटल लिमिटेड (NIMB Ace Capital) लाई धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ। सम्झौतामा हस्ताक्षर राजधानीमा आयोजित एक कार्यक्रमका बीच दुई कम्पनीबीच धितोपत्र निष्कासनसम्बन्धी औपचारिक सम्झौता भएको छ। सम्झौतापत्रमा: यती एयरलाइन्सका तर्फबाट: प्रमुख वित्त अधिकृत… पुरा पढौ

यस्तो छ आजका लागि विदेशी मुद्राको भाउ

काठमाडौं, ३० वैशाख। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ७१ पैसा र बिक्रीदर १५३ रुपैयाँ ३१ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १७९ रुपैयाँ ३१ पैसा र बिक्रीदर १८० रुपैयाँ ०२ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०६ रुपैयाँ ७२ पैसा र बिक्रीदर २०७ रुपैयाँ ५३ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १९५ रुपैयाँ ५३ पैसा र बिक्रीदर १९६ रुपैयाँ ३० पैसा कायम… पुरा पढौ

तल्लो सेती जलविद्युत् आयोजना : प्रवेश सुरुङ निर्माण सुरु

दमौली (तनहुँ), ३० वैशाख । तनहुँको देवघाट गाउँपालिका-४ मा १२६ मेगावाट क्षमताको तल्लो सेती जलविद्युत् आयोजनाको प्रवेश सुरुङ निर्माण सुरु भएको छ । नेपाल विद्युत् प्राधिकरणको पूर्णस्वामित्वमा रहेको तनहुँ हाइड्रोपावर लिमिटेडले सुरुङ निर्माणका लागि आर.के. हाइड्रो इञ्जिनियरिङ एण्ड एशोसिएट्स प्रालि काठमाकाठमाडौंसँग ठेक्का सम्झौता गरेको छ । विसं २०८० फागुन ७ गते सम्पन्न ठेक्का सम्झौतापछि विस्फोटक पदार्थ प्रयोगसम्बन्धी स्वीकृति प्रक्रियामा भएको ढिलाइका कारण निर्माण केही समय प्रभावित भएको आयोजना प्रमुख हरिकुमार श्रेष्ठले जानकारी दिनुभयो । आवश्यक स्वीकृति प्राप्त भएपछि हाल सुरुङ… पुरा पढौ

तीन दिनको बढोत्तरीपछि नेप्सेमा ब्रेक, झन्डै ४० अंकको गिरावट

काठमाडौं, २९ वैशाख । साताको दोस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा ठूलो गिरावट आएको छ। लगातार तीन कारोबार दिनसम्म उकालो लागेको बजारमा यस दिन भने ओरालो यात्रा तय भएको हो। परिसूचकमा गिरावट मंगलबार नेप्से परिसूचक ३९.४४ अंकले घटेर २७४४.४० विन्दुमा ओर्लिएको छ। परिसूचका साथै अन्य मुख्य सूचकहरूमा पनि गिरावट देखिएको छ: सेन्सेटिभ इण्डेक्स: ५.१५ अंकले घट्यो। फ्लोट इण्डेक्स: २.५५ अंकले घट्यो। सेन्सेटिभ फ्लोट इण्डेक्स: १.८९ अंकको गिरावट। कारोबार रकममा भने वृद्धि बजार परिसूचक घटे पनि कारोबार रकममा… पुरा पढौ

पुँजी बजारमा सीमित समूहको कब्जा, १५–१६ अर्ब रुपैयाँ अपचलन भएको अर्थमन्त्री वाग्लेको दाबी

काठमाडौं, २९ वैशाख । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालको पुँजी बजारमा केही सीमित समूहले बजार म्यानिपुलेसन र इन्साइडर ट्रेडिङमार्फत अर्बौ‌ रुपैयाँ दुरुपयाेग गरेको गम्भीर आरोप लगाउनुभएको छ। मंगलबार व्यवस्थापिका संसद्को अर्थ समिति बैठकमा बोल्दै उहाँले निश्चित व्यक्तिहरूले जनताको १५ देखि १६ अर्ब रुपैयाँ दुरुपयोग गरी अकुत सम्पत्ति आर्जन गरेको र त्यसकै आडमा राजनीतिक संस्थामाथि समेत प्रभाव जमाएको बताउनुभयो। वित्तीय संस्थामा 'कब्जा' र राजनीतिक सेटिङ अर्थमन्त्री वाग्लेले विगत केही वर्षदेखि वित्तीय तथा आर्थिक संस्थाहरू निश्चित समूहको कब्जामा गएको कटु यथार्थलाई स्वीकार… पुरा पढौ

शिवम् सिमेन्ट्सको नाफामा ५४.५९ प्रतिशतको छलाङ्ग

काठमाडौं, २९ वैशाख। निर्माण क्षेत्रमा छाएको सुस्तताका बीच पनि शिवम् सिमेन्ट्स लिमिटेड (SHIVM) ले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा उत्साहजनक वित्तीय नतिजा सार्वजनिक गरेको छ। कम्पनीको बिक्री आम्दानीमा केही गिरावट आए पनि खुद नाफामा भने उल्लेख्य सुधार देखिएको हो। खुद नाफामा ५४ प्रतिशतको वृद्धि कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार, समीक्षा अवधिमा कम्पनीले ६१ करोड ९१ लाख ९२ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ५४.५९ प्रतिशत… पुरा पढौ

तुलसीपुरका थारु महिला तरकारीखेतीबाट आत्मनिर्भर बन्दै

दाङ, २९ वैशाख। तुलसीपुर उपमहानगरपालिका-१५ अकमीगाउँका थारु महिला मौसमी तथा बेमौसमी व्यावसायिक तरकारीखेती गरी मनग्य आम्दानीमार्फत आत्मनिर्भर बन्दै आएका छन् । अकमीगाउँसहित आसपासका गाउँका थारु महिला अहिले व्यावसायिक तरकारीखेतीतर्फ आकर्षित भएका हुन् । यसबाट जीविकोपार्जन गर्न र छोराछोरीलाई पढाउन सजिलो भएको थारु महिला बताउँछन् । तुलसीपुर-१५ की ४४ वर्षीया स्यानी चौधरीले व्यावसायिक रूपमा तरकारीखेती गर्न थाल्नुभएको लामो समय बितिसकेको छ । उहाँले तरकारीखेती गरेर आत्मनिर्भर बन्नुका साथै आफूलाई एक सफल महिला कृषकका रूपमा चिनाउनुभएको छ । उहाँले मौसमी र बेमौसमी… पुरा पढौ

‘प्रि-बजेट’ माथि छलफल गर्दै गण्डकीको अर्थमन्त्रालय

गण्डकी, २९ वैशाख। गण्डकी प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटका सिद्धान्त र प्राथमिकता (प्रि-बजेट)बारे छलफल सुरु गरेको छ । प्रदेश सरकारले असार १ गते बजेट सार्वजनिक गर्नुपर्ने संवैधानिक व्यवस्था छ । बजेट ल्याउनुअघि बजेट तथा कार्यक्रमका सिद्धान्त र प्राथमिकता प्रदेशसभामा पेस हुने आर्थिक मामिलामन्त्री जितबहादुर शेरचनले बताउनुभयो । “प्रि-बजेट छलफल भइरहेको छ । जिल्ला तहमा पुगेर स्थानीय तहका जनप्रतिनिधिसँग बजेटमा सुझाव तथा परामर्श लिने काम भइरहेको छ”, उहाँले भन्नुभयो, “बजेट निर्माणका लागि मन्त्रालयले आन्तरिक तयारी अगाडि बढाएको छ… पुरा पढौ