आर्थिक 📈

आइएमई लाइफको नाफामा सुधार, बीमाशुल्क र जीवन बीमाकोषमा उत्साहजनक वृद्धि

काठमाडौं २३ वैशाख । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक (चैत मसान्त) सम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ। सार्वजनिक विवरण अनुसार कम्पनीको खुद नाफामा सामान्य सुधार देखिएको छ भने व्यवसाय विस्तारका अन्य सूचकहरू उत्साहजनक देखिएका छन्। नाफा र आम्दानीको अवस्था कम्पनीले चालू आर्थिक वर्षको चैत मसान्तसम्म ३६ करोड ७९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको (३६ करोड ६३ लाख रुपैयाँ) तुलनामा सामान्य वृद्धि हो। समीक्षा अवधिमा कम्पनीको कुल आम्दानी… पुरा पढौ

सेजको अवधारणालाई कार्यान्वयनमा ल्याएपछि उत्पादन सुरु

वीरगन्ज (पर्सा), २३ वैशाख। सिमरास्थित विशेष आर्थिक क्षेत्र प्राधिकरणमा रहेका उद्योगले उत्पादन थालेका छन् । सरकारले सेजको अवधारणालाई कार्यान्वयनमा ल्याएपछि उद्योग सञ्चालनमा आएका हुन् । विशेष आर्थिक क्षेत्र प्राधिकरणमातहत ८३३ बिघा जग्गा भए तापनि अहिले ३४३ बिघा क्षेत्रफलअन्तर्गत विभिन्न ब्लकमा छवटा उद्योगले उत्पादन सुरु गरिसकेका छन् । सिमरास्थित विशेष आर्थिक क्षेत्र प्राधिकरणका प्रमुख पप्पु गिरीले सेजमा रहेका आधा दर्जनभन्दा धेरै उद्योगले उत्पादन थालिसकेको बताउनुभयो । “सेज परिसरमा रहेका आधा दर्जन उद्योगले अहिले उत्पादन गरिरहेका छन्”, उहाँले भन्नुभयो, “एक दर्जनभन्दा धेरै… पुरा पढौ

मन्दीका बाबजुद सर्वोत्तम सिमेन्टको छलाङ: खुद नाफा ५० प्रतिशतले बढ्यो

काठमाडौं, २३ वैशाख। नेपालमा पहिलो पटक ‘बुक बिल्डिङ’ विधिमार्फत आईपीओ जारी गरेर चर्चामा आएको सर्वोत्तम सिमेन्ट लिमिटेड (SARBTM) ले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। निर्माण क्षेत्रमा सुस्तता देखिएको वर्तमान अवस्थामा पनि कम्पनीले आफ्नो आम्दानी र नाफा दुवैमा उत्साहजनक वृद्धि गरेको छ। १. वित्तीय कार्यसम्पादन: नाफामा ५० प्रतिशतको वृद्धि कम्पनीले सार्वजनिक गरेको विवरण अनुसार समीक्षा अवधिमा कम्पनीका सबै प्रमुख वित्तीय सूचकहरू सकारात्मक देखिएका छन्: बिक्री आम्दानी: चालु आर्थिक वर्षको चैत मसान्तसम्म कम्पनीले ७ अर्ब ७९… पुरा पढौ

ऊर्जा संकट र बढ्दो लागतको मारमा रिलायन्स स्पिनिङ्ग मिल्स: नाफा १७.७ प्रतिशतले घट्यो

काठमाडौं २३ वैशाख । नेपालको ठूलो धागो उत्पादक कम्पनी रिलायन्स स्पिनिङ्ग मिल्स लिमिटेड (RSML) ले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। सार्वजनिक विवरण अनुसार कम्पनीको आम्दानीमा झिनो सुधार देखिए पनि खुद नाफामा भने उल्लेख्य गिरावट आएको छ। १. वित्तीय कार्यसम्पादन: नाफा र आम्दानीको अवस्था कम्पनीले सार्वजनिक गरेको तथ्यांक अनुसार, उत्पादन लागतमा भएको वृद्धिले नाफाको ग्राफ तल झारेको देखिन्छ: बिक्री आम्दानी: चालु आर्थिक वर्षको चैत मसान्तसम्म कम्पनीले ७ अर्ब ४६ करोड रुपैयाँ सञ्चालन आम्दानी गरेको छ।… पुरा पढौ

बुधबार सुनचाँदीको भाउ बढ्याे,

काठमाडौं, २३ वैशाख। मङ्गलबारको तुलनामा स्थानीय बजारमा आज सुनचाँदीको भाउ बढेको छ । सुन तोलामा रु पाँच हजार ८०० र चाँदी रु १७५ ले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मोल प्रतितोला रु दुई लाख ९६ हजार ८०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु पाँच हजार ५५ कायम भएको छ । हिजो मङ्गलबार एक तोला छापावाल सुन रु दुई लाख ९१ हजार र त्यति नै परिमाणको चाँदी रु चार हजार ८८० मा किनबेच… पुरा पढौ

ट्राफिक कारबाहीबाट छ लाख ४१ हजार राजस्व सङ्कलन

काठमाडौं, २३ वैशाख। बितेका २४ घण्टामा दुई हजार २१८ सवारी चालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा रु छ लाख ४१ हजार राजस्व दाखिला भएको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादक पदार्थ सेवन गरेको ८६, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका १७०, ट्राफिक सङ्केत उल्लङ्घनकर्ता १४८ र तीव्र गतिमा सवारीसाधन हुइँक्याएका १३९ जनालाई कारबाही गरिएको हो । यसैगरी, ‘लेन’ अनुशासन पालना नगर्ने ९४, निषेधित क्षेत्रमा हर्न बजाउने १०८, सडक पेटीमा सवारीसाधन पार्किङ गर्ने १३८, एकतर्फी सडकमा… पुरा पढौ

महासंघको वस्तुगत उपाध्यक्षमा नरेशलाल श्रेष्ठ विजयी

काठमाडौं, २३ वैशाख । नेपाल उद्योग वाणिज्य महासंघको वस्तुगत उपाध्यक्ष पदमा नरेशलाल श्रेष्ठ निर्वाचित भएका छन्। मंगलबार सम्पन्न निर्वाचनको मतपरिणाम अनुसार, श्रेष्ठले आफ्ना निकटतम प्रतिद्वन्द्वी शिव घिमिरेलाई ३ मतको झिनो अन्तरले पराजित गर्दै जित हासिल गरेका हुन्। विजयी श्रेष्ठले कुल ६३ मत प्राप्त गरे भने घिमिरेले ६० मतमा चित्त बुझाउनु पर्यो। कार्यकारिणी सदस्यमा को-को विजयी? वस्तुगत समूहतर्फको कार्यकारिणी सदस्यका लागि भएको निर्वाचनमा १३ जना विजयी भएका छन्। विजयी हुने सदस्यहरूमा: अरनिको राजभण्डारी नानिराज घिमिरे पशुपति देव पाण्डे विदुर धमला भक्त… पुरा पढौ

लगानीको वातावरण बनाए आर्थिक वृद्धिको लक्ष्य सजिलै हासिल हुन्छ: अध्यक्ष ढकाल (अन्तर्वार्ता)

काठमाडौं, २३ वैशाख। चन्द्रप्रसाद ढकाल नेपाल उद्योग वाणिज्य महासङ्घको अध्यक्षको तीनवर्षे कार्यकाल सकेर बिदा हुँदै हुनुहुन्छ । महासङ्घको ६०औँ साधारणसभा राजधानीमा जारी नै छ, यो समाचार तयार पार्दासम्म अध्यक्ष बाहेकका अन्य पदाधिकारी तथा केन्द्रीय सदस्यहरुको मतगणना भइरहेको छ । महासङ्घको अध्यक्षका हैसियतले वार्षिक साधारणसभाको उद्घाटन सत्रमा राख्नुभएको धारणामा ढकालले आफ्नो कार्यकालमा आर्थिक सङ्कटका अनेक अप्ठ्याराहरु झेल्नुपरेको अनुभव सुनाउनुभएको थियो । कोभिड महामारीबाट भर्खरै तङ्ग्रँदै गरेको अर्थतन्त्रमाथि रुस युक्रेन युद्धको प्रभाव हुँदै यता देशभित्रको राजनीतिक अस्थिरता लगायतका विविध आन्तरिक कारणले नेपालको… पुरा पढौ

टक्सार पिखुवा खोला हाइड्रोपावरको आईपीओमा आजदेखि आवेदन खुला

काठमाडौं, २३ बैशाख । टक्सार पिखुवा खोला हाइड्रोपावर लिमिटेडले आज (बैशाख २३ गते) देखि सर्वसाधारणका लागि साधारण शेयर (आईपीओ) निष्काशन तथा बिक्री खुला गरेको छ। आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि शेयर बाँडफाँट गरिसकेपछि कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि ढोका खोलेको हो। कति कित्ताका लागि दिने आवेदन? कम्पनीले कुल जारी पूँजी १ अर्ब २० करोड रुपैयाँको ३५.२६ प्रतिशत शेयर निष्काशन गर्ने अनुमति पाएको थियो। यसअघि नै स्थानीय, वैदेशिक रोजगारीमा रहेका नेपाली, सामूहिक लगानी कोष र कर्मचारीहरूका लागि… पुरा पढौ

कालंगा हाइड्रोले जेठ ८ गतेदेखि आईपीओ निष्काशन गर्ने

काठमाडौं, २३ बैशाख । कालंगा हाइड्रो लिमिटेडले आगामी जेठ ८ गतेदेखि सर्वसाधारणका लागि साधारण शेयर (आईपीओ) निष्काशन तथा बिक्री खुला गर्ने भएको छ। आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि शेयर बाँडफाँट गरिसकेपछि कम्पनीले सर्वसाधारणका लागि शेयर निष्काशन गर्न लागेको हो। कति कित्ता शेयर बिक्रीमा? कम्पनीले आफ्नो जारी पुँजी १ अर्ब ४० करोड रुपैयाँको ३५ प्रतिशत अर्थात् ४९ लाख कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो। कुल ४९ लाख कित्तामध्ये: १४ लाख कित्ता: आयोजना प्रभावित स्थानीयका लागि (बाँडफाँट… पुरा पढौ