आर्थिक 📈

पूर्वसैनिक घलेको लोभलाग्दो ‘ड्रागन फ्रुट’ खेती

धरान (सुनसरी), २० कात्तिक। करिब २८ वर्ष भारतीय सेनामा सेवा गरी अवकाश प्राप्त कृपाश्वर घले गुरुङले यहाँको रामधुनी नगरपालिका–७ रानीपोखरीमा व्यावसायिक रूपमा ‘ड्रागन फ्रुट’ खेती गर्दै आउनुभएको छ । उहाँले विसं २०७४ मा स्थापना गर्नुभएको ‘तर्जुमा ड्रागन फ्रुट कृषि फार्म’बाट हाल वार्षिक रु ५५ देखि ६० लाखसम्म आम्दानी गर्दै आएको बताउनुभयो । घलेले एक बिघा क्षेत्रफलमा खेती गरिरहनुभएको छ । गुरुङका अनुसार करिब २२ वर्षअघि मलेसियाबाट ल्याइएको रातो पिङ प्रजातिको एक बिरुवाबाट खेती सुरु गरिएको थियो । सुरुमा फलको बजार… पुरा पढौ

टेलिकम कम्पनीको घट्दो आम्दानीमा चर्को करको मार

काठमाडौं, २० कात्तिक। पछिल्ला सात वर्षमा टेलिकम सेवाप्रदायक कम्पनीको आम्दानी करिब २८ प्रतिशतले घटेको छ । नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार दुई टेलिकम सेवाप्रदायकको आम्दानी आर्थिक वर्ष २०७४÷७५ मा रु ९८ अर्ब ७१ करोड आम्दानी गरेकामा गत आवमा यो रु ७१ अर्ब २१ करोडमा सीमित भएको छ । यो निरन्तर ओरालो लागिरहेको छ । टेलिकमको घट्दो आम्दानीको असर नाफामा देखिएको छभने नाफा खुम्चिँदा कम्पनीहरूले गर्ने लगानीमा पनि त्यसको असर परेको छ । टेलिकम क्षेत्रका जानकारहरू पछिल्ला वर्षमा आम्दानीको स्रोत बढाउन नसक्दा… पुरा पढौ

जेनजी आन्दोलनपछि लगानीकर्ताको मनोबल कमजोर भएको छः गभर्नर पौडेल

काठमाडौं, १९ कात्तिक। नेपाल राष्ट्र बैंकका गभर्नर डा विश्वनाथ पौडेलले गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनपछि लगानीकर्ताको मनोबल कमजोर भएको बताएका छन्। नागरिक पहलद्वारा आज आयोजित ‘राष्ट्रहित सर्वोपरि कन्क्लेभ’मा उनले पछिल्लो समय लगानी बढाउन नसकेको अवस्थामा भएको जेनजी आन्दोलनपछि लगानीकर्ताको मनोबल थप कमजोर भएको बताए। उनले भने, “विगत एक दुई वर्षदेखि नै पैसा भए पनि लगानी विस्तार नभएको अवस्था थियो, हामीले ठूलो लगानी ल्याउन सकेका थिएनौँ, यस्तो अवस्थामा जेनजी आन्दोलन भएपछि यसले थप समस्यामा पारेको छ ।”… पुरा पढौ

नेप्सेमा दोहोरो अङ्कको बृद्धि, साढे ४ अर्बकाे काराेबार

काठमाडौं, १९ कात्तिक। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको सुधार देखिएको छ । आज नेप्से परिसूचक १२ दशमलव १७ अङ्कले बढेर दुई हजार ६०७ दशमलव ४२ को बिन्दुमा कायम भएको हो । आज ३१२ कम्पनीको ९२ लाख १८ हजार ८१० कित्ता शेयर ४२ हजार ८७९ पटक खरिदबिक्री हुँदा रू चार अर्ब ६८ करोड १९ लाख २२ हजार ८१४ दशमलव ९६ को कारोबार भएको छ । आजको कारोबारमा होटल तथा पर्यटन र म्युचुअल फण्ड समूहबाहेक अरु सबै समूहको उपसूचक बढेको… पुरा पढौ

गुराँस लघुवित्तको नाफा र प्रतिशेयर आम्दानी बढ्यो

काठमाडौं, १९ कात्तिक । गुराँस लघुवित्त वित्तीय संस्थाकाे बढेकाे छ । संस्थाकाे सार्वजनिक भएकाे चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण अनुसार लघुवित्तको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिकोभन्दा बढेको हाे । चालु आर्थिक वर्षको पहिलो ३ महिनामा लघुवित्तले १ करोड ४४ लाख रुपैयाँ खुद नाफा कमाएकाे छ। जाे नाफा गत आर्थिक वर्षको सोही अवधिकोभन्दा ४२.५७ प्रतिशतले धेरै हो। गत आर्थिक वर्ष साेहि अवधिकाे नाफँ १ करोड १ लाख रुपैयाँ थियो। खुद ब्याज आम्दानी ३६.७३ प्रतिशतले बढेको छ ।… पुरा पढौ

विद्युत् महसुल विवाद अब समाधानको दिशामा

काठमाडौं, १९ कात्तिक। डेडिकेटेड र ट्रङ्कलाइनको महसुलसम्बन्धी विवाद क्रमशः समाधानको दिशामा पुगेको छ । उद्योगी तथा व्यवसायीले प्राधिकरणले तय गरेको २८ वटा किस्तामध्ये पहिलो किस्ता शर्तसहित तिर्न तयार भएपछि विवाद समाधान हुनेतर्फ अघि बढेको हो । उद्योगी तथा व्यवसायीले पहिलो किस्ता बुझाएको १५ मिनेटभित्रै काटिएका लाइन जोडन नेपाल विद्युत् प्राधिकरण समेत तयार भएको छ । सोमबारमात्रै चार वटा उद्योगले पहिलो किस्ता जम्मा पारेको १५ मिनेटमा नै प्राधिकरणले बिच्छेद गरिएको लाइन जोडिदिएको थियो । यसबाट पनि क्रमशः सकारात्मक वातावरण बनेको अनुमान… पुरा पढौ

महायज्ञ सुरु नहुँदै मानव सेवा आश्रमका लागि जुट्यो एक करोड

ढोरपाटन (बागलुङ), १९ कात्तिक। मानव सेवा आश्रम बागलुङको भवन निर्माणका लागि सहयोग जुटाउन महायज्ञ सुरु गर्न अघि नै रु एक करोड सङ्कलन भएको छ । यही कात्तिक २१ गतेदेखि २८ गतेसम्म निरयघाटमा महायज्ञ आयोजना गर्न लागिए पनि त्यसभन्दा अघि नै उक्त रकम जम्मा भइसकेको मानव सेवा आश्रमका अध्यक्ष रामजीप्रसाद अधिकारीले जानकारी दिनुभयो । आश्रमका लागि विभिन्न व्यक्ति र धौलागिरिका पालिकाहरुबाट रकम प्राप्त भएको उहाँको भनाइ छ । महायज्ञबाट रु १० करोड सङ्कलन गर्ने लक्ष्य लिइएको छ । त्यसबाट तीन वर्षअघि… पुरा पढौ

यस्तो छ आजका लागि विदेशी मुद्राको भाउ

काठमाडौं, १९ कात्तिक । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ५६ पैसा र बिक्रीदर १४२ रुपैयाँ १६ पैसा निर्धारण गरिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १६२ रुपैयाँ ८६ पैसा र बिक्रीदर १६३ रुपैयाँ ५५ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८५ रुपैयाँ ०६ पैसा र बिक्रीदर १८५ रुपैयाँ ८५ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७५ रुपैयाँ ०९ पैसा र बिक्रीदर १७५ रुपैयाँ ८३… पुरा पढौ

नेप्सेमा २७ अङ्कको गिरावट, ५ अर्ब १५ करोडकाे काराेबार

काठमाडौं, १८ कात्तिक। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २७ दशमलव ६४ अङ्कले घटेर दुई हजार ५९५ दशमलव २४ को विन्दुमा कायम भएको छ । आज नेप्से परिसूचक एक दशमलव ०५ प्रतिशतले घटेको हो । आज ३२२ कम्पनीको एक करोड तीन लाख ४३ हजार ८९८ कित्ता शेयर ४६ हजार ८७५ पटक खरिदबिक्री हुँदा रु पाँच अर्ब १५ करोड सात लाख ६८ हजार ९३८ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ । आजको कारोबारमा सबै समूहको उपसूचक घटेको छ । बैङ्किङ शून्य दशमलव… पुरा पढौ

इलाका प्रहरी कार्यालय पकलीलाई एनएमबि लघुवित्तको सहयोग

पोखरा , १८ कार्तिक। पोखरामा केन्द्रीय कार्यालय रहेको एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडले अन्दोलनका क्रममा क्षति पुगेको इलाका प्रहरी कार्यालय पकली सुनसरीलाई २ थान थ्री सिटर चियर सहयोग गरेको छ । बित्तिय संस्थाले सस्थागत सामाजिक उतरदायित्व अन्तरगत प्रादेशिक कार्यालय इटहरीको संयोजनमा सोमवार उक्त सामग्री हस्तान्तरण गरेको हो । जनताको सेवामा खटिने प्रहरी कार्यालयमा दैनिक सेवाग्राहीको भिड हुने र सेवाग्राही बस्न सहज होस् भनि संस्थाको तर्फबाट २ थान थ्री सिटर चियर सहयोग गरिएको एनएमबि लघुवित्त वित्तीय संस्थाले जनाएको छ। बित्तीय संस्थाले… पुरा पढौ