आर्थिक 📈

एकैदिन २१ लाख ७७ हजार राजस्व सङ्कलन

काठमाडौं, ३१ वैशाख । बितेका २४ घण्टामा दुई हजार ३६५ सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा रु २१ लाख ७७ हजार ५०४ राजस्व दाखिला भएको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादकपदार्थ सेवन गरेको ८८, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका २५८, सङ्केत बत्ती उल्लङ्घनकर्ता १५६ र तीव्र गतिमा सवारीसाधन हुइँक्याएका १७४ जनालाई कारबाही गरिएको हो । यसैगरी, ‘लेन’ अनुशासन पालना नगर्ने १२३, निषेधित क्षेत्रमा हर्न बजाउने १२८, सडक पेटीमा सवारीसाधन पार्किङ गर्ने १२४, एकतर्फी सडकमा… पुरा पढौ

युनाइटेड अजोड इन्स्योरेन्सको हकप्रदमा आवेदन दिने आज अन्तिम अवसर

काठमाडौं, ३१ वैशाख। यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेड (UAIL) ले निष्काशन गरेको १० प्रतिशत हकप्रद शेयरमा आवेदन दिने आज (बैशाख ३१ गते) अन्तिम दिन रहेको छ। इन्स्योरेन्सले गत चैत २६ गतेदेखि यो हकप्रद शेयरको बिक्री खुला गरेको थियो। यस निष्काशनका मुख्य बुँदाहरू यस प्रकार रहेका छन्: निष्काशन अनुपात: इन्स्योरेन्सले हाल कायम १०० कित्ता शेयर बराबर नयाँ १० कित्ता (१०:१) को अनुपातमा हकप्रद शेयर निष्काशन गरेको हो। कुल शेयर संख्या: कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका कुल २३ लाख १० हजार कित्ता… पुरा पढौ

कर्जा असुली कानुन सम्मत छ : नेपाल इन्भेष्टमेण्ट मेगा बैंक

काठमाडौं, ३१ वैशाख। नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेड (NIMB) ले स्मार्ट टेलिकम प्रालिको सम्पत्ति लिलामी र बैंकका प्रमुख कार्यकारी अधिकृत (CEO) ज्योति प्रकाश पाण्डेमाथि भइरहेको अनुसन्धानका सम्बन्धमा आफ्नो आधिकारिक धारणा सार्वजनिक गरेको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (CIB) ले २०८३/०१/३० मा जारी गरेको विज्ञप्ति र सो सम्बन्धमा विभिन्न सञ्चार माध्यममा आएका समाचारप्रति बैंकले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। लिलामी र कर्जा असुलीको स्पष्टीकरण बैंकले स्मार्ट टेलिकमको सम्पत्ति लिलामी प्रक्रिया प्रचलित ऐन र कानुन बमोजिम नै गरिएको स्पष्ट पारेको छ:… पुरा पढौ

‘डिजिटल’ अर्थतन्त्रको नयाँ आधार (फाइभजी)

काठमाडौं, ३१ वैशाख। वर्ल्ड इकोनोमी फोरमले ‘फाइभजी’ प्रविधिलाई ‘इन्टेलिजेन्ट इकोनोमी’को आधार मानेको छ । उक्त संस्थाले फाइभजी प्रविधि उद्योग, शिक्षा, स्वास्थ्य, कृषि र सार्वजनिक सेवामा डिजिटल क्रान्तिका लागि आवश्यक रहेको जनाएको छ । उच्च गतिको इन्टरनेट, ‘लो लेटेन्सी’ र कैयौँ उपकरणलाई एकैसाथ जोड्ने क्षमताका कारण फाइभजीले कृत्रिम बुद्धिमत्ता, स्मार्ट सिटी, स्वचालित उद्योग र डिजिटल व्यापारलाई नयाँ उचाइमा पु¥याउन सक्ने फोरमको निष्कर्ष छ । फाइभजीले उत्पादनशीलता, रोजगारी, नवप्रवर्तन र आर्थिक वृद्धिलाई तीव्र बनाउँदै राष्ट्रलाई चौथो औद्योगिक क्रान्तिको केन्द्रतर्फ अघि बढाउने शक्तिशाली… पुरा पढौ

यस्तो छ आजका लागि विदेशी मुद्राको भाउ

काठमाडौं, ३१ वैशाख। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ८४ पैसा र बिक्रीदर १५३ रुपैयाँ ४४ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १७९ रुपैयाँ ०३ पैसा र बिक्रीदर १७९ रुपैयाँ ७३ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०६ रुपैयाँ ४४ पैसा र बिक्रीदर २०७ रुपैयाँ २५ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १९५ रुपैयाँ ५९ पैसा र बिक्रीदर १९६ रुपैयाँ ३५ पैसा कायम… पुरा पढौ

नेप्सेमा लगातार दोस्रो दिन गिरावट, कारोबार रकम २ अर्ब ८० करोडमा सीमित

काठमाडौं, ३० वैशाख। साताको चौथो कारोबार दिन बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा गिरावट आएको छ। मंगलबार झैँ बुधबार पनि बजारले ओरालो यात्रालाई नै निरन्तरता दिएको हो। परिसूचक र कारोबारको अवस्था नेप्से परिसूचक: ४.१५ अंकले घटेर २७४०.२५ विन्दुमा ओर्लिएको छ। अन्य सूचकहरू: सेन्सेटिभ इण्डेक्स ०.७० अंक, फ्लोट इण्डेक्स ०.३६ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.२६ अंकले ओरालो लागेका छन्। कारोबार रकम: बजारमा कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा घटेको छ। बुधबार ३३९ कम्पनीका ५६ लाख ४३ हजार कित्ता शेयर २… पुरा पढौ

अधिक तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले ४० अर्ब संकलन गर्दै

काठमाडौं, ३० वैशाख । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा थुप्रिएको अधिक तरलता (लगानीयोग्य रकम) व्यवस्थापन गर्न आज ४० अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन गर्दैछ। राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले २१ दिनका लागि उक्त परिमाणको निक्षेप संकलन गर्न लागेको हो। बोलकबोल प्रक्रिया राष्ट्र बैंकले जारी गरेको सूचना अनुसार, यस निक्षेप संकलन उपकरणको बोलकबोल आजै दिउँसो ३:०० बजेसम्म हुनेछ। इच्छुक बैंक तथा वित्तीय संस्थाहरूले अनलाइन बिडिङ सिस्टम सफ्टवेयर (OBSS) मार्फत बहु-ब्याजदरमा बोलकबोल गर्न सक्नेछन्। सहभागिता र सीमा यस प्रक्रियामा राष्ट्र बैंकबाट इजाजत… पुरा पढौ

सुनचाँदीको भाउमा सामान्य उतारचढाव

काठमाडौं, ३० वैशाख। मङ्गलबारको तुलनामा स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव आएको छ । सुन तोलामा रु ७०० ले घटेको छ भने चाँदीको मोल भने रु १५ ले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मोल प्रतितोला रु तीन लाख दुई हजार २०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु पाँच हजार ७१० कायम भएको छ । हिजो मङ्गलबार एक तोला छापावाल सुन रु तीन लाख दुई हजार ९०० र त्यति नै परिमाणको चाँदी… पुरा पढौ

सरकारको नीति तथा कार्यक्रमले निजी क्षेत्र उत्साहित, कार्यान्वयनमा भने ‘पर्ख र हेर’ को अवस्था

चितवन, ३० वैशाख । आगामी आर्थिक वर्षका लागि सरकारले सार्वजनिक गरेको नीति तथा कार्यक्रमले चितवनका निजी क्षेत्र र व्यवसायीहरूमा उत्साह जगाएको छ। नीति तथा कार्यक्रम उद्योगी र लगानीमैत्री देखिए पनि यसको प्रभावकारी कार्यान्वयनका विषयमा भने व्यवसायीहरू अझै ‘पर्ख र हेर’ को अवस्थामा रहेका छन्। व्यवसायीहरूको प्रतिक्रिया उद्योग वाणिज्य सङ्घ चितवनका अध्यक्ष चिरञ्जीवी सुवेदीले नीति तथा कार्यक्रम उद्योगीहरूको पक्षमा रहेको बताउनुभयो। सरकारले ल्याएका कार्यक्रमहरू कार्यान्वयनको चरणमा कसरी जान्छन् भन्ने पक्ष महत्त्वपूर्ण रहेको उहाँको भनाइ छ। "विगतमा पनि राम्रा कार्यक्रम आउने गरे… पुरा पढौ

एनएलजी इन्स्योरेन्सले कमायो ३ करोड नाफा

काठमाडौं, ३० वैशाख। एनलजी इन्स्योरेन्स कम्पनी लिमिटेडको चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक भएको छ, जसअनुसार कम्पनीको खुद नाफामा उल्लेख्य गिरावट देखिएको छ। नाफा र आम्दानीको स्थिति समीक्षा अवधिमा कम्पनीको खुद नाफा ७१.७८ प्रतिशतले घटेर ३ करोड ४८ लाख रुपैयाँमा सीमित भएको छ। गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १२ करोड ३३ लाख रुपैयाँ मुनाफा आर्जन गरेको थियो। नाफा घटे पनि कम्पनीको खुद बीमाशुल्क आम्दानीमा भने सुधार देखिएको छ। गत वर्ष ६६ करोड ५८ लाख रुपैयाँ रहेको यस्तो… पुरा पढौ