आर्थिक 📈

स्नो रिभर्सको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं, १ जेठ । स्नो रिभर्स लिमिटेडले सर्वसाधारणका लागि निष्काशन गरेको साधारण शेयर (आईपीओ) मा आवेदन दिने आज अन्तिम दिन रहेको छ। कम्पनीले गत बैशाख २९ गतेदेखि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ७ लाख ७८ हजार १२५ कित्ता शेयर बिक्री खुल्ला गरेको थियो। यसअघि स्थानीय बासिन्दा, वैदेशिक रोजगारीमा रहेका नेपाली, सामूहिक लगानी कोष र कर्मचारीहरूका लागि शेयर बाँडफाँट गरिसकेपछि कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि यो निष्काशन ल्याएको हो। लगानी सम्बन्धि विवरण न्यूनतम आवेदन: १० कित्ता अधिकतम आवेदन: १,००० कित्ता निष्काशन… पुरा पढौ

निजी क्षेत्रमाथिको ‘धरपकड’ प्रति महासंघको गम्भीर आपत्ति: ‘लगानीको वातावरण बिग्रियो’

काठमाडौं, १ जेठ । नेपाल उद्योग वाणिज्य महासंघ (FNCCI) ले पछिल्लो समय सरकारले विभिन्न आर्थिक मुद्दाको अनुसन्धानका नाममा निजी क्षेत्रका उद्योगी, व्यवसायी र बैंकरहरूलाई फौजदारी कसुरको शैलीमा पक्राउ गरेको भन्दै कडा आपत्ति जनाएको छ। महासंघले एक विज्ञप्ति जारी गर्दै सरकारको यस्तो कार्यले समग्र व्यावसायिक वातावरणमा त्रास सिर्जना गरेको र लगानीकर्तामा नकारात्मक सन्देश प्रवाह भएको ठहर गरेको छ। बैंकिङ्ग क्षेत्रको साखमा धक्का महासंघले विशेषगरी बैंकका उच्च पदस्थ अधिकारीहरूको पक्राउलाई लिएर चिन्ता व्यक्त गरेको छ। विज्ञप्तिमा भनिएको छ: "आम सर्वसाधारणको निक्षेप संकलन… पुरा पढौ

यस्तो छ आगामी आवको बजेटको प्राथमिकता (पूर्ण पाठ)

काठमाडौं, १ जेठ । आगामी आर्थिक वर्षको बजेटमा सूचना प्रविधिको अत्यधिक उपयोग गर्दै आर्थिक विकासको नयाँ आधार तयार पार्ने सरकारको योजना रहेको छ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले बिहीबार सङ्घीय संसद्का दुवै सदनको छुट्टाछुट्टै बैठकमा आगामी आर्थिक वर्षको विनियोजन विधेयकका प्राथमिकता प्रस्तुत गर्नुभयो । सेवा प्रवाहका लागि कानुनी संस्थागत सुधार र सूचना प्रविधिको समुपयोग गर्ने बजेटको प्राथमिकता रहनेछ । अर्थमन्त्री डा वाग्लेले प्रस्तुत गर्नुभएको आगामी आवको बजेटको प्राथमिकता यसप्रकार छ । सेवा प्रवाहका लागि कानुनी संस्थागत सुधार र सूचना प्रविधिको… पुरा पढौ

विद्युत् लाइन काटेर पाँच करोड बक्यौता असुली

राँझा (बाँके), १ जेठ। नेपाल विद्युत् प्राधिकरण नेपालगन्ज वितरण केन्द्रले विद्युत् लाइन काटेर महसुल बक्यौता असुली अभियान सञ्चालन गरेको छ । बितेका पाँच महिनामा लामो समयदेखि महसुल रकम नतिर्ने करिब पाँच हजार ५०० ग्राहकको लाइन काटेर बक्यौता असुली अभियान सुरु गरेको नेपाल विद्युत प्राधिकरण नेपालगन्ज वितरण केन्द्रका प्रमुख सञ्जयकुमार मिश्रले जानकारी दिनुभयो । उहाँका अनुसार लामो समयदेखि महसुल रकम नतिर्ने ग्राहकको लाइन काटेपछि चार हजार ५०० ग्राहकले विद्युत् महसुल भुक्तानी गरी लाइन पुनः जडान गरेका छन् । काटिएको लाइन पुनः… पुरा पढौ

यस्तो छ आजका लागि विदेशी मुद्राको भाउ

काठमाडौं, १ जेठ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ९३ पैसा र बिक्रीदर १५३ रुपैयाँ ५३ पैसा निर्धारण गरिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७९ रुपैयाँ र बिक्रीदर १७९ रुपैयाँ ७१ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०६ रुपैयाँ ६० पैसा र बिक्रीदर १०७ रुपैयाँ ४१ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १९५ रुपैयाँ ६० पैसा र बिक्रीदर १९६ रुपैयाँ ३७ पैसा कायम… पुरा पढौ

राष्ट्रियसभाः विनियोजन विधेयकका सिद्धान्त तथा प्राथमिकता प्रस्तुत

काठमाडौं, ३१ वैशाख। राष्ट्रियसभाको आजको बैठकमा अर्थमन्त्री डा स्वर्णीम वाग्लेले विनियोजन विधेयकका सिद्धान्त तथा प्राथमिकता (कर प्रस्ताव बाहेक) प्रस्तुत गर्नुभएको छ । अर्थमन्त्री डा वाग्लेले प्रस्तुत गर्नुभएको सो प्रस्तावमा पाँच सिद्धान्त र पाँच प्राथमिकता रहेका छन् । विनियोजन विधेयकका पाँच सिद्धान्तमा सुशासनको लाभांश, अर्थतन्त्रको पुनःसंरचना, सन्निकटताका लागि एकीकृत पूर्वाधार, सर्वव्यापी सामाजिक उन्नयन र मध्यमवर्गको विस्तार तथा सौम्य शक्तिको सृदृढीकरण रहेका छन् । यसैगरी, विनियोजन विधेयकका प्राथमिकतामा सेवा प्रवाहका लागि कानुनी संस्थागत सुधार र सूचना प्रविधिको समुपयोग, आर्थिक वृद्धिको क्षेत्रगत स्रोतको… पुरा पढौ

नेप्से १० अङ्कले घट्यो, तीन अर्ब २९ करोडकाे काराेबार

काठमाडौं, ३१ वैशाख। धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक १० दशमलव शून्य सात अङ्कले ओरालो लागेर दुई हजार सात सय ३० दशमलव १७ मा सिमित भएको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक शून्य दशमलव ३४ अङ्कले ओरालो लागेर चार सय ६७ दशमलव २० मा सिमित भएको हो । आज तीन सय ३७ कम्पनीको ७९ लाख ५८ हजार ७५२ कित्ता शेयर रु तीन अर्ब २९ करोड दुई लाख ४४ हजार छछ सय १९ मूल्यमा खरिद बिक्री भएको… पुरा पढौ

सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

काठमाडौं, ३१ वैशाख। बुधबारको तुलनामा स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ । सुन तोलामा रु ३०० र चाँदी रु ३५ ले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मोल प्रतितोला रु तीन लाख दुई हजार ५०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु पाँच हजार ७४५ कायम भएको छ । हिजो बुधबार छापावाल सुनको मोल प्रतितोला रु तीन लाख दुई हजार २०० र त्यति नै परिमाणको चाँदी रु पाँच हजार ७१० मा… पुरा पढौ

मर्स्याङ्दी बेसी जलविद्युतमा साढे ७ अर्ब ऋण लगानी हुने

काठमाडौं, ३१ वैशाख। दिव्यज्योति हाइड्रोपावर लिमिटेडद्वारा प्रवर्द्धित ५० मेगावाट क्षमताको ‘मर्स्याङ्दी बेसी जलविद्युत आयोजना’ को वित्तीय व्यवस्थापन (फाइनान्सियल क्लोजर) सम्पन्न भएको छ। आयोजनामा ऋण लगानीका लागि बुधबार राजधानीको होटल एभरेष्टमा आयोजित एक समारोहका बीच कम्पनी र बैंकहरूबीच ऋण सम्झौतामा हस्ताक्षर भएको हो। लगानीको संरचना कुल ११ अर्ब ३० करोड रुपैयाँ लागत अनुमान गरिएको यस आयोजनामा बैंक र प्रवर्द्धकको लगानी देहाय बमोजिम रहनेछ: ऋण लगानी (७०%): सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडको अगुवाइमा सह-वित्तीयकरण मार्फत ७ अर्ब ५० करोड रुपैयाँ। स्वपुँजी/इक्विटी (३०%): प्रवर्द्धक… पुरा पढौ

माउन्ट एभरेष्ट पावरको आईपीओ आजदेखि खुला

काठमाडौं, ३१ वैशाख। माउन्ट एभरेष्ट पावर डेभलपमेन्ट लिमिटेडले बैशाख १७ गतेदेखि आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन तथा बिक्री खुला गरेको आईपीओ (IPO)मा आवेदन दिने आज अन्तिम दिन बाँकी रहेको छ। कति कित्ता शेयर निष्काशन ? कम्पनीले आफ्नो जारी पूँजी ८६ करोड रुपैयाँको ३० प्रतिशतले हुन आउने कुल २५ लाख ८० हजार कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो। सोही अनुसार पहिलो चरणमा निम्न बमोजिम शेयर बाँडफाँट गरिनेछ: स्थानीय बासिन्दा (८,६०,००० कित्ता): अति प्रभावित क्षेत्र: सोलुखुम्बु जिल्लाको सोलुदुधकुण्ड नगरपालिका… पुरा पढौ