आर्थिक 📈

कफी खेती अवलोकन गर्न कृषक महाभारतमा

धुलिखेल, ९ वैशाख। काभ्रेपलाञ्चोकको डाँडापारिस्थित महाभारत गाउँपालिका–४ र ५ मा भइरहेको कफी खेतीको गण्डकी प्रदेशअन्तर्गत कास्कीको अन्नपूर्ण गाउँपालिकाका कृषकहरुले अवलोकन गरेका छन् । अन्नपूर्ण गाउँपालिका–१ भूगाईथरस्थित माछापुच्छ«े उत्तम कफी उत्पादक सहकारी संस्था लिमिटेडका अगुवा कृषकको नेतृत्व गर्दै गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर केसीको टोलीले महाभारत गाउँपालिकामा भइरहेको कफी खेतीको अवलोकन गर्नुभएको हो । कफी खेतीको अवलोकन भ्रमणमा सहभागि कास्की जिल्लाका जिल्ला कफी उत्पादक सहकारी सङ्घका अध्यक्ष आनन्द सुवेदीले महाभारत गाउँपालिकाले सुरु गरेको कफी खेती किसानको हितमा रहेकाले यसलाई मध्यनजर गर्दै सरकारले यसको… पुरा पढौ

झापामा नवीकरणीय ऊर्जा ‘पेलेट’को उत्पादन सुरु

झापा, ९ वैशाख । खेर गइरहेको स्थानीय स्रोत र साधनको सदुपयोग गरेर मेचीनगर नगरपालिका–१५ ज्यामिरगढीमा नवीकरणीय ऊर्जा ‘पेलेट’को उत्पादन सुरु गरिएको छ । ‘पेलेट ऊर्जा’लाई वातावरणमा न्यून असर पार्ने इन्धनको स्रोत मानिदै आएको हुँदा यसलाई पत्थर कोइला, दाउरा र अन्य खनिज इन्धनको विकल्पका रूपमा मानिएको छ । पराजुली बायोमास व्रिकेट उद्योगले ‘पेलेट ऊर्जा’को उत्पादन सुरुआत गरेको हो । उद्योगको १२ घण्टामा ७० हजार किलोग्रामसम्म ‘पेलेट ऊर्जा’ उत्पादन गर्ने क्षमता रहेको जनाउँदै उद्योगका सञ्चालक आदित्य पराजुलीले यहाँबाट उत्पादित पेलेटलाई झापामा मात्र… पुरा पढौ

करिब ७ खर्बको वस्तु तथा सामान आयात

वीरगन्ज (पर्सा), ९ वैशाख । वीरगन्ज नाका हुँदै चालु आर्थिक वर्षको नौ महिनामा छ खर्ब ९४ अर्ब पाँच करोड रुपैयाँका वस्तु तथा सामान आयात भएको छ । वीरगन्ज भन्सार कार्यालयका अनुसार गत आवको नौ महिनाको तुलनामा चालु आवको सोही अवधिमा भने ८० अर्ब ४४ करोड रुपैयाँ अर्थात् १३ प्रतिशत बढी आयात भएको हो । जबकि गत आवको नौ महिनामा भने छ खर्ब १३ अर्ब ६१ करोड रुपैयाँबराबरका वस्तु तथा सामान आयात भएको थियो । वीरगन्ज भन्सार कार्यालयका सूचना अधिकारी उदयसिंह… पुरा पढौ

यस्तो छ आज तय भएको विदेशी मुद्राको भाउ

काठमाडौं, ९ वैशाख। नेपाल राष्ट्र बैंकले आज (बुधबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अनुसार अमेरिकी डलरको मूल्य बढेको छ । अमेरिकी डलर एकको खरिददर १४९ रुपैयाँ ३१ पैसा र बिक्रीदर १४९ रुपैयाँ ९१ पैसा तोकिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७५ रुपैयाँ ६९ पैसा र बिक्रीदर १७६ रुपैयाँ ३९ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०१ रुपैयाँ ८४ पैसा र बिक्रीदर २०२ रुपैयाँ ६६ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १९१ रुपैयाँ ५३… पुरा पढौ

सेबाेनकाे अध्यक्ष नियुक्तिका लागि सिफारिस समिति गठन

काठमाडौं, ८ वैशाख। सरकारले नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिका लागि तीन सदस्यीय सिफारिस समिति गठन गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले बोर्डको अध्यक्ष नियुक्ति गर्न राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा गुणाकर भट्टको संयोकत्वमा तीन सदस्यीय सिफारिस समिति गठन गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री डा विक्रम तिमिल्सिनाले सञ्चारकर्मीलाई जानकारी दिनुभयो । समितिमा अर्थ मन्त्रालयका सचिव डा घनश्याम उपाध्याय र भुवनकुमार दाहाल सदस्य रहनुभएको छ । मन्त्रिपरिषद्को बैठकले समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको अध्यक्ष पदमा… पुरा पढौ

नेप्सेमा १८ अङ्ककाे गिरावट, पाँच अर्ब ७७ करोडकाे काराेबार

काठमाडौं, ८ वैशाख। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १८ दशमलव १० अङ्कले घटेर दुई हजार ८०७ दशमलव १२ विन्दुमा कायम भएको छ । आज ३४७ कम्पनीको एक करोड ३० लाख १९ हजार ५५ कित्ता शेयर ९५ हजार ८०० पटक खरिदबिक्री हुँदा रु पाँच अर्ब ७७ करोड ४३ लाख १७ हजार ८७९ बराबरको कारोबार भएको छ । आजको कारोबारमा होटल तथा पर्यटन समूहको उपसूचक एक दशमलव १६ प्रतिशतले बढेको छ भने अरू सबै समूहको उपसूचक घटेको छ । सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक… पुरा पढौ

सुनको भाउ बढ्याे, चाँदीमा गिरावट

काठमाडौं, ८ बैशाख । साताकाे सुनचाँदीकाे काराेबार हुने तेश्राे दिन मंगलबार, नेपाली बजारमा सुनको भाउ बढेको छ । चाँदीकाे भाउ भने घटेको छ । सुन प्रतितोला एक हजार ६०० रुपैयाँले बढेको छ । चाँदी तोलामा ३० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यसदिन सुन प्रतितोला तीन लाख एक हजार ३०० रुपैयाँमा काराेबार भएकाे जनाएकाे छ । सोमबारको सुन प्रतितोला दुई लाख ९९ हजार ७०० रुपैयाँमा किनबेच भएको थियो। चाँदी प्रतितोला पाँच हजार १६० रुपैयाँ काराेबार भइरहेकाे छ। साेमबारको… पुरा पढौ

सोपान फर्मास्यूटिकल्सकाे आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं, ८ वैशाख। सोपान फर्मास्यूटिकल्स लिमिटेडकाे आवेदन दिने आज अन्तिम दिन बाँकी रहेकाे छ । कम्पनीले बैशाख ३ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा लगानीकर्ताले आज बैशाख ८ गतेसम्म आवेदन दिन सक्नेछन्। कम्पनीले यसअघि वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि शेयर निष्काशन तथा बाँडफाँट गरेपछि सर्वसाधारणका लागि आईपीओ खुलाएकाे हाे । कम्पनीले ४२ करोड ९० लाख रुपैयाँ बराबरको ४२ लाख ९० हजार कित्ता शेयर आईपीओ निष्काशन गर्ने अनुमति पाएकोमा ४ लाख २९ हजार कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि… पुरा पढौ

महिला सामूहिक बेमौसमी तरकारीखेतीमा आकर्षित

टीकापुर, ८ वैशाख। कैलालीको टीकापुरका महिला बढी आम्दानी लिनका लागि बेमौसमी तरकारीखेतीमा सम्लग्न भएका छन् । टीकापुर–१ सत्घरुवामा महिलाहरुले जीविकोपार्जनका लागि सामूहिक रुपमा बेमौसमी तरकारीखेती गरेका छन् । सत्घरुवामा रहेको मिलिजुली कृषक समूहमा विपन्न वर्गका २३ महिलालाई छनोट गरी समूह बनाएर तरकारीखेतीमा लगाइएको छ । विगतमा ज्याला मजदुरी गर्ने महिलाहरु समूहमा आबद्ध भएपछि १२ कट्ठा जमिन भाडामा लिएर खेती गरिरहेका छन् । महिलालाई स्थानीय पालिकाको कृषि विकास शाखाको समन्वयमा दिगो विकास समाज भजनीले समुदाय सशक्तीकरण तथा विकासका लागि स्थानीय पहल… पुरा पढौ

नौ महिनामा १ खर्ब ७७ करोड राजस्व सङ्कलन

वीरगञ्ज (पर्सा), ८ वैशाख। वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको नौ महिनामा रु एक खर्ब ७७ अर्ब ६६ करोड राजस्व सङ्कलन गरेको छ । कार्यालयले गत आवको नौ महिनाको तुलनामा चालु आवको सोही अवधिमा भने रु १६ अर्ब २० करोडअर्थात् १० प्रतिशत बढी राजस्व सङ्कलन गरेको हो । वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टले वीरगञ्ज भन्सार कार्यालयले चालु आवको नौ महिनामा लक्ष्यको ८९ प्रतिशत राजस्व सङ्कलन गरेको बताउनुभयो । भन्सार विभागले कार्यालयका लागि चालु आवको नौ महिनामा भने रु… पुरा पढौ