आर्थिक 📈

यी तीन कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं १३ कात्तिक । आज तीन कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन बाँकी रहेकाे छ। ग्लोबल आइएमई बैंक, गुराँस लघुवित्त वित्तीय संस्था र मुक्तिनाथ कृषि कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन बाँकी रहेकाे हो। साधारण सभा तथा लाभांश वितरणकाे प्रयोजनका लागि गुराँस लघुवित्त र मुक्तिनाथ कृषि कम्पनीले कात्तिक १४ गते बुकक्लोज गर्ने जनाएका छन् । ग्लोबल आइएमई बैंकले कात्तिक १६ गते बुकक्लोज गर्ने बताएकाे छ। शेयरधनीहरुले साधारण सभामा भाग लिनका लागि र वितरण गरिने लाभांश पाउन याेग्य हुनका लागि आजसम्म… पुरा पढौ

यस्तो छ आज तोकिएको विदेशी मुद्राको भाउ

काठमाडौं, १३ कात्तिक। नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४० रुपैयाँ ८२ पैसा र बिक्रीदर १४१ रुपैयाँ ४२ पैसा निर्धारण गरिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १६३ रुपैयाँ ८३ पैसा र बिक्रीदर १६४ रुपैयाँ ५३ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १८६ रुपैयाँ १४ पैसा र बिक्रीदर १८६ रुपैयाँ ९३ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १७६ रुपैयाँ ६७ पैसा र बिक्रीदर १७७ रुपैयाँ ४२ पैसा… पुरा पढौ

नेप्सेमा सामान्य गिरावट, साढे ५ अर्बकाे काराेबार

काठमाडौं, १२ कात्तिक। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा आज सामान्य अङ्कको गिरावट आएको छ । परिसूचक आज पाँच दशमलव १७ अङ्कले घटेर दुई हजार ५६६ दशमलव १६ को बिन्दुमा कायम भएको हो । आज ३२१ कम्पनीको एक करोड १५ लाख एक हजार २८४ कित्ता शेयर ५० हजार ४८७ पटक खरिदबिक्री हुँदा रु पाँच अर्ब ४५ करोड ९७ लाख ६७ हजार ६८१ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ । आजको कारोबारमा होटल तथा पर्यटन समूह दुई दशमलव १५, जलविद्युत् शून्य दशमलव… पुरा पढौ

ऊर्जामन्त्री घिसिङ र भारतका विद्युत्मन्त्री खट्ठरबीच भेटवार्ता

काठमाडौं, १२ कात्तिक । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङ र भारतका विद्युत्मन्त्री मनोहरलाल खट्ठरबीच भेटवार्ता भएको छ । अन्तरराष्ट्रिय सौर्य गठबन्धनको आठौँ महासभामा भाग लिन नयाँ दिल्लीमा रहेका घिसिङ र भारतीय समकक्षी खट्ठरबीच आज भेटवार्ता भएको उनको सचिवालयले जनाएको हो । विद्युत् मन्त्रालयमा भएको भेटवार्तामा नेपाल–भारतबीचको ऊर्जासम्बन्धी सहकार्य, विद्युत् व्यापार, प्रसारण लाइन विस्तार, भारतीय लगानीमा निर्माणाधीन जलविद्युत् आयोजनाको प्रगति, दुवै देशबीच दीर्घकालीन ऊर्जा क्षेत्रमा साझेदारीलगायतका विषयमा विस्तृत छलफल भएको थियो । यसैबीच,… पुरा पढौ

अलैँचीको भाउ उकालो लाग्दै, प्रतिमन रु एक लाख पुग्यो

झापा, १२ भदौ । अलैँचीको भाउ यस वर्षको सबैभन्दा उच्चबिन्दुमा पुगेर ओरालो लागेको छ । आज प्रतिमन (४० केजी) अलँैची अधिकतम रु एक लाखमा किसानबाट खरिद भइरहेको नेपाल अलैँची व्यवसायी महासङ्घका अध्यक्ष दीपक नेपालले जानकारी दिए। व्यवसायीले किसानबाट ‘चालू’ र ‘जेजे’ गरी दुई गुणस्तरको अलैँची खरिद गर्दै आएका छन् । जेजे अलैँचीको मूल्य आज रु एक लाख प्रतिमन कायम भएको हो भने चालू अलैँची रु ९७ हजार प्रतिमनका दरले खरिदबिक्री भइरहेको उहाँले जानकारी दिनुभयो । यस वर्ष अलैँचीको भाउ मङ्गलबार… पुरा पढौ

सुनकाे भाउमा चार दिनदेखि निरन्तर गिरावट

काठमाडौं, १२ कात्तिक । यो साता सुनको मूल्यमा निरन्तर गिरावट देखिएको छ । अन्तरराष्ट्रिय बजारमा भाउ घटेसँगै नेपाली बजारमा पनि पछिल्लो चार दिनदेखि सुनको मूल्य लगातार ओरालो देखिएको हो । गत आइतबार एकैदिन प्रतितोला रू ११ हजार ६०० ले घटेर रु दुई लाख ४१ हजार ९०० कायम भएको सुनको मूल्य सोमबार पुनः तोलामा रु दुई हजार घटेर रु दुई लाख ३९ हजार ९०० मा किनबेच भएको थियो । हिजो मङ्गलबार प्रतितोला रु दुई हजार ९०० घटेपछि रु दुई लाख ३७… पुरा पढौ

वीरगञ्ज नाका हुँदै २ खर्ब १८ अर्बको आयात, २६ अर्ब ५९ करोडको निर्यात

वीरगञ्ज (पर्सा), १२ कात्तिक । वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको तीन महिनाको अवधिमा रु दुई खर्ब १८ अर्ब १० करोड मूल्यबराबरका वस्तु तथा सामान आयात भएका छन् । गत आर्थिक वर्षको पछिल्लो तीन महिनाको तुलनामा चालु आवको असोजसम्म रु ३४ अर्ब २३ करोड बढी मूल्यका सामान वीरगञ्ज भन्सारबाट भित्रिएका छन् । वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक विष्णुप्रसाद ज्ञवालीले चालु आवको तीन महिनामा वीरगञ्ज नाका हुँदै भित्रिने वस्तु तथा सामानको आयात बढेको जानकारी दिए। “वीरगञ्ज नाका हुँदै पछिल्लो तीन… पुरा पढौ

खानी खोला हाइड्रोको हकप्रद शेयर खरिदका लागि आजदेखि आवेदन खुला

काठमाडौं, १२ कात्तिक । खानी खोला हाइड्रोपावरले आजदेखि अवितरित हकप्रद शेयर लिलाम बिक्री गर्दैछ। कम्पनीले भदौ ३ गतेदेखि असोज ५ गतेसम्म १ बराबर १ काे रेसियाेमा निष्काशन गरेको हकप्रद शेयरमा आवेदन नपरेको शेयर लिलाम बिक्री गर्न लागिएकाे हो। सर्वसाधारण समूहको ४ लाख ५९ हजार ३४९ कित्ता अवितरित हकप्रद शेयर लिलाम बिक्री गर्न लागिएकाे हाे । यसका लागि कात्तिक १९ गतेसम्म शिलबन्दी बोलपत्र पेश गर्नुपर्ने कम्पनीले जनाएकाे छ। प्रतिकित्ता शेयरको मूल्य १०० रुपैयाँ रहेकाे छ। लगानीकर्ताले सो वा सोभन्दा बढी मूल्य… पुरा पढौ

इलामका बाढीपीडितलाई जर्मनीको सहयोग

काठमाडौं, १२ कात्तिक। सङ्घीय गणतन्त्र जर्मनीले इलामका बाढी प्रभावितलाई रु ६३ लाख ९६ हजार बराबरका सहायता सामग्री प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । नेपालका लागि जर्मनीका राजदूत उदो भोल्जले जर्मनीको गैरसरकारी संस्था डोइचे वेल्टहुङगेहिल्फमार्फत सहयोग सामग्री परिचालन गर्न उक्त संस्थाका देशीय निर्देशक सकेब नवीसँग मङ्गलबार सम्झौता गरेको यहाँस्थित जर्मनीको राजदूतावासले जनाएको छ । आगामी दुई महिनाभित्रमा बाढीप्रभावितलाई स्थानीय समुदायसँगको सहकार्यमा सहायता सामग्री प्रदान गरिने दूतावासले जारी गरेको विज्ञप्तिमा जनाइएको छ । विपन्न वर्गलाई प्राथमिकतामा राखेर सहायता सामग्री प्रदान गरिने… पुरा पढौ

यस्तो छ सागसब्जी र फलफूलको थोक भाउ

काठमाडौं, १२ कात्तिक। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ६०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ७०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ३२, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ६०, आलु रातो प्रतिकिलो रु ६६, आलु रातो (भारतीय) प्रतिकिलो रु ४०, आलु सेतो प्रतिकिलो रु ६०, प्याज सुकेको (भारतीय) प्रतिकिलो रु ३९ रहेको छ । यस्तै, गाजर (लोकल) प्रतिकिलो रु १३०, गाजर (तराई) प्रतिकिलो रु… पुरा पढौ