आर्थिक 📈

नवदुर्गाको प्रसाद-बिक्रीमा जमरा

काठमाडौं, ४ कात्तिक। बडा दसैँ अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनका हातबाट टीका र जमरा लगाइन्छ । आजका दिन नवदुर्गाको प्रसादका रूपमा शुभ साइतको प्रतीक रातो टीकासँगै जमरा पनि लगाउने गरिन्छ । जमरालाई समृद्धिको प्रतीकका रूपमा लिने गरिन्छ । त्यसैले पनि दसैँमा टीकासँगै फूलको सट्टा टीका लगाउने प्रचलन रही आएको छ । टीका प्रसाद ग्रहण गर्न साइत खोज्नेका लागि नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले आज बिहान १०ः२६ बजेको साइत उत्तम रहेको जनाएको थियो । तर पनि नागरिकले बिहान दुर्गा विसर्जनपछि… पुरा पढौ

अमेरिकी डलर स्थिर, युरो र पाउण्डको भाउ बढ्याे

काठमाडौ, ४ कार्तिक।।नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। केन्द्रीय बैंकले सार्वजनिक गरेको नयाँ विनिमय दर अनुसार अमेरिकी डलरको मूल्य स्थिर रहेको छ भने युरोपियन युरो र युके पाउन्ड स्ट्रलिङको मूल्यमा सामान्य वृद्धि भएको छ। प्रमुख विदेशी मुद्राहरूको दर नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १५१ रुपैयाँ ५९ पैसा र बिक्री दर १५२ रुपैयाँ १९ पैसा निर्धारण गरिएको छ। अघिल्लो दिन पनि डलरको विनिमय दर सोही कायम रहेको थियो। यसैगरी, युरोपियन… पुरा पढौ

खाना स्वाद मात्र होइन नेपाली संस्कृति पनि होः वरिष्ठ सेफ केसी

काठमाडौं, ३ कात्तिक। खाना जिब्रोको स्वादका लागि मात्र नभएर शारीरिक स्वास्थ्यका लागि खानुपर्दछ भनिन्छ । किनभने जिब्रोलाई मिठोमात्र लाग्ने खानाले स्वास्थ्यमा सधैँ राम्रै गर्छ भन्ने हुँदैन । मानिसमा प्रायः कुन खानाले आफ्नो शरीरलाई के कस्तो असर या राम्रो गर्छ भन्ने ज्ञान हुन्छ । तर पनि स्वादका लागि र जिब्रोका लागि खाने गरेका हुन्छन् । त्यसैले पछिल्लो समय मिठो भन्दा पनि स्वस्थ एवं सन्तुलित खानाको सूची बनाएर कुन बार के खाने भन्ने योजनासहित मानिसले खानपान अपनाएको देखिन्छ । नेपालका कतिपय खाना… पुरा पढौ

निषेधित क्षेत्र घुमेका पर्यटकबाट बर्सेनि उठ्छ करोडौँ राजस्व

गण्डकी, ३ कात्तिक। अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्ने निषेधित क्षेत्रमा अनुमति लिएर भ्रमण गरेका विदेशी पर्यटकबाट बर्सेनि करोडौँ राजस्व सङ्कलन हुने गरेको छ । विदेशी नागरिकका लागि निषेधित उपल्लो मुस्ताङ र मनाङको नार फू क्षेत्रमा अनुमति लिएर भ्रमण गर्न पाउने व्यवस्था छ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाका अनुसार निषेधित क्षेत्र घुमेका पर्यटकबाट प्रवेश शुल्कबापत गत आवमा रु २१ करोड ६९ लाख ९७ हजार ५०० सङ्कलन भएको थियो । उपल्लो मुस्ताङमा १० दिनको भ्रमण अनुमति लिएका १८ सय ५५ पर्यटकबाट प्रतिव्यक्ति ५००… पुरा पढौ

आईपीओ पाइपलाइनमा १०४ कम्पनी: २५ प्रतिशतभन्दा बढी सेयर ५ ठूला कम्पनीको मातहतमा

काठमाडौं, ३ कार्तिक। नेपाल धितोपत्र बोर्ड (सेबोन) मा प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) को पर्खाइमा रहेका कम्पनीहरूको संख्या १०४ पुगेको छ। बोर्डको अद्यावधिक तथ्यांकअनुसार पाइपलाइनमा रहेका सम्पूर्ण कम्पनीहरूले गरी कुल ४७ करोड २८ लाख कित्ता सेयर निष्कासनको प्रक्रिया अघि बढाएका हुन्। कुल निष्कासन गर्न लागिएको सेयरमध्ये २५ प्रतिशतभन्दा बढी हिस्सा अर्थात् करिब साढे ११ करोड कित्ता सेयर ५ वटा ठूला कम्पनीको मात्रै रहेको छ। पाइपलाइनमा रहेका शीर्ष ५ ठूला कम्पनीहरूमध्ये ३ वटा उत्पादनमूलक क्षेत्रका छन् भने जलविद्युत् र सेवा क्षेत्रका १–१… पुरा पढौ

बेनी-जोमसोम-कोरला सडकमा करिब १ अर्बको क्षति

म्याग्दी, ३ कात्तिक। पछिल्लो मनसुनजन्य विपद्बाट चीन र भारतलाई जोड्ने बेनी–जोमसोम–कोरला सडकमा करिब रु एक अर्ब बराबरको भौतिक संरचनाहरुको क्षति पुगेको प्रारम्भिक अनुमान गरिएको छ । गत असोज ८ देखि ११ गतेसम्मको झरिपछि पहिरो, कालीगण्डकी नदीमा आएको बाढी र कटानका कारण क्षतविक्षत भएको उक्त सडक पुनर्निर्माणका लागि रु तीनदेखि चार अर्ब बजेट आवश्यक पर्ने बेनी–जोमसोम–कोरला सडक योजनाले जनाएको छ । आयोजना प्रमुख तेजस्वी शर्माले कालीगण्डकीको बाढीले १० ठाउँमा सडक बगाएको, भत्काएको तथा ५० ठाउँमा पहिरोले क्षति पुु¥याएको बताउनुभयो । “रु… पुरा पढौ

विकास बैंकहरूले कमाए १ अर्ब ४२ करोड खुद नाफा, गरिमा बन्यो शीर्ष बैंक

काठमाडौं, २ कात्तिक। देशको अर्थतन्त्रमा देखिएको सुस्तता र खराब कर्जाको दबाबका बाबजुद नेपालका विकास बैंकहरूले चालु आर्थिक वर्ष २०८३/८४ को सुरुवाती दुई महिनामा उत्साहजनक वित्तीय प्रगति हासिल गरेका छन्। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्क अनुसार सञ्चालनमा रहेका १७ वटा विकास बैंकहरूले गत साउन र भदौ महिनामा कुल १ अर्ब ४२ करोड ७२ लाख २० हजार रुपैयाँ खुद नाफा कमाएका छन्। यो नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १२.२८ प्रतिशतले बढी हो। गत वर्षको पहिलो दुई महिनामा विकास… पुरा पढौ

एनटी फाइबरको प्याकेजमा ग्राहकको आकर्षण, अनलाइनबाटै सेवा लिन सकिने

काठमाडौं, २ कात्तिक । नेपाल टेलिकमले एनटी फाइबर सेवाअन्तर्गत ल्याएको इन्टरनेट प्याकेजमा ग्राहकको आकर्षण बढेको छ । नयाँ लाइन जडानसम्बन्धी जानकारी लिन टेलिकमको १९८ नम्बरमा सम्पर्क गर्ने ग्राहकको चाप बढेपछि कम्पनीले उक्त नम्बरको क्षमता वृद्धि गरेको छ । नेपाल टेलिकमका अनुसार एनटी फाइबरको नयाँ लाइन जडान गर्न इच्छुक ग्राहकले १९८ नम्बरमा कल गरी आफूलाई पायक पर्ने स्थानमा सेवा उपलब्ध भए–नभएको जानकारी लिन सक्नेछन् । नम्बरको क्षमता वृद्धि गरेपछि ग्राहकलाई आवश्यक जानकारी लिन र सेवा जडान प्रक्रिया अघि बढाउन सहज हुने… पुरा पढौ

दुनाटपरी उद्योगले खोल्यो तानसेनका महिलालाई आम्दानीको बाटो

पाल्पा, २ कात्तिक। वनमा खेर जाने सालका पात उपयोग गरेर तानसेन नगरपालिका–२ का सात महिलाले दुनाटपरी उद्योग सञ्चालन गरेका छन् । परम्परागत सीपलाई व्यावसायिक रूप दिएपछि उनीहरूका लागि रोजगारी र आम्दानीको अवसर सिर्जना भएको छ । चार लाख लगानीमा सञ्चालन गरिएको ‘दिदीबहिनी कुटिर उद्योग’बाट दैनिक एक हजार दुनाटपरी उत्पादन हुँदै आएको उद्योगकी अध्यक्ष कल्पना पौडेलले बताउनुभयो । उहाँका अनुसार उद्योगबाट मासिक रु २५ हजारदेखि रु ३० हजारसम्म आम्दानी हुने गरेको छ । गाउँघरमा महिलाहरू भेला भएर सालका पातबाट दुनाटपरी बनाउने… पुरा पढौ

दशैंमा घर रङ्याउने चटारो: दुई महिनामै भित्रियो ९ करोड ३५ लाखको पेन्ट्स र चुना

काठमाडौ, २ कार्तिक। नेपालीहरूको महान् चाड दशैं नजिकिएसँगै गाउँघरदेखि शहरबजारसम्म घर सफा गर्ने, मर्मतसम्भार गर्ने र रङरोगन गरी घरलाई चिटिक्क पार्ने चहलपहल सुरु भएको छ। चाडपर्वको यही मौसमलाई लक्षित गरी घर सजावटमा प्रयोग हुने पेन्ट्स तथा चुनाको आयातमा पनि उल्लेख्य रकम खर्च हुने गरेको छ। भन्सार विभागले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८३/८४ को साउन र भदौ महिनाको तथ्यांकअनुसार दुई महिनाको अवधिमा मात्रै ९ करोड ३५ लाख रुपैयाँ बराबरका विभिन्न प्रकारका पेन्ट्स तथा चुना नेपाल भित्रिएका छन्। पेन्ट्स र चुना… पुरा पढौ