आर्थिक 📈

फागुन १२ गतेदेखि पाल्पा सिमेन्टकाे आईपीओ आउदै

काठमाडौं, २८ माघ। पाल्पा सिमेन्ट इण्डष्ट्रीज लिमिटेडकाे आईपीओ फागुन १२ गतेदेखि निष्काशन गरिने भएकाे छ। यसअघि कम्पनीले उद्योग प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि शेयर बाँडफाँट गरिेसकेकाे छ । याे दाेश्राे चरणमा सर्वसाधारणका लागि आईपीओ खुलाउन लागेकाे हाे । कम्पनीले ७५ करोड रुपैयाँ बराबरको ७५ लाख कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएकोमा जारी १८ लाख ७५ हजार कित्ता उद्योग प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि रहेकाे छ । ५ लाख ६२ हजार ५०० कित्ता विदेशमा रोजगार गरी… पुरा पढौ

मुलुकको आर्थिक वृद्धिदर ३.५ प्रतिशत रहने प्रक्षेपण

काठमाडौं, २८ माघ। सरकारले मुलुकको आर्थिक वृद्धिदर ३.५ प्रतिशतमा सीमित हुने प्रक्षेपण गरेको छ । चालु आर्थिक वर्षको बजेटको अर्धवार्षिक समीक्षामा यस्तो प्रक्षेपण गरिएको हो । चालु आवको कुल गार्हस्थ्य उत्पादनको वार्षिक वृद्धिदर छ प्रतिशत हुने अनुमान गरिएको थियो । तर धानको उत्पादन, क्षेत्रफल र उत्पादकत्वमा आएको कमी, निर्माण क्षेत्रमा देखिएको सुस्तता र घरजग्गा कारोबारमा आएको गिरावटलगायत कारणले आर्थिक वृद्धिदर ३.५ प्रतिशतमा खुम्चिने गरी अर्धवार्षिक समीक्षामा नयाँ प्रक्षेपण सार्वजनिक गरिएको हो । गत आवमा भने कुल गार्हस्थ्य उत्पादनको वृद्धि दर… पुरा पढौ

रिज लाइन इनर्जीको आईपीओमा आजदेखि आवेदन खुला

काठमाडौं, २८ माघ । रिज लाइन इनर्जी लिमिटेडले आजदेखि आईपीओ निष्काशन गरेकाे छ । कम्पनीले यसअघि आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि शेयर बाँडफाँड गरेपछि याे चरणमा सर्वसाधारणका लागि आईपीओ निष्काशन गरेकाे हो। कम्पनीले २६ करोड ७ लाख रुपैयाँ बराबरको २६ लाख ७ हजार कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएकोमा ११ लाख ८५ हजार कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि बाँडफाँट गरिसकेको छ। साथै १ लाख ४२ हजार २०० कित्ता विदेशमा रोजगार… पुरा पढौ

यस्तो छ आज निर्धारण गरिएको विदेशी मुद्राको भाउ

काठमाडौं, २८ माघ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । केन्द्रीय बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १४४ रुपैयाँ ६३ पैसा र बिक्रीदर १४५ रुपैयाँ २३ पैसा तोकिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७२ रुपैयाँ १६ पैसा र बिक्रीदर १७२ रुपैयाँ ८७ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९७ रुपैयाँ ५६ पैसा र बिक्रीदर १९८ रुपैयाँ ३८ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८८ रुपैयाँ ७१ पैसा र बिक्रीदर १८९ रुपैयाँ ५०… पुरा पढौ

ग्यासको आपूर्ति सहज बनाउन विभागले नियमन गर्दै

काठमाडौं, २८ माघ। खाना पकाउने ग्यासको आपूर्तिमा देखिएको समस्या समाधानका लागि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले ढुवानी व्यवस्थापनलाई प्रभावकारी बनाउन आवश्यक समन्वय र नियमन गर्ने भएको छ । पछिल्ला दिनमा खाना पकाउने ग्यास वितरणमा समस्या देखिएपछि उपभोक्ताले सास्ती बेहोर्नु परेको छ । विभागले नेपाल आयल निगमलाई ढुवानी व्यवस्थापनलाई प्रभावकारी बनाउन आवश्यक कार्य गर्न आग्रह गरेको छ । विभागले ठूला ग्यासको उत्पादन कम्पनीलाई पनि आवश्यक निर्देशन दिएको छ । काठमाडौँ उपत्यकाका उपलब्ध ग्यास बोटलिङ उद्योगको अनुमगनको क्रममा उपभोक्ताको माग अनुसारको… पुरा पढौ

पूर्व तयारी बिनाका आयोजनाका कारण खर्च अनुमान घट्योः अर्थमन्त्री खनाल

काठमाडौं, २७ माघ। अर्थमन्त्री रामेश्वरप्रसाद खनालले चालु आर्थिक वर्ष २०८२÷८३ को बजेट ल्याउँदा नै आय व्ययको अनुमान अस्वभाविक रुपमा बढाएर राखिएका कारण अर्धवार्षिक समीक्षामार्फत् त्यसलाई घटाउनुपरेको बताउनुभएको छ । अर्थ मन्त्रालयमा आज आयोजित एक कार्यक्रमबीच आर्थिक वर्ष २०८२÷८३ को बजेटको अर्धवार्षिक मूल्याङ्कन प्रतिवेदन सार्वजनिक गर्नुहँुदै अर्थमन्त्री खनालले पूर्व तयारी नै नसकिएका आयोजना बजेटमा राखिएका कारण पनि खर्चको अनुमान घटाउनु परेको बताउनुभयो । त्यस्तै, सङ्घीय सञ्चित कोषमा ठूलो चाप पर्दै गएको उहाँको भनाइ थियो । बजेटको अर्धवार्षिक समीक्षमार्फत् सरकारले चालु आर्थिक… पुरा पढौ

बजेट अर्धवार्षिक समीक्षा-प्रदेशको खर्च १४ प्रतिशतमा खुम्चियो

काठमाडौं, २७ माघ। चालु आर्थिक वर्षको आधाभन्दा बढी समय बितिसक्दा पनि प्रदेश सरकारहरूको खर्च अवस्था निराशाजनक देखिएको छ । अर्थ मन्त्रालयले आज सार्वजनिक गरेको ‘आव २०८२/८३ को बजेटको अर्धवार्षिक मूल्याङ्कन प्रतिवेदन’अनुसार प्रदेशहरूको खर्च निकै कमजोर देखिएको हो । चालु आवका लागि सातवटै प्रदेशको कुल बजेट रु दुई खर्ब ८७ अर्ब ७० करोड ३३ लाख रहेकामा पुस मसान्तसम्ममा १४ दशमलव १६ प्रतिशत मात्र खर्च भएको देखिएको छ । प्रतिवेदनअनुसार प्रदेशहरूको चालुतर्फ २१ दशमलव ४३ प्रतिशत र पुँजीगततर्फ नौ दशमलव ३३ प्रतिशत… पुरा पढौ

सानिमा मिडिल तमोरको नाफा ३४.०४ प्रतिशतले घट्याे

काठमाडौं, २७ माघ । सानिमा मिडिल तमोर हाइड्रोपावरकाे खुद नाफा घटेकाे छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको विवरण अनुसार कम्पनीको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिकोभन्दा ३४.०४ प्रतिशतले घटेको हाे। चालु आर्थिक वर्षको पहिलो ६ महिनामा १८ करोड १० लाख रुपैयाँ खुद नाफा गरेकाे छ। जाे गत आर्थिक वर्षको सोही अवधिकोभन्दा ३४.०४ प्रतिशत थाेरै हो। याे नाफा गत आर्थिक वर्षको सोही अवधिसमा २७ करोड ४४ लाख रुपैयाँ थियो। विद्युत बिक्री आम्दानी १६.९३ प्रतिशतले घटेको छ। गत आर्थिक वर्षको… पुरा पढौ

खाद्यान्नमा मिसावटका अभियोगमा व्यापारीविरुद्ध मुद्दा

बागमती, २७ माघ । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौँडाले खाद्यान्नमा मिसावटका अभियोगमा १९ व्यवसायीविरुद्ध मुद्दा दायर गर्ने तयारी गरेको छ । सो कार्यालय र मातहतका विभिन्न डिभिजन कार्यालयबाट गरिएको अनुगमन तथा सङ्कलित नमूनाको परीक्षणबाट देखिएको कैफियतका आधारमा ती व्यवसायीविरुद्ध मुद्दा दायर गर्न लागेको हो । कार्यालय प्रमुख बिनिता पोखरेलका अनुसार चालु आर्थिक वर्ष २०८२÷८३ को हालसम्ममा गरिएको अनुगमन तथा सङ्कलित नमूनाको परीक्षणबाट देखिएको कैफियतका आधारमा व्यवसायीविरुद्ध खाद्य स्वच्छता तथा गुणस्तर ऐनअन्तर्गत मुद्दा दायर गर्न अनुसन्धान भइरहेको छ ।… पुरा पढौ

होटल फरेष्ट इनको आईपीओमा आवेदन दिने अन्तिम दिन

काठमाडौं, २६ माघ । होटल फरेष्ट इन लिमिटेडले माघ २२ गतेदेखि निष्काशन गरेको आईपीओमा आवेदन दिने आज अन्तिम दिन बाँकी रहेको छ। कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँटपश्चात याे दाेश्राे चरणमा सर्वसाधारणका लागि आईपीओ निष्काशन गरेको हो। कम्पनीका अनुसार ४० करोड रुपैयाँ बराबरको ४० लाख कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएकोमा ४ लाख कित्ता विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि, २ लाख कित्ता शेयर सामूहिक लगानी कोषहरुका लागि र ८० हजार कित्ता शेयर कम्पनीमा कार्यरत कर्मचारीहरुका… पुरा पढौ