आर्थिक 📈

कार्तिक १४ मा अपि पावरको हकप्रद शेयर निस्काशन हुँदै

काठमाडौं, २३ असोज । अपि पावर कम्पनीले कार्तिक को १४ गतेबाट हकप्रद शेयर निष्काशन गर्ने बताएको छ । कम्पनीका अनुसार ५६ लाख ७० हजार कित्ता शेयर निष्काशन गर्न लागेकाे हाे । । हकप्रद शेयरका लागि मङ्सिर ४ गतेसम्म आवेदन दिन सकिने भएको छ । सिद्धार्थ क्यापिटललाई हकप्रद निष्काशनको बिक्रि प्रबन्धक ताेकिएकाे छ । दार्चुलाको माथिल्लो चमेलिया जलविद्युत आयोजनाको लागि लगानी जुटाउन हकप्रद शेयर निष्काशन गर्न लागेको कम्पनीले बताएको छ । ४० मेगावाट क्षमताको आयोजनाको लागत रु सात अर्ब ४० करोड… पुरा पढौ

नेपाल वायुसेवा निगमको महाप्रवन्धकमा पौडेल नियुक्त

काठमाडौं, २२ असोज । नेपाल वायुसेवा निगमको महाप्रवन्धकमा डिमप्रकाश पौडेल नियुक्त भएका छन्। मन्त्रिपरिषदको बिहीबार बसेको बैठकले निगम सञ्चालक समिति सदस्य समेत रहेका पौडेललाई महाप्रवन्धक नियुक्त गरेको हो । उनी पेशाले चार्टर्ड एकाउन्टेन्ट पनि हुन् । पुरा पढौ

नेप्से परिसूचक ११.३४ अंकले घट्यो, बिहीबार २ अर्ब ९० करोड बढीको कारोबार

काठमाडौं, २२ असोज । साताको अन्तिम दिन नेप्से ११.३४ अंकले घटेको छ । बिहीबार नेप्से परिसूचक ११.३४ अंकले घटेर १ हजार ५ सय ८९ दशमलव ६३ विन्दुमा कायम भएको छ । कूल १९३ कम्पनीको एक करोड ११ लाख ६४ हजार ५०६ कित्ता शेयर रु २ अर्ब ९० करोड ५० लाख ५७ हजार ९६६ मूल्यमा खरिद बिक्री भए । कारोवार भएका कूल १२ उपसमूहमध्ये आज तीन उपसमूहको शेयर उकालो लाग्दा नौ उपसमूहको शेयर भने ओरालो लागेको छ । वित्त ३१.७२, लघुवित्त… पुरा पढौ

सुनको मूल्य २ सयले घट्यो

काठमाडौं, २२ असोज । बिहीबार सुनको मूल्य घटेको छ । बिहीबार सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले घटेको हाे । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन प्रतितोला ९३ हजार ९०० रुपैयाँमा र तेजाबी सुन प्रतितोला ९३ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन छापावाल  सुनको मूल्य  प्रतितोला ९४ हजार १०० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, आज चाँदीको मूल्य भने बढेको छ । आज चाँदीको मूल्य प्रतितोला १ हजार १ सय ८० रहेको महासंघले जनाएको छ । पुरा पढौ

आन्तरिक राजस्व कार्यालयका सम्पूर्ण सेवा बन्द

कञ्चनपुर, २२ असाेज । आन्तरिक राजस्व कार्यालय महेन्द्रनगर कञ्चनपुरका सम्पूर्ण सेवा बन्द गरिएका छन् । कर्मचारीमा कोरोनाको सङ्क्रमण पुष्टि भएपछि बिहिबारदेखि कार्यालयका सेवा बन्द गरिएका हुन्। सार्वजनिक सूचना जारी गर्दै कार्यालयले कोरोनाको सङ्क्रमण भएका कर्मचारीको सम्पर्कमा आएका अन्य कर्मचारीको पिसिआर परीक्षणका लागि स्वाब सङ्कलन गरी परीक्षणको कार्यका लागि पठाइएको जनाएको छ । परीक्षणको नतिजा नआउँदासम्मका लागि कार्यालयका सम्पूर्ण कार्य बन्द गरिएका छन् । यसैगरी, पुनर्वास नगरपालिकामा कार्यरत कर्मचारीमा कोरोनाको सङ्क्रमण देखिएपछि अतिआवश्यकबाहेकका सेवा बन्द गरिएका छन् । नगरपालिकाको वडा २… पुरा पढौ

शेयर बजारमा बढ्यो आकर्षण, धमाधम थपिदैछन् नयाँ लगानीकर्ता

काठमाडौं, २२ असोज । पछिल्लो समय शेयर बजारमा लगानीकर्ताको आकर्षण बढेको छ । अझ लकडाउनको अवधीमा शेयर बजारमा प्रवेश गर्न चाहानेहरुको लहर नै देखिएको छ । नेपाल स्टक एक्सचेञ्जले पछिल्लो समय नयाँ लगानीकर्ताको आवागमन बढेको बताएको छ । गत एक महिनामा अनलाइन सेयर कारोबारका लागि करिब ६० हजार लगानीकर्ता थपिएका छन् । कोभिड–१९ को जोखिम बढेसँगै सर्वसाधारणलाई हिँडडुलमा अवरोध भएको, लगानीका अन्य क्षेत्र सञ्चालन हुन नसकेको, धितोपत्र बोर्ड र नेप्सेले अनलाइन कारोबारका लागि प्रोत्साहन गरेकोलगायत कारण अनलाइन कारोबारका लागि ‘युजर नेम… पुरा पढौ

साहित्यकार लुङमाहिमको परिवारलाई आर्थिक सहयोग

खोटाङ, २२ असोज । फोक्सो तथा मुटुको रोगका कारण ज्यान गुमाउनुभएका ताप्लेजुङका साहित्यकार एवम् पूर्वशिक्षक लुङमाहिम काइँला ९भीम इजम०को परिवारलाई खोटाङबाट रु ७६ हजार आर्थिक सहयोग रकम पठाइएको छ । फोक्सोमा देखिएको समस्यापछि मुटुमा परेको असरले जलोदर ९पेटमा पानी जम्ने समस्या० ले ज्यान गुमाउनुभएका ताप्लेजुङस्थित पाथीभरा याङ्बरक गाउँपालिका–३ तिरिङ्गेका साहित्यकार काइँलाका परिवारको सहयोगार्थ बुधबार रु ७६ हजार २०० आर्थिक सहयोग रकम पठाइएको हो । गम्भीर रोगबाट पीडित काइँलाको उपचारमा सहयोग गर्न जिल्लामा ‘लुङमाहिम काइला उपचार सहयोग अभियान’ सञ्चालन भइरहेकै अवस्थामा… पुरा पढौ

स्थानीय तहमा अस्पताल बनाउन स्वास्थ्य बजेट निकासा

काठमाडौँ, २२ असोज । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अस्पताल बनाउन स्थानीय तहलाई बजेट पठाएको छ । अर्थ मन्त्रालयमार्फत् पहिलो चरणमा २ सय ६४ स्थानीय तहलाई ५ देखि १५ शैय्याको अस्पताल बनाउनका लागि बजेट पठाइसकेको हो । पाँच शैय्याको अस्पतालका लागि ७० लाख, १० शैय्याको लागि ८५ लाख र १५ शैय्याको लागि १ करोड पठाइसकेको हो । मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीका अनुसार ती स्थानीय तहका स्वास्थ संस्थालाई स्तरोन्नति गरी अस्पताल बनाउन बजेट पठाइएको हो । मन्त्रालयले ५ शैय्याका लागि ५२… पुरा पढौ

नेप्से परिसूचक १४.६८ अंकले बढ्यो, ३ अर्ब ३५ करोड बढीको कारोबार

काठमाडौं, २१ असोज । साताको चौथो दिन नेप्से १४.६८ अंकले बढेको छ । बुधबार नेप्से परिसूचक १४.६८ अंकले बढेर १ हजार ६ सय दशमलव ९७ विन्दुमा कायम भएको छ । नेप्सेका अनुसार आज ३ अर्ब ३५ करोड ८५ लाख बढीकोे कारोबार भएको छ । आज कारोबार भएका समूहमध्ये २ वटा समूहबाहेक अन्य सबै समूहमा हरियाली छाएको छ । पुरा पढौ

सुनको मूल्य ८ सयले घट्यो

काठमाडौं, २१ असोज । बुधबार सुनको मूल्य घटेको छ । बुधबार सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँले घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन प्रतितोला ९४ हजार १०० रुपैयाँमा र तेजाबी सुन प्रतितोला ९३ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ ।अघिल्लो दिन छापावाल सुनको मूल्य तोलाको ९४ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो । चाँदीको मूल्य पनि बुधबार घटेको छ ।आज चाँदी तोलामा २५ रुपैयाँले घटेर प्रतितोला १ हजार १ सय ७५ रुपैयाँ तोकिएको छ… पुरा पढौ