आर्थिक 📈

दशैंमा मुस्ताङ हुँदै ३५ करोड बराबरका भेडा च्याङ्ग्रा निकासी

मुस्ताङ, २ कात्तिक । यसपालीको दशैंको अवसरमा मुस्ताङ हुँदै रु ३५ करोड मूल्य बराबरका भेडा तथा च्याङ्ग्रा निकासी भएको छ । कृषि तथा पशु विकास कार्यालयका अनुसार यसवर्ष उक्त मूल्य बराबरका १३ हजार २७९ भेडा च्याङ्ग्रा मुस्ताङ हुँदै बाहिरिएका छन् । कार्यालयका प्रमुख डा लालमणि अर्यालका अनुसार मुस्ताङ मार्ग हुँदै ११ हजार १६४ च्याङ्ग्रा र दुई हजार ११५ वटा भेडा बिक्रीका लागि बेसीतर्फ झारिएको हो । उहाँले मुस्ताङबाट रु २२ करोडभन्दा बढी र कर्णाली प्रदेशको डोल्पा, मुगु र जुम्लाबाट रु… पुरा पढौ

दशैँ बिदामा माछापुच्छ्रे बैंकका तोकिएका शाखा खुला रहने

काठमाडौं, १ कार्तिक । नेपालीहरूको महान् चाड बडादशैँ २०८३ को अवसरमा माछापुच्छ्रे बैंकले आफ्ना ग्राहकहरूको सुविधालाई ध्यानमा राख्दै दशैँ बिदाका दिनहरूमा पनि सीमित शाखाहरू मार्फत सेवा प्रदान गर्ने भएको छ। बैंकले एक सूचना जारी गर्दै दशैँका विभिन्न दिनहरूमा देशका विभिन्‍न स्थानमा रहेका आफ्ना शाखा कार्यालयहरू खुला रहने जानकारी दिएको हो। बैंकका अनुसार असोज ३१ गते (सप्तमी), कात्तिक १ गते (महाअष्टमी), कात्तिक २ गते (अष्टमी), कात्तिक ३ गते (महानवमी), कात्तिक ५ गते (एकादशी) र कात्तिक ६ गते (द्वादशी) का दिनहरूमा तोकिएका… पुरा पढौ

दसैँका सामान भित्र्याउन तीन दिनका लागि खुल्यो तातोपानी नाका

सिन्धुपाल्चोक, १ कात्तिक। दसैँका सामान भित्र्याउन तातोपानी नाका आजदेखि अस्थायी रूपमा सञ्चालनमा आएको छ । नाका खुलेसँगै चीनका स्वशासित क्षेत्र सिचाङबाट बिहानैदेखि मालवाहक सवारीसाधन नेपाल प्रवेश गरेका छन् । तातोपानी भन्सार कार्यालयका प्रमुख दीपेन्द्रप्रकाश गिरीका अनुसार चाडपर्वका सामान तथा अन्य अत्यावश्यक सामग्रीको आपूर्ति नेपालमा सहज बनाउने उद्देश्यले चिनियाँ पक्षले तीन दिनका लागि नाका खोलेको हो । सिन्धुपाल्चोक उद्योग वाणिज्य सङ्घका अध्यक्ष बुद्धराज बस्नेतले लिपिङ र कोदारी क्षेत्रमा कन्टेनरको लाम लागेको सिचाङको न्यालममा ४५ भन्दा बढी कन्टेनर नेपाल प्रवेशको प्रतीक्षामा रहेका… पुरा पढौ

वाणिज्य बैंकहरूले घटाए निक्षेपको ब्याजदर, औसत दर ४.०१ प्रतिशतमा झर्यो

काठमाडौं, १ कार्तिक। नेपालका २० वटा वाणिज्य बैंकहरूले आगामी कात्तिक महिना (२०८३) का लागि आफ्नो नयाँ ब्याजदर तालिका सार्वजनिक गरेका छन्। बैंकिङ प्रणालीमा पर्याप्त तरलता (लगानीयोग्य रकम) सञ्चित रहेको तर कर्जाको माग तथा प्रवाहमा सुस्तता आएका कारण असोजको तुलनामा कात्तिक महिनामा पनि निक्षेपको औसत ब्याजदरमा थप गिरावट आएको हो। बैंकहरूले सार्वजनिक गरेको नयाँ तालिका अनुसार कात्तिक महिनाका लागि २० वाणिज्य बैंकहरूको व्यक्तिगत निक्षेपतर्फको औसत अधिकतम ब्याजदर असोजको ४.०८९५ प्रतिशतबाट ०.०७६५ प्रतिशतविन्दुले घटेर ४.०१३ प्रतिशत कायम भएको छ। त्यसैगरी, संस्थागत निक्षेपको… पुरा पढौ

किन पक्राउ परे लगानी बोर्डका पूर्व सीईओ भट्ट ?

काठमाडौं, १ कार्तिक । नेपाल लगानी बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्ट पक्राउ परेका छन्। उनलाई ललितपुरको सानेपा क्षेत्रबाट काठमाडौँ परिसर भद्रकालीको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो। प्रहरीका अनुसार भट्टमाथि सम्पत्ति शुद्धीकरण तथा बैंक तथा वित्तीय संस्थासम्बन्धी कसुरमा अनुसन्धान गर्नका लागि नियन्त्रणमा लिइएको हो। हाल उनलाई प्रहरी हिरासतमा राखेर थप अनुसन्धान प्रक्रिया अघि बढाइएको छ। यसबारे विस्तृत विवरण अनुसन्धान सकिएपछि सार्वजनिक गरिने काठमाडौँ प्रहरीले जनाएको छ। पुरा पढौ

चितवनमा रु ३० करोडभन्दा बढी खसीको व्यापार

चितवन, १ कात्तिक। बडादसैँमा जिल्लामा रु ३० करोडभन्दा बढीको खसी बोकाको व्यापार हुने व्यवसायीले जनाएका छन् । यो पर्वमा खसी, बोका, राँगा, बङ्गुर र कुखुराको बलि दिने गरिन्छ । दसैँको सुरुआतसँगै जिल्लामा खसी, बोकाको मासुको व्यापार वढेको छ । मासु व्यवसायी सङ्घ चितवनका अध्यक्ष गणेशप्रसाद कँडेलका अनुसार यो वर्षको दसैँमा मात्र व्यावसायिक रुपमा १५ हजार बढी खसी काटिने छ । अध्यक्ष कँडेलका अनुसार दसैँमा मात्रै रु ३० करोडको कारोबार हुने अनुमान गरिएको छ । जिल्लामा रहेका एक हजार बढी मासु… पुरा पढौ

चाडपर्वमा अनलाइन ठगीको जोखिम : राष्ट्र बैंकद्वारा विशेष सतर्कता अपनाउन आह्वान

काठमाडौं, ३१ असाेज। नेपाल राष्ट्र बैंकअन्तर्गतको वित्तीय जानकारी इकाई (FIU-Nepal) ले दसैं, तिहार, नेपाल संवत् तथा छठ जस्ता चाडपर्वको अवसरमा अनलाइन ठगी (Online Scams/Fraud) का घटनाहरू बढ्न सक्ने भन्दै आम नागरिक तथा वित्तीय सेवा प्रदायकहरूका लागि विशेष सतर्कताको सूचना (Advisory) जारी गरेको छ। चाडपर्वका बेला अनलाइन सपिङ, डिजिटल बैंकिङ र भुक्तानीको प्रयोग व्यापक हुने भएकाले आपराधिक समूहले यसैको फाइदा उठाउन सक्ने इकाईले जनाएको छ। चाडपर्वमा देखिन सक्ने प्रमुख अनलाइन ठगीका प्रकारहरू: नक्कली चाडपर्व अफर र चिट्ठा: सामाजिक सञ्जालमार्फत "दसैं धमाका"… पुरा पढौ

लमजुङका बस्ती राष्ट्रिय प्रसारण लाइनको प्रतीक्षा

लमजुङ, ३१ असोज। जिल्लाका पसगाउँ, सिङ्दीलगायतका बस्ती तथा राइनास नगरपालिकाको एउटा गाउँमा राष्ट्रिय प्रसारण लाइनको व्यवस्था नहुँदा ती स्थानका सर्वसाधारण लघुजलविद्युत्मा निर्भर भएका छन् । लघुजलविद्युत् आयोजनाको उत्पादन घटेका बेला बिजुली आपूर्ति पनि कम हुने गरेको छ । नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्रका प्रमुख सोवितबहादुर क्षेत्रीका अनुसार राइनास नगरपालिकाको एउटा गाउँका करिब २० घर तथा क्व्होलासोथार गाउँपालिकाका पसगाउँ, सिङ्दीलगायतका बस्तीमा राष्ट्रिय प्रसारण लाइन विस्तार हुन बाँकी छ । हालसम्म जिल्लामा ४४ हजार घरमा विद्युत् सेवा पुगेको छ । सिङ्दी गाउँमा… पुरा पढौ

आरविवि मर्चेन्ट बैंकिङद्वारा २० प्रतिशत लाभांश घाेषणा

काठमाडौं, ३१ असाेज। राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको शतप्रतिशत लगानीमा स्थापित आरविवि मर्चेन्ट बैंकिङ लिमिटेडले सेयरधनीहरूलाई २० प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ। कम्पनीको एघारौँ वार्षिक साधारण सभाले आर्थिक वर्ष २०८२/८३ को वितरणयोग्य मुनाफाबाट चुक्ता पुँजीको २० प्रतिशत अर्थात् करसहित ४ करोड रुपैयाँ नगद लाभांश पारित गरेको हो। राष्ट्रिय वाणिज्य बैंकको केन्द्रीय कार्यालय सिंहदरबारस्थित सभाहलमा सम्पन्न उक्त साधारण सभामा कम्पनीका अध्यक्ष विनय रमण पौडेलले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। प्रतिवेदनमाथि विस्तृत छलफलपश्चात् सभाले लाभांश वितरण सम्बन्धी… पुरा पढौ

‘शुभ लक्ष्मी कोष’को आकार ३ अर्ब पुर्‍याउन सेबोनको स्वीकृति

काठमाडौं, ३१ असाेज। लक्ष्मी सनराइज क्यापिटल लिमिटेड योजना व्यवस्थापक तथा डिपोजिटरी रही सञ्चालनमा आइरहेको खुलामुखी (Open-ended) म्युचुअल फण्ड योजना ‘शुभ लक्ष्मी कोष’को अधिकृत आकार वृद्धि भएको छ। नेपाल धितोपत्र बोर्ड (सेबोन) ले असोज १९ गते कोषको आकार साविकको १ अर्ब रूपैयाँबाट बढाएर ३ अर्ब रूपैयाँ कायम गर्न स्वीकृति प्रदान गरेको हो। यसअघि मिति २०८२/०७/२५ मा शुभ लक्ष्मी कोषको आकार ५० करोड रूपैयाँ रहेकोमा नेपाल धितोपत्र बोर्डबाट १ अर्ब रूपैयाँका लागि स्वीकृति प्राप्त भएको थियो। कम्पनीले एक वर्षको छोटो अवधिमै बढेको… पुरा पढौ