आर्थिक 📈

उपत्यकाका विभिन्न अस्पताललाई हिमालय एयरलाइन्सको सहयोग

काठमाडौँ, १९ असोज । नेपालबाट अन्तर्राष्ट्रिय उडान भर्ने निजी क्षेत्रको हवाई सेवा प्रदायक कम्पनी हिमालय एयरलाइन्सले काठमाडौँ उपत्यकाका विभिन्न अस्पताललाई कोभिड–१९ महामारी नियन्त्रणसँग सम्बन्धित स्वास्थ्य सामग्री सहयोग गरेको छ । उपत्यकामा अप्रत्यासित वृद्धि भइरहेको कोभिड महामारीसँग जुध्न र समुदायमा कोभिड भाइरसको फैलावट रोक्न कम्पनीले शहीद गङ्गालाल राष्ट्रिय हृदयरोग केन्द्र, राष्ट्रिय ट्रमा सेन्टर र मनमोहन मेमोरियल सामुदायिक हस्पिटललाई विविध चिकित्सा सामग्री प्रदान गरिएको विज्ञप्तिमार्फत जनाएको छ । कोभिड महामारी विरुद्ध अग्रभागमा उभिएर कार्य गर्ने स्वास्थ्यकर्मीको स्वास्थ्यको सुनिश्चिता र तिनलाई सङ्क्रमणबाट बचाउन… पुरा पढौ

सुनको मूल्य प्रतितोला ४ सयले घट्यो

काठमाडौं, १९ असोज । सोमबार सुनको मूल्य घटेको छ । आइतबार सुनको मूल्य तोलामा ९४ हजार ५ सयमा कारोबार भएको सोमबार तोलामा ४ सयले घटेको हो ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन प्रतितोला ९४ हजार १०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९३ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ। त्यस्तै, आज चाँदीको मूल्य भने स्थिर रहेको छ । आज चाँदीको मूल्य प्रतितोला १ हजार १ सय ८० रहेको महासंघले जनाएको छ । पुरा पढौ

कोरोना नियन्त्रण र राहतका लागि काठमाडौं महानगरको ८ करोड ७४ लाख बढी खर्च

काठमाडौं, १९ असोज । काठमाडौं महानगरपालिकाले कोरोना रोकथाम, नियन्त्रण र राहत वितरणका लागि हालसम्म ८ करोड ७४ लाख ३९ हजार ३७ रुपैयाँ खर्च भएको जनाएको छ । २०७६ चैत्र महिनादेखि २०७७ भदौ मसान्तसम्म महानगरले विभिन्न शिर्षकमा उक्त रकम खर्च गरेको महानगरका प्रशासन विभाग प्रमुख नमराज ढकालद्वारा जारी गरिएकाे खर्चकाे विवरणमा उल्लेख छ । महानगरले कोरोना कोषका लागि आन्तरीक कोष शिर्षमा १० करोड छुट्याएको थियो । वडा कार्याहरुबाट राहत वितरणका लागि ५ करोड ७० लाख १० हजार ५३४ रुपैयाँ खर्च गरेको… पुरा पढौ

सेती खोला आयोजनामा जुट्यो लगानी, कुमारी बैंकले मात्रै २ अर्ब लगानी गर्ने

काठमाडौं, १९ असोज । कास्कीस्थित सेती खोलामा निर्माण हुन लागेको २२ मेगावाटको सेती खोला जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापन सकिएको छ । सेती खोला हाइड्रोपावर प्रोजेक्टद्वारा प्रवर्द्धित आयोजनाको वित्तीय व्यवस्थापनपत्रमा हस्ताक्षर भएको हो । आयोजनामा कुमारी बैंकले २ अर्ब र निफ्रा बैंकले १ अर्ब २५ करोड रुपैयाँ लगानी गर्ने गरी वित्तीय व्यवस्थापन भएको छ । आयोजनाका लागि आवश्यक बाँकी लगानी प्रवर्द्धक कम्पनीले गर्नेछ । कुमारी बैंकका तर्फबाट कर्जा प्रमुख भूषण तण्डुकार र निफ्रा बैंकका तर्फबाट डेपुटी जनरल म्यानेजर सूर्य तामाङ एवं… पुरा पढौ

जनरल इन्स्योरेन्सको आईपीओ बाँडफाँड भोलि, २ लाख ७३ हजारले १०/१० कित्ता पाउने

काठमाडौं, १९ असोज । जनरल इन्स्योरेन्सको आईपीओ भोलि मंगलबार बाँडफाँड हुने भएको छ। कम्पनी शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलले इन्स्योरेन्सको आईपीओ मंगलबार बाँडफाँड हुने जनाएको हो। कम्पनीको आईपीओ करिब ८ गुणा बढी आवेदन परेको छ। शेयर निष्काशन तथा बाँडफाँड नियमावली अनुसार न्यूनतम १० कित्ताको दरले शेयर वितरण गर्दा २ लाख ७३ हजार जनाले मात्रै शेयर पाउनेछन् भने बाँकि आवेदकको हात खालि हुनेछ। कम्पनीको शेयर बिक्री प्रबन्धक एनआईबिएल क्यापिटलले मंगलबार बिहान १०ः३० बाँडफाँड हुने जनाएको छ। आइताबार साँझ… पुरा पढौ

कोरोना कहरले औषधीय गुणयुक्त तेजपत्ताले बजार पाएन, किसान मारमा

झापा, १९ असोज । कोरोनाको कहरको कारण तेजपत्ताले बजार नपाएपछि किसान मर्कामा परेका छन । विगत तीन दशकदेखि हात्तीपीडित गाउँको रुपमा चिनिदै आएको झापाको बाहुनडाँगी अहिले औषधीय गुणयुक्त तेजपत्ताको पकेट क्षेत्रको रुपमा परिचित छ । तर कोभिड–१९ को महामारीले बजारमा असर परेपछि तेजपत्ता उत्पादन गर्दै आएका किसान मारमा परेका छन । मेचीनगर नगरपालिकाको वडा नं। १,२,३,४ र ५ मा फैलिएको साविक बाहुनडाँगी गाविसमा करिब एक हजार किसानले आफ्नो खेतबारीमा तेजपत्ताको बोट हुर्काएका छन । विगतमा भारतीय बजारमा लैजाने विचौलिया व्यापारी… पुरा पढौ

दोहोरो अंकले बढ्यो शेयर बजार, ३ अर्ब माथिको कारोबार

काठमाडौं, १८ असोज । साताको पहिलो दिन आइतबार शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले बढेको छ । आइतबार नेप्से परिसूचक १४.१७ अंकले बढेको हो । नेप्से परिसूच्कसँगै कारोबार रकममा समेत राम्रै वृद्धि भएको छ ।आइतबार ३ अर्ब रुपैयाँ भन्दा बढीको शेयर कारोबार भएको नेपाल स्टक एक्सचेञ्जले जानकारी दिएको छ । पुरा पढौ

सुनको मूल्य प्रतितोला २ सयले बढ्यो

काठमाडौं, १८ असोज । साताको पहिलो दिन आइतबार सुनको मूल्य बढेको छ । शुक्रबार सुनको मूल्य तोलामा ९४ हजार ३ सयमा कारोबार भएको आइतबार तोलामा २ सयले बढेको हो । महासंघका अनुसार आइतबार छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार ५ सय रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला ९४ हजार रुपैयाँ रहेको छ । त्यस्तै, आइतबार चाँदीको मूल्य पनि बढेको छ । आइतबार चाँदीको मूल्य प्रतितोला १ हजार १ सय ८० रहेको महासंघले जनाएको छ । पुरा पढौ

माछापालक कृषकलाई गाउँपालिकाको अनुदान

बनेपा, १७ असोज । रोशी गाउँपालिका वडा नं. ९ का कुमार लामाले पिन्थलीवेँशीमा ठूलो दूई वटा पोखरी बनाएर माछा पाल्छन । करिब ८ लाखमा माछापालनको संरचना निर्माण पश्चात अहिले सो पोखरीमा माछाका भुरा हालेर हुर्काउने काममा उनी व्यस्त छन् । बजार क्षेत्र ठूलो भएको र त्यहाँ अरु त्यस्तो व्यवसाय नभएपछि माछापालन शुरु गरेको लामाले बताए । सो व्यवसायमा दुईमहिनादेखि दुई जनाले रोजगारी पाएका छन् । उनहरुको काम माछालाई दाना दिने, पानीको कुलो बनाउने र चरा धपाउने हो । यसअघि बनेपामा… पुरा पढौ

गरिमा विकास बैंकसँग सहारा विकास गाभिने

काठमाडौं, १७ असोज । गरिमा विकास बैंकले सर्लाहीको सहारा विकास बैंक लि. लाई प्राप्ति गर्ने भएको छ । सो सम्बन्धमा सहमतिपत्र (एमओयु) मा शुक्रबार हस्ताक्षर सम्पन्न भएको छ । गरिमाको तर्फबाट अध्यक्ष चन्द्रकान्त बराल र सहाराको तर्फबाट अध्यक्ष सुगन्धकुमार गुप्ताले सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् । गरिमाको प्रधानकार्यालय काठमाडौंमा छ भने सहाराको सर्लाहीको मलंगवामा छ । हाल गरिमाको अधिकृत पुँजी ५ अर्ब र जारी तथा चुक्ता पुँजी ३ अर्ब २३ करोड ८६ लाख ८९ हजार छ । यस्तै, सहाराको अधिकृत पुँजी… पुरा पढौ