आर्थिक 📈

सबल र विश्वासिलो बन्दै सानिमा बैंक

काठमाडौं, २२ मङ्सिर । सानिमा बैंकले आफ्नो स्थापनाको २१औं वर्ष पूरा गरेको छ । बैंकले २०८२ साल मंसिर २१ गते आफ्नो स्थापनाको २१औं वर्ष पूरा गरेको हाे । बैंकले दुई दशकभन्दा बढी समयदेखि आफ्ना ग्राहकहरूलाई निरन्तर सेवा र प्रतिबद्धताका साथ सबल अनि विश्वासिलो बैंक बन्न सकेको उपलक्ष्यमा २१औं वार्षिकोत्सव पनि मनाएको छ । यसै अवसरमा बैंकले आफ्ना ग्राहक तथा सम्पूर्ण सरोकारवालाहरुलाई बैंकिङ्ग यात्रा भर निरन्तर सहयोग प्रदान गरेकोमा हार्दिक कृतज्ञता व्यक्त गरेको छ । बैंकको प्राङ्गणमा आयोजित एक समाराेहमा सानिमा… पुरा पढौ

वैदेशिक रोजगारीमा रहेका नेपालीलाई रिलायन्सको शेयर खुला

काठमाडौं, २२ मङ्सिर । वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकका लागि रिलायन्स स्पिनिङ मिल्स लिमिटेडले आजदेखि साधारण शेयर बिक्री गर्ने भएको छ । कम्पनीले एक लाख १५ हजार ५९६ कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीलाई बिक्री गर्न लागेको हो । विदेशमा रहेका नेपालीले न्यूनतम् ५० कित्ता र अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । उक्त परिमाणको साधारण शेयरमा छिटोमा यही मङ्सिर २५ गतेसमम्म बढीमा आगामी पुस ७ गतेसम्म आवेदन दिन सक्ने व्यवस्था गरिएको छ । साधारण शेयरमा लगानी गर्न चाहनेले… पुरा पढौ

नेप्से २१.४८ अंकले घट्याे, ५ अर्ब ३३ करोडकाे काराेबार

काठमाडौं, २१ मङ्सिर । साताको शेयर काराेबार हुने पहिलो दिन आइतबार आज नेपाली शेयर बजारले गिरावटलाई निरन्तरता दिएकाे छ । गएकाे साताकाे पहिलाे दिनदेखि नेप्सेमा लगातार गिरावट भइरहने क्रम राेकिएकाे छैन । आज नेप्से परिसूचक २१.४८ अंकले घटेर २६०९.६९ विन्दुमा झरेको छ। सेन्सेटिभ इण्डेक्स २.७० अंकले घटेको छ । फ्लोट इण्डेक्स १.५७ अंकले तथा सेन्सेटिभ फ्लोट इण्डेक्स १.१४ अंकले घटेको छ। कारोबार रकममा केहि बृद्धि भएकाे छ। गत बुधबार ५ अर्ब २३ करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको थियाे । यसदिन… पुरा पढौ

अपर म्याग्दी जलविद्युत् आयोजनाको क्षमता बढ्यो

म्याग्दी, २१ मङ्सिर। धवलागिरि गाउँपालिकामा निर्माणाधीन अपर म्याग्दी जलविद्युत् आयोजनाको क्षमता बढेको छ । यसअघि ३७ मेगावाट रहेको आयोजनाको क्षमता बढाएर ४६ दशमलव २५ मेगावाट बनाइएको प्रवद्र्धक कम्पनी हाइड्रो इम्पायर प्रालिले जनाएको छ । आयोजना प्रमुख रमेश सुवेदीले पानीको स्रोत पर्याप्त भएकाले नौ दशमलव २५ मेगावाट क्षमता बढाइएको जानकारी दिए। “सुरुङको आकार, हेड (विद्युत्गृह र बाँधको उचाइ), टर्वाइनको क्षमता बढाउने र लगानी थप गरेपछि आयोजनाको क्षमता बढाउन विद्युत् विकास विभागबाट सैद्धान्तिक सहमति प्राप्त भइसकेको छ”, उनले भने, “थप जग्गा अधिग्रहण… पुरा पढौ

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौं, २१ मङ्सिर। शुक्रबारको तुलनामा आज सुनचाँदीको मूल्यमा केही कमी आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य रु दुई लाख ५२ हजार २०० कायम भएको छ भने चाँदीको मोल रु तीन हजार ६०५ निर्धारण भएको छ । शुक्रबार सुनको मूल्य प्रतितोला रु दुई लाख ५२ हजार ४०० निर्धारण भएको थियो भने एक तोला चाँदी रु तीन हजार ५५५ मा कारोबार भएको थियो । अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन चार हजार… पुरा पढौ

सोलु हाइड्रोको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं, २१ मङ्सिर। सोलु हाइड्रोपावरले मंसिर ७ गतेदेखि आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन गरेकाे आईपीओमा आवेदन दिने आज अन्तिम दिन बाँकी रहेको छ। कम्पनीले २ अर्ब रुपैयाँ बराबरको २ करोड कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएकोमा १ अर्ब रुपैयाँ बराबरको १ करोड कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन गरिएकाे छ । सोलु दूधकुण्ड नगरपालिकाको वडा नं. ७, ११ र थुलुङ दूधकोशी गाउँपालिकाको वडा नं. १ को स्थानिय बासिन्दाहरुका लागि ४० प्रतिशत अर्थात ४० लाख… पुरा पढौ

आशा लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं, २१ मंसिर । आशा लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन बाँकि रहेकाे छ। संस्थाले साधारण सभा ताथा लाभांश वितरणकाे प्रयोजनका लागि साेमबार बुकक्लोज गर्ने बताएकाे छ। शेयरधनीहरुले लाभांश पाउन र साधारण सभामा भाग लिनका लागि आजसम्म नेप्सेमा शेयर कारोबार गरेर कायम भएकाे हुनुपर्नेछ । यसरी कायम भएका शेयरधनीहरु लाभांश पाउन र सभामा सहभागि हुनका लागि याेग्य हुनेछन्। संस्थाको साधारण सभा पुस ४ गते होटल अरनिको प्रा.लि. काभ्रेपलाञ्चोकमा डाकिएकाे छ। साधारण सभा दिउँसो २ बजे बाेलाइएकाे छ।… पुरा पढौ

सागसब्जीमा समृद्धि पहिल्याउँदै कञ्चनपुरका दुई किसान

कञ्चनपुर, २१ मङ्सिर । कृष्णपुर नगरपालिका–६ बालुवाफाँटाका जनक चौधरी विदेशमा चाहेजस्तो आम्दानी गर्न नसकेपछि गाउँमै व्यावसायिक सागसब्जीखेतीमा संलग्न छन्। “साउदीबाट रित्तो हात फर्किएको पीडाले गाउँमै उद्यम गर्ने सोच पलायो”, उनले भने, “जग्गा भए पनि खेती गर्ने ज्ञान थिएन, गाउँका अगुवा किसानसँग प्रविधि, विषादी प्रयोगदेखि मल व्यवस्थापनसम्मका खेतीका अत्यावश्यक तरिका सिकेँ ।” परम्परागत रूपमा खेती गर्दा मुस्किलले परिवारको भरणपोषण गर्न पुग्ने जग्गामा उनले सागसब्जीखेती गरेर वर्षमा रु १२ लाख आम्दानी गर्दै आएको बताए। उनी बालुवाफाँटाका सफल व्यावसायिक किसानका रूपमा परिचित छन्।… पुरा पढौ

यस्तो छ आज ताेकिएकाे छ विदेशी मुद्राको भाउ

काठमाडौं, २१ मङ्सिर। नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १४३ रुपैयाँ ६८ पैसा र बिक्रीदर १४४ रुपैयाँ २८ पैसा निर्धारण गरिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १६७ रुपैयाँ ३४ पैसा र बिक्रीदर १६८ रुपैयाँ ०४ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९१ रुपैयाँ ५५ पैसा र बिक्रीदर १९२ रुपैयाँ ३५ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७८ रुपैयाँ ८३ पैसा र बिक्रीदर १७९ रुपैयाँ ५८ पैसा… पुरा पढौ

यसकारण बाँकेमा तेलहन बाली उत्पादन घट्दो क्रममा

राँझा (बाँके), २१ मङ्सिर। बाँकेका किसानले तेलहन बालीको खेती कम गर्दै गएपछि बर्सेनि उत्पादन घट्दो क्रममा छ । तेलहन बालीअन्तर्गत जसोतसो तोरीखेती गरे पनि अन्य खेतीको क्षेत्रफल घट्दै जाँदा त्यसको प्रत्यक्ष असर उत्पादनमा पर्दै गएको कृषि ज्ञान केन्द्रका सूचना अधिकारी सन्तोष पाठकले बताए। उहाँका अनुसार गत आर्थिक वर्ष २०८१÷८२ मा बाँकेमा छ हजार ५३० हेक्टर क्षेत्रफलमा गरिएको तोरीखेतीबाट पाँच हजार ६४८ मेट्रिक टन उत्पादन भएको थियो । यो उत्पादन अघिल्लो आवको तुलनमा १४ दशमलव ४१ प्रतिशत कमी हो । बाँकेमा… पुरा पढौ