आर्थिक 📈

मुक्तिनाथ बैंकमा अब अनलाइनबाट नै कर्जाको आवेदन दिन सकिने

काठमाडौं, ११ मंसिर । मुक्तिनाथ विकास बैंकले ग्राहक महानुभावहरुको समयको महत्वलाई ध्यानमा राखि र कोरोनाको महामारीको विषम परिस्थितीमा डिजिटल प्रणालीको प्रोत्साहन गर्ने गरी अनलाइनबाट नै कर्जाको लागि आवेदन सेवा सञ्चालनमा ल्याएको छ । बैंकलाई थप प्रविधिमैत्री बनाउने क्रममा बैंकले आफ्नाे वेबसाइटबाट विभिन्न कर्जाका लागि आवेदन दिन सक्ने साथै कर्जा स्वीकृतिका लागी आवश्यक पर्ने कागजात समेत अनलाइनमार्फत नै ग्राहकले प्रस्तुत गर्नसक्ने सुविधा उपलब्ध गराएको हो । यस प्रणाली मार्फत ग्राहकले आफुलाई सहज पर्ने कुनै पनि शाखा अनलाइनमै छनोट गरी कर्जा आवेदन… पुरा पढौ

नेप्से परिसूचक १८.४३ अंकले बढ्यो, ७ अर्ब ६१ करोड बढीको कारोबार

काठमाडौं, ११ मंसिर । साताको अन्तिम दिन नेप्से १८.४३ अंकले बढेको छ । बिहीबार नेप्से परिसूचक १८.४३ अंकले बढेर एक हजार ८ सय ९३ दशमलब २४ विन्दुमा पुगेको छ । नेप्सेका अनुसार आज दिनभर भएका ७० हजार भन्दा धेरै कारोबारबाट २०१ कम्पनीको १ करोड ७१ लाख ८८ हजार ९९ कित्ता सेयर किनबेच भएका छन् । जस अनुसार कारोबार रकम ७ अर्ब ६१ करोड ३० लाख ३० हजार ९१ रुपैयाँ पुगेको छ । पुरा पढौ

पिपुल्स पावरको शेयर निष्काशनका लागि प्रभु क्यापिटल निष्काशन तथा बिक्री प्रवन्धकमा नियुक्त

काठमाडौं, ११ मंसिर । पिपुल्स पावर लिमिटेडले सर्वसाधारणलाई जारी गर्न लागेको शेयरको सार्वजनिक निष्काशन गर्ने कार्यका लागि प्रभु क्यापिटल लिमिटेडलाई शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । आज सम्पन्न नियुक्ति सम्बन्धी सम्झौता पत्रमा पिपुल्स पावरका तर्फबाट सञ्चालक सन्तोष राज नेपाल तथा प्रभु क्यापिटलका तर्फबाट प्रबन्ध निर्देशक दिनेश थकालीले हस्ताक्षर गरेका थिए । पिपुल्स पावर लिमिटेडले इलाम जिल्लाको इलाम नगरपालिकामा अवस्थित पुवाखोलामा ४.९६ मेगावाटको आयोजना निर्माण गरिरहेको छ । यो आयोजनाको भौतिक प्रगति ८० प्रतिशत सम्पन्न भइसकेको बताइएकाे छ । पुरा पढौ

४ वर्ष पछि नेप्सेले रच्यो इतिहास

काठमाडौं, ११ मंसिर । ४ वर्ष अघिको रेकर्ड तोड्दै नेपाली सेयर बजारमा नयाँ इतिहास कायम भएको छ । बिहीबार नेपाली सेयर बजार ४ वर्ष अघिकै अवस्थामा आइपुगेको छ । ४ वर्ष अघि अर्थात २०७३ साउन १२ गते सेयर कारोबार मापक नेप्से परिसूचकले नयाँ रेकर्ड कायम गरेको थियो । त्यसबेला १ हजार ८ सय ८१ अंकमा पुगेर रेकर्ड कायम गरेको नेप्से परिसूचक त्यस भन्दा माथि भने पुग्न सकेकाे थिएन । त्यसबेलादेखि ओरालो लागेको नेपाली सेयर बजारले बिहीबार नयाँ किर्तिमान कायम गरेको… पुरा पढौ

आज सुनचाँदीको मूल्य स्थिर

काठमाडौं, ११ मंसिर । आज नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर रहेको छ । आज सुनको मूल्य बुधबारकै मूल्यमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघकाअनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९१ हजार ५ सय र तेजावी सुनको मूल्य प्रतितोला ९१ हजार रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला १ हजार १७५ रहेको महासंघले जनाएको छ । पुरा पढौ

लाइफ इन्स्योरेन्स कर्पोरेशनको लाभांश घोषणा

काठमाडौं, ११ मंसिर । लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपालले लाभांश घोषणा गरेको छ । कम्पनी आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट हाल कायम रहेको चुक्ता पूँजीको १०.५२६३ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । कम्पनी संचालक समितिको बुधबार अपरान्ह बसेको बैठकले चुक्ता पूँजी २ अर्ब १ करोड रुपैयाँको १० प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.५२६३ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको हो । उक्त प्रस्तावित लाभांश बीमा समितिको स्वीकृति र कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि शेयरधनीले पाउनेछन् । पुरा पढौ

नेप्से परिसूचक ६४.७० अंकले बढ्यो, ५ अर्ब १३ करोड बढीको कारोबार

काठमाडौं, १० मंसिर । साताको चौथो दिन नेप्से ६४.७० अंकले बढेको छ । बुधबार नेप्से परिसूचक ६४.७० अंकले बढेर १ हजार ८७४ दशमलव ८१ विन्दुमा पुगेकोे छ । नेप्सेका अनुसार आज कूल १९६ वटा कम्पनीको एक करोड ४७ लाख ८९ हजार ३ सय ३ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब १३ करोड १८ लाख ८६ हजार ४ सय ८८  रुपैयाँको कारोबार भएकाे छ ।आज कारोबार भएका समूहमध्ये होटलबाहेक अन्य सबैमा हरियाली छाएको छ । नेप्सेमा उभार आउँदा कारोबार रकमसमेत रु पाँच… पुरा पढौ

घट्यो आयात, बढ्यो निर्यात

काठमाडौँ, १० मंसिर । चालु आर्थिक वर्ष २०७७/७८ को पहिलो चार महिनामा विदेशी वस्तुको आयातमा कमी आउँदा निर्यातमा भने वृद्धि भएको छ । भन्सार विभागले सार्वजनिक गरेको चार महिनाको तथ्याङ्कअनुसार १० प्रतिशत आयातमा कमी आउँदा १० प्रतिशतले नै निर्यातमा वृद्धि भएको हो । भन्सार विभागको तथ्याङ्कमध्ये चालू आवको पहिलो चार महिनाको अवधिमा रु चार खर्ब दुई अर्बको विदेशी वस्तुको आयात भएको छ । यो गत आवको सोही अवधिको तुलनामा १० दशमलव ६२ प्रतिशतले कमी हो । यसैगरी चार महिनाको अवधिमा… पुरा पढौ

आज पनि घट्यो सुनको मूल्य, तोलाको कति ?

काठमाडौं, १० मंसिर । आज नेपाली बजारमा सुनको मूल्य घटेको छ । मंगलबार तोलामा ९२ हजार ५ सयले कारोबार भएको सुनको मूल्य आज तोलामा १ हजारले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला ९१ हजार ५०० रुपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ९१ हजार रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदीको मूल्य प्रतितोला १ हजार १७५ रहेको महासंघले जनाएको छ । पुरा पढौ

सिटिजन्स बैंकको लाभांस सुरक्षित गर्ने समय आजसम्म मात्रै

काठमाडौं, मंसिर १० । सिटिजन्स बैंकका शेयरधनीहरुले आजसम्म लाभांस सुरक्षित गर्नसक्ने भएका छन् । उनिहरुको लागि आज लाभांस सुरक्षित गर्ने अन्तिम दिन हो । बैंकले मंसिर २० गतेका लागि चौधौं साधारण सभा डाकेको छ । यसका लागि बुक क्लोज गर्ने समय मंसिर ११ गतेसम्म रहेकोले आज लााभांस सुरक्षित गर्न सक्ने अन्तिम दिन बाँकी रहेको हाे । आजसम्म कायम भएका शेयरधनीहरुले मात्र साधारण सभामा सहभागिता जनाउन पाउने छन् । बैंकद्वारा प्रस्तावित लाभांस पारित भएपछि लाभांस पाउने छन् । बैंकले कोरोना भाइरसको… पुरा पढौ