आर्थिक 📈

यूनाइटेड अजोड इन्स्योरेन्सको हकप्रद शेयर खुला

काठमाडौं, २६ चैत । नाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले आजदेखि हकप्रद शेयर निष्काशन गरेकाे छ । इन्स्योरेन्सले हाल कायम रहेकाे चुक्ता पूँजीको १० प्रतिशत हकप्रद शेयर निष्काशन गरेकाे हो। इन्स्योरेन्सले १०० कित्ता बराबर नयाँ १० कित्ता रेसियाेमा हकप्रद निष्काशन गरेकाे हो। जुसअनुसार इन्स्योरेन्सले २३ करोड १० लाख रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित दरमा २३ लाख १० हजार कित्ता हकप्रद निष्काशन गरेकाे छ । इन्स्योरेन्सले हकप्रद शेयर निष्काशनकाे प्रयोजनका लागि फागुन १७ गते बुकक्लोज गरेको थियो। फागुन १४ गतेसम्म नेप्सेमा शेयर… पुरा पढौ

यस्तो छ आज ताेकिएकाे विदेशी मुद्राको भाउ

काठमाडौं, २६ चैत। नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४७ रुपैयाँ ८४ पैसा र बिक्रीदर १४८ रुपैयाँ ४४ पैसा निर्धारण गरिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७३ रुपैयाँ ८ पैसा र बिक्रीदर १७३ रुपैयाँ ७८ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर २१९९ रुपैयाँ ९ पैसा र बिक्रीदर १९९ रुपैयाँ ९० पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १८७ रुपैयाँ ७० पैसा र बिक्रीदर १८८ रुपैयाँ ४६ पैसा… पुरा पढौ

आर्थिक गणना, २०८२ का गणकलाई आजदेखि तालिम

काठमाडौं, २६ चैत। राष्ट्रिय तथ्याङ्क कार्यालयले सञ्चालन गर्न लागेको दोस्रो राष्ट्रिय आर्थिक गणना, २०८२ का लागि छनोट भएका गणकका लागि पाँचदिने तालिम कार्यक्रम आजदेखि देशभर एकैसाथ सुरु हुँदैछ । आर्थिक गतिविधिहरूको वास्तविक अवस्था, स्वरूप तथा संरचना पहिचान गरी राष्ट्रिय अर्थतन्त्रसम्बन्धी तथ्याङ्क अद्यावधिक गर्ने उद्देश्यले सञ्चालन गर्न लागिएको उक्त गणनाको तयारीअन्तर्गत गणकहरुलाई तालिम दिन लागिएको हो । राष्ट्रिय तथ्याङ्क कार्यालयको आयोजना तथा नेपाल पत्रकार महासङ्घसँगको सहकार्यमा बुधबार काठमाडौँमा आयोजित कार्यक्रममा उपप्रमुख तथ्याङ्क अधिकारी एवं प्रवक्ता ढुण्डिराज लामिछानेले देशभर रहेका ८४ कार्यालयबाट… पुरा पढौ

बैतडीमा ६६ हजारभन्दा बढी नागरिक स्वास्थ्य बिमामा आबद्ध

दशरथचन्द(बैतडी), २६ चैत। जिल्लामा ६६ हजारभन्दा बढी नागरिक स्वास्थ्य बिमा कार्यक्रममा आबद्ध भएका छन् । स्वास्थ्य बिमा सम्पर्क कार्यालय बैतडीका प्रमुख अनिलचन्द्र जोशीले हालसम्म यहाँका १६ हजार ४४१ परिवारका ६६ हजार २४७ जना बिमा कार्यक्रममा आबद्ध भएका बताउनुभयो । तीमध्ये जेष्ठ नागरिक, क वर्गको अपाङ्गता भएका व्यक्ति, एचआइभी संक्रमित, ‘एमडीआरटी’ क्षयरोग भएका, कुष्ठरोग लागेका व्यक्तिहरूको निशुल्क स्वास्थ्य बिमा गर्ने गरिएको उहाँले जानकारी दिनुभयो । यस्तै, महिला स्वास्थ्य स्वयंसेविकाहरूको बिमा गर्दा ‘प्रिमियम’ को आधा रकम सरकारले तिर्ने गरेको जोशीले बताउनुभयो ।… पुरा पढौ

नेप्सेमा ४५.१२ अंकको बृद्धि, ८ अर्ब ३१ करोडको कारोबार

काठमाडौं, २५ चैत । साताको शेयर कारोबार हुने चौथो दिन बुधबार नेपाली शेयर बजारमा सकारात्मक माहोल देखिएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ४५.१२ अंकले बढेर २८०२.५२ विन्दुमा उक्लिएको छ । नेप्सेमा १.६३ प्रतिशतले बृद्धि भएको छ । केहि दिनअघि अर्थमन्त्री डा स्वर्णिम वाग्लेसंग शेयर लगानीकर्ताहरुको टोलीले गरेको छलफलमा शेयरबजारमैत्री कुराकानी भएको र समस्या समाधानमा लागि पहल गर्ने बताएपछि बजार सकारात्मक बन्न लागेको हो । यसदिन ३४६ कम्पनीहरुको ९८ हजार १६२ पटकको कारोबार भएको छ । १ करोड… पुरा पढौ

अब शेयर काराेबार साेमबारदेखि शुक्रबारसम्म हुने

काठमाडौं, २५ चैत । अब शेयर काराेबार साेमबारदेखि शुक्रबारसम्म हुने भएकाे छ । सरकारले पेट्राेलियम पदार्थकाे आयातमा भइरहेकाे कमिकाे कारण कार्यालयकाे काम बिहान ९ बजेदेखि अपरान्ह ५ बजेसम्म ताेकेकाे छ भने साबिककाे शनिबारकाे बिदासहित आइतबार पनि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । सरकारकाे निर्णयपछि नेपाल स्टक एक्सचेञ्जले शेयर कारोबारकाे तालिका पनि नयाँ बनाएकाे छ र यस अनुसार अब शेयर काराेबार साेमबारदेखि शुक्रबारसम्म हुने भएकाे हाे । यसअघि बिहिबाररसम्म मात्रै काराेबार हुँदै आएकाे थियाे । सरकाररे चैत २२ गते गरेकाे… पुरा पढौ

सुनचाँदीको मूल्यमा भारि वृद्धि

काठमाडौं, २५ चैत। स्थानीय बजारमा आज सुनचाँदीको मूल्य वृद्धि भएको छ । सुन प्रतितोला रु सात हजार २०० र चाँदी तोलामा रु २०५ ले वृद्धि भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मोल प्रतितोला रु दुई लाख ९९ हजार र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु पाँच हजार २५ कायम भएको छ । हिजो मङ्गलबार छापावाल सुनको मोल प्रतितोला रु दुई लाख ९१ हजार ८०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु चार हजार… पुरा पढौ

आज दशौँ स्वास्थ्य बीमा दिवस मनाइँदै

काठमाडौं, २५ चैत । दशौँ स्वास्थ्य बीमा दिवस आज विविध कार्यक्रम आयोजना गरी मनाइँदै छ । यस वर्षको दिवसको नारा ‘राज्यको लगानी, नागरिकको योगदान, स्वास्थ्य बीमा साझा अभियान नाराका साथ’ भन्ने रहेको छ । स्वास्थ्य बीमा कार्यक्रम स्वास्थ्य सेवा उपयोगको क्रममा हुने अनियोजित खर्चको जोखिमलाई अग्रिम व्यवस्थापन गर्दै वित्तीय संरक्षण प्रदान गर्ने अवधारणाअन्तर्गत सरकारले ल्याएको सामाजिक सुरक्षाको एक महत्त्वपूर्ण कार्यक्रम हो । नागरिकलाई सर्वसुलभ रूपमा गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न र स्वास्थ्य सेवा उपभोगमा सुधार ल्याउन सामाजिक स्वास्थ्य बीमाका आधारमा… पुरा पढौ

खैरहनीद्वारा धानको बीउमा ५० प्रतिशत अनुदान

चितवन, २५ चैत । यहाँको खैरहनी नगरपालिकाले नगरभित्रका किसानलाई लक्षित गरी बर्खे धानको उन्नत बीउमा ५० प्रतिशत अनुदान दिने भएको छ । नगरपालिकाले चालु आर्थिक वर्षको स्वीकृत कार्यक्रमअन्तर्गत खाद्यान्न बाली प्रवर्द्धनका लागि किसानलाई धानको बीउमा अनुदान दिन लागेको हो । नगरपालिकाकी कृषि अधिकृत सृजना श्रेष्ठले अनुदान प्राप्त गर्न इच्छुक किसान तथा कृषि उद्यमीलाई आगामी वैशाख ७ गतेभित्र निवेदन दिन आह्वान गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार मोटो र मसिनो गरी विभिन्न सात जातका धानको बीउमा अनुदान दिन लागिएको हो ।… पुरा पढौ

कालिन्चोक हाइड्रोको आईपीओमा आवेदन दिने अन्तिम दिन

काठमाडौं, २५ चैत । कालिन्चोक हाइड्रोपावर लिमिटेडले चैत २२ गतेदेखि निष्काशन गरेकाे शेयरमा आवेदन दिने आज अन्तिम दिन बाँकी रहेको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि शेयर निष्काशन गरेर बाँडफाँटपछि सर्वसाधारणका आईपीओ खुलाएकाे हाे । कम्पनीले १३ करोड ७५ लाख रुपैयाँ बराबरको १३ लाख ७५ हजार कित्ता शेयर निष्काशनकेा अनुमति पाएकोमा ५ लाख ५० हजार कित्ता आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि रहेकाे छ । ८२ हजार ५०० कित्ता विदेशमा रोजगार गरी रहेका… पुरा पढौ