आर्थिक 📈

संवैधानिक परिषद् अध्यादेश पुनः सिफारिस गर्ने, विश्व बैंकको सहुलियत ऋण स्वीकार

काठमाडौं, २१ वैशाख । सरकारले राष्ट्रपतिबाट पुनर्विचारका लागि फिर्ता भएको संवैधानिक परिषद् (पहिलो संशोधन) अध्यादेश २०८३ लाई पुनः प्रमाणीकरणका लागि सिफारिस गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो। बैठकका निर्णयबारे जानकारी दिँदै सरकारका प्रवक्ता एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले संवैधानिक प्रक्रियालाई अघि बढाउन अध्यादेश पुनः सिफारिस गरिएको बताउनुभयो। मन्त्रिपरिषद् बैठकले गरेका मुख्य निर्णयहरू यस प्रकार छन्: १. संवैधानिक परिषद् अध्यादेश पुनः सिफारिस राष्ट्रपतिबाट पुनर्विचारका लागि फिर्ता पठाइएको संवैधानिक… पुरा पढौ

७ अर्ब ३० करोड मुद्दती निक्षेपमा लगानी गर्दै राष्ट्र बैंक

काठमाडौं, २१ वैशाख । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूमा मुद्दती निक्षेपका रूपमा ७ अर्ब ३० करोड रुपैयाँ लगानी गर्ने भएको छ। केन्द्रीय बैंकले उपदान तथा पेन्सन कोषमा रहेको रकम लगानी गर्न लागेको हाे। राष्ट्र बैंकले ३६६ दिन अवधिको मुद्दती निक्षेपका लागि बैंक तथा वित्तीय संस्थासँग ब्याजदर प्रस्ताव आह्वान गरेको छ। प्रस्ताव पेश गर्दा संस्थाहरूले आफूले लिन चाहेको रकम र ब्याजदर खुलाउनुपर्नेछ। कुल लगानीमध्ये वाणिज्य बैंकहरूमा ५ अर्ब ८४ करोड, राष्ट्रिय स्तरका विकास बैंकहरूमा १ अर्ब ९ करोड ५०… पुरा पढौ

एनआईसी एशिया बैंकले पायाे ५० प्रतिशत हकप्रद शेयर निष्काशनको स्वीकृति

काठमाडौं, २१ वैशाख । एनआईसी एशिया बैंक लिमिटेडले ५० प्रतिशत हकप्रद शेयर निष्काशनका लागि नेपाल राष्ट्र बैंकबाट पूर्वस्वीकृति पाएको छ। बैंकले हाल कायम २ कित्ता बराबर १ कित्ता (२ः१ अनुपात) मा हकप्रद शेयर जारी गर्ने अनुमति पाएको हो। नेपाल राष्ट्र बैंकले वैशाख १७ गते पत्रमार्फत उक्त स्वीकृति प्रदान गरेको बैंकले जनाएको छ। यसअघि बैंकको पुस २० गते बसेको सञ्चालक समितिको बैठकले हकप्रद निष्काशन गर्ने प्रस्ताव पारित गरेको थियो। अब बैंकले जेठ १८ गते आह्वान गरिएको २८औँ वार्षिक साधारण सभामा हकप्रद… पुरा पढौ

मुलुकको आर्थिक रूपान्तरणलाई तीव्र बनाउँ: अध्यक्ष ढकाल

काठमाडौं, २१ वैशाख। नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले दोस्रो चरणको आर्थिक सुधारमार्फत मुलुकको आर्थिक रूपान्तरणलाई तीव्र बनाउनुपर्नेमा जोड दिनुभएको छ । महासङ्घको ६०औँ वार्षिक साधारणसभाका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उहाँले विगतमा विभिन्न चुनौतीलाई अवसरमा रूपान्तरण गर्ने प्रयास गरिएको उल्लेख गर्दै नयाँ अवसरहरूको खोजीमा निजी क्षेत्र सक्रिय रहेको बताउनुभयो । “हामीले निराशालाई आशामा बदल्ने प्रयास गरेका छौँ, धेरै क्षेत्रमा सफल पनि भएका छौँ,” उहाँले भन्नुभयो । ढकालले पछिल्लो राजनीतिक परिवर्तनपछि स्थिर सरकार गठन हुनु आर्थिक सुधारका लागि सकारात्मक… पुरा पढौ

भन्सार कडाइसँगै भद्रपुर बजारमा चहलपहल, नेपाली व्यवसायी खुसी

भद्रपुर (झापा), २१ वैशाख। वर्षैभरि प्रायः सुनसान रहने देशकै पुरानो सहर भद्रपुर बजारमा यतिबेला भने चहलपहल बढ्न थालेको छ । नेपाल सरकारले सीमावर्ती भन्सार नाकामा कडाइ गरेसँगै स्थानीय बजारमा व्यापारिक सम्भावना देखिन थालेपछि यहाँका नेपाली व्यवसायीहरु खुसी भएका छन् । लामो समयदेखि भारतीय बजारमा निर्भर रहेका उपभोक्ता र व्यापारीहरू क्रमशः स्वदेशी बजारतर्फ फर्किन थालेपछि भद्रपुरको व्यापारमा सकारात्मक सङ्केत देखिएको छ । भारततर्फबाट नेपाल ल्याउँदा रु एक सयभन्दा बढीका सामानमा भन्सार लाग्ने भएपछि नेपालतर्फबाट बजार चलायमान हुन थालेको स्थानीयहरु बताउँछन् ।… पुरा पढौ

मेची भन्सार मातहतका पाँचवटा छोटी भन्सार वर्षौँदेखि बन्द

झापा, २१ वैशाख । मेची भन्सार कार्यालय मातहतका छवटा छोटी भन्सार कार्यालयमध्ये एउटामात्र सञ्चालनमा छ । राजस्व असुली र सीमापार व्यापारको सहजीकरणका लागि सरकारले सीमावर्ती नाकाहरूमा स्थापना गरेको अरु पाँचवटा छोटी भन्सार बन्द अवस्थामा छ । मेची भन्सार कार्यालयअन्तर्गत गौरीगन्ज–२ मा आठमौजा छोटी भन्सार, मेचीनगर–२ मा गाडागल्ली छोटी भन्सार, मेचीनगर–४ मा बाहुनडाँगी छोटी भन्सार, मेचीनगर–५ मा नकलबन्दा छोटी भन्सार, मेचीनगर–७ मा सतिघट्टा छोटी भन्सार र गौरीगन्ज–१ मा महाभारा छोटी भन्सार स्थापना भएका थिए । हाल गौरीगन्ज–२ स्थित आठमौजाबाहेक अरु छोटी… पुरा पढौ

एफएनसीसीआईको ६०औँ साधारण सभा सुरु: अञ्जन श्रेष्ठले नेतृत्व सम्हाल्ने

काठमाडौं, २१ वैशाख । नेपालका उद्योगी व्यवसायीहरूको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को ६०औँ वार्षिक साधारण सभा तथा निर्वाचन कार्यक्रम आजदेखि ललितपुरमा सुरु हुँदै छ। विभिन्न कानुनी जटिलता, आन्तरिक कलह र अदालतको स्थगन आदेशका कारण अन्योलमा रहेको साधारण सभाले महासंघलाई आगामी तीन वर्षका लागि नयाँ नेतृत्व सुम्पिनेछ। ललितपुरको ग्वार्कोस्थित होटेल रोयल टुलिपमा आज भव्य उद्घाटन सत्र आयोजना गरिएको छ, जहाँ देशभरका उद्योगी, उच्च सरकारी अधिकारी र सरोकारवालाहरूको उपस्थिति रहनेछ। साधारण सभाको दोस्रो दिन अर्थात् भोलि (२२ गते) काठमाडौँको… पुरा पढौ

स्वास्थ्य बीमामा गण्डकी सरकारको अनुदान

गण्डकी, २१ वैशाख। गण्डकी प्रदेशको स्वास्थ्य मन्त्रालयको अनुदान सहयोगमा अपाङ्गता भएका, मिर्गौलापीडित बिरामीका परिवारलगायत सात हजार ६१ जनाको निःशुल्क स्वास्थ्य बीमा गरिएको छ । जसमा अपाङ्गता भएकाका परिवार पाँच हजार ९४६, मिर्गौलापीडित बिरामीका परिवार ४३१ र द्वन्द्वपीडित ३८२ रहेका छन् । त्यसैगरी जनआन्दोलनका घाइते २८, सहिद तथा बेपत्ता परिवारका ६३ र कास्कीमा क्रियाशील २११ जना पत्रकारको स्वास्थ्य बीमा गरिएको स्वास्थ्य बीमा बोर्ड गण्डकी प्रदेश कार्यालयका संयोजक जीवलाल खरेलले जानकारी दिनुभयो । “प्रदेशको स्वास्थ्य मन्त्रालयको अनुदान सहयोगमा आर्थिक वर्ष २०८१÷८२ मा… पुरा पढौ

यस्तो छ आजका लागि विदेशी मुद्राको भाउ

काठमाडौं, २१ वैशाख । नेपाल राष्ट्र बैंकले आज (सोमबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ५६ पैसा र बिक्रीदर १५२ रुपैयाँ १६ पैसा तोकिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७७ रुपैयाँ ६४ पैसा र बिक्रीदर १७८ रुपैयाँ ३५ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर २०५ रुपैयाँ ७५ पैसा र बिक्रीदर २०६ रुपैयाँ ५६ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १९३ रुपैयाँ ८५ पैसा र बिक्रीदर १९४ रुपैयाँ ६२ पैसा… पुरा पढौ

रास्वपालाई निजी क्षेत्रको आग्रह, ‘विशेष लगानी प्याकेज ल्याउ’

काठमाडौं, २० वैशाख। मुलुकमा लगानीको ठोस वातावरण बन्न नसकेको भन्दै निजी क्षेत्रका प्रतिनिधिहरूले सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई लगानीमैत्री नीति र वातावरण तयार गर्न आग्रह गरेका छन्। रास्वपाले आइतबार आयोजना गरेको ‘निजी क्षेत्रसँगको संवाद’ कार्यक्रममा व्यवसायीहरूले दुई तिहाइ बहुमत नजिकको वर्तमान सरकारसँग धेरै अपेक्षा रहेको बताउँदै विशेष लगानी प्याकेजको माग गरे। रास्वपा सभापति रवि लामिछानेको उपस्थितिमा सम्पन्न उक्त कार्यक्रममा दूरसञ्चार, जलविद्युत्, सूचना प्रविधि र व्यापारिक क्षेत्रका अगुवाहरूले आफ्ना समस्या र सुझाव राखेका थिए। एनसेलको गुनासो: 'पूर्वाधार कमजोर भयो,… पुरा पढौ