आर्थिक 📈

६५ मेगावाटको म्याग्दीखोला जलविद्युत् आयोजना निर्माण सुरु

म्याग्दी, १४ वैशाख। धवलागिरि गाउँपालिका–४ बगरमा ६५ मेगावाट क्षमताको म्याग्दीखोला जलविद्युत् आयोजना निर्माण सुरु भएको छ । हाइड्रो भिलेज प्रालि प्रर्वद्धक रहेको आयोजनाले पहुँचमार्ग (सडक), विद्युत्गृह, सुरुङ र प्रसारण लाइन निर्माणलाई समानान्तर रुपमा अघि बढाएको हो । बगर गाउँदेखि बाँध निर्माणस्थल दोभानसम्म डाइभर्सनबाट सडक र बगरमा कार्यालय स्थापना गरेको आयोजनाका प्रमुख उत्तम पौडेलले विद्युत्गृहबाट निस्कने पानी फाल्न एक हजार १३० मिटर लामो ‘टेलरेस’ सुरुङ निर्माण थालिएको जानकारी दिनुभयो । “बगर–तातोपानी खण्डको भिरमा सडक निर्माण नसकिदाँसम्म म्याग्दी नदीको किनारै किनार डाइभर्सन… पुरा पढौ

‘आगामी बजेटले दीर्घकालीन सुधार र अर्थतन्त्रमा गुणक प्रतिफल सृजना गर्नेछ’

काठमाडौं, १४ वैशाख। राष्ट्रिय योजना आयोगका सदस्य डा सञ्जय आचार्यले आगामी आर्थिक वर्षको बजेटले सुशासनको जगमा दीर्घकालीन सुधार गर्दै राष्ट्रिय अर्थतन्त्रमा गुणक प्रतिफल सृजना गर्ने आयोजना तथा कार्यक्रम एवम् नीतिगत सुधारको जग निर्माण गर्ने बताउनुभएको छ । नेपाल व्यवस्थापन सङ्घले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटका सम्बन्धमा आयोजना गरेको छलफलमा आचार्यले आयोगले भन्नुभयो, “वर्तमान सरकारसँग आम जनताको ठूलो आशा र अपेक्षा छ, तर विद्यमान समस्या रातारात सृजना नभएकाले सबै समस्या एउटै बजेटबाट हुन्छ भन्ने अपेक्षा भने राख्नु हुँदैन ।” राष्ट्रिय… पुरा पढौ

नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन

धुञ्चे, १४ वैशाख। उत्तरी नाका रसुवागढीबाट चालु आर्थिक वर्षको नौ महिनामा रु ३१ अर्ब ३० करोड बराबरका बस्तु भित्रिएको छ । नेपाल–चीन व्यापारको महत्वपूर्ण नाकाका रुपमा रसुवागढी रहेको छ । रसुवा भन्सार कार्यालय टिमुरेका प्रमुख भन्सार अधिकृत तुलसीप्रसाद भट्टराईका अनुसार आयातित सामग्रीको मूल्याङ्कनबाट नौ महिनाको अवधिमा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन भएको हो । कठिन भौगोलिक अवस्था र पटक–पटक आउने प्राकृतिक अवरोधबीच पनि नाकाबाट व्यापार सञ्चालन भइरहेको उहाँले जानकारी दिनुभयो । नाकाबाट आयात हुने सामग्रीमा रोलकपडा, तयारी पोसाक,… पुरा पढौ

स्नो रिभर्सले बैशाख २९ देखि आईपीओ खुल्ला गर्ने

काठमाडौं, १४ वैशाख। स्नो रिभर्स लिमिटेडले आगामी बैशाख २९ गतेदेखि सर्वसाधारणका लागि प्राथमिक शेयर (IPO) निष्काशन गर्ने भएको छ। स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि शेयर बाँडफाँट गरिसकेपछि कम्पनीले अब दोस्रो चरणमा सर्वसाधारणका लागि आवेदन खुला गर्न लागेको हो। कति शेयर निष्काशन हुँदैछ? कम्पनीले जारी पूँजी ९३ करोड ७५ लाख रुपैयाँको २० प्रतिशत (१८ लाख ७५ हजार कित्ता) शेयर निष्काशन गर्ने अनुमति पाएको थियो। जसमध्ये स्थानीय र वैदेशिक रोजगारीमा रहेकाहरूलाई बाँडफाँट गरी बाँकी रहेको ७ लाख ७८ हजार… पुरा पढौ

रिलायबल समृद्धि योजना २ को इकाई बैशाख २९ देखि बिक्री खुला हुँदै

काठमाडौं, १४ वैशाख। रिलायबल इन्भेष्टमेन्ट एण्ड मर्चेन्ट क्यापिटल लिमिटेडले आगामी बैशाख २९ गतेदेखि सामूहिक लगानी कोष ‘रिलायबल समृद्धि योजना २’ को इकाई सार्वजनिक निष्काशन (IPO) गर्ने भएको छ। रिलायबल म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने यो योजना १० वर्षे बन्दमुखी प्रकृतिको हो। क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा कुल १ अर्ब रुपैयाँ बराबरको १० करोड इकाई बिक्रीमा ल्याउन लागेको हो। इकाई बाँडफाँडको विवरण निष्काशन गरिने कुल १० करोड इकाईमध्ये १५ प्रतिशत इकाई सुरक्षित गरिएको छ, जसको विवरण यस प्रकार छ: कोष… पुरा पढौ

दश वर्षमा २४ हजार ५ सय मेगावाट विद्युत् उत्पादन गरिने

काठमाडौं, १४ वैशाख । सरकारले आर्थिक वर्ष २०९२/९३ सम्ममा सरकारी, सार्वजनिक र निजी क्षेत्रको समेत लगानीमा कुल २४ हजार ५०० मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्यसहितको ‘ऊर्जा खपत वृद्धि तथा निर्यात रणनीति, २०८३’ सार्वजनिक गरेको छ । सो रणनीतिमा यसअघि प्रस्ताव गरिएका, अध्ययन भएका, निर्माणमा रहेका र निर्माणमा जान तयार अवस्थामा रहेका आयोजना रहेका छन् । जलाशय र अर्धजलाशय प्रकृतिका आयोजनाका अलावा सौर्य ऊर्जा परियोजनालाई पनि रणनीतिमा समावेश गरिएको छ । रणनीतिमा बहुचर्चित बुढीगण्डकी जलाशयुक्त आयोजना २०८१ सालसम्म निर्माण सम्पन्न गर्ने… पुरा पढौ

जुम्लामा इ–पेन्सन सेवा सुरु

जुम्ला, १४ वैशाख । हिमाली जिल्ला जुम्लामा पहिलोपटक सरकारका स्थायी कर्मचारीका लागि इ–पेन्सन सुरु गरिएको छ । सङ्घीय सरकारको अर्थ मन्त्रालयले सुरु गरेको इ–पेन्सन सेवा जुम्लाबाट सुरु गरी कार्यान्वयनमा ल्याएको कोष तथा लेखा नियन्त्रक कार्यालय जुम्लाका कोष नियन्त्रक मन्जित अछामीले जानकारी दिनुभयो । सो सेवाअन्तर्गत चन्दननाथ नगरपालिकाबाट निवृत्त कृषि विकास कार्यालयका कृषि अधिकृत कमल थापा क्षेत्रीले पहिलो सेवाग्राहीका रुपमा सेवा लिनुभएको छ । कार्यालयमार्फत अधिकार पत्रसँगै सञ्चित बिदाको रकम र उपचार खर्चसमेत एकै ठाउँबाट प्राप्त गर्न सकिने व्यवस्था रहेको कोष… पुरा पढौ

यस्तो छ आजका लागि विदेशी मुद्राको भाउ

काठमाडौं, १४ वैशाख । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १५० रुपैयाँ ५० पैसा र बिक्रीदर १५१ रुपैयाँ १० पैसा तोकिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७६ रुपैयाँ ३७ पैसा र बिक्रीदर १७७ रुपैयाँ ०७ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर २०३ रुपैयाँ ६६ पैसा र बिक्रीदर २०४ रुपैयाँ ४८ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १९१ रुपैयाँ ६८ पैसा र बिक्रीदर १९२ रुपैयाँ ४५ पैसा कायम… पुरा पढौ

उचित मूल्य नपाएको केरा उत्पादक किसानको गुनासो

मध्यविन्दु (नवलपरासी), १३ वैशाख। नवलपरासी (बर्दघाट सुस्ता पूर्व)मा व्यावसायिक केराखेती गर्दै आएका किसानले उत्पादनअनुसार उचित मूल्य नपाएको गुनासो गरेका छन् । बजारमा उपभोक्ताले महँगो मूल्यमा केरा किन्नुपरेको भए पनि किसानले सस्तो मूल्यमा बेच्न बाध्य हुनुपरेको गुनासो गरेका छन् । मध्यविन्दु नगरपालिका–६ बरुवाका किसान दुर्गाप्रसाद भुर्तेल उत्पादनअनुसार मूल्य नपाउँदा बीचमै व्यवसाय छोड्नुपर्ने अवस्था आएको गुनासो गर्नुभयो । विगत ३० वर्षदेखि केराखेती सुरु गर्नुभएका उहाँले नौ वर्षयता व्यावसायिक केराखेती गर्दै आएनुभएको छ । “हाल केरा बेच्दा प्रतिकोसा रु पाँच÷छ मात्रै पाइरहेका छौँ… पुरा पढौ

साना-मझौला व्यवसायी अर्थतन्त्रका मेरुदण्ड हुन्ः अध्यक्ष दाहाल

काठमाडौं, १३ वैशाख । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले साना तथा मझौला उद्योगी व्यवसायी मुलुकको अर्थतन्त्रको मुख्य मेरुदण्ड भएको बताउनुभएको छ । साना तथा मझौला व्यवसायीको छाता संस्था नेपाल राष्ट्रिय व्यवसायी महासङ्घको आठौँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले स्थानीय उत्पादन, रोजगारी सिर्जना र उद्यमशीलताको विकासमा साना व्यवसायीको भूमिका प्रशंसनीय रहेको उल्लेख गर्नुभयो । नेपालमा समस्याको व्याख्या गर्ने र भाषण गर्नेको कमी नभए पनि व्यवहारमा परिवर्तन ल्याउनेको अभाव रहेको उहाँको भनाइ थियो । “हामी व्याख्या धेरै गर्छौँ, तर बदल्ने कुरामा ध्यान… पुरा पढौ