आर्थिक 📈

सत्ती भन्सार कार्यालय : राजस्व सङ्कलनमा कमी

भजनी (कैलाली), १० चैत । टीकापुर नगरपालिका–९ स्थित सत्ती भन्सार कार्यालयले चालु आर्थिक वर्षको आठ महिनामा लक्ष्यको ६० प्रतिशत राजस्व सङ्कलन गरेको छ । भन्सार कार्यालयले वार्षिक लक्ष्यको ६० प्रतिशत राजस्व सङ्कलन गरे पनि बाँकी चार महिनामा ४० प्रतिशत राजस्व सङ्कलन गर्नुपर्ने देखिएको हो । कार्यालयले चालु आवमा रु १५ करोड ८४ लाख ४९ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य लिएकामा फागुनसम्म रु नौ करोड ६२ लाख ४१ हजार सङ्कलन गरेको छ । कार्यालयले लक्ष्यको सबैभन्दा कम साउनमा रु ६३ लाख… पुरा पढौ

डाँडाखेत-राहुघाट प्रसारण लाइन, ३ करोड बढी मुआब्जा वितरण

म्याग्दी, १० चैत । नेपाल विद्युत् प्राधिकरणद्वारा यहाँ निर्माणाधीन १३२ केभी क्षमताको डाँडाखेत–राहुघाट प्रसारण लाइनको टावर निर्माण भएको जग्गाका धनीहरूलाई रु तीन करोडभन्दा बढी मुआब्जा वितरण भएको छ । जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा गठन भएको उपसमितिले कायम गरेको मूल्यअनुसार टावर निर्माण भएको जग्गाका धनीहरूलाई मात्र हालसम्म रु तीन करोड २९ लाख ६४ हजार ५६७ मुआब्जा वितरण भएको हो । आयोजनाका प्रशासकीय अधिकृत मातृका तिमिल्सिनाले मुआब्जाबापत रु दुई करोड २९ लाख २९ हजार ७२८ वितरण भएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो,… पुरा पढौ

वित्तीय लगानी न्यूनीकरणका लागि सहयोग गर्न आग्रह

काठमाडौं, १० चैत। गृह मन्त्रालयले सम्पत्ति शुद्धीकरणमा वित्तीय लगानी न्यूनीकरणका लागि आवश्यक सहयोगका लागि आग्रह गरेको छ । मन्त्रालयले एक प्रेस विज्ञप्तिमार्फत संयुक्त राष्ट्रसङ्घ, सुरक्षा परिषद्को सूचीकृत व्यक्ति, समूह वा सङ्गठनसँग सम्बन्धित प्रस्तावले सूचीकरणका लागि तोकेको मापदण्डमा पर्नसक्ने कुनै सूचना वा मनासिव आधार प्राप्त गरेमा सोको जानकारी गोप्य रूपमा उपलब्ध गराउन आग्रह गरेको छ । मन्त्रालयले कुनै व्यक्ति, निकाय वा संस्थाले आफ्नो काम कारबाहीको सिलसिलामा कुनै तरिकाले अनाधिकृत कार्य गरेको पाइएमा त्यसको जानकारी दिन सूचनामार्फत आग्रह गरेको हो । मन्त्रालयले… पुरा पढौ

अमेरिकी डलर, पाउण्ड स्ट्रलिङ र स्वीस फ्रयाङ्कको भाउ बढ्यो

काठमाडौं, १० चैत । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदर अनुसार अमेरिकी डलर, युके पाउण्ड स्ट्रलिङ र स्वीस फ्रयाङ्कको भाउ आज उकालो लागेको छ । लगातार उकालो लाग्दै आएको अमेरिकी डलर एकको खरिददर १५० रुपैयाँ ०७ पैसा र बिक्रीदर १५० रुपैयाँ ६७ पैसा तोकिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७३ रुपैयाँ ५३ पैसा र बिक्रीदर १७४ रुपैयाँ २३ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०० रुपैयाँ ५० पैसा र… पुरा पढौ

सबै मन्त्रालयले चैत १५ भित्र योजना तथा कार्यक्रम पठाइसक्नुपर्ने

काठमाडौं, ९ चैत। सबै विषयगत मन्त्रालयले चैत १५ गतेभित्र आफ्ना योजना तथा कार्यक्रम प्रस्ताव गरिसक्नुपर्ने गरी आगामी आर्थिक वर्ष २०८३÷८४ को बजेट तर्जुमा कार्यतालिका (बजेट क्यालेन्डर) तयार भएको छ । प्रतिनिधिसभा सदस्य निर्वाचनपछि नयाँ सरकार गठन भइनसकेको अवस्थामा बजेट क्यालेन्डरअनुसार भने चैत १५ भित्र सबै मन्त्रालयले आगामी आवको बजेटमा राख्नुपर्ने योजना तथा कार्यक्रम अनिवार्य रूपमा मन्त्रालयगत बजेट सूचना प्रणाली (एलएमबिआइएस)मा राखिसक्नुपर्नेछ । अर्थ मन्त्रालयका प्रवक्ता टङ्कप्रसाद पाण्डेयले सबै मन्त्रालयलाई आगामी आर्थिक वर्षको बजेट सीमा (सिलिङ) उपलब्ध गराई सोहीअनुसार चैत १५… पुरा पढौ

नेप्सेमा सामान्य अंकको बृद्धि, पौने १६ अर्बको कारोबार

काठमाडौं, ९ चैत । साताको शेयर कारोबार हुने दोश्रो दिन सोमबार नेपाली शेयर बजारमा सामान्य अंकको बृद्धि भएको छ । कारोबार रकम भने सन्तोषजनक रहेको छ । यसदिन नेप्से परिसूचक ५.०१ अंकले बढेर २९३६.५६ विन्दुमा पुगेको छ । नेप्सेमा ०.१७ प्रतिशतले बृद्धि भएको छ । सेन्सेटिभ इण्डेक्स भने ५०५.०२ अंकले घटेको छ । कुल ३४२ कम्पनीहरुको १ लाख ५६ हजार ३८१ पटकको कारोबारमा ३ करोड ८० लाख ७३ हजार ९४५ कित्ता शेयर खरिदबिक्री भएको छ । यसबाट १५ अर्ब ७८… पुरा पढौ

मुस्ताङ भन्सारले गर्याे पौने ६ अर्ब राजस्व सङ्कलन

मुस्ताङ, ९ चैत। नेपाल-चीन उत्तरी कोरलानाकास्थित मुस्ताङ भन्सार कार्यालयले चालु आर्थिक वर्षमा पौने छ अर्ब राजस्व सङ्कलन गरेको जनाएको छ । गत भदौ ३१ गतेदेखि पूर्ण रुपमा सञ्चालनमा आएको कार्यालयले यही चैत ७ गतेसम्म रु पाँच अर्ब ७१ करोड १० लाख राजस्व सङ्कलन गरेको जनाएको छ । कार्यालयका प्रमुख रमेश खड्काले उक्त अवधिमा नाकाबाट रु १२ अर्ब १७ करोड मूल्य बराबरको मालवस्तु आयात भएको छ भने रु २० करोड ३० लाख मूल्य बराबरको मालवस्तु चीनतर्फ निर्यात भएको हो । हालसम्म… पुरा पढौ

सुनचाँदीकाे भाउमा लगातार गिरावट

काठमाडौं, ९ चैत । सुनचाँदीकाे भाउ घट्ने क्रम राेकिएकाे छैन । साताकाे सुनचाँदीकाे काराेबार हुने दाेश्नाे दिन साेमबार पनि सुनचाँदीकाे भाउमा गिरावट भएकाे छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यसदिन सुनको भाउमा प्रतितोला ६ हजार ५०० रुपैयाँ र चाँदीको भाउ तोलामा ११५ रुपैयाँ घटेको छ। आज छापावाल सुन प्रतितोला २ लाख ७५ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ। आईतबार सुन प्रतितोला २ लाख ८२ हजार रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको भाउ पनि घटेको छ । चाँदी तोलामा… पुरा पढौ

सोपान फर्मास्यूटिकल्सको आईपीओमा आजदेखि आवेदन खुला

काठमाडौं, ९ चैत । सोपान फर्मास्यूटिकल्स लिमिटेडले आजदेखि प्राथमिक शेयर निष्काशन गरेकाे छ । कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गरेकाे हो। कम्पनीले ४२ करोड ९० लाख रुपैयाँ बराबरको ४२ लाख ९० हजार कित्ता शेयर निष्काशनकाे अनुमति पाएकोमा १० प्रतिशतले हुने ४ करोड २९ लाख रुपैयाँ बराबरको ४ लाख २९ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेकाे हो। यसमा २ लाख १४ हजार ५०० कित्ता शेयर सामूहिक लगानी कोषका लागि रहेकाे छ । १ लाख ७१… पुरा पढौ

व्यावसायिक गाईपालनबाट आयआर्जन गर्दै वडाध्यक्ष तामाङ

भोजपुर, ९ चैत। पौवादुङमा गाउँपालिका–१ श्यामशिलाका वडाध्यक्ष राजेन्द्र तामाङ जनताको सेवासँगै व्यावसायिक गाईपालनमा व्यस्त हुनुहुन्छ । उहाँ जनप्रतिनिधिको जिम्मेवारीका साथसाथमा उत्पादनमूलक क्षेत्रमा लागिरहनुभएको छ । तामाङले सञ्चालन गर्नुभएको गाई फार्ममा हाल चार उन्नत जातका गाईरहेका छन् । व्यवस्थित रूपमा गाईपालन गर्दै आउनुभएका उहाँले आधुनिक तरिका अपनाउँदै उत्पादन बढाउने प्रयाससमेत गरिरहनुभएको छ । दैनिक रूपमा उत्पादन हुने दूध स्थानीय बजारमा बिक्री गर्दै उहाँले आम्दानी लिन सफल हुनुभएको छ । दूध बिक्रीबाट सबै खर्च कटाएर मासिक रु २५ हजारदेखि ३० हजारसम्म आम्दानी… पुरा पढौ