आर्थिक 📈

कामना सेवा विकास बैंकको नाफामा १९.३७ प्रतिशतले बृद्धि

काठमाडौं, ६ वैशाख । कामना सेवा विकास बैंककाे नाफामा सामान्य बृद्धि भएकाे छ । बैंककाे सार्वजनिक भएकाे चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण अनुसार बैंकको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिकोभन्दा केहि बढेको छ। चालु आर्थिक वर्षको चैत मसान्तसम्म बैंकले ५८ करोड ८६ लाख रुपैयाँ खुद नाफा कमाएको छ। जाे गएकाे आर्थिक वर्षको सोही अवधिकोभन्दा १९.३७ प्रतिशतले धेरै हो। गत आर्थिक वर्षको सोही अवधिमा याे नाफा ४९ करोड ३१ लाख रुपैयाँ थियो। बैंकको खुद ब्याज आम्दानी ९.२६ प्रतिशत… पुरा पढौ

चारआलीमा आधुनिक ‘कृषि मण्डी’ निर्माण

झापा, ६ वैशाख। मेचीनगर नगरपालिका र मेची उद्योग वाणिज्य सङ्घले सार्वजनिक निजी साझेदारी (पिपीपी) कार्यक्रमअन्तर्गत मेचीनगर–१३ चारआलीमा आधुनिक तरकारी बजार (मण्डी) निर्माण सुरु गरेका छन् । स्थानीय व्यवसायीले वर्षौदेखि माग गर्दै आएको मण्डी निर्माणका लागि नगरपालिका र सङ्घबीच आज सम्झौता भएको हो । सम्झौतापत्रमा नगरप्रमुख गोपालचन्द्र बुढाथोकी र मेची उद्योग वाणिज्य सङ्घका अध्यक्ष खेमराज प्रसाईँले हस्ताक्षर गर्नुभएको छ । चारआली चोकदेखि ५० मिटर दक्षिणको आइतबारे हटियाको १६ कट्ठा १४ धुर जग्गामा मण्डीको निर्माण सुरु गरिएको सङ्घका अध्यक्ष प्रसाईँले बताउनुभयो ।… पुरा पढौ

यस्तो छ आज ताेकिएकाे विदेशी मुद्राको भाउ

काठमाडौं, ६ वैशाख । नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४८ रुपैयाँ ३९ पैसा र बिक्रीदर १४८ रुपैयाँ ९९ पैसा तोकिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७५ रुपैयाँ ०६ पैसा र बिक्रीदर १७५ रुपैयाँ ७६ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०० रुपैयाँ ७५ पैसा र बिक्रीदर २०१ रुपैयाँ ५६ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८९ रुपैयाँ ६५ पैसा र बिक्रीदर १९० रुपैयाँ ४१ पैसा… पुरा पढौ

अध्ययन बिदामा गएका प्राध्यापक नफर्किँदा त्रिविलाई २ अर्ब नोक्सानी, फिर्ता गर्न थाले तलबभत्ता

काठमाडौं, ६ वैशाख। अध्ययन बिदामा गएका त्रिभुवन विश्वविद्यालयका प्राध्यापक नफर्किँदा रु दुई अर्ब बढीको नोक्सानी भएको छ । त्रिविको नियमअनुसार शिक्षक–कर्मचारीले पाँच वर्षसम्म अध्ययन बिदा पाउने प्रावधान छ । विश्वविद्यालयले योग्य, दक्षा र अनुसन्धानमैत्री प्राज्ञिक जनशक्ति उत्पादन गर्ने उद्देश्यले तलबसहित अध्ययन बिदा दिने गरेको हो । तर प्रध्यापकहरूले बिदाको चरम दुरुपयोग गरेको पाइएको छ । यससम्बन्धी समाचार प्रकाशित भएपछि त्रिविले अध्ययन बिदामा गएर नफर्किने शिक्षक÷कर्मचारीहरूको खोजबिन गर्न डा जीवन काफ्लेको संयोजकत्वमा तीन सदस्यीय समिति बनाएको थियो । समितिमा कृष्णहरि आचार्य… पुरा पढौ

महसुल सङ्कलनका लागि सेवाप्रदायक छनोट गर्दै प्राधिकरण

काठमाडौं, ६ वैशाख। नेपाल विद्युत् प्राधिकरणले विद्युत् महसुल सङ्कलन प्रक्रियालाई थप सहज र सरल बनाउने उद्देश्यका साथ इच्छुक सेवा प्रदायकहरूसँग प्रस्ताव माग गरेको छ । महसुल सङ्कलनका लागि आवश्यक सहजीकरणका लागि विद्युतीय माध्यमबाट काम गर्ने वा गराउने फर्मलाई प्रस्ताव पेस गर्नका लागि आग्रह गरेको हो । प्राधिकरणले सेवाप्रदायक संस्था दर्ता तथा नवीकरण भएको प्रमाणपत्र, विद्युतीय माध्यमबाट कारोबार गर्न नेपाल राष्ट्र बैंकबाट भुक्तानी सेवा प्रदायकको इजाजतपत्र प्राप्त गरेको प्रमाणपत्र आवश्यक पर्नेछ । यस्तै, आयकर र मूल्य अभिवृद्धि कर, गत आवसम्मको कर… पुरा पढौ

चालु आवमा एक अर्ब ४७ करोड बढी राजस्व सङ्कलन

चितवन, ५ वैशाख। गत आर्थिक वर्षमा भन्दा चालु आवमा रु एक अर्ब ४७ करोड १८ लाख बढी राजस्व सङ्कलन भएको छ । आन्तरिक राजस्व कार्यालय भरतपुरले चालु आवको चैत मसान्तसम्ममा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा राजस्व सङ्कलन बढाएको हो । कार्यालयका अनुसार चैतसम्ममा रु १८ अर्ब पाँच करोड ५० लाख राजस्व सङ्कलन भएको छ । गत आवको सोही अवधिमा रु १६ अर्ब ५८ करोड ३२ लाख राजस्व सङ्कलन भएको थियो । वार्षिक लक्ष्यअनुसार भने राजस्व सङ्कलन हुन सकेको छैन… पुरा पढौ

चैत मसान्तसम्म ६ अर्ब ३२ करोड राजस्व सङ्कलन

अत्तरिया (कैलाली), ५ वैशाख। कैलाली भन्सार कार्यालय धनगढीले रु छ अर्ब ३२ करोड ७१ लाख राजस्व सङ्कलन गरेको छ । कार्यालयले चालु आर्थिक वर्ष २०८२/८३ को साउनदेखि चैत मसान्तसम्म उक्त परिमाणमा राजस्व सङ्कलन गरेको हो । भन्सार कार्यालयका सूचना अधिकारी प्रकाश तिमिल्सिनाका अनुसार कार्यालयले सो अवधिमा भन्सार महसुलतर्फ रु दुई अर्ब २९ करोड ४१ लाख, मूल्य अभिवृद्धि करतर्फ रु दुई अर्ब ५२ करोड २४ लाख, अन्तःशुल्कतर्फ रु ११ करोड ९९ लाख र अन्यतर्फ रु एक अर्ब ३९ करोड पाँच लाख… पुरा पढौ

धितोपत्र बोर्डका अध्यक्ष श्रेष्ठले दिए राजीनामा

काठमाडौं, ५ वैशाख । नेपाल धितोपत्र बोर्ड (SEBON) का अध्यक्ष सन्तोष नारायण श्रेष्ठले आफ्नो पदबाट राजीनामा दिनुभएको छ। श्रेष्ठले आज अर्थमन्त्री समक्ष आफ्नो राजीनामा बुझाउनुभएको हो। राजीनामा पत्रमा उल्लेख भएअनुसार, उहाँको राजीनामा २०८३ वैशाख ०५ गतेदेखि लागू हुनेछ। किन दिए राजीनामा? श्रेष्ठले राजीनामा पत्रमा वर्तमान परिवेश र नयाँ सरकारको आर्थिक तथा नीतिगत प्राथमिकताहरूलाई प्रभावकारी रूपमा अगाडि बढाउन मार्ग प्रशस्त गर्न आफूले राजीनामा दिएको उल्लेख गर्नुभएको छ। उहाँले 'नैतिक र कर्तव्यनिष्ठ रूपमा भूमिका निर्वाह गर्नुपर्ने' आवश्यकतालाई राजीनामाको मुख्य कारणका रूपमा औंल्याउनुभएको… पुरा पढौ

महिलालाई आत्मनिर्भर बनाउँदै सहकारी

दमौली (तनहुँ), ५ वैशाख। देवघाट गाउँपालिका–५ चक्रवर्ती सामाजिक उद्यमी महिला सहकारी सँस्थाले दुग्धजन्य उत्पादन बिक्री गर्न प्रत्येक साताको एक दिन मेला सञ्चालन गर्न थालेको छ । गाउँपालिकाको एकमात्र महिला सहकारी संस्थाको रुपमा रहेको उक्त सहकारीले सदस्य महिलाहरुको आयआर्जन र आर्थिक समृद्धिका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ । सोहीअनुसार सदस्यहरुद्वारा उत्पादित दुग्धजन्य वस्तु तथा कृषिउपज प्रवर्द्धन र बिक्री गर्न प्रत्येक साताको शुक्रबार मेला सञ्चालन गर्न थालेको हो । मेलामार्फत दुग्धजन्य पदार्थ बिक्री गरिने सहकारीका अध्यक्ष सावित्री न्यौपानेले बताउनुभयो ।… पुरा पढौ

बागमतीमा २७ अर्ब ९३ करोड बढी राजस्व सङ्कलन

बागमती, ५ वैशाख । बागमती प्रदेश सरकारले चालु आर्थिक वर्षको नौ महिनाा बार्षिक लक्ष्यको ४१ दशमलव ४० प्रतिशतअर्थात् २७ अर्ब ९३ करोड ३० लाख दुई हजार रूपैयाँ राजस्व सङ्कलन गरेको छ । घरजग्गा रजिष्ट्रेशन ९मालपोत० र सवारीसाधन कर प्रदेश सरकारको राजस्व सङ्कलनको मुख्य आयश्रोत मानिन्छ । दुवै शीर्षकसहित बाँडफाँड आव २०८२र८३ को साउनदेखि चैत महिनासम्ममा ३० अर्ब ८९ करोड ११ लाख ८९ हजार रूपैयाँ राजस्व सङ्कलन हुने अनुमान गरिएकामा लक्ष्यको ५५ दशमलव ०७ प्रतिशतअर्थात् १७ अर्ब एक करोड दुई लाख… पुरा पढौ