आर्थिक 📈

बिहिबार सुनको भाउ स्थिर, चाँदीमा गिरावट

काठमाडौं, ७ चैत्र । साताको सुनचाँदीको कारोबार हुने पाँचौ दिन बिहिबार नेपाली बजारमा सुनको भाउ स्थिर रहेको छ । चाँदीको भाउ घटेको छ नेपाल सुनचाँदी व्यवसायी महासंघले छापावाल सुनको भाउ स्थिर रहेको तथा चाँदीमा रुपैयाँ १५ ले गिरावट भएको जानकारी गराएकाे छ । यसदिन छापावाल सुनको भाउ स्थिर रहेर तोलाको १ लाख ७६ हजार रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि बुधबार पनि छापावाल सुन तोलाको १ लाख ७६ हजार रुपैयाँमा नै कारोबार भएको थियो । महासंघका अनुसार चाँदीमा आज रुपैयाँ… पुरा पढौ

सानिमा जिआईसी इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं, ७ चैत । सानिमा जिआईसी इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन बाँकी रहेको छ। इन्स्योरेन्सले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि चैत ८ गते बुकक्लोज गर्ने बताएकाे छ । अब लगानीकर्ताहरुले साधारण सभामा भाग लिन र लाभांश पाउनका लागि आजसम्म नेप्सेमा शेयर काराेबार गरी कायम भएकाे हुनुपर्नेछ । इन्स्योरेन्सका अनुसार सातौँ साधारण सभा चैत २१ गते अमृतभोग, कालिकास्थान, काठमाडौँमा पूर्वान्ह ११ बजे बाेलाइएकाे छ । सभाबाट ७.५ प्रतिशत बोनस शेयर तथा कर प्रयोजनका लागि ०.३९४७ प्रतिशत नगद… पुरा पढौ

लगानी सम्भाव्यता खोज्दै कोरियाली टोली झापामा

झापा, ७ चैत । कोशी प्रदेशमा आगामी वैशाख १७ र १८ गते हुने लगानी सम्मेलनलाई लक्षित गरी दक्षिण कोरियाली लगानीकर्ताहरूको एक टोली अध्ययन भ्रमणका क्रममा झापा पुगेको छ । कोरिया नेपाल अन्तरराष्ट्रिय एक्स्चेन्ज एसोसिएसनको पहलमा आएको टोलीले कोशी प्रदेशका झापासहित विभिन्न जिल्लामा लगानीको सम्भाव्यता अध्ययन गर्ने एसोसिएसनकी अध्यक्ष सिर्जना नेपालीले बताए। बुधबार मेचीनगर नगरपालिकाले उक्त टोलीसँग अन्तरक्रियासमेत गरेको थियो । कार्यक्रममा मेचीनगरमा लगानीका सम्भाव्य क्षेत्रबारे नगरप्रमुख गोपालचन्द्र बुढाथोकीले जानकारी गराए। कोरियन टोलीले बुधबार नै काँकरभिट्टा नाका, बसपार्क, एसियन हाइवेको मेची… पुरा पढौ

चार करोड खर्च गरेर बनाइएको केन्द्र प्रयोगविहीन

तनहुँ, ७ चैत । जिल्लाको व्यास नगरपालिका–१३ स्थित सुडेको पुल नजिक निर्माण गरिएको मलमूत्र व्यवस्थापन केन्द्र सात वर्षदेखि प्रयोगविहीन छ । शौचालयबाट निस्किएको मलमूत्रलाई ‘ट्रिटमेन्ट’ गरी मलका रूपमा प्रयोग गर्ने उद्देश्यले विसं २०७४ मा निर्माण गरिएको सो केन्द्र प्रयोगविहीन भएको हो । तत्कालीन साना सहरी तथा खानेपानी आयोजनाले सरसफाइ कार्यक्रमअन्तर्गत रु १२ करोड विनियोजन गरेको थियो । जसमा दमौली बजार क्षेत्रमा आठ किलोमिटर पक्की नाला निर्माण, फोहर व्यवस्थापनका लागि व्यास नगरपालिकालाई एक थान टिपर, सार्वजनिक शौचालय निर्माण र मलमूत्र व्यवस्थापन… पुरा पढौ

विदेशी मुद्रा साट्दै हुनुहुन्छ ? यस्तो छ आजकाे भाउ

काठमाडौं, ७ चैत । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको सटहीदर तोकेको छ । आजको विनिमयदरअनुसार अमेरिकी डलर, युरोपियन युरो, युके पाउन्ड स्टर्लिङ, स्विस फ्य्राङ्कलगायत मुद्राको मूल्य घटेको छ । बैङ्कका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३८ रूपैयाँ ०२ पैसा र बिक्रीदर १३८ रूपैयाँ ८२ पैसा कायम भएको छ । बुधबार एकको खरिददर १५१ रूपैयाँ १२ पैसा र बिक्रीदर १५१ रूपैयाँ ७८ पैसा कायम भएको युरोको आज खरिददर १५० रुपैयाँ ४४ पैसा र बिक्रीदर १५१ रुपैयाँ १० पैसा… पुरा पढौ

नीतिगत स्थायित्व र कानुन कार्यान्वयनमा जोड दिनुपर्ने महासङ्घको सुझाव

काठमाडौं, ७ चैत । नेपाल उद्योग वाणिज्य महासङ्घले सरकारलाई आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रममा समेट्नुपर्ने सुझाव सरकारलाई बुझाएको छ । महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीलाई भेटेर यी सुझाव दिनुभएको हो । कानुनको प्रभावकारी कार्यान्वयनका लागि आवश्यक नियमावली निर्माण र कार्यान्वयन सुनिश्चित गरिनुपर्ने, नीतिगत सुधारको सकारात्मक सङ्केत देखिए पनि त्यसको प्रभावकारी कार्यान्वयन सुनिश्चितता हुनुपर्ने भन्दै महासङ्घले ध्यानाकर्षण गराएको छ । यस्तै, व्यवसाय दर्ता, नवीकरण, कर भुक्तानी तथा खारेजी प्रक्रियामा प्रविधिको अधिकतम प्रयोग गर्नुपर्ने… पुरा पढौ

आठ महिनामा थपियो साढे २ खर्ब सरकारी ऋण

काठमाडौं, ७ चैत । चालु आर्थिक वर्ष २०८१÷८२ को फागुन मसान्तसम्ममा सरकारले तिर्न बाँकी ऋण रु २६ खर्ब ७६ अर्ब तीन करोड पुगेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले तयार पारेको चालु आर्थिक वर्षको दोस्रो चौमासिक अवधिसम्मको सरकारी ऋणको प्रतिवेदनअनुसार यो आर्थिक वर्षमा मात्र करिब साढे दुई खर्ब सरकारी ऋण थपिएको छ । “चालु आर्थिक वर्षको सुरुमा कुल सार्वजनिक ऋण रु २४ खर्ब ३४ अर्ब नौ करोड रहेकामा फागुन मसान्तसम्म रु दुई खर्ब ४१ अर्ब ९३ करोड थप वृद्धि भई… पुरा पढौ

बिहीबारदेखि लुम्बिनी अन्तरराष्ट्रिय शान्ति महोत्सव हुँदै

काठमाडौं, ६ चैत । लुम्बिनीलाई विश्वव्यापी शान्ति र आध्यात्मिक पर्यटनको केन्द्रका रूपमा प्रवर्द्धन गर्ने उद्देश्यले आगामी बिहीबारदेखि ‘लुम्बिनी अन्तरराष्ट्रिय शान्ति महोत्सव’ हुने भएको छ । नेपाल पर्यटन बोर्डले नेपालस्थित चिनियाँ दूतावास, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँगको सहकार्यमा महोत्सव आयोजना गर्न लागेको हो । विसं २०७१ चैत ७ गतेदेखि विसं २०८२ वैशाख २९ गतेसम्म युनेस्को विश्व सम्पदा सूचीमा सूचीकृत लुम्बिनी र वरपरका सहरमा महोत्सव आयोजना हुने पर्यटन बोर्डले जनाएको छ । बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले दोस्रो लुम्बिनी अन्तरराष्ट्रिय… पुरा पढौ

नेप्से १४.८८ अंकले घट्याे, कारोबार ५ अर्ब १४ करोडमा सिमित

काठमाडौं, ६ चैत्र । साताको शेयर कारोबार हुने चौथो दिन बुधबार पनि नेपाली शेयर बजारमा गिरावटले निरन्तरता पाएको छ । नेप्सेमा लगातारको गिरावले कारोबार रकम पनि यसअघिका दिनहरुको जस्तो हुन सकेन । शेयर बजारमा भएको न्युन कारोबारको कारण लगानीकर्ताहरुको मनोवल घटाएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक १४.८८ अंकले घटेको छ । यसरी घटेको नेप्से २६८२.१५ विन्दुमा झरेको छ । नेप्सेमा ०.५५ प्रतिशतले गिरावट हुँदा सेन्सेटिभ इण्डेक्स २.९६ अंकले घटेर ४४९.९२ विन्दुमा रहेको छ । १३ वटा उपसमूहहरुमध्ये… पुरा पढौ

पर्वतमा १ सय ३३ उद्योगको दर्ता खारेज

पर्वत, ६ चैत । मुलुकमा देखिएको आर्थिक मन्दीको प्रभाव, बढ्दो पलायनदरलगायत प्रभाव पर्वतका उद्योग व्यवसामा प्रत्यक्ष रूपमा परेको छ । पर्वतमा चालु आर्थिक वर्षको पहिलो छ महिनामा एक सय ३३ उद्योगको दर्ता खारेज गरिएको छ । आर्थिक वर्ष २०८०/८१ मा दुई सय ३६ उद्योग बन्द भएकामा चालु आवको छ महिनामा ती उद्योगको दर्ता खारेज गरिएको पर्यटन तथा उद्योग कार्यालयले जनाएको छ । कार्यालयमा यस वर्ष दर्ता भएका उद्योग व्यवसायको तुलनामा बन्द हुने उद्योग व्यवसायको सङ्ख्या उल्लेख्य छ । चालु आवमा… पुरा पढौ