आर्थिक 📈

यस्ताे छ आज ताेकिएकाे विदेशी मुद्राको भाउ

काठमाडौं, ६ असोज । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४० रुपैयाँ ६५ पैसा र बिक्रीदर १४१ रुपैयाँ २५ पैसा निर्धारण गरिएको छ । युरोपियन यूरो एकको खरिददर १६५ रुपैयाँ २० पैसा र बिक्रीदर १६५ रुपैयाँ ९१ पैसा ,युके पाउण्ड स्टर्लिङ एकको खरिददर १८९ रुपैयाँ ४६ पैसा र बिक्रीदर १९० रुपैयाँ २६ पैसा , स्वीस फ्रयाङ्क एकको खरिददर १७६ रुपैयाँ ८० पैसा र बिक्रीदर १७७ रुपैयाँ… पुरा पढौ

नवीकरणीय ऊर्जालाई मूल प्रवाहीकरण गरिनेछ : मन्त्री घिसिङ

काठमाडौं, ५ असोज। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले हाल ऊर्जा सम्मिश्रणमा रहेको १० प्रतिशतको प्रावधान तत्कालै हटाउन सरकार तयार रहेको बताएका छन्। लघुजलविद्युत्, बायोग्यास, बायोमास, सौर्य ऊर्जा, वायु ऊर्जा क्षेत्रमा क्रियाशील निजी क्षेत्रको छाता सङ्गठन नेपाल नवीकरणीय ऊर्जा परिसङ्घ (रिकोन) का प्रतिनिधिसँगको भेटमा मन्त्री घिसिङले सो कुरा बताए। मन्त्री घिसिङले दिगो, समावेशी र मजबुत नवीकरणीय ऊर्जा प्रणाली निर्माणमा आफू पूर्णतः प्रतिबद्ध रहेको उल्लेख गरे। नेपालले सन् २०४५ सम्म नेट–शून्य उत्सर्जनको लक्ष्य हासिल गर्न नवीकरणीय ऊर्जा प्रविधिबाट सहयोय पुग्ने भएकाले… पुरा पढौ

नेप्सेमा १११ अङ्कको वृद्धि, सवा ९ अर्बकाे काराेबार

काठमाडौं, ५ असोज । गत हप्ता अन्तिम कारोबार दिन नकारात्मक सर्किट लागेर बन्द भएको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज १११ दशमलव ७० अङ्कले बढेको छ । आज नेप्से परिसूचक चार दशमलव ४४ प्रतिशतले बढेको हो । आज ३२९ कम्पनीको दुई करोड ३२ हजार २२४ कित्ता शेयर एक लाख आठ हजार ९०८ पटक खरिदबिक्री हुँदा रू नौ अर्ब १७ करोड ९५ लाख ७३ हजार बराबरको कारोबार भएको छ । आज म्युचुअल फण्ड शून्य दशमलव ७१ र निर्जीवन बिमा चार दशमलव… पुरा पढौ

शेयर बजारमा अन्तिम १५ मिनेटको भारित औसत मूल्य कायम हुने व्यवस्था स्थगित

काठमाडौं, ५ असोज। नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) ले शेयर बजारमा अन्तिम १५ मिनेटको भारित औसत मूल्य कायम हुने व्यवस्था स्थगित गरेको छ । नेप्सेले गत चैतदेखि धितोपत्र बजारमा २ः४५ बजे देखि ३ः०० बजेसम्म कायम मूल्यको भारित औसत मूल्यलाई अन्तिम कारोबार मूल्य हुने व्यवस्था ल्याएको थियो । उक्त व्यवस्था हाललाई स्थगित गरिएको नेप्सेका सूचना अधिकारी मुराहरि पराजुलीले जानकारी दिए। उनका अनुसार यो व्यवस्था स्थगन गर्नका लागि नेपाल धितोपत्र बोर्डले नेप्सेलाई निर्देशन दिएको हो । सूचना अधिकारी पराजुलीका अनुसार परिवर्तित व्यवस्थाको… पुरा पढौ

तरलता बढेपछि रु ७० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक

काठमाडौं, ५ असाेज । नेपाल राष्ट्र बैंकले आज ७० अर्ब निक्षेप खिच्दैछ । तरलता धेरै कायम भएकाेले साे रकम बोलकबोलमार्फत राष्ट्र बैंकले निक्षेप खिच्न लागेको जनाएकाे छ। राष्ट्र बैंकका अनुसार हाल कुल निक्षेप ७२ खर्बभन्दा धेरै भएकाे छ । बैंकले वित्तीय प्रणालीमा भएकाे अधिक तरलता र ब्याजदर व्यस्थापनका लागि निक्षेप संकलन उपकरण र स्थायी निक्षेप सुविधाबाट तरलता खिच्दै आएको जनाएकाे छ । बोलकबोलमा राष्ट्र बैंकबाट इजाजतप्राप्त गरेका ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरु सहभागी हुन सक्नेछन् ।… पुरा पढौ

सुनको भाउ अहिले सम्मकै उच्च, चाँदीमा नयाँ रेकर्ड

काठमाडौं, ५ असाेज । साताकाे सुनचाँदीकाे काराेबार हुने पिहलाे दिन आईतबार आज नेपाली सुनचाँदी बजारमा सुनकाे भाउ अहिले सम्मकै उच्च विन्दुमा पुगेकाे छ । चाँदीकाे भाउले नयाँ रेकर्ड बनाएकाे छ । आईतबार सुनको भाउ प्रतितोला एक हजार १०० रुपैयाँ बढेको छ । चाँदी तोलामा ४० रुपैयाँले बढेर नयाँ रेकर्ड कायम भएकाे छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यसदिन छापावाल सुन प्रतितोला दुई लाख १७ हजार १०० रुपैयाँमा कारोबार भइरहेको जनाएकाे छ । गत शुक्रबार छापावाला सुनको भाउ प्रतितोला दुई लाख… पुरा पढौ

सानिमा बैंकद्वारा लाभांश घोषणा

काठमाडौं, ५ असाेज । सानिमा बैंकले लाभांश घोषणा गरेको छ। बैंकले शेयरधनीहरुका लागि गत आर्थिक वर्षको मुनाफाबाट ७.३६८५ प्रतिशत लाभांश घोषणा गरेको हाे । बैंककाे हाल कायम रहेकाे चुक्ता पूँजीकाे ७.३६८५ प्रतिशतका दरले हुने १ अर्ब ७ लाख ५४ हजार ७०० रुपैयाँ १५ पैसा बराबरको नगद लाभांश वितरण गर्ने भएकाे हाे । बैंकको असोज ३ गते बसेको सञ्चालक समितिको बैठकले लाभांश वितरण गर्ने निर्णय गरेको हो। घाेषित लाभांश वितरणकाे प्रस्ताव नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएर बैंककाे आगामी साधारण सभाबाट अनुमाेदन… पुरा पढौ

सागर डिष्टिलरीको आईपीओमा आवेदन दिने अन्तिम दिन

काठमाडौं, ५ असाेज । सागर डिष्टिलरीले भदौ ३० गतेदेखि निष्काशन गरेको आईपीओमा आवेदन दिने आज अन्तिम दिन बाँकी रहेको छ। यसअघि कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि शेयर निष्काशन गरेर बाँडफाँड गरेपछि यस चरणमा सर्वसाधारणका लागि आईपीओ खुलाएकाे हाे । कम्पनीले जारी पूँजी ७२ करोड ६० लाख रुपैयाँको २० प्रतिशतले हुने १४ करोड ५२ लाख रुपैयाँ बराबरको १४ लाख ५२ हजार कित्ता शेयर निष्काशनकाे अनुमति पाएको थियो। यसमा १० प्रतिशतले हुने १ लाख ४५ हजार २०० कित्ता विदेशमा रोजगारी गरिरहेका… पुरा पढौ

च्याउको बीउ उत्पादनबाट वार्षिक डेढ करोड आम्दानी

झापा, ५ असोज। विर्तामोड–३ का रामबहादुर खत्री स्वदेशमै उन्नत प्रविधिबाट च्याउको बीउ उत्पादन गरेर उदाहरणीय उद्यमी बन्नुभएको छ । स्वदेशमै उत्पादन हुन थालेपछि च्याउको बीउमा विदेशी निर्भरता घटेको छ । खत्री परिवारले १४ वर्षअघि स्थापना गरेको पाथिभरा च्याउ तथा बीउ उद्योगले कोशी प्रदेशमा पहिलोपटक ‘टिस्युकल्चर’ प्रविधिबाट च्याउको बीउ उत्पादन गर्दै आएको छ । उद्योगबाट वार्षिक ४५ हजार किलो च्याउको बीउ उत्पादन गर्दै आएको छ । यसबाट रु एक करोड ५० लाखभन्दा बढी आम्दानी हुने गरेको खत्रीले बताए। उद्योगमा सात जनाले… पुरा पढौ

यस्ताे छ आज निर्धारित विदेशी मुद्राको भाउ

काठमाडौं, ५ असोज। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४० रुपैयाँ ६५ पैसा र बिक्रीदर १४१ रुपैयाँ २५ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १६५ रुपैयाँ ३४ पैसा र बिक्रीदर १६६ रुपैयाँ ०५ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८९ रुपैयाँ ७९ पैसा र बिक्रीदर १९० रुपैयाँ ६० पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७६ रुपैयाँ ८१ पैसा र बिक्रीदर १७७ रुपैयाँ ५६ पैसा कायम… पुरा पढौ