आर्थिक 📈

इलाका प्रहरी कार्यालय पकलीलाई एनएमबि लघुवित्तको सहयोग

पोखरा , १८ कार्तिक। पोखरामा केन्द्रीय कार्यालय रहेको एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडले अन्दोलनका क्रममा क्षति पुगेको इलाका प्रहरी कार्यालय पकली सुनसरीलाई २ थान थ्री सिटर चियर सहयोग गरेको छ । बित्तिय संस्थाले सस्थागत सामाजिक उतरदायित्व अन्तरगत प्रादेशिक कार्यालय इटहरीको संयोजनमा सोमवार उक्त सामग्री हस्तान्तरण गरेको हो । जनताको सेवामा खटिने प्रहरी कार्यालयमा दैनिक सेवाग्राहीको भिड हुने र सेवाग्राही बस्न सहज होस् भनि संस्थाको तर्फबाट २ थान थ्री सिटर चियर सहयोग गरिएको एनएमबि लघुवित्त वित्तीय संस्थाले जनाएको छ। बित्तीय संस्थाले… पुरा पढौ

बाढीपहिरोबाट इलाममा रु ११ अर्ब ८१ करोडको क्षति

फिक्कल (इलाम), १८ कात्तिक । गत असोज १८ र १९ गतेको अकल्पनीय वर्षापछिको बाढीपहिराले इलाममा रु ११ अर्ब ८१ करोड बढीको क्षति भएको छ । जिल्लास्थित विभिन्न सडक, पुल, भवन, खानेपानी, सिँचाइ, पशुपन्छी, कृषिजन्य क्षेत्रमा इलाममा रु ११ अर्ब ८१ करोड ७९ लाख ८५ हजार ७०३ बराबरको क्षति भएको प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले जानकारी दिए। जिल्ला प्रशासन कार्यालयले सडक डिभिजन, पूर्वाधार विकास कार्यालय, नेपाल विद्युत् प्राधिकरण, जलस्रोत तथा सिँचाइ डिभिजनसहित सम्बन्धित ११ वटा विषयगत कार्यालयबाट सङ्कलन गरेको क्षतिको प्रारम्भिक… पुरा पढौ

आज सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौं, १८ कात्तिक। स्थानीय बजारमा सुनचाँदीको मूल्य केही घटेको छ । सुन प्रतितोला रु एक हजार ४०० र चाँदी प्रतितोला रु ४५ ले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन प्रतितोला रु दुई लाख ३८ हजार ३०० र चाँदी प्रतितोला रु तीन हजार १५ मा खरिदबिक्री भइरहेको छ । अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा सुन प्रतिऔंस तीन हजार ९८० अमेरिकी डलरमा कारोबार भइरहेको छ । पुरा पढौ

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौं, १८ कात्तिक। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ७५ पैसा र बिक्रीदर १४२ रुपैयाँ ३५ पैसा निर्धारण गरिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १६३ रुपैयाँ २५ पैसा र बिक्रीदर १६३ रुपैयाँ ९४ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८६ रुपैयाँ १९ पैसा र बिक्रीदर १८६ रुपैयाँ ९८ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७५ रुपैयाँ ६३ पैसा र बिक्रीदर १७६ रुपैयाँ ३७ पैसा… पुरा पढौ

एउटै वडामा पाँच जलविद्युत् आयोजना निर्माण

म्याग्दी, १८ कात्तिक। म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा पर्ने नारच्याङ भएर बग्ने नदीमा १६२ मेगावाट क्षमताका पाँच वटा जलविद्युत् आयोजना निर्माण भएका छन् । थप ६३ दशमलव तीन मेगावाट क्षमताको एउटा आयोजना निर्माणाधीन र १७३ दशमलव १४ मेगावाटका दुई वटा आयोजना निर्माणको प्रक्रियामा छन् । अन्नपूर्ण–४ का वडाध्यक्ष लोकबहादुुर पुनका अनुुसार पाँच मेगावाट क्षमताको घलेम्दी खोला, ४२ मेगावाट क्षमताको म्रिस्तीखोला, ३८ मेगावाट क्षमताको नीलगिरि–१, ७१ मेगावाट क्षमताको नीलगिरि–२ र छ मेगावाट क्षमताको रेलेखोला जलविद्युत् आयोजना निर्माण सञ्चालनमा आइसकेका छन् । नारच्याङको… पुरा पढौ

तीन महिनामा ३ अर्ब ३६ करोडको कृषिजन्यवस्तु निर्यात

भद्रपुर (झापा), १८ कात्तिक । प्लान्ट क्वारेन्टिन तथा विषादी व्यवस्थापन केन्द्र क्वारेन्टिन कार्यालय काँकरभिट्टाबाट चालु आर्थिक वर्ष २०८२÷८३ को पहिलो त्रैमासिकमा रु तीन अर्ब ३६ करोड ७८ लाख ६० हजारबराबरको कृषिजन्य वस्तु निर्यात भएको छ । कार्यालयका सूचना अधिकारी चन्द्रेश्वर ठाकुरका अनुसार निर्यात हुने मुख्य वस्तुहरूमा अलैँची, चिया, प्लाइ तथा भेनियर, अदुवा, अम्लिसोलगायत रहेका छन् । उक्त तीन महिनामा सबैभन्दा धेरै अलैँची रु एक अर्ब ५१ करोड ८१ लाख, चिया रु ७५ करोड ६६ लाख, प्लाइउड रु २७ करोड ७४… पुरा पढौ

चार उद्योगले तिरे डेडिकेटेड तथा ट्रङ्क लाइनको महसुल

काठमाडौं, १८ कात्तिक। डेडिकेटेड तथा ट्रङ्क लाइनबाट विद्युत् उपभोग गरेका रुपन्देहीमा सञ्चालित चार उद्योगले सोमबार प्रिमियम महसुलको बक्यौता तिरेका छन् । नेपाल विद्युत् प्राधिकरणलाई ती उद्योगले पहिलो किस्तावापतको रकम तिरेका हुन् । भैरहवा क्षेत्रमा सञ्चालित पञ्चकन्या प्लाष्टिक उद्योग, पञ्चकन्या स्टिल इण्डष्ट्रिज, सिद्धार्थ पेटप्लान्ट र प्लास्टिकले बक्यौताको पहिलो किस्तावापतको रकम तिरेका प्राधिकरणका कार्यकारी निर्देशक मनोज सिलवालले जानकारी दिए। उहाँका अनुसार पहिलो किस्ता तिरेपछि उद्योगको विच्छेद गरिएको विद्युत् लाइन जडान गरिएको छ । ती उद्योगले विसं २०७२ माघदेखि २०७५ वैशाखसम्ममा डेडिकेटेड तथा… पुरा पढौ

अर्थमन्त्री खनालसँग नेपालका लागि कोरियाका राजदूतको भेट

काठमाडौं, १७ कात्तिक । अर्थमन्त्री रामेश्वरप्रसाद खनालसँग नेपालका लागि कोरिया गणतन्त्रका राजदूत पार्क ते यङले शिष्टाचार भेट गरेका छन् । अर्थ मन्त्रालयमा आज भएको उक्त भेटमा अर्थमन्त्री खनालले कोरिया र नेपालबीच रहेको दुईपक्षीय कूटनीतिक सम्बन्धको चर्चा गर्दै कोरिया सरकारले प्रदान गर्दै आएको निरन्तर सहयोगका लागि धन्यवाद व्यक्त गरे। कोरियाको सहयोगमा सञ्चालन भएका आयोजना तथा कार्यक्रमहरूको अवस्था सन्तोषजनक रहेको उल्लेख गर्दै अर्थमन्त्री खनालले कोरियासँगको आर्थिक साझेदारीलाई निरन्तरता दिइने बताए। सोअवसरमा राजदूत पार्कले कोरिया सरकारको एजेन्सी कोइका र नेपाल सरकारबीचको द्विपक्षीय सम्बन्ध… पुरा पढौ

नेप्सेमा ८.२४ अङ्ककाे गिरावट, ६ अर्बकाे काराेबार

काठमाडौं, १७ कात्तिक । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक आठ दशमलव २४ अङ्कले घटेर दुई हजार ६२२ दशमलव ८९ को विन्दुमा कायम भएको हो । आज ३३३ कम्पनीको एक करोड २१ लाख ८५ हजार ३८८ कित्ता शेयर ५४ हजार ८९२ पटक खरिदबिक्री हुँदा रु छ अर्ब पाँच करोड २२ लाख २६ हजार ९०३ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ । आजको कारोबारमा विकास बैंक समूह एक दशमलव ११, होटल तथा पर्यटन… पुरा पढौ

माछापुच्छ्रे एसआइपी योजनाको इकाईका लागि आवेदन दिने आज अन्तिम दिन

काठमाडौं, १७ मङ्सिर । माछापुच्छ्रे क्यापिटलले मंसिर १४ गतेदेखि निष्काशन गरेकाे एसआइपी योजनाको इकाई खरिदका लागि आवेदन दिने आज अन्तिम दिन बाँकी रहेकाे छ। क्यापिटलले सामूहिक लगानी कोष माछापुच्छ्रे एसआइपी योजनाको इकाई सार्वजनिक निष्काशन गरेकाे हाे । यसकाे प्रतिइकाई १० रुपैयाँ अंकित दरले २० करोड रुपैयाँ बराबरको २ करोड इकाई बिक्रीमा ल्याइएकाे हो। याे योजना खुलामुखी प्रकृतिको योजना हो। जाे एमबीएल सामूहिक लगानी कोष अन्तर्गत सञ्चालन हुन्छ । योजनाको कुल आकार ५ करोड इकाई रहेको छ। ७० लाख इकाई कोष… पुरा पढौ