आर्थिक 📈

नेप्से १३.४५ अंकले घट्याे, करिब १० अर्बकाे काराेबार

काठमाडौं, २७ चैत । साताको शेयर काराेबार हुने अन्तिम दिन शुक्रबार नेपाली शेयर बजारमा गिरावट भएकाे छ । नेप्से परिसूचकसँगै काराेबार रकममा पनि कमि भएकाे छ । यसअघि दुइवटा काराेबार बढेर बन्द भएका थिए । नेप्सेमा १३.४६ अंककाे गिरावट भएर २८३७.७८ विन्दुमा झरेको छ। सेन्सेटिभ इण्डेक्स ३.३९ अंकले घटेको छ । फ्लोट इण्डेक्स २.३० तथा सेन्सेटिभ इण्डेक्स २.९१ अंकले घटेको छ। बिहीबार ९ अर्ब ९१ करोड रुपैयाँबराबरको शेयर काराेबार भएकाेमा यसदिन ३३५ कम्पनीहरुकाे ९७ हजार ४८० पटकको शेयर काराेबार भएकाे… पुरा पढौ

‘श्रम स्वीकृति’सम्बन्धी भ्रामक सूचना हटाउन वैदेशिक रोजगार विभागको निर्देशन

काठमाडौं, २७ चैत। वैदेशिक रोजगार विभागले विभाग आसपास रहेका साइबर सेन्टर र तालिम केन्द्र (इन्स्टिच्युट)बाट ‘श्रम स्वीकृति’ सम्बन्धी भ्रामक सूचना यही चैत ३० गतेभित्र हटाउन निर्देशन दिएको छ । ‘यहाँ श्रम गरिन्छ’, ‘श्रम स्वीकृतिसम्बन्धी कार्य गरिन्छ’, ‘श्रम अनलाइन फारम भरिन्छ’ वा अन्य ‘श्रम’ सम्बन्धी भ्रमपूर्ण सूचानाले वैदेशिक रोजगारीमा जाने सेवाग्राहीलाई भ्रममा पार्ने गरेको भन्दै विभागले ती सूचना तत्काल हटाउन निर्देशन दिएको हो । श्रम स्वीकृतिसम्बन्धी वैदेशिक रोजगार विभाग तथा तोकिएका श्रम तथा रोजगार कार्यालयबाट मात्र हुने व्यवस्था रहेको विभागले जनाएको… पुरा पढौ

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौं, २७ चैत। स्थानीय बजारमा आज सुनचाँदीकोे मूल्य बढेको छ । सुन प्रतितोला रु दुई हजार २०० र चाँदी रु ८५ ले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मोल प्रतितोला रु दुई लाख ९६ हजार ९०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु चार हजार ९६० कायम भएको छ । हिजो बिहीबार छापावाल सुनको मोल प्रतितोला रु दुई लाख ९४ हजार ७०० र त्यति नै परिमाणको चाँदी रु चार हजार ८७५ मा कारोबार भएको… पुरा पढौ

आर्थिक उपार्जनका लागि कफीखेती अभियान

धुलिखेल, २७ चैत। काभ्रेपलाञ्चोकको डाँडापारिस्थित महाभारत गाउँपालिका–५ घैयाँडाँडाकी देवीमाया तुम्सिङ मगर पाखोबारीमा मकै छर्ने कामसँगै कफीको बोट रोप्नका लागि खाल्डो खन्ने काममा व्यस्त हुनुहुन्छ । उहाँले आफ्ना बारीका पाटाभरि कफीका बिरुवा रोप्न ज्यालामा पाँच जना खेताला लगाएर खाल्डो खनिरहनुभएको छ । अन्य अन्नबाली खेतीभन्दा कफीबाट बढी आम्दानी हुने भएपछि मगरले केही वर्षदेखि कफी खेतीलाई प्राथमिकता दिनुभएको हो । मकै खेती गर्दा उत्पादन कम हुने र भएको अन्नबाली जङ्गली जनावर बाँदरले नोक्सान गर्न थालेपछि कफी खेतीतर्फ आकर्षण बढेको उहाँले बताउनुभयो ।… पुरा पढौ

त्रिवेणी गाउँपालिकाले बेच्यो साढे पाँच करोडको अदुवा

त्रिवेणी (रुकुम पश्चिम), २७ चैत। रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकामा यस वर्ष अदुवा बिक्रीबाट मात्रै रु रु पाँच करोड ५६ लाख ५० हजार भित्र्याएको छ । पालिकाभर दुई हजार ६५० किसानले उत्पादन गरेको अदुवा बिक्रीबाट उक्त रकम भित्रिएको हो । त्रिवेणी गाउँपालिका कृषि शाखा प्रमुख ऐनबहादुर कार्कीका अनुसार यस वर्ष पालिकाभर १५ हजार ९०० क्विन्टल अदुवा उत्पादन भएको थियो । अदुवा खेती गर्ने दुई हजार ६५० घरधुरीमध्ये प्रत्येक किसानले करिब दुई रोपनी क्षेत्रफलमा अदुवा खेती गर्दै आएका छन् । पालिकाभर पाँच… पुरा पढौ

यस्तो छ आज तय भएको विदेशी मुद्राको भाउ

काठमाडौं, २७ चैत । नेपाल राष्ट्र बैंकले आज (शुक्रबारका)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अमेरिकी डलर एकको खरिददर १४७ रुपैयाँ ९६ पैसा र बिक्रीदर १४८ रुपैयाँ ५६ पैसा तोकिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७२ रुपैयाँ ८२ पैसा र बिक्रीदर १७३ रुपैयाँ ५३ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९८ रुपैयाँ ४५ पैसा र बिक्रीदर १९९ रुपैयाँ २६ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८७ रुपैयाँ ०५ पैसा र बिक्रीदर १८७ रुपैयाँ ८१ पैसा… पुरा पढौ

पेट्रोल, डिजेल, मट्टितेल र एलपी ग्यासको मूल्य बढ्याे

काठमाडौं, २७ चैत । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य पुनः वृद्धि गरेको छ । अन्तरराष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा उतारचढाव भइरहेको उल्लेख गर्दै निगमले मूल्यवृद्धि गरेको हो । निगमले आजदेखि लागू हुनेगरी पेट्रोल, डिजेल, मट्टितेल, खाना पकाउने एलपी ग्यास र हवाई इन्धनको मूल्य बढाएको हो । निगम सञ्चालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर रु १७ र डिजेल र मट्टितेलमा प्रतिलिटर रु २५–२५ का दरले मूल्यवृद्धि गरेको हो । यस्तै, खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर रु एक सयका दरले वृद्धि… पुरा पढौ

स्वरोजगार प्रवर्द्धनका लागि इलाम नपाद्वारा २० उद्यमीलाई ल्यापटप वितरण

फिक्कल (इलाम), २७ चैत । स्थानीयस्तरमा उद्यमशीलता विकास गरी युवालाई स्वरोजगारतर्फ प्रेरित गर्ने उद्देश्यले इलाम नगरपालिकाले २० जना उद्यमीलाई ल्यापटप वितरण गरेको छ । चालु आर्थिक वर्ष २०८२/८३ को स्वीकृत कार्यक्रम ‘उपप्रमुख उद्यमी तथा स्वरोजगार सृजना कार्यक्रम’ अन्तर्गत २० जना उद्यमीलाई ५० प्रतिशत लागत साझेदारीमा ल्यापटप वितरण गरिएको इलाम नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेशकुमार खड्काले बताउनुभयो । अघिल्ला वर्षहरूमा इलाम नगरपालिकाका तर्फबाट उद्यमशीलता तथा सीप विकास तालिम लिएर व्यवसाय सञ्चालन गरिरहेका उद्यमी छनोट गरी अनुदानमा ल्यापटप वितरण गरिएको उहाँले जानकारी… पुरा पढौ

नेप्सेमा ४८.७१ अंककाे बृद्धि, करिब १० अर्बकाे काराेबार

काठमाडौं, २६ चैत। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ४८ दशमलव ७१ अङ्कले बढेर दुई हजार ८५१ दशमलव २४ को बिन्दुमा कायम भएको छ । यो एक दशमलव ७३ प्रतिशतको वृद्धि हो । आज ३३८ कम्पनीको दुई करोड ७९ लाख ३१ हजार ७७० कित्ता शेयर एक लाख आठ हजार ८६९ पटक खरिदबिक्री हुँदा नौ अर्ब ९१ करोड ९२ लाख १० हजार २११ रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ । आजको कारोबारमा सबै समूहको उपसूचक बढेको छ । छवटा कम्पनीको शेयर… पुरा पढौ

एनटीएचएमसीमा २ हप्ते ‘ताेफु तथा सोया परिकार’ तालिम सम्पन्न; ‘भेगन फेयर’ मार्फत प्रदर्शनी

पोखरा, २६ चैत । पोखराको छिनेडाँडास्थित नेपाल टुरिजम एण्ड होटल म्यानेजमेन्ट कलेज (NTHMC) मा विगत १४ दिनदेखि सञ्चालन गरिएकाे 'ताेफु तथा सोया उत्पादन निर्माण तालिम' एक विशेष प्रदर्शनीका साथ सम्पन्न भएको छ। तालिमको अन्तिम दिन कलेज परिसरमा 'भेगन फेयर' को आयोजना गरियो। तालिममा होटल तथा पर्यटन क्षेत्रका प्रतिनिधिहरु, टोल विकास संस्था, सामाजिक संस्थाका प्रतिनिधि, मनाङ लगायतका जिल्लाबाट सहभागिता थियाे । साथै गुम्बाका वाैद्ध उपासक सहित ३६ जनाको सहभागिता रहेको कलेजका प्रिन्सिपल प्रकाश रेग्मीले जानकारी दिनुभयो । विविध शाकाहारी परिकारको प्रदर्शनी… पुरा पढौ