आर्थिक 📈

म्याग्दीमा महशिकार सुरु-पहिलो दिन ७० लिटर मह निकालियो

म्याग्दी, १९ वैशाख। म्याग्दीमा मह सिकार सुरु भएको छ । धवलागिरि, अन्नपूर्ण र रघुगङ्गा गाउँपालिकाको लेकाली क्षेत्रका भीरबाट मह निकाल्न थालिएको हो । धवलागिरी गाउँपालिका–२ खोरीयाका महसिकारी मोतिप्रसाद पाइजाले शुक्रबारदेखि महशिकार थालिएको जानकारी दिनुभयो । खोरीया नजिकैको महभिरमा रहेका दुई घारमा शुक्रबार महशिकार गरेको पाइजाको टोलीले अन्य पहरामा पनि महशिकारलाई निरन्तरता दिने उहाँले बताउनुभयो । १५ जनाको टोलीले महभिरबाट करिब ७० लिटर मह निकालेको छ । बेँसीका भिरबाट सुरु हुने मह सिकार गर्दै असारमा लेकको पहाडमा पुगिने अन्नपूर्ण गाउँपालिका–५ स्वाँतका… पुरा पढौ

चैत मसान्तसम्म रु १३ अर्बभन्दा बढी राजश्व संकलन

भद्रपुर (झापा), १९ वैशाख। मेची भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८२/८३ को चैत मसान्तसम्म रु १३ अर्ब १४ करोड ४५ लाख ८१ हजार राजश्व संकलन गरेको छ । उक्त रकम चालु आवका लागि निर्धारण गरिएको लक्ष्यको ६९ दशमलव ८३ प्रतिशत हो । कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईंका अनुसार चालु आवमा रु १८ अर्ब ८७ करोड ७४ लाख ८३ हजार राजश्व संकलन गर्ने लक्ष्य राखिएको छ । चैत महिनामा मात्रै रु एक अर्ब ६० करोड ६८ लाख ४७ हजार राजश्व संकलन… पुरा पढौ

दश अर्ब ७० करोड बढीको अलैँची निर्यात

भद्रपुर (झापा), १८ वैशाख । मेची भन्सार कार्यालयबाट चालु आर्थिक वर्ष २०८२/८३ को चैत मसान्तसम्ममा अलैँची निर्यात ४१.५८ प्रतिशतले बढेको छ । कार्यालयको तथ्याङ्कअनुसार उक्त अवधिमा रु १० अर्ब ७० करोड सात लाख १८ हजारबराबरको अलैँची निर्यात भएको हो । चालु आवको नौ महिनामा पाँच हजार २९५.२५० मेट्रिक टन अलैँची निर्यात भएको मेची भन्सार कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईँले जानकारी दिनुभयो । अघिल्लो आव २०८१/८२ को सोही अवधिमा रु छ अर्ब २५ करोड १२ लाख ६१ हजारबराबरको अलैँची निर्यात भएको… पुरा पढौ

राष्ट्रपतिद्वारा सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश जारी

काठमाडौं, १८ वैशाख । राष्ट्रपति रामचन्द्र पौडेलले सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश २०८३ जारी गरेका छन्। राष्ट्रपतिले बिहीबार राती साे अध्यादेश जारी गरेका हुन । राष्ट्रपतिले बिहीबार नै सहकारीसम्बन्धी अध्यादेश पनि जारी गरेका थिए । सरकारले अन्य ४ अध्यादेश स्वीकृत हुन बाँकी नै रहेका छन्। ती अध्यादेशहरुका बारेमा राष्ट्रपतिले संविधानविद्हरुसँग छलफलमा गरिरहेका छन् । जारी गरिएका अध्यादेशहरू सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश, २०८३: विकास निर्माणका कार्यलाई गति दिन र खरिद प्रक्रियामा रहेका कानुनी जटिलता फुकाउन यो अध्यादेश ल्याइएको बुझिएको छ… पुरा पढौ

नेपाली स्वाद-मस्कोको एक्लो नेपाली रेष्टुरेन्ट ‘करि हाउस’

मस्को (रसिया), १८ वैशाख। सन् २०२६, अप्रिलको मध्यतिर । राजधानी मस्कोमा घाम र छाँयाको लुकामारी चलिरहेको थियो । चिसो हावा कहिले मन्द त कहिले उडाउला जस्तो गरी चल्थ्यो । रुसी नागरिकका अनुसार यो मस्कोको ‘समर सिजन’ थियो । उनीहरु यो त हाम्रा लागि सबैभन्दा राम्रो मौसम हो, अन्य समयमा यहाँ घुँडासम्म हिँउ पर्नु सामान्य हो भन्दै थिए । यही चिसो मौसममा रिम्साय मेट्रो स्टेसन नजिकैको नेपाली रेष्टुरेन्ट ‘करि हाउस’मा नेपालीहरुको जमघट बाक्लो हुँदै थियो । ‘करी हाउस’ मस्कोमा अहिले सञ्चालन… पुरा पढौ

सुनचाँदीको भाउमा वृद्धि, ताेलाकाे कति ?

काठमाडौं, १८ वैशाख। स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । सुन प्रतितोला रु तीन हजार ४०० र चाँदी रु १३५ ले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मोल प्रतितोला रु दुई लाख ९६ हजार १०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु चार हजार ९४५ कायम भएको छ । हिजो बिहीबार छापावाल सुनको मोल प्रतितोला रु दुई लाख ९२ हजार ७०० र त्यति नै परिमाणको चाँदी रु चार हजार ८१० मा कारोबार भएको… पुरा पढौ

यस्ताे छ सामसङको ‘Remit मा Benefit’ अभियान

काठमाडौं, १८ वैशाख । सामसङ नेपालले वैदेशिक रोजगारीमा रहेका नेपाली कामदार र उनीहरूका परिवारलाई लक्षित गर्दै “Remit मा Benefit Campaign” सुरु गरेको छ। विदेशमा रहेका नेपालीहरूको त्याग र मेहनतबाट आर्जित रेमिट्यान्सलाई जीवनस्तर सुधार गर्ने अवसरमा रूपान्तरण गर्ने उद्देश्यले यो अभियान ल्याइएको कम्पनीले जनाएको छ। यस पहल मार्फत सामसङले नेपालभर रहेका रेमिट्यान्स-आधारित परिवारहरूलाई अत्याधुनिक प्रविधि र प्रिमियम उत्पादनहरू सहजै उपलब्ध गराउने लक्ष्य राखेको छ। आकर्षक क्यासब्याक र किस्ता सुविधा अभियान अन्तर्गत ग्राहकहरूले सामसङका विभिन्न उत्पादनहरूमा विशेष सुविधाहरू प्राप्त गर्नेछन्: क्यासब्याक: सामसङ… पुरा पढौ

नबिल बैंकको केन्द्रीय कार्यालयमा ‘नर्सिङ रुम’ सञ्चालन

काठमाडौं, १८ वैशाख। नबिल बैंक लिमिटेडले आफ्ना कर्मचारीहरूको हितलाई ध्यानमा राख्दै तीनधारास्थित केन्द्रीय कार्यालयमा 'नबिल नर्सिङ रुम' को सुरुवात गरेको छ। बैंकमा कार्यरत कर्मचारी आमाहरूलाई कार्यालय समयमा सहज, सुरक्षित र मर्यादित रूपमा स्तनपान गराउने वातावरण मिलाउने उद्देश्यले उक्त कक्ष स्थापना गरिएको हो। आयोजित एक विशेष समारोहका बीच बैंकका सञ्चालक समितिका सदस्य सरिता भट्ट अधिकारीले रिबन काटेर नर्सिङ रुमको उद्घाटन गर्नुभयो। कार्यक्रममा बैंकका अध्यक्ष निर्वाण चौधरी, प्रमुख कार्यकारी अधिकृत (CEO) मनोजकुमार ज्ञवाली, सञ्चालक समिति सदस्यहरू अनन्त पौड्याल, प्रविन टिबडेवाला र अनिल… पुरा पढौ

सहकारी क्षेत्रमा सरकारको ‘सर्जिकल स्ट्राइक’: नातेदारको परिभाषा फेरियो, साना बचतकर्तालाई राहत कोष

काठमाडौं, १८ वैशाख। मुलुकको सहकारी क्षेत्रमा उत्पन्न गम्भीर संकट समाधान गर्न र बचतकर्ताको अर्बौँ रुपैयाँ सुरक्षित गर्न सरकारले 'सहकारी ऐन, २०७४' लाई अध्यादेशमार्फत संशोधन गरेको छ। राष्ट्रपतिबाट जारी 'सहकारी (पहिलो संशोधन) अध्यादेश, २०८३' ले ठगी गर्ने सञ्चालकहरूमाथि कठोर निगरानी राख्दै पीडित बचतकर्तालाई राहत दिने नयाँ कानुनी मार्ग प्रशस्त गरेको छ। sahakariDownload १. नातेदारको परिभाषामा 'ज्वाइँ' देखि 'साली' सम्म: अब सम्पत्ति लुकाउन असम्भव सहकारी सञ्चालकहरूले आफ्ना टाढाका नातेदारको नाममा ऋण प्रवाह गरी रकम अपचलन गर्ने प्रवृत्तिलाई रोक्न सरकारले 'नातेदार' को परिभाषा… पुरा पढौ

पेट्रोल र डिजेल सस्तियो, ग्यास र हवाई इन्धन महँगियो

काठमाडौं, १८ वैशाख । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा फेरबदल गरेको छ। शुक्रबार बिहानदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको छ। खाना पकाउने एलपी ग्यास र हवाई इन्धनको मूल्यमा वृद्धि गरेको छ। निगमको नयाँ निर्णयअनुसार उपभोक्ताले अब पेट्रोल र डिजेलमा राहत पाउनेछन् भने भान्छा र हवाई यात्रा थप महँगो हुने देखिएको छ। के मा कति घट्यो/बढ्यो? निगमद्वारा जारी विज्ञप्तिअनुसार इन्धनको नयाँ दररेट यस प्रकार छ: पेट्रोल: प्रतिलिटर २ रुपैयाँले घटाइएको छ। डिजेल र मट्टितेल: प्रतिलिटर १२… पुरा पढौ