आर्थिक 📈

अर्थको अनुमति लिएर युएसएडसँग सहकार्य भयाे-वित्त आयोग

काठमाडौं, ११ साउन । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले अर्थ मन्त्रालयको सहमति लिएरै अमेरिकी अन्तरराष्ट्रिय विकास नियोग (युएसएड) सँग वित्तीय सङ्घीयता कार्यान्वयन र सार्वजनिक वित्त व्यवस्थापन सहायतासम्बन्धी कार्यक्रमहरु सञ्चालन गरिएको प्रष्टीकरण दिएको छ । सरकारको अनुमति बिनै युएसएडसँग सहकार्य गरेर कार्यक्रम सञ्चालन गरेको भन्दै आयोगका पदाधिकारीविरुद्ध प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिमा उजुरी परेको थियो । समितिले उक्त उजुरीमाथि आज आयोगसँग जवाफ लिएको हो । समितिको आजको बैठकमा वित्त आयोगका कार्यबाहक अध्यक्ष जुध्दबहादुर गुरुङले युएसएडसँगको सहकार्य अर्थ मन्त्रालयको समन्वय र सहकार्यमा भएको… पुरा पढौ

नेप्से १८ अङ्कले घट्याे, काराेबार बढेर साढे २६ अर्ब नाघ्याे

काठमाडौं, ११ साउन। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिँदा कारोबार रकम साढे रु २६ अर्ब नाँघेको छ । नेप्से परिसूचक १८ दशमलव ४४ अङ्कले घटेर दुई हजार ९६४ दशमलव २० को बिन्दुमा कायम भएको हो । आज तीन सय २३ कम्पनीको पाँच करोड ८६ लाख ५३ हजार ७६२ कित्ता शेयर दुई लाख तीन हजार ६५८ पटक खरिदबिक्री हुँदा रु २६ अर्ब ५७ करोड ७४ लाख ३८ हजार २३७ बराबरको कारोबार भएको छ । आजको कारोबार रकम पछिल्लो… पुरा पढौ

त्रिवेणी भन्सार : क्वारेनटाइन निर्माण नहुँदा निकासी पैठारी शून्य

नवलपुर (नवलपरासी), ११ साउन । छ वर्ष अगाडि मूल भन्सारमा स्तरोन्नति भएको त्रिवेणी भन्सार कार्यालय नाम मात्रको ‘मूल भन्सार’ बनेको छ । भारतसँग सीमा जोडिएको गण्डकी प्रदेशकै एकमात्र यस भन्सारमा आवश्यक पर्ने क्वारेनटाइनको निर्माण नहुँदा हालसम्म निकासी पैठारी हुनसकेको छैन । विसं २०७६ फागुनमा मूल भन्सारको मान्यता पाएको नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को विनयी त्रिवेणी गाउँपालिका–७ मा रहेको यस भन्सारमा हालसम्म क्वारेनटाइन निर्माण हुन नसक्दा मालसामान निकासी पैठारी शून्य छ । फागुन २०७६ अगाडि यस भन्सार भैरहवा भन्सार कार्यालयको छोटी भन्सारको रूपमा रहेको… पुरा पढौ

‘बैंकिङ क्षेत्रलाई प्रविधिमैत्री र पारदर्शी बनाउँदै जानुपर्छ’

काठमाडौं, ११ साउन । नेपाल राष्ट्र बैंकका वरिष्ठ डेपुटी गभर्नर नीलम ढुङ्गानाले आगामी दिनमा बैंकिङ क्षेत्रलाई थप प्रविधिमैत्री र पारदर्शी बनाउँदै जानुपर्ने आवश्यकता औँल्याएकी छन् । आर्थिक मिडिया एसोसिएसन नेपाल (इमान)द्वारा आज आयोजित ‘इमान संवादः फ्युचर अफ बैंकिङ’ छलफलमा उनले बैंकिङ क्षेत्रलाई आधुनिक प्रविधिमैत्री, पारदर्शी र जनता केन्द्रित बनाउँदै सेवा प्रवाहलाई चुस्तदुरुस्त बनाउनुपर्नेमा जोड दिइन्। उनले भनिन्, “डिजिटल वित्तीय सेवाको द्रुत विकास र ग्राहकमैत्री प्रणालीको विकासले बैंकिङ क्षेत्रको भविष्य निर्धारण गर्नेछ ।” इमानका अध्यक्ष रोयल आचार्यले बैंकिङ प्रणालीको विकासमा सञ्चारमाध्यमको… पुरा पढौ

ऋणमा डुबेकी पार्वती बनिन् एनसेल करोडपति

काठमाडौं, ११ साउन । यही साउन २ गते शुक्रबारका दिन, घरधन्दा सकेपछि सधैँ झैँ मेलापात जाने तरखर गर्दागर्दै पानी दर्किएपछि धादिङ बाङ्गेपीपल बसेरीकी पार्वती कार्कीले मोबाइल घरमै छाडिन्। मेलापात जाँदा पनि कसले पो फोन गर्ने हो र ? विदेशमा मजदुरी गरिरहेका श्रीमान् र काठमाडौँमा ‘प्लस टु’ पढ््दै गरेको छोरासँग साँझ बिहान नियमित फोन भइहाल्थ्यो । त्यसैले कार्कीले मोबाइल साथमा राख्न जरुरी ठानिनन्। जब उनी मेलापात सकेर घर फर्किइन्, मोबाइलमा नयाँ नम्बरबाट आएका ‘मिस्डकल’ देखिन्। कार्की घर फर्केर काम गर्दैगर्दा फोनको… पुरा पढौ

पिपुल्स पावरको हकप्रदमा साउन २६ सम्म आवेदन दिन पाईने

काठमाडौं, ११ साउन । पिपुल्स पावरले असार २२ गतेदेखि निष्काशन गरेकाे हकप्रद शेयरमा आवेदन दिने म्याद थप गरिएकाे छ । अब कम्पनीको ५० प्रतिशत हकप्रद शेयरका लागि साउन २६ गतेसम्म आवेदन दिन पाईनेछ। कम्पनीले हाल कायम रहेकाे १० कित्ता बराबर नयाँ ५ कित्ता रेसियाेमा ३१ करोड ६३ लाख रुपैयाँबराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित दरकाे ३१ लाख ६३ हजार कित्ता निष्काशन गरेकाे हाे । हकप्रद शेयर निष्काशनकाे प्रयोजनका लागि असार २ गते बुकक्लोज गरिएकाे थियो। यसका लागि असार १ गतेसम्म नेप्सेमा… पुरा पढौ

तेह्रथुम पावरको हकप्रदमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं, ११ साउन । तेह्रथुम पावर कम्पनीले असार १६ गतेदेखि निष्काशन खुला गरेको शतप्रतिशत हकप्रद शेयरमा आवेदन दिने आज अन्तिम दिन बाँकी रहेकाे छ। कम्पनीले १ कित्ता शेयर बराबर नयाँ १ कित्ता रेसियाेमा ४० करोड रुपैयाँबराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित दरमा ४० लाख कित्ता हकप्रद शेयर निष्काशन गरेकाे हाे । यसका लागि कम्पनीले जेठ ५ गते बुकक्लोज गरेको थियो। हकप्रदमा जेठ ४ गतेसम्म नेप्सेमा शेयर काराेबार गरी कायम भएका शेयरधनीहरुले आवेदन दिन पाउनेछन्। शेयरधनीहरुले बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड,… पुरा पढौ

सौर्य ऊर्जा र ऊर्जा दक्ष घर निर्माणमा प्राथमिकता दिन सरोकारवालाको आग्रह

नारायणगढ, १० साउन । बढ्दो सहरीकरण र घाम बढी पर्ने क्षेत्रको अवस्थालाई ध्यानमा राखेर सौर्य ऊर्जा प्रयोग र ऊर्जा दक्ष घर निर्माणलाई प्राथमिकता दिनुपर्ने सरोकारवालाले बताएका छन् । ऊर्जा उत्पादनभन्दा ऊर्जा बचत तुलनात्मक रूपमा सस्तो र प्रभावकारी हुने भएकाले यसले हरितगृह ग्यास उत्सर्जन घटाउन र वातावरणमैत्री दिगो विकासमा टेवा पुर्‍याउने अपेक्षा गरिएको छ । युरोपियन युनियनअन्तर्गत सञ्चालनमा रहेको स्विच एसिया कार्यक्रममा बिल्डिङ इनर्जी इफिसेन्सी इन नेपाल (बिइएन)द्वारा भरतपुर महानगरपालिकाका प्राविधिक तथा यस क्षेत्रका इञ्जिनियरहरूको लागि आयोजना गरिएको अभिमुखीकरण तथा तालिम… पुरा पढौ

‘डिडिसीले गत मङ्सिरदेखिकाे दूधको भुक्तानी गरेन’

दोधारा चाँदनी (कञ्चनपुर), १० साउन। दुग्ध विकास संस्थान (डिडिसी) ले किसानको दूधको पैसा भुक्तानी गर्न सकेको छैन । कञ्चनपुरका सातवटा सहकारी र ३४ वटा कृषि फार्मको ६ करोड भुक्तानी गर्न बाँकी छ । संस्थानले गत मङ्सिरदेखि सङ्कलन भएको दूधको भुक्तानी गर्न नसकेको हो । संस्थानले समयमा भुक्तानी गर्न नसक्दा आफूहरु मर्कामा परेको साथी कृषि सहकारी संस्थाका अध्यक्ष कृष्णदत्त पनेरुले जानकारी दिए। “हामीले डिडिसीबाट मङ्सिरयताको रु ६० लाख रकम पाउनुपर्ने बाँकी छ ।” उनले भने, “डिडिसीले सहकारीलाई भुक्तानी गर्न नसकेपछि हामीले… पुरा पढौ

यस्ताे छ आज निर्धारण गरिएकाे विदेशी मुद्राको भाउ

काठमाडौं, १० साउन। नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १३८ रुपैयाँ १३ पैसा र बिक्रीदर १३८ रुपैयाँ ७३ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १६१ रुपैयाँ ७९ पैसा र बिक्रीदर १६२ रुपैयाँ ४९ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८५ रुपैयाँ ६६ पैसा र बिक्रीदर १८६ रुपैयाँ ४७ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १७३ रुपैयाँ २१ पैसा र बिक्रीदर १७३ रुपैयाँ ९७ पैसा… पुरा पढौ