आर्थिक 📈

आगामी आवको मौद्रिक नीतिको अन्तिम तयारी गर्दै राष्ट्र बैंक

काठमाडौं, २५ असार । नेपाल राष्ट्र बैंक आगामी आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिको अन्तिम तयारीमा छ । सरकारले वित्त नीतिमार्फत् लिएको छ प्रतिशतको आर्थिक वृद्धि र साढे पाँच प्रतिशतको वाञ्छित सीमाभित्रको मुद्रास्फीतिलाई सघाउनेगरी राष्ट्र बैंकले मौद्रिक नीति ल्याउनेछ । कर्जा विस्तार गर्ने, खराब कर्जा घटाउने, ब्याजदर सन्तुलन, बाह्य क्षेत्र व्यवस्थापनलगायत विषय पनि मौद्रिक नीतिको प्राथमिकता रहेका छन् । आगामी आर्थिक वर्षको मौद्रिक नीतिबाट निजी क्षेत्रले राखेका अपेक्षाअनुसार यस क्षेत्रका दुई छाता संस्था नेपाल उद्योग वाणिज्य महासङ्घ र नेपाल उद्योग… पुरा पढौ

जापानद्वारा ‘जेडियस’ परियोजनाका लागि ५७२ मिलियन जापानी येन अनुदान प्रदान

काठमाडौं, २५ असार । जापान सरकारले मानव संशाधन विकास छात्रवृत्ति (जेडिएस) परियोजनाअन्तर्गत नेपाल सरकारलाई नेपाली रुपैयाँ करिब ५३७ मिलियन बराबरको अनुदान सहायता उपलब्ध गराउने भएको छ । अर्थ मन्त्रालयमा आज आयोजित कार्यक्रममा जापान सरकार र नेपाल सरकारबीच विनिमय पत्र र अनुदान सम्झौतपत्रमा हस्ताक्षर भएको हो । जापान सरकारबाट सन् २०२५ का लागि झण्डै ५७२ मिलियन जापानी येन अनुदान प्राप्त भएको हो । सो अवसरमा अर्थ सचिव घनश्याम उपाध्याय र जापान सरकारतर्फ नेपालका लागि जापानी राजदूत तोरु मोडाले विनिमय पत्रमा हस्ताक्षर… पुरा पढौ

यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य

काठमाडौं, २५ असार । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो । गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ७५, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ४२, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ५८, आलु रातो प्रतिकिलो रु ४५, आलु रातो (भारतीय) प्रतिकिलो रु ३८, आलु रातो (मुडे) प्रतिकिलो रु ३७, प्याज सुकेको (भारतीय) प्रतिकिलो रु ४५, गाजर (लोकल) प्रतिकिलो रु ८५,… पुरा पढौ

महासंघले भन्याे, ‘निजी क्षेत्रको मनोबल बढाउने मौद्रिक नीति आउनुपर्छ’

काठमाडौं, २५ असार । नेपाल उद्योग वाणिज्य महासंघले आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिका लागि नेपाल राष्ट्र बैंकलाई सुझाव पेश गरेको छ । महासंघका कार्यबाहक अध्यक्ष अन्जन श्रेष्ठको नेतृत्वमा महासंघका पदाधिकारीहरुले मंगलवार नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेललाई भेटेर आगामी मौद्रिक नीतिको लागि सुझाव पेश गरे ।  महासंघले अर्थतन्त्रमा देखिएको सिथिलता, वित्तीय क्षेत्रको जोखिम, र अनौपचारिक क्षेत्रको ठूलो हिस्सालाई केन्द्रविन्दुमा राख्दै, सुधारोन्मुख अर्थतन्त्रलाई  गति दिन, निजी क्षेत्रको मनोबल बढाउन, र सम्पत्ति शुद्धीकरण सम्बन्धी जोखिमलाई सम्बोधन गर्ने नीतिगत सुधारहरूको आवश्यकतामा जोड… पुरा पढौ

एशियन लाइफकाे हकप्रद शेयरमा आजदेखि आवेदन खुला

काठमाडौं, २५ असार । एशियन लाइफ इन्स्योरेन्सकाे हकप्रद शेयरमा आजदेखि आवेदन खुला गरिएकाे छ । कम्पनीले १ अर्ब ४२ करोड ७९ लाख ३१ हजार २४८ रुपैयाँ बराबरको हकप्रद शेयर बिक्रीमा ल्याइकाे हाे । इन्स्योरेन्सका अनुसार हाल कायम रहेकाे चुक्ता पूँजीको ४२ प्रतिशत हकप्रद शेयर खुलाइएकाे हो। इन्स्योरेन्सले १० कित्ता शेयर बराबर नयाँ ४.२ कित्ता रेसियाेमा हकप्रद बिक्री गर्न लागेको जनाएकाे छ । यस अनुसार १ अर्ब ४२ करोड ७९ लाख ३१ हजार २४८ रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ दरकाे १… पुरा पढौ

यस्ताे छ आजका लागि विदेशी मुद्राको भाउ

काठमाडौं, २५ असार। नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिदर १३६ रुपैयाँ ८२ पैसा र बिक्रीदर १३७ रुपैयाँ ४२ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिदर १६० रुपैयाँ ५४ पैसा र बिक्रीदर १६१ रुपैयाँ २४ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिदर १८५ रुपैयाँ ७९ पैसा र बिक्रीदर १८६ रुपैयाँ ६१ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १७१ रुपैयाँ ६६ पैसा र बिक्रीदर १७२ रुपैयाँ ४१ पैसा… पुरा पढौ

ऐनापहरामा स्काइ वाक निर्माण अन्तिम चरणमा

दमौली (तनहुँ), २५ असार । तनहुँको आँबुखैरेनी गाउँपालिकास्थित पर्यटकीय गन्तव्यस्थल ऐनापहरामा ‘स्काइ वाक’ निर्माण अन्तिम चरणमा पुगेको छ । गत जेठ दोस्रो हप्तादेखि स्काइ वाक निर्माण सुरु गरिएकामा काम अन्तिम चरणमा पुगेको जनाइएको छ । आँबुखैरेनी गाउँपालिका–२ स्थित ऐनापहरालाई पर्यटन हब बनाउने उद्देश्यसहित स्काइ वाक निर्माण गरिएको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले जानकारी दिए । रु १५ लाखको लगानीमा स्काइ वाक निर्माण गरिएको र केही दिनभित्रै यसलाई व्यावसायिक सञ्चालनमा ल्याउने तयारी गरिएको उनको भनाइ छ । कूल ५० मिटर अग्लो र… पुरा पढौ

राष्ट्रिय कृषि कम्पनी र श्रीलंकाको सिआईसि एग्रि बिजनेसबीच समझदारीपत्रमा हस्ताक्षर

काठमाडौं, २४ असार । राष्ट्रिय कृषि कम्पनी नेपाल लिमिटेड र श्रीलङ्काको प्रतिष्ठित बहुराष्ट्रिय कृषि कम्पनी सि.आई.सि एग्रि विजनेसबीच एक समझदारीपत्रमा आज हस्ताक्षर भएको छ । समझदारीपत्रमा राष्ट्रिय कृषिका तर्फबाट कार्यकारी अध्यक्ष बिशाल हुमागाईं र सि.आई.सिका तर्फबाट उप–प्रबन्ध निर्देशक अञ्जन लीलारत्नले हस्ताक्षर गरेका हुन् । MOU सम्झौतापछि दुबै पक्षले नेपालमा गुणस्तरीय बीउ र मलको आपूर्तिको उचित प्रणालीको विकास गर्ने भएका छन् । यसका साथै प्रविधिको हस्तान्तरण, अध्ययन र अनुसन्धान गर्ने, कृषिमा आधुनीकिकरण गर्दै उत्पादन बृद्धिमा लाग्ने भएका छन् ।यस्तै, कृषकको लागि… पुरा पढौ

नेप्से सामान्य अङ्कले घट्यो, साढे ६ अर्बकाे काराेबार

काठमाडौं, २४ असार । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सामान्य अङ्कले घटेको छ । आज नेप्से परिसूचक शून्य दशमलव १४ अङ्कले घटेर दुई हजार ६८३ दशमलव ८६ को विन्दुमा कायम भएको हो । आज ३०४ कम्पनीको एक करोड ५० लाख २७ हजार ३७२ कित्ता शेयर ५६ हजार २७६ पटक खरिदबिक्री हुँदा रु छ अर्ब ५७ करोड ४१ लाख ६६ हजार ८१४ बराबरको कारोबार भएको छ । आज विकास बैङ्क समूह शून्य दशमलव ४१, वित्त एक दशमलव २५, जलविद्युत् शून्य दशमलव… पुरा पढौ

११ महिनामा भित्रियो १५ खर्ब ३२ अर्ब ९३ करोड विप्रेषण

काठमाडौं, २४ असार । चालु आर्थिक वर्षको ११ महिनामा रु १५ खर्ब ३२ अर्ब ९३ करोड बराबरको विप्रेषण आप्रवाह भएको छ । नेपाल राष्ट्र बैङ्कले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको जेठ मसान्तसम्मको विवरण अनुसार, विप्रेषण आप्रवाह १५.५ प्रतिशतले वृद्धि भएको हो । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १७.२ प्रतिशतले वृद्धि भएको थियो । यसैगरी, जेठ महिनाको विप्रेषण आप्रवाह रु एक खर्ब ७६ अर्ब ३२ करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा सो आप्रवाह रु एक खर्ब २८… पुरा पढौ