आर्थिक 📈

फागुन मसान्तसम्म मुद्रास्फीति ३.७५ प्रतिशत-राष्ट्र बैंक

काठमाडौं, २७ चैत । चालु आर्थिक वर्ष २०८१/८२ को फागुन मसान्तसम्ममा वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति तीन दशमलव ७५ प्रतिशत रहेको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको आठ महिनाको तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार मुद्रास्फीति वाञ्छित सीमाभित्र देखिएको हो । प्रतिवेदनअनुसार खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति तीन दशमलव ३४ र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति तीन दशमलव ९७ प्रतिशत छ । खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत घ्यू… पुरा पढौ

नेप्से १३.९० अंकले बढ्याे, कारोबार साढे ४ अर्बमा सिमित

काठमाडौं, २७ चैत्र । साताको शेयर कारोबार हुने चौथो दिन बुधबार नेपाली शेयर बजारमा हरियाली छाएको छ । बजारमा छाएको हरियालीले लगानीकर्ताहरुलाई उत्साहि बनाएको छ । यसदिन सबै सूचकांकहरुमा सकारात्मक लय देखिएको भएपनि कुल कारोबार रकममा भने कमि भएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक १३.९० अंकले बढेर २६८०.५२ को विन्दुमा रहेको छ । नेप्सेमा ०.५२ प्रतिशतले बृद्धि भएको छ । ठूलो कारोबार गर्ने कम्पनीहरुको कारोबार मापन, सेन्सेटिभ इण्डेक्स १.८० अंकले बढेर ४४६.५८ विन्दुमा रहेको छ । यसदिन… पुरा पढौ

सान्भि इनर्जीकाे बैशाख ५ गतेदेखि आईपीओ आउदै

काठमाडाैं, २७ चैत्र । सान्भि इनर्जीले बैशाख ५ गतेदेखि आईपीओ बिक्रीमा ल्याउन लागेकाे छ । आइपीओ आयोजना प्रभावित क्षेत्रका जनता र वैदेशिक रोजगारीमा गएका नेपालीहरुका लागि निष्काशन गर्न लागिएकाे हाे । कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित दरमा ८ करोड ८० लाख रुपैयाँ बराबरको ८ लाख ८० हजार कित्ता साधारण शेयर निष्काशन गर्ने भएकाे हाे । शेयरमा ईलाम नगरपालिका वडा नं. १०, माई जोगमाई गाउँपालिका वडा नं. १, माई गोजमाई गाउँपालिका वडा नं. ३ र ४ साविकको नाम्सालिङ्ग गा.वि.स.का १ देखि… पुरा पढौ

सुन तोलामा रु २ हजारले बढ्यो, चाँदीमा पनि बृद्धि

काठमाडौं, २७ चैत्र । साताको सुनचाँदीको कारोबार हुने चौथो दिन बुधबार नेपाली बजारमा सुनचाँदीको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले छापावाल सुनमा रुपैयाँ रुपैयाँ २ हजार तथा चाँदीमा रुपैयाँ ५ ले बढेको जनाएको छ । छापावाल सुनमा रुपैयाँ २ हजारले बढेर तोलाको १ लाख ७५ हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि मंगलबार छापावाल सुन तोलाको १ लाख ७३ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो । महासंघका अनुसार चाँदीमा रुपैयाँ ५ ले बढेर तोलाको १… पुरा पढौ

यस्तो छ आज सागसब्जी र फलफूलको मूल्य

काठमाडौं, २७ चैत । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो । गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ४०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ५०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु २०, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु २५, आलु रातो प्रतिकिलो रु ३५, प्याज सुकेको (भारतीय) प्रतिकिलो रु ४५, गाजर (लोकल) प्रतिकिलो रु ३५, गाजर (तराई) प्रतिकिलो रु ३०, बन्दा (लोकल) प्रतिकिलो… पुरा पढौ

यस्तो छ आज ताेकिएकाे विदेशी मुद्राको भाउ

काठमाडौं, २७ चैत । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३७ रुपैयाँ ७३ पैसा र बिक्रीदर १३८ रुपैयाँ ३३ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर १५० रुपैयाँ ६२ पैसा र बिक्रीदर १५१ रुपैयाँ २८ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १७५ रुपैयाँ ८७ पैसा र बिक्रीदर १७६ रुपैयाँ ६३ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १६१ रुपैयाँ ०३ पैसा र बिक्रीदर १६१ रुपैयाँ ७३ पैसा… पुरा पढौ

वित्त व्यवस्थापनमा लेखा व्यवसायीको भूमिका महत्वपूर्णः अर्थमन्त्री पौडेल

काठमाडौं, २७ चैत । ‘कर र सार्वजनिक वित्तीय व्यवस्थापनको आधुनिकीकरणमार्फत अर्थतन्त्रको रूपान्तरण’ भन्ने नाराका साथ लेखा व्यवसायीको चौंथो राष्ट्रिय सम्मेलन काठमाडौँमा सुरु भएको छ । कार्यक्रमको उद्घाटन उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले गरेका थिए । नेपालको लेखा व्यवसायको इतिहासमा प्राप्त अनुभवको विश्लेषणबाट उपयुक्त निष्कर्ष निकाल्ने विश्वास उनले व्यक्त गरे। अर्थमन्त्री पौडेलले कर प्रणालीको आधुनिकिकरण, कर नीतिहरुमा सुधार, करको दायरा विस्तार र करछली दुरुत्साहन गर्न सरकारले गम्भीर भएर काम गरिरहेको बताए । सार्वजनिक वित्त व्यवस्थापनको आधुनिकिकरण र सुधारको आवश्यकता रहेको औल्याउँदै… पुरा पढौ

सवा अर्ब लगानीकाे टेम्पल बेल बुटिक होटल सञ्चालनमा

पोखरा, २७ चैत । पर्यटन राजधानी पोखराको लेकसाइडमा रु एक अर्ब २५ करोड लगानीमा ‘टेम्पल बेल बुटिक होटल एण्ड स्पा प्रालि’ सञ्चालनमा आएको छ । पर्यटन व्यवसायी विश्वराज पौडेल र भीष्मराज पौडेल नेतृत्वको चिल्ली ग्रुपले होटल सञ्चालनमा ल्याएको हो । नेपाली मौलिकता र अन्तरराष्ट्रिय स्तरको सुविधासहितको होटल ‘बुटिक’ अवधारणामा निर्माण गरिएको होटलका अध्यक्ष विश्वराज पौडेलले जानकारी दिए । पोखराको प्राकृतिक सौन्दर्य, सांस्कृतिक विविधता र आतिथ्य परम्परालाई समेट्दै ‘टेम्पल बेल बुटिक होटल’ सञ्चालनमा ल्याइएको उनले उल्लेख गरे। होटलमा नेपाली काष्ठकला, ढुङ्गा,… पुरा पढौ

झापा बन्याे सबैभन्दा धेरै बीमित भएको जिल्ला

झापा, २७ चैत । नेपाल सरकारले सामाजिक सुरक्षाअन्तर्गत सञ्चालन गरेको स्वास्थ्य बिमा कार्यक्रममा झापा सबैभन्दा बढी सङ्ख्यामा सहभागी (बीमित) भएको जिल्ला बनेको छ । स्वास्थ्य बिमा बोर्ड सम्पर्क कार्यालय झापाकी संयोजक लक्ष्मी कँडेलले झापामा सात लाख ६२ हजार ६८६ जना बीमित रहेको बताइन्। स्वास्थ्य बिमा बोर्डका अनुसार देशभरमा ८९ लाख ६७ हजार सात सय ९० जना बीमित छन् । झापापछि बीमित धेरै रहेको जिल्लामा मोरङ (दोस्रो), सुनसरी (तेस्रो) र चितवन (चौथो) रहेका छन् । मोरङमा छ लाख एक हजार चार… पुरा पढौ

नेप्से सामान्य अंकले बढ्याे, ५ अर्ब ३० करोडको कारोबार

काठमाडौं, २६ चैत्र । साताको शेयर कारोबार हुने पाँचौ दिन मंगलबार नेपाली शेयर बजार सकारात्मक बनेको छ । नेप्सेमा झिनो अंकको बृद्धि भएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक १.७३ अंकले बढेको छ । यसरी बढेको नेप्से २६७१.८० विन्दुमा अडिएको छ । नेप्सेमा ०.०६ प्रतिशतले बृद्धि भएको छ ।सेन्सेटिभ इण्डेक्स ०.४४ अंकले घटेर ४४५.५५ विन्दुमा रहेको छ । १३ उपसमूहहरुमध्ये ४ वटामा हरियो लागेको छ । बाँकी रहेका ९ वटा उपसमूहहरुमा रातो लागेको छ । कुल ३२१ कम्पनीहरुको… पुरा पढौ