आर्थिक 📈

आजका लागि तोकियो विदेशी मुद्राको भाउ

काठमाडौं, २१ कात्तिक। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ४९ पैसा र बिक्रीदर १४२ रुपैयाँ ०९ पैसा निर्धारण गरिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १६२ रुपैयाँ ९३ पैसा र बिक्रीदर १६३ रुपैयाँ ६२ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८५ रुपैयाँ १७ पैसा र बिक्रीदर १८५ रुपैयाँ ९५ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७४ रुपैयाँ ९१ पैसा र बिक्रीदर १७५ रुपैयाँ ६५ पैसा… पुरा पढौ

कर्णालीको स्याउ ‘ब्राण्डिङ’ गर्दै प्रेमलाल

राँझा (बाँके), २१ कात्तिक । नेपालगञ्जका फलफूल व्यवसायी प्रेमलाल साहु तेली कर्णालीको स्याउलाई पश्चिम नेपालको बजारमा स्थापित गर्न चार दशकदेखि अनवरत रूपमा लागिपर्नुभएको छ । कर्णाली राजमार्ग सञ्चालनमा आउनुअघि कर्णालीको स्याउ तराईका सहरहरूमा पुर्याउनु ठूलो चुनौती थियो । प्रेमलाल साहु तेलीसँग वर्षौँअघि हवाईजहाजबाट नेपालगञ्जसम्म स्याउ ढुवानी गरेर बिक्री गरेको अनुभव छ । कमजोर ढुवानी व्यवस्थापनका कारण स्याउको गुणस्तर कायम राख्न मुस्किल थियो, तर पनि उहाँले कर्णालीको उत्पादनलाई बजारसम्म पुर्याउने आफ्नो प्रयास जारी राख्नुभयो । “पहिला बाटो नहुँदा हवाईजहाजबाट नेपालगञ्ज ल्याएर… पुरा पढौ

वाणिज्य बैंकको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा कुमारी क्यापिटल नियुक्त

काठमाडौं, २० कात्तिक। राष्ट्रिय वाणिज्य बैंकले ‘६ प्रतिशत राष्ट्रिय वाणिज्य बैंक लिमिटेड ऋणपत्र-२०८९’ को निष्काशन तथा बिक्री प्रबन्धकमा कुमारी क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । बैंकले १ हजारका दरले ३० लाख कित्ता बरारबर हुन आउने रकम ३ अर्ब बराबरको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकको जिम्मा कुमारी क्यापिटललाई दिएको हो । आज राष्ट्रिय वाणिज्य बैंकको केन्द्रीय कार्यालयमा सो सम्बन्धमा सम्झौता भएको छ । उक्त सम्झौतामा वाणिज्य बैंक लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनाल र कुमारी क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत… पुरा पढौ

नेप्से ११.२९ अंकले घट्याे, ५ अर्ब ४१ कराेडकाे काराेबार

काठमाडौं, २० कात्तिक। साताको शेयर काराेबार हुने अन्तिम दिन बिहिबार नेपाली शेयर बजारमा गिरावट भएकाे छ । नेप्से परिसूचक २६ सय विन्दुबाट तल झरेको छ। बुधबार बढेर उक्त विन्दुभन्दा माथि गएकाेमा बिहिबार तल झरेर बन्द भएको हाे। नेप्से परिसूचक ११.२९ अंकले घटेर २५९६.१२ विन्दुमा झरेको छ। सेन्सेटिभ इण्डेक्स २.०८ अंकले घटेको छ । फ्लोट इण्डेक्स ०.८१ अंकले ३टेकाे छ भने सेन्सेटिभ फ्लोट इण्डेक्स ०.७६ अंकले घटेको छ। तर यसदिन नेप्सेमा गिरावट भएपनि कारोबार रकममा बृद्धि भएकाे छ। बुधबार ४ अर्ब… पुरा पढौ

कालिका लघुवित्तको नाफामा उल्लेख्य बृद्धि

पाेखरा, २० कात्तिक। पाेखरामा केन्द्रीय कार्यालय रहेकाे कालिका लघुवित्त बित्तिय संस्थाकाे मुनाफा १९.६३ प्रतिशतले बढेकाे छ। लघुवित्तले प्रकाशित गरेकाे चालु आर्थिक वर्ष २०८२ - २०८३ को पहिलो त्रैमासको अपरिस्कृत वित्तीय विवरण अनुसार यस अवधिमा नाफामा १९.६३ प्रतिशतले बृद्दि भएर २ करोड ३ लाख खुद नाफा कमाउन सफल भएकाे हाे। अघिल्लो आर्थिक वर्षको पहिलो त्रैमासमा कम्पनीले १ करोड ७० लाख मात्र खुद नाफा कमाएको थियो। समीक्षा अवधिमा कम्पनीको खुद ब्याज आम्दानी ३१.२३ प्रतिशतले बढेर १० करोड ८७ लाख पुगेको छ। संस्थाकाे… पुरा पढौ

आज सुनचाँदीको भाउमा सामान्य वृद्धि

काठमाडौं, २० कात्तिक। स्थानीय बजारमा बुधबारको तुलनामा आज सुनचाँदीको मूल्यमा केही वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मोल रु दुई लाख ३७ हजार ८०० र त्यति नै परिमाणको चाँदीको मूल्य रु तीन हजार १० निर्धारण भएको छ । बुधबार एक तोला सुन रु दुई लाख ३७ हजार २०० र चाँदी रु दुई हजार ९९० मा खरिदबिक्री भएको थियो । बजार विश्लेषकहरूले सुनचाँदीको मूल्यमा दैनिक उतारचढाव भइरहेका कारण लगानीकर्ताले सतर्क हुनुपर्नेमा जोड दिएका छन्… पुरा पढौ

बेमौसमी वर्षाः गुल्मीमा पाँच करोडको धानबाली नष्ट

तम्घास, २० कात्तिक। हालैको बेमौसमी वर्षाले गुल्मीमा रु पाँच करोडको धानबाली नष्ट भएको छ । जिल्लामा यस वर्ष सात हजार ९८८ हेक्टर क्षेत्रफलमा धानखेती गरिएकोमा २२ हजार हजार ९०९ मेट्रिक टन उत्पादन हुने प्रक्षेपण गरिएको थियो । कृषि ज्ञान केन्द्रका सूचना अधिकारी टीकाराम न्यौपानेका अनुसार वर्षाले एक हजार २६० मेट्रिक टन धान नष्ट भएको छ । त्यसलाई सरकारले निर्धारण गरेको समर्थन मूल्यमा हिसाब गर्दा रु पाँच करोड बराबरको क्षति भएको हो । गुल्मीको सबैभन्दा धेरै धान उत्पादन हुने चौरासी फाँटमा… पुरा पढौ

सत्र करोडको लागतमा कालीगण्डकीमा पुल निर्माण हुँदै

पर्वत, २० कात्तिक। कालीगण्डकी करिडोरअन्तर्गत पर्वतको कुश्मा नगरपालिका र बागलुङ नगरपालिका जोड्ने कालीगण्डकी माथि मोटर सञ्चालन गर्न मिल्ने पक्की पुल निर्माणको प्रारम्भिक प्रक्रिया प्रारम्भ भएको छ । प्रदेश सरकारअन्तर्गत गण्डकी पूर्वाधार विकास निर्देशनालयले कुश्मा नगरपालिका–२ नयाँपुल र बागलुङ नगरपालिका–१३ कालाखोला जोड्नेगरी १०० मिटर लामो पक्की पुल निर्माण सुरु गरेको हो । पुलको लागत रु १६ करोड ९५ लाख २५ हजार छ । पुल निर्माणस्थलको माटो परीक्षण भइरहेको निर्देशनालयले जनाएको छ । माटो परीक्षण प्रतिवेदन प्राप्त हुनासाथ निर्माण थालिने छ ।… पुरा पढौ

जलवायु प्रतिरोधात्मक पूर्वाधार निर्माणमा दातृ निकायले सघाउने

काठमाडौं, २० कात्तिक। नेपालमा विपद् जोखिम न्यूनीकरण, जलवायु परिवर्तन अनुकूलन तथा प्रतिरोधात्मक पूर्वाधार विकासकामा एसियाली विकास बैंक (एडिबी) विश्व बैंक समूहअन्तर्गतको अन्तरराष्ट्रिय विकास सङ्घ र स्वीस विकास सहयोग (एसडिसी) ले सहयोग गर्ने भएका छन् । तीन दातृ निकायले आगामी तीन वर्षसम्म प्रदान गर्ने सहायतासम्बन्धी समझदारीपत्रमा बुधबार यहाँ हस्ताक्षर गरेका यहाँस्थित विश्व बैंकको कार्यालयले जनाएको छ । त्रिपक्षीय समझदारीअनुसार जलवायुजन्य जोखिम मूल्याङ्कन, सूचना प्रणालीको सुदृढीकरण एवं जलवायु जोखिम व्यवस्थापनलाई प्राथमिकता दिइनेछ । नेपाल बाढी, पहिरो, खडेरी तथा हिमनदी पग्लनेजस्ता जलवायुजन्य जोखिममा… पुरा पढौ

भैरहवा भन्सारद्वारा ३ महिनामा २७ अर्ब ७५ करोड राजस्व सङ्कलन

रुपन्देही, २० कात्तिक । भैरहवा भन्सार कार्यालयले चालु आर्थिक वर्षको प्रथम तीन महिनामा रु २७ अर्ब ७५ करोड ५३ लाख ७८ हजार राजस्व सङ्कलन गरेको छ । भन्सार अधिकृत सन्तोषकुमार न्यौपानेका अनुसार गत साउनमा रु नौ अर्ब दुई करोड ९४ लाख ३४ हजार, भदौमा रु नौ अर्ब ७० करोड ६३ लाख नौ हजार र असोजमा रु नौ अर्ब २८ करोड ६७ लाख २० हजार सङ्कलन भएको छ । जेनजी आन्दोलनमा आगजनी र तोडफोडबाट क्षतिग्रस्त भन्सार कार्यालयले केही समय त्रिपालबाट सेवा… पुरा पढौ