आर्थिक 📈

भटमासको कच्चा तेल आयात ५२ अर्ब बढी, निर्यात ५५ अर्ब

वीरगञ्ज (पर्सा), २१ असार । चालु आर्थिक वर्षको ११ महिनामा वीरगञ्ज नाका हुँदै भटमासको कच्चा तेल रु ५२ अर्ब ५८ करोड मूल्यको आयात भएको छ । गत आवको सोही अवधिको तुलनामा भटमासको कच्चा तेलको आयात ६१३ दशमलव ४१ प्रतिशत अर्थात् रु ४५ अर्ब २१ करोड बढीले आयात भएको छ । जबकी गत आवको ११ महिनामा भने रु सात अर्ब ३७ करोड मूल्यको मात्रै भटमासको कच्चा तेल आयात भएको थियो । वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक दीपक लामिछानेले चालु आवमा… पुरा पढौ

नयाँ कार्ययोजनासहित कास्की पोखरा हस्तकला संघले मनायो १५ औं वार्षिक उत्सव

पोखरा, २० असार । कास्की पोखरा हस्तकला संघले शुक्रबार आफ्नो १५ औं वार्षिकोत्वि मनाएको छ । सो अवसरमा संघले वार्षिक कार्ययोजना र हस्तकलाबाट उत्पादित सामग्रीको वजारिकरणका विषयमा छलफल गरेको छ । पोखरा लेकसाईडस्थित रेन्वो हस्तकला उद्योगमा आयोजना गरिएको कार्यक्रममा प्रमुख अतिथि संघका संस्थापक अध्यक्ष हीरा घट्टराईले विविध चुनौतीबीचमा स्थापना गरिएको संघ यहाँसम्म आउनु यसप्रतिको लगावले भएको बताईन् । उ बेला ९ जना दिदिबहिनीहरु मिलेर संघको गठन गरेका हौं । यो सुरुमा पोखरा हस्तकला संघको नामा रहेको र पछि समग्र कास्कीलाई… पुरा पढौ

आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक, २०८२ पारित

काठमाडौं, २० असार । राष्ट्रियसभाबाट बजेट आश्रित दुई विधेयक पारित भएका छन् । सभाको आजको बैठकबाट आर्थिक विधेयक, २०८२ र राष्ट्र ऋण उठाउने विधेयक, २०८२ पारित भएका हुन् । राष्ट्रियसभाले ती विधेयक पारित गरी प्रतिनिधिसभामा पठाएको छ । बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त आर्थिक विधेयक, २०८२ र राष्ट्र ऋण उठाउने विधेयकलाई सुझावबिना पारित गरी प्रतिनिधिसभामा फिर्ता पठाइयोस् भनी प्रस्ताव राखेका थिए। उक्त प्रस्तावलाई सभाले बहुमतले पारित गरेको हो । त्यसअघि आर्थिक विधेयकमाथिको दफावार छलफलका क्रममा उठेका… पुरा पढौ

चाहेर पनि भारु ५ सय माथिका नोट चलाउनसक्ने अवस्था छैनः अर्थमन्त्री पौडेल

काठमाडौं, २० असार । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपालले मात्रै चाहेर पनि भारतीय रुपैयाँ ५०० देखि माथिका बैंक नोट नेपालमा सञ्चालन गर्न नसकिने बताएका छन्। अर्थ समितिको आजको बैठकमा अर्थमन्त्री पौडेलले रू ५०० देखि ठूलो दरका भारतीय बैंक नोट नेपालमा चलाउन भारतको पनि सहमति आवश्यक पर्ने आशय व्यक्त गरे। “हाम्रो मात्रै निर्णयले भारु ५०० दरका नोट यहाँ चलाउन सम्भव छैन । हामीले फेरि भारत पठाउनुपर्ने भएकाले त्यो सहज छैन, त्यसभन्दा साना दरका नोटमा भने समस्या छैन”, अर्थमन्त्री पौडेलले भने… पुरा पढौ

वाग्मती प्रदेशसभामा आजदेखि बजेटमा छलफल हुँदै

वाग्मती, २० असार । सत्तापक्ष र प्रतिपक्षबीच सहमति जुटेसँगै वाग्मती प्रदेशसभाको बैठकमा आगामी आर्थिक वर्षको बजेट छलफल प्रारम्भ हुँदैछ । प्रदेशसभाका सचिव रामकुमार पौडेलका अनुसार प्रदेश सरकारले ल्याएको बजेटमाथि छलफल र आर्थिक मामिला तथा योजनामन्त्री कुन्दनराज काफ्लेको जवाफपछि खर्च कटौतीको प्रस्तावका लागि समय प्रदान गरिने कार्यसूची छ । सत्तापक्ष र प्रतिपक्षबीच सहमति जुटेपछि बिहीबार साँझदेखि प्रदेशसभाको बैठक सञ्चालन भएको हो । बिहीबारको बैठकमा मुख्यमन्त्री बहादुरसिंह लामा (तामाङ) र प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) संसदीय दलका नेता शालिकराम… पुरा पढौ

साउन ६ गतेदेखि करिब २ अर्बकाे हकप्रद निष्काशन गर्दै नेपाल इन्स्योरेन्स

काठमाडौं, २० असार । नेपाल इन्स्योरेन्सले ३४.७८ प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने जनाएकाे छ । कम्पनीले साउन ६ गतेदेखि १०ः३.४७८३ रेसियाेमा १ करोड ८९ लाख ८ हजार ७८२.३१ कित्ता हकप्रद सेयर खुलाउने भएकाे हाे । कम्पनीका अनुसार प्रतिकित्ता १०० रुपैयाँको दरले १ अर्ब ८९ करोड ८ लाख ७८ हजार २३१ रुपैयाँ बराबरको हकप्रद सेयर खुलाइनेछ । यसैकाे प्रयाेजनकाे लागि कम्पनीले जेठ ३० गते बुक क्लोज गरेकाे थियाे । यसअनुसार जेठ २९ गतेसम्म शेयर काराेबार गरेर कायम भएका शेयरधनीले हकप्रद शेयरमा… पुरा पढौ

रावाबेँसीबाट करोड हाराहारीका लिची बिक्री

खोटाङ, २० असार । रावाबेँसी गाउँपालिकाका किसानले लिची बेचेर करिब रु एक करोड आर्जन गरेका छन् । यो पालिकाम यसपटक १८४ मेट्रिक टन लिची उत्पादन भएको छ । छ वडा रहेको यो गाउँपालिका–१ कुभिण्डेमा सबैभन्दा बढी ८८ मेट्रिक टन लिची उत्पादन भएको जनाइएको छ । कुभिण्डेमा ११ हेक्टरमा लगाइएको लिचीले उत्पादन दिन थालेको गाउँपालिकाका कृषि शाखा प्रमुख उद्धव बास्तोलाले बताए। पालिकाको वडा नं २ खार्पामा २४ मेट्रिक टन, वडा नं ३ लामीडाँडामा १६, वडा नं ४ धारापानीमा १६, वडा नं… पुरा पढौ

सिद्धार्थ बैंकले असार २९ गतेदेखि साढे २ अर्बकाे ऋणपत्र बिक्रीमा ल्याउदै

सिद्धार्थ बैंकले असार २९ गतेदेखि ऋणपत्र बिक्री खुलाउने बताएकाे छ। बैंकले १० वर्षे अवधि रहेको एसबिएल डिबेञ्चर २०९१’ निष्काशन गर्ने भएकाे हाे । यसकाे वार्षिक ७.२५ प्रतिशत ब्याजदर रहने जनाइएकाे छ । प्रतिऋणपत्र एक हजार अंकित मूल्यमा २ अर्ब ५० करोड बराबरको २५ लाख कित्ता बिक्रीमा ल्याइने भएकाे छ । यसमा १ अर्ब ५० करोड रुपैयाँ बराबरको १५ लाख कित्ता व्यक्तिगत तवरले बिक्री गरिनेछ । बाँकी १ अर्ब रुपैयाँ बराबरको १० लाख कित्ता सर्वसाधारणका लागि रहेकाे छ। सर्वसाधारणका लागि रहेकाे… पुरा पढौ

युट्युबबाट सिकेर काष्ठकलाको कर्ममा खटिएका भक्तबहादुर

कञ्चनपुर, २० असार । शुक्लाफाँटा नगरपालिका ७ जुडाका ४० वर्षीय भक्तबहादुर महरा काष्ठकलाको कार्यमा पोख्त हुनुहुन्छ । काष्ठकलाका सामग्री बनाउने कार्य उहाँले तालिम लिएर सिक्नुभएको भने होइन । मोबाइलमा युट्युबमा राखिएका भिडियो हेर्दै काष्ठकलासम्बन्धीका सामग्री निर्माण गर्ने सीप सिक्नुभएको । आठ कक्षामै पढ्दै गरेका बेला १७ वर्षको उमेरमै विद्यालय छाडेपछि काठको काममा उहाँ संलग्न हुनुभयो । गाउँकै काठका फर्निचर बनाउने व्यक्तिसँग मजदुरका काम थालेका उहाँले एक–दुई वर्षमै हाउस डेकोरेसनको कार्य सिक्नुभयो । “हाउस डेकोरेसनको कार्यमा कहिले काम पाइन्थो, कहिले पाइँदैनथ्यो… पुरा पढौ

विदेशी मुद्रा साट्दै हुनुहुन्छ ? यस्ताे छ आजको भाउ

काठमाडौं, २० असार । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ २० पैसा र बिक्रीदर १३६ रुपैयाँ ८० पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १६० रुपैयाँ ६३ पैसा र बिक्रीदर १६१ रुपैयाँ ३४ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८६ रुपैयाँ ०४ पैसा र बिक्रीदर १८६ रुपैयाँ ८६ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७१ रुपैयाँ ८२ पैसा र बिक्रीदर १७२ रुपैयाँ ५७ पैसा… पुरा पढौ