आर्थिक 📈

‘थ्रेसर मेसिन’ सञ्चालन गरेर गाउँमै स्वरोजगार बने अमजत

राँझा(बाँके),६ कात्तिक। बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–१९ का अमजत अली शेख विगत सात वर्षदेखि ‘थ्रेसर मेसिन’सञ्चालन गरेर गाउँमै स्वरोजगार बन्नु भएको छ । गाउँका धेरै युवाहरु वैदेशिक रोजगार वा अन्य पेसामा अल्झिरहेका बेला शेखले आफ्नै गाउँठाउँमा कृषि सेवा व्यवसायबाट मनग्य आम्दानी गर्न सकिन्छ भन्ने गतिलो प्रमाण पेस गर्नुभएको छ । रु तीन लाख ५० हजार लगानी गरेर थ्रेसर मेसिन खरिद गर्नुभएका उहाँले धानबालीको मुख्य याममा मात्रै सम्पूर्ण खर्च कटाएर करिब रु एक लाख ५० हजारसम्म खुद मुनाफा कमाउने बताउनुभयो । उहाँले थ्रेसर… पुरा पढौ

वाणिज्य बैंकहरूको गैर-बैंकिङ सम्पत्ति ११ प्रतिशत बढी, भदौसम्म पौने ४८ अर्ब पुग्यो

काठमाडौं, ६ कार्तिक। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार सञ्चालनमा रहेका १९ वटा वाणिज्य बैंकहरूको गैर-बैंकिङ सम्पत्ति (नन्-बैंकिङ एसेट्स) ११ प्रतिशतभन्दा बढीले बढेको छ। चालु आर्थिक वर्ष २०८३/८४ को भदौ महिनासम्ममा वाणिज्य बैंकहरूको यस्तो सम्पत्ति ११.१५ प्रतिशतले वृद्धि भएको हो। केन्द्रीय बैंकको तथ्यांक अनुसार चालु आर्थिक वर्षको पहिलो दुई महिना (भदौ) सम्ममा वाणिज्य बैंकहरूको कुल गैर-बैंकिङ सम्पत्ति ४७ अर्ब ६९ करोड ५९ लाख रुपैयाँ पुगेको छ। गत आर्थिक वर्ष २०८२/८३ को सोही अवधिमा यो रकम ४२ अर्ब ९१ करोड… पुरा पढौ

सामाजिक सञ्जालले बढायो सुकुटीको कारोबार

सुनसरी, ५ कात्तिक । धरानमा राँगाको सुकुटी र त्यसबाट बनाइने अचारको व्यापार फस्टाउँदै गएको छ । घरमै सुकुटी र अचार तयार पारेर बिक्री गर्ने महिलाले पछिल्लो समय सामाजिक सञ्जाललाई व्यापार विस्तारको माध्यम बनाउन थालेका छन् । टिकटक, फेसबुक र इन्स्टाग्राममार्फत उत्पादनको प्रचारप्रसार गर्दा स्वदेश तथा विदेशका विभिन्न ठाउँबाट अर्डर आउने गरेको व्यापारी बताउँछन् । धरानको मुख्य चोक भानुचोकबाट पूर्वतर्फ रहेको निकेतन गल्लीमा सुकुटी बिक्री गर्ने पसल लस्करै छन् । यहाँ बिहानदेखि बेलुकासम्म सुकुटी किन्ने ग्राहकको चहलपहल हुन्छ । गल्लीमा पसल… पुरा पढौ

हानिनोक्सानी कोषबाट नेपाललाई रू ३ अर्ब अनुदान स्वीकृत

काठमाडौं, ५ कात्तिक । जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित समुदायको राहत, पुनस्र्थापना तथा पुनर्निर्माणका लागि हानिनोक्सानी (लस एण्ड ड्यामेज) कोषले नेपाललाई २० मिलियन अमेरिकी डलर (करिब तीन अर्ब रुपैयाँ) अनुदान उपलब्ध गराउने भएको छ। कोषको बिहीबार बसेको विशेष बैठकले नेपाललाई उक्त सहयोग राशि प्रदान गर्ने निर्णय गरेको कृषि, वन तथा पर्यावरण मन्त्रालयले जानकारी दिएको छ। जलवायु परिवर्तन व्यवस्थापन महाशाखाका प्रमुख तथा मन्त्रालयका सहसचिव डा. महेश्वर ढकालका अनुसार बाढीबाट भएको व्यापक मानवीय तथा आर्थिक क्षतिलाई… पुरा पढौ

धरानमा दसैंमा २६ करोड बढीको खसीबोका कारोबार

सुनसरी, ५ कात्तिक। बडादसैँलाई लक्षित गरी धरान उपमहानगरपालिका–१३ स्थित कृषिउपज बजारबाट यसवर्ष रु २६ करोड २५ लाख बराबरको खसीबोका कारोबार भएको छ । कोशी प्रदेशका पहाडी जिल्लाबाट किसान तथा व्यापारीले बिक्रीका लागि ल्याएका खसीबोकाको माग बढेपछि गत वर्षको तुलनामा यसवर्ष करिब १५ प्रतिशतले कारोबार वृद्धि भएको कृषिउपज बजारका व्यवस्थापक लक्ष्मण भट्टराईले बताउनुभयो । गत वर्ष २०८२ को दसैँमा कृषिउपज बजारबाट रु २३ करोड बराबरको खसीबोका कारोबार भएको थियो । दसैँमा मासुको खपत बढ्ने भएकाले धरानको खसीबोका बजारमा हरेक वर्ष कारोबार… पुरा पढौ

कोप ३१ः आन्तरिक तयारी तीव्र, राष्ट्रिय स्थितिपत्र बन्दै

काठमाडौं, ५ कात्तिक। नेपालले आगामी नोभेम्बर ९ देखि २० सम्म टर्कीएको अन्टाल्यामा हुन गइरहेको संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी सम्मेलन (कोप–३१)को मिति नजिकिँदै गर्दा आन्तरिक तयारीलाई पनि तीव्र बनाएको छ । कृषि, वन तथा पर्यावरण मन्त्रालयले राष्ट्रिय स्थितिपत्र अन्तिम चरणमा रहेको र सरोकारवाला निकायबीचको छलफललाई तीव्र रूपमा अगाडि बढाएको जनाएको छ । मन्त्रालयअन्तर्गत जलवायु व्यवस्थापन महाशाखा प्रमुख एवं सहसचिव डा महेश्वर ढकालले जलवायु न्याय, जलवायु वित्तमा सहज पहुँचका लागि कूटनीतिक पहललाई बलियो बनाउने गरी आवश्यक छलफल भइरहेको जानकारी दिनुभयो । “दसैँको… पुरा पढौ

बाँकेको अम्बे स्टिलमा आगलागी: १ करोड ५६ लाखको क्षति

नेपालगञ्ज, ५ कार्तिक । बाँकेको जानकी गाउँपालिका–५ बकसपुरस्थित अम्बे स्टिल सरिया कम्पनीमा बिहीबार बिहान आगलागी हुँदा करिब १ करोड ५६ लाख रुपैयाँ बराबरको भौतिक क्षति भएको छ। उद्योग परिसरभित्र रहेको फलाम पगाल्ने इन्जिनका लागि राखिएको २ लाख लिटर क्षमताको फर्नेस आयल ट्यांकीमा बिहीबार बिहान करिब १:३० बजे सर्ट सर्किट भई एक्कासि आगलागी भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ। घटनाको सूचना लगत्तै इलाका प्रहरी कार्यालय खजुरा खुर्दबाट प्रहरी टोली घटनास्थल पुगेको थियो। नेपाल प्रहरी, स्थानीय बासिन्दा तथा दमकलको संयुक्त र… पुरा पढौ

तनहुँ जलविद्युत् आयोजना: जलाशयबाट प्रभावित चार झोलुङ्गे पुल पुनर्निर्माण गरिने

दमौली (तनहुँ), ५ कात्तिक । तनहुँमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको जलाशयबाट प्रभावित हुने चारवटा झोलुङ्गे पुल पुनर्निर्माण गरिने भएको छ। आयोजनाको जलाशय निर्माणका कारण प्रभावित हुने पुलहरूको पुनःस्थापना तथा पुनर्निर्माणका लागि तनहुँ हाइड्रोपावर लिमिटेड र थानी काली जोशी संयुक्त उपक्रम (जेभी), काठमाडौँबीच औपचारिक ठेक्का सम्झौता भइसकेको छ। उक्त ठेक्का सम्झौता रकम करबाहेक रु १६ करोड ९७ हजार ३८ रहेको आयोजना प्रमुख श्यामजी भण्डारीले जानकारी दिनुभयो। भण्डारीका अनुसार जलाशयबाट प्रभावित हुने पुलमध्ये स्थानीयवासीसँगको व्यापक परामर्शमा उपयुक्त स्थान छनोट… पुरा पढौ

बजेट प्राप्तिभन्दा खर्च बढी, पुँजीगत खर्च अझै सुस्त

काठमाडौं, ५ कात्तिक । चालु आर्थिक वर्ष २०८३/८४ को कात्तिक ४ गतेसम्ममा सरकारको कुल प्राप्तिको तुलनामा बजेट खर्च सामान्य रूपमा बढी देखिएको छ। महालेखा नियन्त्रक कार्यालयले सार्वजनिक गरेको अद्यावधिक तथ्याङ्कअनुसार समीक्षा अवधिमा सरकारको आयभन्दा व्ययको आकार बढी देखिएको हो। महालेखा नियन्त्रक कार्यालयका अनुसार चालु आवमा सरकारले कुल १६ खर्ब ४२ अर्ब ६ करोड ३७ लाख रुपैयाँ प्राप्ति गर्ने लक्ष्य राखेकोमा कात्तिक ४ गतेसम्म ३ खर्ब १ अर्ब २८ करोड १६ लाख रुपैयाँ मात्र संकलन गर्न सकेको छ। कुल १५ खर्ब… पुरा पढौ

इ. लामिछानेको गाई-भैँसी पालनबाट मासिक १५ लाख आम्दानी

काठमाडौं, ४ कात्तिक। मेहनत र लगनशील भएर जुनसुकै व्यवसाय अँगाले पनि सफल भइन्छ भन्ने उदाहरण बन्नुभएको छ गोेरखाका इन्जिनियर कुमार लामिछाने । काठमाडौँ नागार्जुन नगरपालिका–६ रामकोट, डाँडापौवामा गाई तथा भैँसीपालन गरी मासिक रु १५ लाख आम्दानी गरेर इन्जिनियर लामिछाने समाजमा उदाहरणीय बन्न सफल हुनुभएको छ । गोरखा सिरानचोक गाउँपालिका–७ खहरेका सिभिल इन्जिनियर लामिछानेले २०७७ साल जेठमा क्षितिज एकीकृत कृषि फार्म प्रालिको स्थापना गरी सो पेशा अङ्गाल्दै आउनुभएको हो । उहाँले रु १० करोड लगानीसहित मासिक रु एक लाखका दरले जम्मा… पुरा पढौ