आर्थिक 📈

महिना नबित्दै काठमाडौँ महानगरपालिकाले पाँच करोड ५० लाख असुल गर्याे

काठमाडौँ, २१ असोज । अनलाइन प्रणालीबाट राजश्व निर्धारण तथा सङ्कलन कार्य शुरु गरेको एक महिना बित्न नपाउँदै काठमाडौँ महानगरपालिकाले रु पाँच करोड ५० लाख असुल गरेको छ । कामपाले यस प्रणालीको शुरुआत यही असोज १ गतेदेखि गरेको हो । शुरुआती चरणमा १० वटा वडाबाट काम भएको थियो । यही १३ गतेदेखि सबै वडाबाट सञ्चालनमा ल्याइएको अनलाइन राजश्व निर्धारण तथा सङ्कलन प्रभावकारी बन्दै गहेको कामपाको भनाइ छ । कामपा राजश्व विभागका निर्देशक शिवराज अधिकारी राजश्व सङ्कलनमा पारदर्शी नभएको कामपालाई आरोप रहेकाे… पुरा पढौ

खुल्यो सानिमा जनरलको आईपीओ

काठमाडौं, २१ असोज । सानिमा जनरल इन्स्योरेन्सले आज बुधबारदेखि सर्वसाधारणको लागि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ। कम्पनीले एक सय रुपैयाँ अंकित दरका ३० करोड रुपैयाँ बराबरको ३० लाख कित्ता आईपीओ निष्काशन गरेको हो । कम्पनीले निष्काशन गरेको कुल शेयरमध्ये १ लाख २० हजार कित्ता कम्पनीका कर्मचारी र १ लाख ५० हजार कित्ता म्युचुअल फण्डहरुका लागि छुटयाइएको छ। सर्वसाधारणले बाँकी २७ लाख ३० हजार कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओमा असोज २५ गतेसम्म आवेदन दिन सकिनेछ।… पुरा पढौ

खसीबोका बिक्रीबाट एउटै गाउँमा भित्रियो दुई करोड

गलकोट, २१ असोज । बागलुङको एउटै गाउँमा खसीबोका बिक्रीबाट झण्डै दुई करोड भित्रिएको छ । जिल्लाको काठेखोला गाउँपालिका–४ तङ्ग्रामका दुई सहकारीमा आबद्ध महिलाले उत्पादन गरेका खसीबोका बिक्रीमार्फत रु दुई करोड भित्र्याउन सफल भएका हन् । काठेखोला गाउँपालिका–४ तङ्ग्रामा सञ्चालित सप्तरङ्गी सामाजिक उद्यमी महिला सहकारी संस्था र वसन्त सामाजिक उद्यमी महिला सहकारी संस्थामा आबद्ध महिलाले सहकारीमार्फत विगत ६ वर्षदेखि बाख्रापालन व्यवसायमा गर्दै आएका छन । आर्थिक वर्ष २०७६/७७ मा सप्तरङ्गी सहकारीमार्फत ७१३ खसीबोका बिक्री गरी रु ८६ लाख ६८ हजार २५७… पुरा पढौ

लाभांश वितरणमा राष्ट्र बैंकको शर्त, के छ नयाँ कार्यविधिमा ?

काठमाडौं, २० असोज । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुको लाभांश वितरणमा नयाँ शर्तहरु तोकिदिएको छ । मंगलबार नयाँ कार्यविधि जारी गर्दै राष्ट्र बैंकले दर्जन बढी शर्तहरु तोकेको हो ।नयाँ शर्त अनुसार केन्द्रीय बैंकले वार्षिक हिसाव सार्वजानिक गर्ने तथा स्वीकृति प्रदान गर्दा अपनाइने प्रकृयामा एकरुपता ल्याउन इजाजतपत्र प्राप्त बैंक तथा वित्तीय संस्थाको वार्षिक साधारणसभा प्रयोजनको लागि वित्तीय विवरण प्रकाशन गर्न सहमतिप्रदान गर्ने तथा लाभांश स्वीकृत गर्ने सम्बन्धि कार्यविधि २०७७ लागु गरेको हो। बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३… पुरा पढौ

नेप्से परिसूचक ४.१७ अंकले बढ्यो,२ अर्ब ४२ करोड बढीको कारोबार

काठमाडौं, २० असोज । साताको तेस्रो दिन नेप्से ४.१७ अंकले बढेको छ । मंगलबार नेप्से परिसूचक ४.१७ अंकले बढेर १ हजार ५८६ दशमलव २९ विन्दुमा कायम भएको छ । नेप्सेका अनुसार आज २ अर्ब ४२ करोड ४५ लाख बढीको कारोबार भएको छ । आज कारोबार भएका समूहमध्ये ६ वटा समूहबाहेक अन्य सबै समूहमा हरियाली छाएको छ । पुरा पढौ

सुनको मूल्य ८ सयले बढ्यो

काठमाडौं, २० असोज । मंगलबार सुनको मूल्य बढेको छ । मंगलबार सुन प्रतितोला ८०० रुपैयाँले बढेको हो। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रतितोला ९४ हजार ९०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९४ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन सोमबार सुन तोलामा ४०० रुपैयाँले घटेर प्रतितोला ९४ हजार १०० रुपैयाँमा कारोबार भएको थियो। त्यस्तै, चाँदी प्रतितोला १ हजार २ सय रुपैयाँ रहेको छ । पुरा पढौ

जनरल इन्स्योरेन्सको आईपीओ बाँडफाँड

काठमाडौं, २० असोज । जनरल इन्स्योरेन्सको आईपीओ बाँडफाँड भएको छ। शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलले इन्स्योरेन्सको आईपीओ मंगलबार विहान बाँडफाँड गरेको हो। कम्पनीको आईपीओ करिब ८ गुणा बढी आवेदन परेको थियो । शेयर निष्काशन तथा बाँडफाँड नियमावली अनुसार न्यूनतम १० कित्ताको दरले शेयर वितरण गर्दा २ लाख ७३ हजार जनाले मात्रै शेयर पाएका छन् । बाँकि आवेदकको हात खालि भएको छ । कम्पनीको शेयर बिक्री प्रबन्धक एनआईबिएल क्यापिटलले आइताबार साँझ प्रिअलटमेन्टको सम्पूर्ण काम सकिसकेको थियो। पुरा पढौ

‘कृषि क्षेत्रको अभिवृद्धि : मादीको समृद्धि’

कास्की,२० असोज । जिल्लाको मादी गाउँपालिकाले सबै वडामा एक-एक वटा तरकारी तथा फलफूलका नर्सरी स्थापना गर्ने भएको छ । ‘कृषि क्षेत्रको अभिवृद्धि मादीको समृद्धि’ को नारालाई आत्मसात् गर्दै फलफूल तथा तरकारीको उत्पादनमा जोड दिएको गाउँपालिकाले जनाएको छ । साथै ‘एक वडा एक नर्सरी’ कार्यक्रम सञ्चालन मार्फत् पालिका भित्र तरकारी तथा फलफूलको उत्पादनमा प्रवद्र्धन गरी आत्मनिर्भर बन्ने लक्ष्य गाउँपालिकाले लिएको छ । कृषकलाई गाउँमै फलफूल तथा तरकारीको विरुवा सहज रुपमा उपलव्ध गराउन सो कार्यक्रम शुरु गरिएको हो । कोरोनाका कारणले विदेशबाट… पुरा पढौ

व्यवसाय जीवनरक्षा कोष तत्काल प्रयोगमा ल्याउन उद्योगी व्यवसायीको माग

पोखरा, १९ असोज । गण्डकी प्रदेश सरकारले घोषणा गरेको व्यवसाय जीवनरक्षा कोष तत्काल प्रयोगमा ल्याउनुपर्नेमा पोखराका उद्योगी व्यवसायीले माग गरेका छन् । पोखरा उद्योग वाणिज्य संघले सोमबार पत्रकार सम्मेलन गर्दै सो माग गरेको हो । संघ अध्यक्ष दामु अधिकारीले प्रदेश सरकारले घोषणा गरेको कोषबाट राहत पाउने आशामा रहेका व्यवसायीहरु कार्यविधि नै नबन्दा निराश बनेको गुनासो गरे । उनले भने, ‘मृत्युपछि ओखतीको काम हुँदैन । कोष तत्काल कार्यान्वयनमा आउनुपर्ने संघको माग रहेको छ ।’ उनले ढलेका व्यवसाय उठाउन राज्यबाट सहयोगको टेकोे… पुरा पढौ

नेप्से परिसूचक ३.६३ अंकले घट्यो, साढे २ अर्ब बढीको कारोबार

काठमाडौं, १९ असोज । साताको दोस्रो दिन नेप्से ३.६३ अंकले घटेको छ । सोमबार नेप्से परिसूचक ३.६३ अंकले घटेर १ हजार ५८२ दशमलव १२ विन्दुमा कायम भएको छ । नेप्सेका अनुसार आज २ अर्ब ५७ करोड ८६ लाख बढीको कारोबार भएको छ । आज कारोबार भएका समूहमध्ये ५ वटा समूहबाहेक अन्य सबै समूह राताम्मे भएका छन् । पुरा पढौ