आर्थिक 📈

नेप्सेमा करेक्सन, १५ अर्ब बढीको कारोबार

काठमाडौं, ११ चैत । साताको शेयर कारोबार हुने चौथो दिन बुधबार नेपाली शेयर बजारमा करेक्सन भएको छ । कारोबार रकम भने सन्तोषजनक रहेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक २४.४५ अंकले घटेर २९३५.९४ विन्दुमा झरेको छ । नेप्सेमा ०.८२ प्रतिशतले गिरावट हुँँदा सेन्सेटिभ इन्डेक्स ५००.४६ अंकले घटेको छ । यसदिन १५ अर्ब ९ करोड ४१ लाख ६ हजार ८४६ रुपैयाँ बराबरको कारोबार भएको छ । यसदिन ३४५ कम्पनीहरुको ३ करोड ५८ लाख १९ हजार ८२९ कित्ता शेयर १… पुरा पढौ

सुन तोलामा चौध हजार छ सयले बढ्यो

काठमाडौं, ११ चैत। स्थानीय बजारमा आज सुनचाँदीकोे मूल्य बढेको छ । सुन तोलामा रु १४ हजार ६०० ले बढेको छ भने चाँदी पनि तोलामा रु चार सय १५ ले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मोल प्रतितोला रु दुई लाख ८८ हजार ५०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु चार हजार ९२० कायम भएको छ । हिजो मङ्गलबार छापावाल सुनको मोल प्रतितोला रु दुई लाख ७३ हजार ९०० र त्यति नै परिमाणको सेतो… पुरा पढौ

गरिमा सुवर्ण योजनाको इकाईमा आवेदन दिने अन्तिम दिन

काठमाडौं, ११ चैत । गरिमा क्यापिटल लिमिटेडले फागुन २८ गतेदेखि निष्काशन गरेकाे पहिलो खुलामुखी योजना, गरिमा सुवर्ण योजनाको इकाई खरिदका लागि आवेदन दिने आज अन्तिम दिन बाँकी रहेको छ। याे योजनाको आकार १ अर्बकाे रहेकाे छ। क्यापिटलले पहिलो चरणमा ५० करोड रुपैयाँ बराबरको ५ करोड इकाई बिक्रीमा ल्याएकाे हाे । कुल इकाईमध्ये ९० लाख इकाई कोषकाे रहेकाे प्रवर्धक गरिमा विकास बैंकका लागि रहेकाे छ । ६० लाख इकाई योजना व्यवस्थापक कम्पनी गरिमा क्यापिटल लिमिटेडका लागि रहेकाे छ। बाँकी रहेको ३५… पुरा पढौ

यस्तो छ आज ताेकिएकाे विदेशी मुद्राको भाउ

काठमाडौं, ११ चैत। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदर अनुसार अमेरिकी डलरको भाउ सामान्य रुपमा घटेको छ । युरोपियन युरो, युके पाउण्ड स्ट्रलिङ, स्वीस फ्रयाङ्कको भाउ भने बढेको छ । निर्धारित विनिमयदर अमेरिकी डलर एकको खरिददर १४९ रुपैयाँ ८९ पैसा र बिक्रीदर १५० रुपैयाँ ४९ पैसा तोकिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७३ रुपैयाँ ७७ पैसा र बिक्रीदर १७४ रुपैयाँ ४७ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०० रुपैयाँ… पुरा पढौ

एक खर्ब २३ अर्ब ६७ करोडको पेट्रोलियम पदार्थ आयात

वीरगन्ज (पर्सा), ११ चैत । चालु आर्थिक वर्षको प्रथम सात महिनामा रु एक खर्ब २३ अर्ब ६७ करोड बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ । वीरगञ्ज भन्सार कार्यालयका अनुसार गत आवको सोही अवधिको तुलनामा चालु आवमा इन्धन आयात बढेको छ । पेट्रोलियम पदार्थको आयातबाट रु ५२ अर्ब १५ करोड राजस्व सङ्कलन भएको छ । त्यसैगरी, रु ६३ अर्ब ६५ करोड बराबरको सात लाख दुई हजार ३०० किलोलिटर डिजेल आयात भएको छ । सोही अवधिमा रु २५ अर्ब ३० करोड बराबरको… पुरा पढौ

नेप्सेकाे उकालाेकाे यात्रा जारी, करिब १५ अर्बकाे काराेबार

काठमाडौं, १० चैत । नेप्सेकाे उकालाे लागेकाे यात्रा राेकिएकाे छैन । यसले लगानीकर्ताहरुकाे मनाेबल उच्च बनाएकाे देखिएकाे छ । साताकाे शेयर काराेबार हुने तेश्राे दिन मंगलबार नेपाली नेप्से परिसूचक २३.८३ अंकले बढेकाे छ । उसाे त बितेका चार दिनका काराेबार सकारात्मक रहेका थिए । नेप्से परिसूचक २३.८३ अंक बढेर २९६०.४० विन्दुमा उक्लिएकाे हाे । सेन्सेटिभ इण्डेक्स १.९७ अंकले बढेको छ । फ्लोट इण्डेक्स ०.९१ अंकले बढ्दा सेन्सेटिभ फ्लोट इण्डेक्स ०.८२ अंकले बढेको छ। काराेबार रकम भने साेमबारकाे तुलनामा केहि घटेकाे… पुरा पढौ

समपूरक र विशेष अनुदानका ३ हजार ५ सय आयोजना प्रस्ताव

काठमाडौं, १० चैत। आगामी आर्थिक वर्ष २०८३/८४ का लागि सङ्घीय सरकारबाट समपूरक र विशेष अनुदान लिन प्रदेश र स्थानीय तहबाट करिब तीन हजार ५०० आयोजनाको प्रस्ताव परेको छ । राष्ट्रिय योजना आयोगका अनुसार स्थानीय तहबाट तीन हजार ३५८ र प्रदेशबाट १४० आयोजना तथा कार्यक्रमको प्रस्ताव परेको हो । आयोगले आगामी आवका लागि सङ्घीय समपूरक र विशेष अनुदानअन्तर्गत कार्यान्वयन हुने योजना तथा कार्यक्रमका लागि गत माघ मसान्तभित्र प्रस्ताव पेस गरिसक्न भनेको थियो । आयोगका सहायक प्रवक्ता डा दिवाकर लुइँटेलका अनुसार हाल… पुरा पढौ

दुग्ध उत्पादक किसानले ५५ करोड भूक्तानी पाएनन्

चितवन, १० चैत। जिल्लाका दुग्ध उत्पादक किसानले दुध बिक्री गरे बापत रु ५५ करोड भूक्तानी पाउन सकेका छैनन् । उनीहरुले बिगत ६ महिनादेखिको भूक्तानी पाउन सकेका छैनन् । जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घका अध्यक्ष किशोर वगालेका अनुसार गत कात्तिकदेखिको दुधको भूक्तानी नपाउँदा किसान समस्यामा छन् । बजारको समस्या नभए पनि दुग्ध विकास संस्थानसहित ठूला दूध उद्योगले रकम भूक्तानी नगर्दा दुग्ध उत्पादक किसान समस्यामा परेका हुन् । उहाँले भन्नुभयो “संस्थानको ६ महिनादेखि र अन्य उद्योगको तीन महिनादेखिको भूत्तानी बाँकी छ ।”… पुरा पढौ

सुन तोलामा एक हजार छ सयले घट्यो

काठमाडौं, १० चैत। स्थानीय बजारमा आज पनि सुनको मूल्य घटेको छ । सुन तोलामा रु एक हजार ६०० ले घटेको हो । चाँदी भने तोलामा रु ८० ले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मोल प्रतितोला रु दुई लाख ७३ हजार ९०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु चार हजार ५०५ कायम भएको छ । सोमबार छापावाल सुनको मोल प्रतितोला रु दुई लाख ७५ हजार ५०० र त्यति नै परिमाणको चाँदीको मूल्य रु… पुरा पढौ

बेमौसमी वर्षाले डेढ कराेड काँचो इँटा नष्ट : बीमा गर्न माग

चन्द्रपुर (रौतहट), १० चैत । गत शुक्रबार र शनिबार परेको बेमौसमी वर्षाले रौतहटमा सञ्चालित विभिन्न इँटा उद्योगको लाखौँ मूल्यबराबरका काँचो इँटामा क्षति पुर्याएको छ । यहाँका ५० भन्दा बढी इँटा उद्योगका पकाउनका लागि इँटा तयार पारिएका थिए । इँटा उद्योग व्यवसायी सङ्घका अध्यक्ष रामविनोद साहका अनुसार वर्षाको कारण जिल्लामा सञ्चालित ५० इँटा उद्योगमा क्षति भएको छ । ती उद्योगमा करिब एक करोड ५० लाखभन्दा बढी काँचो इँटा नष्ट भएको छ । प्रत्येक काँचो इँटाको लागत औसतमा तीन रुपैयाँभन्दा बढी पर्ने… पुरा पढौ