आर्थिक 📈

यस्तो छ आजका लागि विदेशी मुद्राको भाउ

काठमाडौं, २३ वैशाख। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अनुसार, अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ १६ पैसा र बिक्रीदर १५२ रुपैयाँ ७६ पैसा तोकिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७७ रुपैयाँ ९२ पैसा र बिक्रीदर १७८ रुपैयाँ ६२ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०६ रुपैयाँ ११ पैसा र बिक्रीदर २०६ रुपैयाँ ९२ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १९४ रुपैयाँ २२ पैसा र बिक्रीदर १९४ रुपैयाँ ९८ पैसा कायम… पुरा पढौ

इन्धनको मूल्य घटाउन सकिने अवस्था छैन, कर्मचारीले बोनस खाएका छैनन् : सचिव राउत

काठमाडौं, २२ वैशाख । सरकारले पेट्रोलियम पदार्थलगायतका इन्धनको मूल्य तत्काल घटाउन सकिने अवस्था नरहेको स्पष्ट पारेको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव कृष्णबहादुर राउतले अन्तर्राष्ट्रिय बजार र इण्डियन आयल कर्पोरेशन (आईओसी) ले तोकेको मूल्यका कारण मूल्य घटाउन सहज नभएको बताउनुभएको हो। मंगलबार संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा बोल्दै सचिव राउतले यस्तो जानकारी दिनुभएको हो। स्वचालित मूल्य प्रणाली र उपभोक्ताको हित सचिव राउतका अनुसार सरकारले पूर्ण रूपमा स्वचालित मूल्य प्रणाली… पुरा पढौ

नेप्सेमा सुधार: ८.७८ अंकले बढ्दा कारोबार भने खुम्चियो

काठमाडौं, २२ वैशाख । साताको दोस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सामान्य अंकले बढेर बन्द भएको छ। विगत चार कारोबार दिनदेखि लगातार ओरालो लागिरहेको बजारमा आज भने झिनो सुधार देखिएको हो। मंगलबार नेप्से परिसूचक ८.७८ अंकले बढेर २७१२.८६ विन्दुमा कायम भएको छ। नेप्सेसँगै सेन्सेटिभ इण्डेक्स १.२६ अंक, फ्लोट इण्डेक्स ०.६० अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.४७ अंकले सकारात्मक रहेका छन्। कारोबार रकममा मन्दी परिसूचकमा सुधार आए पनि कारोबार रकममा भने उल्लेख्य गिरावट देखिएको छ। सोमबार ४ अर्ब… पुरा पढौ

एभरेष्ट कलरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं, २२ वैशाख । एभरेष्ट कलर लिमिटेडले बैशाख १६ गतेदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आईपीओमा आवेदन दिने आज अन्तिम दिन बाँकी रहेको छ। कम्पनीले आफ्नो जारी पूँजीको एक हिस्सा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि छुट्याएर निष्काशन प्रक्रिया सुरु गरेको हो। शेयर निष्काशनको विस्तृत विवरण कम्पनीले कुल ३० करोड रुपैयाँ जारी पूँजीको २६.३३ प्रतिशत (अर्थात् ७ लाख ९० हजार कित्ता) शेयर सर्वसाधारणमा जारी गर्ने अनुमति पाएको थियो। जसमध्ये: कुल निष्काशन: ७ लाख ९० हजार कित्ता (७ करोड ९०… पुरा पढौ

भन्सार कडाइपछि सुनौलीको नेपालतर्फ व्यवसाय चलायमान

देवदह (रुपन्देही), २२ वैशाख। सीमावर्ती भारतीय बजारबाट बिना भन्सार सामान भित्र्याउने कार्यलाई नियन्त्रण गर्न नेपाल सरकारले केही दिनयतादेखि सीमानाकामा कडाइ गरेपछि यस क्षेत्रका उद्योग–व्यवसायहरु चलायमान बन्न थालेका छन् । जसका कारण नेपालतर्फका व्यवसायीहरुले खुसी पनि व्यक्त गरेका छन् । घरायसी प्रयोजनका नाममा भारतबाट रु १०० भन्दा बढी मूल्यका सामान खरिद गरी नेपाल ल्याइँदा भन्सार महसुल अनिवार्य गरिएपछि सुनौली नाका क्षेत्रको नेपालतर्फका व्यापारी एवं व्यवसायीहरुले खुसी व्यक्त गर्दै यस क्षेत्रको व्यवसायमा चलहपहल बढेको बताएका हुन् । यसबाट नेपालको राजस्व बढ्नुका साथै… पुरा पढौ

याम्बालिङ्ग हाइड्रोकाे आईपीओमा आवेदन दिने अन्तिम दिन

काठमाडौं, २२ वैशाख । याम्बालिङ्ग हाइड्रोपावर लिमिटेडकाे आईपीओमा आवेदन दिने आज अन्तिम दिन बाँकी रहेकाे छ । कम्पनीले बैशाख १६ गतेदेखि शेयर निष्काशन तथा बिक्री खुला गरेको थियाे । कम्पनीले यसअघि आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि शेयर निष्काशन गरिसकेकाे छ । कम्पनीले दाेश्राे चरणमा सर्वसाधारणका लागि आईपीओ निष्काशन गरेकाे हाे । कम्पनीका अनुसार २८ करोड रुपैयाँ बराबरको २८ लाख कित्ता शेयर निष्काशनकाे अनुमति पाएकोमा ७ लाख कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका… पुरा पढौ

सानिमा जिआईसी इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं, २२ बैशाख । सानिमा जिआईसी इन्स्योरेन्स (SGIC) को लाभांश सुरक्षित गर्ने आज (मंगलबार) अन्तिम दिन रहेको छ। कम्पनीले आगामी साधारण सभा र लाभांश वितरण प्रयोजनका लागि भोलि अर्थात् बैशाख २३ गते 'बुकक्लोज' गर्ने निर्णय गरेकाले आजसम्म कायम शेयरधनीहरूले मात्र लाभांश प्राप्त गर्न सक्नेछन्। नेप्सेमा आजसम्म कारोबार भई कायम रहने शेयरधनीहरूले मात्र कम्पनीले प्रस्ताव गरेको लाभांश पाउने र साधारण सभामा सहभागी हुन पाउनेछन्। साधारण सभाको मुख्य एजेण्डाहरू: कम्पनीले आफ्नो आठौँ वार्षिक साधारण सभा आगामी जेठ ६ गते, बुधबार काठमाडौँको प्रदर्शनीमार्गस्थित… पुरा पढौ

तरकारीखेतीबाटै मनग्य आम्दानी गर्दै किसान

दाङ, २२ वैशाख। घोराही उपमहानगरपालिका–७ का किसान भीमकान्त चापागाईं बेमौसमी तरकारी खेतीगरी आर्थिक रुपमा सक्षम बन्नु भएको छ । उहाँले पाँच बिघा जमिनमा गोलभँेडा र तरकारीखेती गरी मनग्य आम्दानी गर्दैआउनुभएको छ । यतिखेर चापागाईंको बारीमा गोलभेँडा लटरम्म फलेका छन् । जमिनमा फरकफरक प्लटमा छुट्टाछुट्टै खेती गर्नुभएको छ । त्यहाँ लटरम्म फलेका गोलभेँडा तथा तरकारी देख्दा त्यहाँ पुग्ने जोसुकै पनि लोभिन्छ । अनि दङ्ग हुनुहुन्छ किसान ६२ वर्षीय चापागाईं । पसिना र पौरखले लहलह छन् उहाँको बारीमा धेरै तरकारी । व्यावसायिक… पुरा पढौ

नेप्सेमा पहिरो: ३४ अंकको गिरावट, कारोबार रकम पनि घट्याे

काठमाडौं, २१ वैशाख । साताको पहिलो शेयर कारोबार हुने दिन सोमबार नेपाली शेयर बजारमा नेप्से परिसूचक दोहोरो अंकले घटेर बन्द भएको छ। पछिल्ला तीन कारोबार दिनदेखि ओरालो लागिरहेको बजारले यस दिन पनि सोही घट्दो क्रमलाई निरन्तरता दिएको हो। सोमबार नेप्से परिसूचक ३४.६३ अंकले घटेर २७०४.०८ विन्दुमा झरेको छ। नेप्सेसँगै ठूला कम्पनीको मापक सेन्सेटिभ इण्डेक्स पनि ३.३७ अंकले गिरावट आएको छ। कारोबार विवरण बजार ओरालो लाग्दा कारोबार रकममा पनि गत बिहीबारको तुलनामा कमी देखिएको छ। आज ३४१ कम्पनीको ६८ हजार ६३५… पुरा पढौ

आगामी बजेटले जनतामा आशा जगाउँछ : अर्थमन्त्री डा. वाग्ले

काठमाडौं, २१ वैशाख । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षका लागि जनतामा आशा जगाउने र अर्थतन्त्रलाई गतिशील बनाउने किसिमको बजेट ल्याउने उद्घोष गर्नुभएको छ। नेपाल उद्योग वाणिज्य महासङ्घको ६०औँ वार्षिक साधारणसभाको उद्घाटन समारोहलाई आज सम्बोधन गर्दै उहाँले उक्त प्रतिबद्धता जनाउनुभएको हो। अर्थमन्त्री वाग्लेले निजी क्षेत्रलाई विकासको प्रमुख सारथी बनाउने बताउँदै आर्थिक वृद्धि, रोजगारी सिर्जना र लगानी विस्तारमा निजी क्षेत्रको भूमिका अपरिहार्य रहेको उल्लेख गर्नुभयो। सम्बोधनका मुख्य बुँदाहरू: निजी क्षेत्रको प्रवर्द्धन: मन्त्रिपरिषद्मा निजी क्षेत्रको संरक्षण र प्रवर्द्धनसम्बन्धी रणनीतिक प्रस्ताव पेस… पुरा पढौ