आर्थिक 📈

राधी विद्युतकाे बिक्री आम्दानी ४.४६ प्रतिशतले बढ्याे

काठमाडौं, २५ कात्तिक । राधी विद्युत कम्पनीकाे प्रतिशेयर आम्दानी बढेकाे छ । कम्पनीकाे चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण अनुसार प्रतिशेयर आम्दानी बढेर ६० रुपैयाँ ५८ पैसा पुगेको छ। गत आर्थिक वर्षको सोही अवधिकोभन्दा प्रतिशेयर आम्दानी ५३ रुपैयाँ ६२ पैसा बढेको छ। कम्पनीको नाफामा बृद्धि भएपछि प्रतिशेयर आम्दानी बढ्नमा सघाउ पुगेकाे हाे । कम्पनीको खुद नाफा ८११.६३ प्रतिशतले बढेको छ। खुद नाफा, चालु आर्थिक वर्षको सोही अवधिसम्ममा बढेर २७ करोड ८५ लाख रुपैयाँ पुगेको छ। गत आर्थिक वर्षको पहिलो… पुरा पढौ

क्यासिनोले अनुमति लिएर मात्रै विदेशी मुद्राको कारोबार गर्नुपर्ने

काठमाडौं, २५ कात्तिक । नेपाल राष्ट्र बैंकले क्यासिनोसहित यस्ता प्रकृतिका संस्थाले अनुमति (इजाजत) लिएर मात्रै विदेशी मुद्राको कारोबार गर्नुपर्ने व्यवस्था गरेको छ । केन्द्रीय बैंकले एक सूचनामार्फत विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ को दफा तीन अनुसार इजाजत लिएर मात्रै विदेशी विनिमयको कारोबार गनुपर्ने प्रावधान अनुसार नयाँ प्रबन्ध गरिएको जनाएको छ । विदेशी विनिमयका सम्बन्धमा विभिन्न विनियमावलीसमेत जारी भएको स्मरण गराउँदै केन्द्रीय बैंकले क्यासिनोलाई विदेशी विनिमयको कारोबार गर्न इजाजत प्रदान गर्ने स्म्बन्धमा नयाँ व्यवस्था गरिएको जनाएको हो । क्यासिनोलगायतका संस्थाले… पुरा पढौ

केन्द्रीय बैंकले उपदान कोषको ३ अर्ब ७० करोड लगानी गर्ने

काठमाडौं, २५ कात्तिक। नेपाल राष्ट्र बैंकले उपदान कोषमा रहेको रु तीन अर्ब ७० करोड बराबरको रकम विभिन्न बैंक तथा वित्तीय संस्थामा लगानी गर्ने भएको छ । केन्द्रीय बैंकले एक सूचनामार्फत एक वर्षका लागि उपदान तथा पेन्सन कोषमा रहेको रकम लगानी गर्ने जनाएको हो । सूचना अनुसार ‘क’ वर्गका वाणिज्य बैंकमा रु दुई अर्ब ९६ करोड, ‘ख’ वर्गका राष्ट्रियस्तरका विकास बैंकमा रु ५५ करोड ५० लाख, राष्ट्रियस्तरका वित्त कम्पनीमा रु १८ करोड ५० लाख बराबरको रकम लगानी गर्न लागिएको उल्लेख छ… पुरा पढौ

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौं, २५ कात्तिक। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ६२ पैसा र बिक्रीदर १४२ रुपैयाँ २२ पैसा निर्धारण गरिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १६३ रुपैयाँ ६९ पैसा र बिक्रीदर १६४ रुपैयाँ ३८ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८६ रुपैयाँ ४२ पैसा र बिक्रीदर १८७ रुपैयाँ २१ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७५ रुपैयाँ ६९ पैसा र बिक्रीदर १७६ रुपैयाँ ४३ पैसा… पुरा पढौ

‘जेनजी’ आन्दोलनमा गण्डकीमा पाँच अर्बको क्षति

गण्डकी, २४ कात्तिक। गत भदौ २३ र २४ गते भएको ‘जेनजी’ आन्दोलनका क्रममा गण्डकी प्रदेशमा झण्डै रु पाँच अर्ब बराबरको भौतिक क्षति भएको छ । आज बसेको प्रदेशसभा बैठकलाई सम्बोधन गर्ने क्रममा मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सरकारी भवन र सवारीसाधन गरी करिब रु दुई अर्ब र निजी क्षेत्रतर्फ रु तीन अर्ब क्षति पुगेको जानकारी दिए। कास्की, तनहुँ, नवलपुर, पर्वत, बागलुङ, म्याग्दी, स्याङ्जा गरी सात जिल्लाका १३८ वटा सरकारी कार्यालय र ६१ वटा निजी संरचनामा क्षति पुगेको उनले बताए। प्रदेशभित्र ३६१ वटा… पुरा पढौ

नेप्सेमा ४.१५ अंककाे गिरावट, साढे ४ अर्बकाे काराेबार

काठमाडौं, २४ कात्तिक । साताको शेयर काराेबार हुने दोस्रो दिन पनि साेमबार नेपाली शेयर बजारमा गिरावट भएकाे छ । गएका दुई दिनमा पनि नेप्सेमा गिरावट भएकाे थियाे । यसदिन साेहि क्रमले निरन्तरता लिएकाे छ । नेप्से परिसूचक ४.१५ अंकले घटेर २५६०.२९ विन्दुमा झरेको छ। सेन्सेटिभ इण्डेक्स १.०५ अंकले घटेको छ । फ्लोट इण्डेक्स ०.५० अंकले तथा सेन्सेटिभ फ्लोट इण्डेक्स ०.३४ अंकले घटेको छ। नेप्से परिसूचकसँगै कारोबार रकममा पनि कमि भएकाे छ। आइतबार ४ अर्ब ९० करोड रुपैयाँ बराबरको शेयर काराेबार… पुरा पढौ

साेमबार सुनचाँदीको भाउ बढ्याे, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं २४ कात्तिक । साताकाे सुनचाँदीकाे काराेबार हुने दाेश्राे दिन साेमबार नेपाली बजारमा सुनचाँदीकाे भाउ बढेकाे छ । सुन प्रतितोला दुई हजार ९०० रुपैयाँले र चाँदी तोलामा ५० रुपैयाँले बढेको हाे । नेपाल सुनचाँदी व्यवसायी महासंघले बताए अनुसार यसदिन छापावाल सुन प्रतितोला २ लाख ४१ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबारको बजारमा छापावाल सुन प्रतितोला २ लाख ३८ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो । सुनको मूल्य निरन्तर चौथो दिन बढेको हो । त्यस्तै, चाँदी तोलामा ५० रुपैयाँ… पुरा पढौ

विन्ध्यबासिनी हाइड्रोको विद्युत बिक्री आम्दानी बढ्यो

काठमाडौं, २४ कात्तिक । विन्ध्यबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीकाे विद्युत बिक्री आम्दानी गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको छ। चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण अनुसार कम्पनीको विद्युत बिक्री आम्दानी बढेको देखिएकाे छ। चालु आर्थिक वर्षको असोजसम्म कम्पनीले विद्युत बिक्रीबाट १६ करोड ६४ लाख रुपैयाँ कमाएकाे छ। जाे गत आर्थिक वर्षको सोही अवधिकोभन्दा १०.४९ प्रतिशतले बढी हो। गत आर्थिक वर्षमा कम्पनीले १५ करोड ६ लाख रुपैयाँ कमाएकाे थियो। विद्युत बिक्री आम्दानीसँगै खुद नाफा पनि बढेको छ। कम्पनीको खुद नाफा… पुरा पढौ

रु १२ करोडमा बन्याे भक्तपुरमा केन्द्रीय गोदामघर तयार

काठमाडौं, २४ कात्तिक । नेपाल रेडक्रस सोसाइटीले चिनियाँ रेडक्रस सोसाइटीको आर्थिक सहयोगमा भक्तपुरमा केन्द्रीय गोदामघर निर्माण गरेको छ । करिव रु १२ करोडका लागतमा बनेको सो गोदामघरमा विपद्का समयमा अत्यावश्यक गैरखाद्य समग्री सहित बालबालिका र महिलाका लागि ‘डिग्निटी किट’ राखिने छ । नेपाल रेडक्रसका निमित्त कार्यकारी निर्देशक धर्मदत्त विडारी र चिनियाँ रेडक्रस सोसाइटीका उपाध्यक्ष बिआन सियाओले संयुक्त रुपमा आइतबार सो गोदामघरको शुभारम्भ गर्नुभयो । भूकम्प र अन्य प्राकृतिक विपदको उच्च जोखिम रहेको नेपाल जस्तो भौगोलिक विविधता भएको देशमा विपद् व्यवस्थापनका… पुरा पढौ

आरएसडिसी लघुवित्तको लाभांश सुरक्षित गर्ने अन्तिम दिन

काठमाडौं, २४ कात्तिक । आरएसडिसी लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन बाँकी रहेको छ। साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ लघुवित्तले भोली कात्तिक २५ गते बुकक्लोज गर्ने बताएकाे छ । शेयरधनीहरुले आजसम्म नेप्सेमा कारोबार भइ कायम भएकाे हुनुपर्नेछ । यसरी कायम भएका शेयरधनीहरुले लघुवित्तको साधारण सभामा भाग लिन र लाभांश पाउनेछन्। लघुवित्तले बाह्रौँ वार्षिक साधारण सभा मंसिर १२ गते वेष्टर्न एशियन होटल प्रा.लि., बुटवलमा बिहान साढे ९ बजे शुरु बाेलाएकाे छ। सभाबाट ८ प्रतिशत नगद लाभांश वितरणकाे… पुरा पढौ