आर्थिक 📈

यस्तो छ आजका लागि विदेशी मुद्राको भाउ

काठमाडौं, १८ वैशाख । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ५६ पैसा र बिक्रीदर १५२ रुपैयाँ १६ पैसा तोकिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७७ रुपैयाँ ५८ पैसा र बिक्रीदर १७८ रुपैयाँ २८ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर २०५ रुपैयाँ १० पैसा र बिक्रीदर २०५ रुपैयाँ ९१ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १९३ रुपैयाँ ०६ पैसा र बिक्रीदर १९३ रुपैयाँ ८२ पैसा कायम… पुरा पढौ

रुपान्तरणकारी बजेट आउँछः अर्थमन्त्री वाग्ले

काठमाडौं, १७ वैशाख। अर्थमन्त्री डा स्वर्णिम वाग्लेले परम्परागत शैली तोड्दै रुपान्तरणकारी बजेट ल्याइने बताउनुभएको छ । आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटका लागि पृष्ठपोषण हुनेगरी नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले आज आयोजना गरेको नीतिगत छलफलमा अर्थमन्त्री वाग्लेले पुरानै शैली र प्रवृत्ति तोडेर रुपान्तरणकारी बजेट ल्याइने स्पष्ट पार्नुभयो । उहाँले परिणाममुखी र सुधार केन्द्रित बजेट ल्याइने बताउनुभयो । बजेटबारे आम नागरिकमा रहेको अतिरञ्जना र भ्रमप्रति टिप्पणी गर्दै उहाँले बजेटलाई सरकारको आय–व्यय व्यवस्थापनको व्यावहारिक दस्तावेजका रूपमा बुझ्नुपर्ने धारणा राख्नुभयो । उहाँका… पुरा पढौ

नेप्सेमा आज पनि गिरावट, करिब ५ अर्बकाे काराेबार

काठमाडौं, १७ वैशाख। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा लगातार तेस्रो दिन गिरावट देखिएको छ । आज नेप्से परिसूचक पाँच दशमलव ७३ अङ्कले घटेर दुई हजार ७३८ दशमलव ७२ को बिन्दुमा कायम भएको हो । आज ३४६ कम्पनीको एक करोड नौ लाख ७७ हजार ७८३ कित्ता शेयर ८० हजार ४२७ पटक खरिदबिक्री हुँदा रु चार अर्ब ९१ करोड ६६ लाख २६ हजार ८४८ बराबरको कारोबार भएको छ । आजको कारोबारमा बैंकिङ शून्य दशमलवशून्य दुई र उत्पादन तथा प्रशोधन समूह शून्य दशमलव… पुरा पढौ

आशा लघुवित्तको नाफामा १६८ प्रतिशतको ‘छलाङ्ग’

काठमाडौं, १७ वैशाख। आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। सार्वजनिक भएकाे वित्तीय विवरण अनुसार कम्पनीको नाफामा उल्लेख्य सुधार आएको देखिएकाे छ। गत आर्थिक वर्षको तुलनामा कम्पनीको खुद नाफामा १६८.७६ प्रतिशतको भारी वृद्धि देखिएको छ। नाफा र आम्दानीको अवस्था गत आवको चैत मसान्तसम्म ६ करोड ५५ लाख रुपैयाँ खुद नाफा कमाएको यस लघुवित्तले चालू आवको सोही अवधिसम्म आइपुग्दा १७ करोड ६२ लाख रुपैयाँ नाफा आर्जन गर्न सफल भएको छ। नाफासँगै कम्पनीका… पुरा पढौ

दक्षिण कोरियामा नेपाली चिया प्रवर्दन कार्यक्रम

काठमाडौं, १७ वैशाख। दक्षिण कोरियाको राजधानी सिओलस्थित नेपाली दूतावासले बुधबार नेपाली चियाको प्रवद्र्धन गर्ने उद्देश्यले ‘नेपाली टी टेस्टिङ कार्यक्रम’ आयोजना गरेको छ । त्यस अवसरमा दक्षिण कोरियाका लागि नेपाली राजदूत शिवमाया तुम्बाहाम्फेले नेपाली चियाको विविधता र गुणस्तरलाई कोरियाली बजारमा परिचित गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताउनुभयो । सिओलस्थित दूतावासका अनुसार उहाँले कार्यक्रमका माध्यमबाट दुवै देशका चिया उद्यमीबीच अर्थपूर्ण संवादलाई प्रोत्साहन भएको बताउँदै चिया संस्कृति, परम्परा र सम्बन्धको प्रतीक भएको उल्लेख गर्नुभयो । हिमालका काखमा उत्पादित नेपाली चियाको विशिष्ट गुणस्तर रहेको… पुरा पढौ

सोपान फर्मास्यूटिकल्सको आईपीओ बाँडफाँट, कसरी हेर्ने नतिजा ?

काठमाडौं, १७ वैशाख । सोपान फर्मास्यूटिकल्स लिमिटेडको साधारण शेयर (आईपीओ) आज बिहीबार बाँडफाँट भएको छ। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटलको कार्यालयमा गोलाप्रथा मार्फत शेयर बाँडफाँट गरिएको हो। २७ लाखभन्दा बढीको आवेदन, साढे ३ लाखलाई मात्र शेयर कम्पनीले गत वैशाख ३ गतेदेखि ८ गतेसम्म सर्वसाधारणका लागि कुल ३४ लाख ७४ हजार ९०० कित्ता शेयर निष्काशन गरेको थियो। उक्त निष्काशनमा झुम्मिएका लगानीकर्ताहरूको चापका कारण मागभन्दा निकै बढी आवेदन परेको थियो। कुल आवेदक: २७ लाख ३० हजार ९८७ जना कुल… पुरा पढौ

राष्ट्र बैंकले १२० अर्ब निक्षेप संकलन गर्दै, आजै बोलकबोल

काठमाडौं, १७ वैशाख। नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा रहेको अधिक तरलता व्यवस्थापनका लागि रु. १२० अर्ब बराबरको निक्षेप संकलन उपकरण जारी गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज एक सूचना जारी गर्दै उक्त रकम संकलनका लागि बोलकबोल आह्वान गरेको हो । यस निक्षेप संकलन उपकरणका प्रमुख विशेषताहरू यस प्रकार छन्: अवधि: यो निक्षेप संकलन ९७ दिनको अवधिको लागि हुनेछ । बोलकबोल समय: इच्छुक बैंक तथा वित्तीय संस्थाले आज (२०८३ वैशाख १७ गते) दिउँसो ३:०० बजेसम्म अनलाइन बिडिङ… पुरा पढौ

ट्राफिक कारबाहीबाट एकै दिन पाैने २३ लाख राजस्व सङ्कलन

काठमाडौं, १७ वैशाख। बितेका २४ घण्टामा दुई हजार ४८९ सवारी चालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा रु २२ लाख ७४ हजार ५०४ राजस्व दाखिला भएको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादक पदार्थ सेवन गरेको ४९, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका २५८, ट्राफिक सङ्केत उल्लङ्घनकर्ता १७० र तीव्र गतिमा सवारीसाधन हुइँक्याएका ११२ जनालाई कारबाही गरिएको हो । यसैगरी, ‘लेन’ अनुशासन पालना नगर्ने ३२५, निषेधित क्षेत्रमा हर्न बजाउने ६४, सडक पेटीमा सवारीसाधन पार्किङ गर्ने १२१, निर्धारित… पुरा पढौ

उद्यमी-व्यवसायीद्वारा जाँच‘पास’मा असहयोग, राजस्व सङ्कलन प्रभावित

वीरगञ्ज (पर्सा), १७ वैशाख। उद्यमी–व्यवसायी जाँचपास प्रक्रियामा सहभागी नहुँदा वीरगञ्ज भन्सारलगायत मुलुकका विभिन्न भागमा अवस्थित भन्सार कार्यालयबाट राजस्व सङ्कलन प्रभावित भएको छ । वीरगञ्ज भन्सार कार्यालयले आयातीत एवं निर्यात गरिने सामग्रीको अधिकतम खुद्रा मूल्य (एमआरपी) कार्यान्वयन गर्न खोज्दा दुई दिनदेखि आयात तथा निर्यातकर्ता भन्सार जाँचपास प्रक्रियामा सहभागी भएका छैनन् । आयातकर्ता भन्सार जाँचपास गर्न फाराम भर्नेदेखि घोषणा गर्नेसम्मका प्रक्रियागत कार्यमा सरिक नहुँदा भन्सार जाँचपास रोकिएको हो । उद्यमी–व्यवसायीको असहयोगका कारण राजस्व सङ्कलन प्रभावित भएको छ । वीरगञ्ज भन्सार कार्यालयका प्रमुख… पुरा पढौ

उखुको जुस बेच्दै आत्मनिर्भर बन्दै युवा

महोत्तरी, १७ वैशाख। मधेस क्षेत्रमा दिनप्रतिदिन बढ्दो गर्मीसँगै उखुको जुस (रस) को व्यापार फस्टाएको छ । महोत्तरीका चोकबजार क्षेत्रमा विशेषगरी विदेशबाट फर्किएका युवाले यो व्यवसाय गरी स्वदेशमै आत्मनिर्भर बन्न थालेका छन् । यो व्यवसाय गरेर आत्मनिर्भर बन्नेहरूमध्ये हुनुहुन्छ, मलेसिया र साउदी अरब गरेर चार वर्ष बिताएर स्वदेश फर्किनु भएका सर्लाही ईश्वरपुर–१ का महम्मद अफजल । उहाँ हाल महोत्तरीको बर्दिबास चोकमा उखु पेलेर जुस बेच्ने गर्नुहुन्छ । अफजल भन्नुहुन्छ, “चार वर्ष विदेशमा गएर पसिना बगाइयो । अबचाहिँ ढुक्कले यहीँ काम गर्ने… पुरा पढौ